Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

चितवन: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता ढिला भए पनि सफलताका साथ सम्पन्न भएको बताएका छन् । नेकपा चितवनको प्रथम बैठक तथा शपथग्रहण कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले नेपाली जनताको चाहना र कम्युनिष्ट आन्दोलनको उपलब्धिका रुपमा पार्टी एकता भएको बताए । निर्वाचनको समयमा भएको तालमेललाई एकतामा ढाल्नका लागि केही समय लागेको भए पनि यसलाई सफलताका साथ सम्पन्न गर्न सकिएको उनको भनाइ थियो । उनले कम्युनिष्ट एकताप्रति जनताको अभिमत जाँच्ने ब्यारो मिटरका रुपमा निर्वाचनलाई लिइएको बताए । पार्टी एकतालाई धमिल्याउनका लागि प्रतिक्रियावादी शक्ति र अवसरवादी शक्तिहरु अहिले पनि सल्बलाई राखेको उनको भनाइ छ । उनले…

Read More

काठमाडौँ: संसदको राज्यव्यवस्था समितिको सोमबारको बैठकमा सत्तापक्षकै सांसदहरुले गृहमन्त्री र प्रहरी प्रशासनको शैलीमाथि प्रश्न उठाएका छन् । गत असार ५ गते सर्लाहीमा विप्लव नेतृत्वको नेकपाका जिल्ला नेता कुमार पौडेलको मृत्युमा प्रहरीले मुठभेड भनेपनि सांसदहरुले त्यसलाई कलाबिहिन नाटक भनेका छन् । कतिपय सांसदहरुले यो घटनापछि सरकारले नै पुन द्वन्द्व सिर्जना गर्न खोजेको आरोप समेत लगाएका छन् । सोमबार समितिले गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालाई बैठकमा डाकेर छलफल गरेको थियो । छलफलमा गृहमन्त्री थापाले प्रहरीसँगको मुठभेडमा पौडेलको मृत्यु भएको दावी पेश गरेपनि सांसदरु प्रश्नमाथि प्रश्न गर्दै सरकारको भनाईमा विस्वाश गर्न तयार देखएिनन् । नेकपाका सांसद झपट…

Read More

काठमाडौं: परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय विदेशमन्त्री एस.जयशंकरलाई नेपाल भ्रमणमा आउन पुनः खबर पठाएका छन् । नेपाल–भारतको विदेश मन्त्रीस्तरीय बैठकका लागि उनले निमन्त्रणा पठाएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । एस.जयशंकरले विदेश मन्त्रीको सपथ लिएपछि परराष्ट्रमन्त्री ज्ञवालीले पठाएको बधाईपत्रमा पनि नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए । तर उनी नेपाल नआएर पहिलो भ्रमण भुटानबाट गरेका थिए । परराष्ट्र मन्त्री ज्ञवालीले अहिले पुनः जयशंकरलाई निमन्त्रणा पठाएको बताइएको छ । यो विदेश मन्त्रीस्तरीय संयुक्त बैठक गत फागुन दोस्रो हप्ता नै बस्ने कुरा थियो । तर भारतमा चुनाव भएका कारणले बैठक स्थगित भएको थियो । संयुक्त बैठकको मिति चाँडै तोकेर मन्त्री…

Read More

काठमाडौँ: सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको नेपाल स्याटेलाइट टेलिकम कम्पनीसँग पुँजीगत लाभकर असुली नगर्न यसअघि जारी गरेको अन्तरिम आदेश हटाएको छ । न्यायाधीशहरु सुष्मलता माथेमा र मनोजकुमार शर्माको आइतबारको इजलासको गत जेठ २ गते जारी अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने भनी अर्को आदेश गरेको हो । यो आदेशसँगै सरकारलाई नेपाल स्याटेलाइट टेलिकमले कर छली गरेको ४ अर्ब ३२ करोड रुपैयाँ असुली प्रक्रिया अघि बढाउन बाटो खुलेको छ । नेपाल स्याटेलाइट टेलिकमको ७५ प्रतिशत स्वामित्व साइप्रसस्थित एयरबस सर्भिसेज लिमिटेडसँग छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

Read More

काठमाडौँ: भारतले सीमाक्षेत्रमा अन्तर्राष्ट्रिय नियमविपरीत निर्माण गरेको ‘बाँधजस्ते सडक’ ले पानीको निकास थुनेपछि बाँकेको राप्तीपारि नरैनापुर गाउँपालिका डुबानमा परेको छ । नरैनपुर भारतीय सीमाक्षेत्रसँगै जोडिएको गाउँपालिका हो । पालिकाको उत्तरतिरबाट बग्ने पानीले पूर्व–पश्चिममा भारतले निर्माण गरिरहेको बाँधजस्तो सडकका कारण कारण निकास नपाउँदा नरैनापुरका १,२ र ३ वडा डुबान परेका हुन् । बनियाँ गाउँ, महतनियाँ, मझेरटी, मियाँपुर्वा, घोरदौरिया, महादेवनगर, कोटीहा, वहाबपुर्वा, रोसनपुर्वालगायत दर्जनौँ गाउँ डुबानमा परेका छन् । यो समाचार आजको नागरिक दैनिकमा अर्जुन ओलीले लेखेका छन् ।

