Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काभ्रेपलाञ्चोक: बेथानचोक गाउँपालिका–३ का वडाध्यक्ष दिलबहाुर श्रेष्ठ आफ्नो कार्यकक्षमै दुई घण्टा थुनिनुभएको छ । सडक स्तरोन्तिका लागि आफ्ना नजिक र नाताभित्रै व्यक्तिलाई उपभोक्ता समितिमा गोप्य ढङ्गले राखीको आरोपमा स्थानीयले श्रेष्ठलाई शुक्रबार कार्यकक्षमै थुनेका हुन् । स्थानीयले शुक्रबार उनकै कार्यकक्षमा उपभोक्ता समितिबारे प्रश्न गर्दा वडाध्यक्ष श्रेष्ठले जवाफ दिन नसकेपछि विरोधस्वरुप कार्यकक्षमै थुनिएको स्थानीय भवनाथ तिमल्सिनाले बताउनुभयो । उहाँले भन्नुभयो, “वडाध्यक्षले छलफलविना गलत प्रक्रियाबाट आफ्ना नजिककालाई उपभोक्ता समितिका अध्यक्ष र अनुगमन समितिका अध्यक्ष तथा सडक उपभोक्ता नभएकालाई समितिका सदस्य बनाएका रहेछन्, हामीले यसबारे प्रश्न गर्दा उनले जवाफ दिन सकेनन् अनि केही समय कार्यकक्षमै थुनिदिएका हौँ ।” सडक…

Read More

काठमाडौँ: असार तेस्रो साता भइसक्दा पनि अझै मनसुन सक्रिय हुन सकेको छैन् । न्यूनचापिय रेखा मध्य भारतमै रहेकाले मनसुनी गतिविधि सक्रिय हुन नसकेकोे जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । मनसुन प्रवेश गरिसके पनि केही दिन सक्रिय र केही दिन कमजोर हुने क्रम चलिरहने महाशाखाका मौसमविद् विभूति पौखरेलले बताउनुभयो । मनसुन ट्रफ भारतको मध्य भू–भागमै रहेको छ । “उक्त ट्रफ विस्तारै नेपालसम्म आइपुग्न तीन–चार दिन लाग्ने छ”, मौसविद् पोखरेलले भन्नुभयो । जल तथा मौसम पूर्वनुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वनुमान जारी गदै आज देशका पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही हल्का वर्षाको सम्भावना रहेको जनाएको…

Read More

काठमाडौँ: नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम राख्न मलेसियन कम्पनीसँग सम्झौता गरेको छ। भन्सार छली गरेर आउने मोबाइल तथा देशभित्र हुने दुरूपयोग रोक्न भन्दै प्राधिकरणले उक्त सिस्टम ल्याउन लागेको जनाएको छ। मलेसियन कम्पनी नुमेरासँग प्राधिकरणले बिहीबार ७० लाख ६६ हजार ८ सय ८८ अमेरिकी डलरमा सम्झौता गरेको हो। ओएसआई कन्सल्टेन्सी इन्डिया र नमस्ते ग्लोबल कम्युनिकेसन सिंगापुरसँगको संयुक्त उपक्रम (जेभी)सँग प्राधिकरणले सम्झौता गरेको प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए। सम्झौताअनुसार अबको ६ महिनाभित्र उक्त कम्पनीले सिस्टम तयार पारिसक्ने छ। सिस्टम सञ्चालन भएपछि नेपाल आउने कुनै पनि मोबाइलको आइएमइआई नम्बर दर्ता गर्नु पर्नेछ। यसरी दर्ता भएका मोबाइलको सबै रेकर्ड सिस्टमबाट…

Read More

काठमाडौं: लापरवाही र नियम उल्लघंन गरी सवारीसाधन चलाउने चालकहरू सिसी क्यामेरा जडानपछि निकै हदसम्म तह लागेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाले सञ्चालनमा ल्याएको सिसी क्यामेराको प्रयोग प्रभावकारी बन्दै गएको छ। सिसी क्यामेरा जडानपछि काठमाडौं महानगरमा सवारी दुर्घटनाको सङ्ख्या घट्न थालेको छ। सिसी क्यामेरा जडान गरेसँगै ट्राफिक प्रहरीको आँखा छलेर लाइन मिच्ने, जथाभावी बाटो काट्ने सवारीचालक कारबाहीको दायराबाट उम्किन नपाएको महाशाखाले जनाएको छ। महाशाखाले उपत्यकाको मुख्य–मुख्य क्षेत्रमा पाँच सय १४ वटा सिसी क्यामेरा सञ्चालन गरेको छ। क्यामेराको नियन्त्रक कक्ष प्रहरी कार्यालय रानीपोखरीमा राखिएको छ। तीमध्ये एक सय ५१ वटा सिसी क्यामेरा ट्राफिक महाशाखाले हेर्न मिल्ने गरी जडान गरिएको छ। …

Read More

काठमाडौँ: भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षणमा कडाई गर्ने नीतिबाट सरकार पछि हटेको छ । भारतीय दूतावासले लिखित पत्र नै पठाएर दबाव दिएपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ६ महिनाका लागि यो नीति स्थगित गरेको बताइएको छ । विषादी परीक्षण विना फलफूल र तरकारी आयात गर्न नदिने यसअघिको निर्णय १३ दिनमै उल्ट्याउँदै मन्त्रिपरिषदको बैठकले विना परीक्षण त्यस्ता वस्तुको पैठारीको बाटो खोलिदिएको हो। तयारी विना नै निर्णय गर्दा कार्यान्वयनमा समस्या भएकाले तत्काललाई साविकअनुसार नै फलफूल तथा तरकारी आयातको बाटो खोलिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका कर्मचारीले बताए ।

