Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
- बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा
- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
- अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिकामा,सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता
- हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दशैंलगत्तै सञ्चालनमा आउने
- बेपत्ता भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको सहयोगको आश्वासन
- नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेपाली सेनाका ५ जना सेनानी महासेनानीमा बढुवा सिफारिस भएका छन् । गत सोमबार बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो । बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकको ५ जना सेनानीलाई महासेनानी पदमा बढुवा गर्ने निर्णय गरेको जानकारी दिएका हुन् । सेनानी प्रज्वल शमसेर रायमाझीसहितका ५ जनालाई महासेनानीमा बढुवा गरिएको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटादे बताए ।
काठमाडाैं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बिहीबार साँझ भेटवार्ता भएको छ । ललितपुरको समिट होटलमा भएको भेटवार्तामा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने विषयमा छलफल भएको देउवाले बैठकपछी जानकारी दिए । केही दिन अघि बसेको नेकपाको सचिवालय बैठकमापनि संक्रमणकालिन मुद्दा टुंगाउनेबारे छलफल भएको थियो । सोही अनुसार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज देउवासँग भेटवार्ता गरेका हुन् । भेटमा शान्ति प्रक्रियाका वाँकी कामलाई टुंगोमा पुर्याउन उच्चस्तरीय राजनीतिक समझदारीका साथ अघि बढने कुरामा सकारात्मक छलफल भएको स्रोतले बतायो । प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बुधबार…
काठमाडौं: देवः विकास बैंकले आफ्नो १२औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संचालक समितिका अध्यक्ष बज्र गुरुङको अध्यक्षतामा सम्पन्न साधारण सभाले आ.व. २०७४/७५ को वितरण गर्न योग्य नाफाबाट चुक्ता पूँजीको ५.५० प्रतिशत अर्थात १३ करोड ९३ लाख ५२ हजार रुपैयाँ बराबर बोनस शेयर प्रदान गर्ने प्रस्ताव सर्वसम्मतीबाट पारित गरेको छ । सभामा सामान्य प्रस्ताव अन्तर्गत देवः विकास बैंकको संचालक समितिको वार्षिक प्रतिवेदन, वाहृय लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७४÷७५ आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिसम्मको नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायत आर्थिक विवरणहरुसमेत सर्वससम्मतिबाट पारित भएको छ । साथै, आ.व. २०७५÷७६ लेखापरिक्षण गर्न एल.एस.पि. एशोसियटस्…
काठमाडौँ: राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक गरेको छ। यस वर्ष एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए । देशभरका सात प्रदेशमा एक हजार नौ सय ७९ वटा केन्द्रमा लिइएको परीक्षाको परीक्षाफल बिहीबार अपरान्ह प्रकाशित भएको हो। कुल चार लाख ४९ हजार विद्यार्थी परीक्षामा सामेल भएकोमा ५० जना विद्यार्थीको पूरै विषयको परीक्षा रद्द भएको छ। यस वर्षको परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने १७ हजार ५ सय ८० जना, ३.२ देखि ३.६ जीपीएसम्म ल्याउने ५१ हजार १…
काठमाडौँ: नेपाल टेलिकमले सदा झैं २०७५ सालको एसईई परीक्षाको नतिजा सहज रुपले थाहा पाउनका लागि विभिन्न सेवाहरु उपलब्ध गराएको छ । परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशित गरेको केही समयपछि नै नतिजा थाहा पाउनका निम्ति नेपाल टेलिकमको मोबाइलबाट कभभ पछि संकेत नम्बर -(Symbol Number) टाइप गरी १६०० मा सन्देश पठाउनु पर्दछ । जस्तै: see<space>symbol No. टाइप गरी १६०० मा सन्देश पठाउने । यसरी सन्देश पठाउँदा अंक मात्र नलेखी सिम्बोल नम्बरको पछाडि रहेको अक्षर पनि लेख्नुपर्छ । यो बाहेक १६०० मा कल गरेर पनि एसईई को नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमका मोबाइल नम्बरहरु, तारवाला टेलिफोन र सिडिएमए फोनबाट…