Read More

काठमाडौँ: नारायणहिटी दरबार पुगेका अवलोकनकर्तामा एउटा जिज्ञासा उत्पन्न हुन सक्छ, “राजपरिवारका सदस्य सिनेमाप्रति चासो राख्थे कि राख्दैनथे ? सिनेमा कहाँ हेर्थे होलान् ?” तत्कालीन राजपरिवारका सदस्य एवं शाही नातेदार सिनेमाका पारखी थिए । नारायणहिटी दरबारभित्र रहेको सिनेमा हलमा प्रायः शुक्रबार सिनेमा हेर्ने गरिन्थ्यो । दशैँमा टीका थाप्ने कक्षसँगै जोडिएको सिनेमा हल दरबार हत्याकाण्डपछि बन्द छ । दरबारभित्रका विभिन्न कक्ष सर्वसाधारणका लागि खुला गरिए पनि सिनेमा हललाई भने खुला गरिएको छैन । त्यतिबेला उपत्यकाका सिनेमा हलबाट ‘हाफ टाइम’मा सिनेमाका रिललाई दरबारतर्फ कुदाइन्थ्यो । रिलको व्यग्र पर्खाइमा राजपरिवार सिनेमा हलमा बस्थे । कर्मचारीहरूले हस्याङफस्याङ गरी दरबारभित्रको सिनेमा हलमा…

Read More

काठमाडौँ: भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागत ३५ अर्ब रुपैयाँ पुग्ने भएको छ। साढे ७ अर्ब रुपैयाँ मात्रै लागत तय गरेर ठेक्का गरिएको भए पनि त्योभन्दा ५ गुणा बढी खर्च हुने देखिएको छ। विमानस्थल निर्माणभन्दा तीन गुणाबढी रकम जग्गा अधिग्रहणमा लागेकाले लागत बढेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। जग्गा अधिग्रहणलाई विमानस्थलको भौतिक पूर्वाधारसँग नजोडिएकाले पनि यसलाई एकमुष्ट खर्चमा देखाउँदा भने विमानस्थल निर्माणमा ठूलो रकम खर्च भएको प्राधिकरणको भनाइ छ। विमानस्थल निर्माण र पछिल्लो समय लागेको प्राविधिक कामको ठेक्कासमेत गरेर करिब साढे ७ अर्ब छुट्टयाइएको छ। २३ अर्ब ५९ करोड मुआब्जाको निम्ति, कार्गो भवन निर्माणमा ९०…

Read More

काठमाडौं: क्युटिस केयरले सेतो दुबी सम्वन्धि जनचेतना मूलक कार्यक्रम गर्ने भएको छ । यही असार १० गते मध्य बानेश्वरस्थित क्युटिज केयरले बरिष्ठ छाला रोग विशेषज्ञ प्रा. डा. धर्मेन्द्र कर्णसँग सेतो दुबी बारे जनचेतना जगाउन कार्यक्रम गर्ने भएको हो । सेतो दुबी छालामा देखिने एक प्रकारको बिकार भएको र यसको उपचार सम्भव रहेको डा. कर्ण बताउँछन् । सेतो दुबीको उपचार हुन्छ भन्ने नै थाहा नहुँदा धेरै मानिसले यतिकै रोग पालेर बसेको उदाहरण हाम्रो सामाजमा धेरै छ । त्यसैले पनि जनचेतना जगाउने प्रयास गरिएको  डा कर्णले बताए । सेतो दागको रूपमा देखिने उक्त दुबीलाई चिकित्सकीय भाषामा…

Read More

काठमाडौँ: चालू आर्थिक वर्षको पहिलो आठ महिना बितिसक्दा पनि पूँजीगत खर्चले गति लिन सकेको छैन । बिकासको मेरुदण्ड मानिएको पूँजीगत खर्चले गति लिननसक्नु चिन्ताको बिषय भएको अर्थविदहरु बताउछन् । आर्थिक वर्ष २०७५ /७६ को पहिलो ११ महिना बितिसक्दासम्म जम्मा ४९ दशमलब ९४ प्रतिशत पूँजीगत बजेट खर्च भएको छ । समीक्षा अवधिमा कूल पूँजीगत बजेट बिनियोजन तीन खर्ब १३ अर्ब ९९ करोड मध्ये एक खर्ब ५६ अर्ब ८१ करोड खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । समीक्षा आवधिमा चालू खर्च विनियोजनको ७४ दशमलब १७ प्रतिशत र बित्तिय ब्यबस्थान तर्फ़ ४४ दशमलब ७४ प्रतिशत खर्च भएको छ । …

Read More

काठमाडौँ: भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल हिन्दु राष्ट्रका लागि तयार हुने विश्वास व्यक्त गरेका छन् । लखनउस्थित मुख्यमन्त्री कार्यालय (लोक भवन) मा नेपाली पत्रकारहरुको टोलीसँग उनले भने, ‘हरेक देशको पहिचान हुन्छ । विश्वका हिन्दुहरुले नेपाललाई हिन्दु राष्ट्रका रुपमा चिन्छन् । दुनियाँको भावना समेट्न नेपाल तयार हुनेछ ।’ नेपाल हिन्दु राष्ट्र हुँदा विश्वभरको हिन्दुको नेपालसँग भावनात्मक सम्बन्ध हुने र तीन करोड जनसंख्या भएको नेपालले विश्वका सय करोड हिन्दुको तागत प्रयोग गर्न सक्ने मुख्यमन्त्री आदित्यनाथको भनाइ छ । योगीले हिन्दु राष्ट्रमार्फत नेपालले धार्मिक पर्यटनलाई विस्तार गर्न सक्नेमा जोड दिए । यो समाचार आजको नागरिक दैनिकमा…

Read More