Read More

काठमाडौँ:नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्ष २०७६÷७७को मौद्रिक नीतिका लागि सुझावहरु शुक्रबार नेपाल राष्ट्र बैंकमा प्रस्तुत गरेको छ । परिसंघको बैंक तथा वित्त समितिको अग्रसरतामा परिसंघका सदस्य प्रतिष्ठानहरुबाट संकलन गरिएका सुझावहरु परिसंघको तर्फबाट नेपाल राष्ट्र बैंकमा हस्तान्तरण गरि छलफल समेत गरेको हो । नेपाल उद्योग परिसंघले पेश गरेको सुझावमा मौद्रिक नीतिले विगत देखिनै देखा परेको तरलताको समस्याको समाधान तथा वर्षै भरि अनुमान योग्य व्याजदर कायम गर्ने मुख्य नीति लिनु पर्ने भनेको छ भने तरलताको व्यवस्थापन गर्न कर तिर्ने र व्याज भुक्तानीको समयलाई फरक गरिनु पर्ने भनिएको छ । त्यस्तै सरकारको वित्त नीतिले नयाँ प्रस्ताव गरेको सुन निक्षेपको…

Read More

काठमाडौँ: ग्लोबल आइएमइ बैंक र जनता बैंक नेपालले एक आपसमा मर्जरको सहमति गरेका छन् । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले मौद्रिक नीतिअघि मर्जरको पाटर्नर खोजिसक्न निर्देशन दिए पश्चात यी बैंकहरुले मर्जरको प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । मर्जर पश्चात नाम बैंकको नाम ग्लोबल आइएमइ बैंक राखिने गरि उक्त सम्झौतापत्रमा ग्लोबलका अध्यक्ष चन्द्र ढकाल र जनता बैंकका अध्यक्ष केशव रायमाझीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । शेयर आदान प्रदान अनुपात (स्वाप रेसिया) ८५ प्रतिशत रहने गरि दुई बैंकबिच सांग्रिला होटेलमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

Read More

काठमाडौँ: चालू आर्थिक वर्ष सकिन १० दिन मात्र बाँकी हुँदा सम्म पुँजीगत बजेट खर्चको अवस्था झनै निराशाजनक रहेको छ । असार २० गतेसम्म पुँजीगत खर्च जम्मा ५४ प्रतिशत रहेको छ । महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी विवरण अनुसार चालू आर्थिक वर्षको असार २० गते सम्म सरकारले एक खर्ब ७३ अर्ब ३१ करोड पुँजीगत खर्च गरेको छ । चालू आर्थिक वर्षको लागि पुँजीगत खर्च तर्फ ३ खर्ब १३ अर्ब बजेट बिनियोजन गरिएको थियो । सरकारले पुँजीगत बजेट खर्चमा सुधार गर्न समयमा बजेट ल्याए पनि अपेक्षीत रुपमा खर्च हुन नसक्दा बिकासका कामहरु अघि बढ्न सकेको छैन । अर्थ मन्त्रालयले…

Read More

काठमाडौँ: ‘प्रधानमन्त्रीज्यू, मेरो स्कुटरकोपछाडि बसेर वनस्थली जाऊँ, अनि थाहा हुन्छ, काठमाडौँमा मास्क लगाउनुपर्छ कि पर्दैन’, प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बिहीबारको बैठकमा नेपाली कांग्रेस सांसद रंगमती शाहीले भनिन्, ‘अनि थाहा हुन्छ, काठमाडौँको अवस्था कस्तो छ भनेर ।’ सांसद शाहीले प्रधानमन्त्री केपी ओलीले आफू प्रधानमन्त्री भएपछि काठमाडौँमा मास्क लगाउनुपर्ने बाध्यता हटेको भनी दिएको अभिव्यक्तिप्रति व्यंग्य गरेकी हुन् । उनले थपिन्, ‘एसी लगाएको गाडीको कालो सिसाबाट हेरेर काठमाडौँमा मास्क लगाउनुपर्दैन भनेर हुँदैन । प्रधामन्त्रीज्यू मेरो स्कुटीको पछाडि बस्नुस् । म स्कुटी चलाउँछु, तपाईं मास्क नलगाई सिंहदरबारबाट वनस्थली पुग्न सक्नुहुन्छ कि हुँदैन, अनि थाहा हुन्छ यहाँको वास्तविकता ।’ यो…

Read More

काठमाडौँ: जननिर्वा्चित संसद्लाई खबरदारी गर्न भन्दै पूर्वसांसदहरूले सिंहदरबारभित्रै गैरसरकारी संस्था (एनजिओ) चलाएका छन् । कार्यालय स्थापना गर्न सित्तैमा फ्ल्याट उपलब्ध गराइएको एनजिओलाई सरकारले वार्षिक बजेटसमेत दिँदै आएको छ । पिउने पानीदेखि कार्यालयमा आवश्यक फर्निचर र कर्मचारी संसद् सचिवालयले नै व्यवस्था गरिदिएको छ । पूर्वसभामुख तारनाथ रानाभाटको पालादेखि ‘पूर्वसांसद मञ्च, नेपाल’ नामक एनजिओ सिंहदरबारभित्रै अड्डा जमाएर बसेकोमा तत्कालीन संविधानसभाका सदस्यहरूले फेरि अर्को एनजिओ सुरु गरेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ‘संविधानसभा सदस्य परिषद्, नेपाल’ नामको एनजिओ दर्ता गरेर संघीय संसद् सचिवालयको भवनमा कार्यालय स्थापना गरेका हुन् । तत्कालीन माओवादी केन्द्रको संसदीय दलको कार्यालय रहेको संसद् सचिवालयको…

Read More