काठमाडौँ: चालू आर्थिक वर्षको पहिलो १० महिनामा चालु खाता घाटा विस्तार भई रु.२२१ अर्ब ४० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु.१९२ अर्ब ५ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको दश महिनामा १ अर्ब ८६ करोड रहेको चालु खाता घाटा समीक्षा अवधिमा १ अर्ब ९५ करोड पुगेको छ । समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.६८ अर्ब २० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१८ अर्ब ९३ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको दश महिनामा १८ करोड ४८ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा…
डोल्पा: दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध हुँदा डोल्पामा समस्या भएको छ । टेलिफोन अवरुद्ध भएसँगै डोल्पाका सबै ठाउँको सञ्चार सम्पर्कविच्छेद भएको छ । एक महिनामा तीनपटक टेलिफोन सेवा अवरुद्ध हुँदा डोल्पाका स्थानीयवासी हैरान भएका छन् । सदरमकाम दुनैबाट टाढाको दूरीमा रहेकाले मर्मतमा समस्या भएको नेपाल टेलिकम डोल्पाले जनाएको छ । यद्यपि, मर्मतका लागि कर्मचारी पठाइएसकिएको टेलिकमको भनाइ छ । जिल्लाभरि कम सञ्चार पहुँच भएको डोल्पामा पटक–पटक फोन सेवा अवरुद्ध हुँदा पत्रकार, कर्मचारी, स्थानीयवासी हैरान भएका हुन् ।
काठमाडौँ: एसईई परीक्षाको नतिजा बिहीबार प्रकाशित हुँदैछ । नतिजा प्रकाशनको निर्णय गर्न दिउँसो बोर्ड बैठक बोलाइएको छ । परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले भने, ‘दिउँसो बोर्ड बैठक बोलाइएको छ । बैठकले निर्णय गरेपछि नतिजा सार्वजनिक हुन्छ ।’ सामान्यतया बोर्ड बैठकलगत्तै नतिजा सार्वजनिक गर्ने चलन छ । प्रदेश २ मा प्रश्नपत्र बाहिरिएपछि पुनः परीक्षा लिनु परेको र कर्मचारी समायोजन हुँदा पनि जनशक्ति अभाव भएकाले नतिजा ढिला आउन लागेको हो । अघिल्ला वर्षहरुमा जेठ मसान्त वा असार पहिलो साताभित्रै नतिजा सार्वजनिक हुने गर्दथ्यो । २०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट सुरु भएको थियो । संघीय संरचनाअनुसार पहिलो पटक…
काठमाडौँ :सरकारमा रहेका मन्त्रीको जिम्मेवारीमा हेरफेर हुने भएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भएको छलफलमा कम्तीमा ६ जना मन्त्री हेरफेर गर्ने सहमति भएको हो । सहमतिपछि मन्त्रिमण्डलमा हेरफेरका लागि दुवै अध्यक्ष गृहकार्यमा जुटेका छन् । नेताले बिहीबार पूर्वएमाले र पूर्वमाओवादीका आकांक्षी सांसदसँग छलफल गर्न लागेका छन् । प्रधानमन्त्री ओलीले सांसद महेश बस्नेत, पार्वत गुरुङ र योगेश भट्टराईलाई छलफलका लागि बालुवाटार बोलाएका छन् । यो समाचार अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
काठमाडौँ: भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलिगङ्गा जलविद्युत् आयोजनाको बाँध शुक्रबार खोलिने भएको छ । एनएचपिसी लिमिटेड, धौलिगङ्गा पावर स्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार असार १३ गते राति १२ देखि १४ गते बेलुका ६ः३० बजेसम्म ‘सिफ्ट फ्लशिंग’, सरसफाइको कार्य हुने भएकाले महाकाली नदीमा जलस्तर बढ्ने भएकाले सतर्क रहन आग्रह गरिएको हो । बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले सिफ्ट फ्लशिंगको लागि बाँधको ढोका खोलिएपश्चात् महाकाली नदीमा पानीको सतह बढ्न जाँदा तटीय क्षेत्रमा जोखिम बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन् । महाकालीको तटीय क्षेत्र पर्ने बैतडीको सेरादेखि कुस्मत घाटसम्मका नागरिकलाई नदी छेउछाउ आसपास नजान अनुरोध गर्दै…