Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
    • मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
    • आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Wednesday, November 18
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दशैंलगत्तै सञ्चालनमा आउने

    हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दशैंलगत्तै सञ्चालनमा आउने

    पहिलोक्लिकपहिलोक्लिकOctober 4, 2026No Comments
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौंडा-ढल्केबर ४०० केभी सवस्टेशनकाे निरीक्षण गर्नुभएकाे छ ।

    मन्त्री श्रेष्ठले सवस्टेसनमा निर्माणाधीन हेटौंडा-ढल्केबर ४०० केभी प्रसारण लाइनका दुईटा मल्टिसर्किट टावरकाे कार्यप्रगति विवरणकाे ब्रिफ्रिङ लिनुभएकाे हाे ।

    निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले देशकाे ऊर्जा मेरूदण्डकाे रूपमा रहेकाे टावरकाे काम समयमै सम्पन्न गर्न निर्देशन दिनुभयाे ।

    करिब १२ वर्षदेखि अड्किएकाे हेटौंडा-ढल्केबर ४०० केभी प्रसारण लाइनकाे काम अगाडि बढाउन मन्त्री श्रेष्ठले मन्त्रिपरिषद्बाट निर्णय गराएर प्रक्रिया अगाडि बढाउनुभएकाे थियाे ।

    नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दिर्घायुकुमार श्रेष्ठले १२ वर्षदेखि अड्किएकाे हेटौडा ढल्केबर प्रसारण लाइनकाे काम मन्त्री श्रेष्ठकाे पहलमा अगाडि बढेर अन्तिम चरणमा पुगेकाे बताउनुभयाे ।

    उहाँकाअनुसार हेटौंडा-ढल्केबर प्रसारण लाइनका १६ वटा टावरमध्ये १४ वटा डबल सर्किटकाे टावर निर्माण भइसकेकाे छ । दुईटा मल्टिसर्किट टावर अन्तिम चरणमा छ ।

    `१४ वटा टावर तयार भइसक्याे । बाँकी दुइटा टावरकाे कार्यप्रगति राम्राे छ । १०/१५ दिनमै तयार गरेर चार्ज गर्छौं । यसलाई ब्याक बाेनकाे रूपमा लिएका छौं । जसले गर्दा सम्पलाईकाे रिलायबिलिटी एकदमै बढेर जान्छ । खपत पनि बढाउन सक्छौ भने निर्यात पनि बढाउन सक्छौं । दशैलगत्तै चार्ज गर्ने तयारी छ,´ कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयाे ।

    मन्त्री श्रेष्ठले हेटौडा-ढल्केबर प्रसारण लाइन नेपालकाे ऊर्जाकाे मेरुदण्डकै रूपमा रहेकाे बताउनुभयाे । `यहाँकाे लाइन चितवन हुँदै बुटवल जाने र अर्काेतिर ढल्केबर जाने टावरकाे काम राेकिएकाे थियाे । १६ वटा टावरकाे काम विगत लामाे समय १२ वर्षदेखि राेकिएकाे थियाे । राज्यकाे अर्बौ रूपैयाँ खर्च भएकाे तर के गर्ने भन्ने अन्याेलतामा सबैकाे सतप्रयासले ऐतिहासिक काम पनि भएकाे छ । त्यसले बुटवलकाे लाइन इनरूवा, इनरूवाकाे लाइन बुटवल जानसक्ने ऊर्जाकाे राजमार्ग नै बन्छ । यहाँकाे दुइटा टावरकाे चिन्ता थियाे । सबै टिमकाे सक्रियतामा याे सम्पन्न हुने चरणमा पुगेकाे छ,´ उहाँले भन्नुभयाे ।

    मन्त्री श्रेष्ठले याे प्रसारण लाइन बनिसकेपछि नेपालकाे ऊर्जा धेरै सन्तुलित हुने र गुणस्तरीय हुने बताउनुभयाे ।

    `याे प्रसारण लाइन चार्ज भइसकेपछि हाम्राे विश्वास के छ भने नेपालकाे ऊर्जा धेरै सन्तुलित हुने र गुणस्तरीय पनि हुने मेरुदण्ड भएकाेले गर्दा हामी टावरकाे कामकाे प्रगति के छ ? अलि अगाडिदेखि नै हेरिरहेका छौं, आज आएर हेर्दा १२ वर्षदेखि अलमल परेकाे प्रसारण लाइनले गति लिएकाे छ । ऊर्जा क्षेत्र अब स्टेबल हुन्छ । अहिले तीन सय मेगावाट क्षमता छ भने यहाँबाट ढल्केवर गइरहेकाे हाे । याे बनिसकेपछि दुई हजार मेगावाट क्षमतामा विद्युत प्रवाह हुन्छ । याे चानचुने उपलब्धि हाेइन,´ उहाँले भन्नुभयाे ।

    मन्त्री श्रेष्ठले हेटौंडा–ढल्केबर खण्ड सम्पन्न भएपछि पूर्व–पश्चिम विद्युत् प्रवाह थप सुदृढ, भरपर्दो र दिगो हुने र यसले देशभित्रको विद्युत् आपूर्ति प्रणाली बलियो बनाउनुका साथै बढ्दो औद्योगिक विद्युत् माग सम्बोधन गर्न अन्तर्देशीय विद्युत व्यापार र वर्षायाममा उत्पादन हुने विद्युत् खेर जान नदिन समेत महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयाे । आयोजना सम्पन्न हुँदा राष्ट्रिय ग्रिडको विश्वसनीयता र विद्युत् व्यापारको सम्भावना पनि थप विस्तार हुने उहाँकाे भनाइ छ ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.