Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं : पशुपतिनाथ मन्दिरको कमाइ सवा अर्बभन्दा बढी पुगेको छ। भेटी, विशेष पूजा, हुन्डीबाट १ अर्ब २९ करोड ३८ लाख ३१ हजार रुपैयाँ संकलन भएको हो। यही रकमबाट १ अर्बको अक्षय कोष स्थापना गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। श्रीपशुुुुपतिनाथको गुुुुठी जग्गा छानबिन तथा संरक्षण समितिले जग्गा छानबिन गर्ने क्रममा रकमको विवरण खुलेको कोषका कोषाध्यक्ष मिलनकुमार थापाले बताए। ‘मन्दिरका नाममा हालसम्म उक्त रकम बचत देखियो’, समितिका संयोजकसमेत रहेका थापाले भने, ‘यसबाटै अक्षय कोष स्थापना गरेका छौं।’ कोषले भेटी तथा पूजा व्यवस्थापन नियमावली बनाएर मन्दिरको भेटीघाटीलाई २०६८ चैत २० देखि व्यवस्थित गर्न थालेको थियो। दैनिक हजारौं भक्तजनले चढाउने…

Read More

काठमाडौँ: विमानस्थल प्रहरीले लाखौं‌ नक्कली भारतीय नोटसहित युनुस अन्सारीलाई पक्राउ गरेको छ। भारत जान लागेका उनलाई विशेष ब्युरो र विमानस्थल प्रहरीले पक्राउ गरेको हो। अहिले उनीबाट बरामद रकमको मुचुल्का गरिने काम भइरहेको प्रहरीले जनाएको छ। ‘उनीबाट लाखौं रकम बरामद भएको छ, हामी गन्ने काम गरिरहेका छौं,’ प्रहरीस स्रोतले भन्यो । उनीसँगै कतारबाट आएका तीन जना नेपाली र तीन जना पाकिस्तानीलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीहरूले दुई ब्रिफकेस भरी नक्कली भारू बोकेका थिए। युनुस पहिला पनि नक्कली नोट काण्डमा जेल परेका थिए। पछि छुटेर फेरि उनी त्यही काम लागेको सुचना पाएपछि प्रहरीले उनीमाथी निगरानी बढाएको थियो।

Read More

काठमाडौं: साताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्य ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ५९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छापवाला सुनको मूल्य आज ५०० रुपैयाँले बढेर ५९ हजार ७०० रुपैयाँमा कारोबार भएको छ। बिहीबारको तुलनामा आज तेजाबी सुनको मूल्य पनि ५०० रुपैयाँले बढेको हो। त्यसैगरी आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ। महासंघले प्रति १० ग्राम चाँदीको मूल्य ६०९ रुपैयाँ कायम गरेको छ।

Read More

सिरहा : गयराती पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिकास्थित प्रयागपुर चाेकमा बस र ट्रक एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। भने २५ जना घाइते भएका छन्। ना ८ ख ९८२ नम्बरको प्राइम बस पूर्व झापाबाट काठमाण्डौं जादैँ गर्दा पश्चिमबाट आइरहेको ना ३ ख ४२६४ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी सुकदेव खनालले जानकारी दिए। उनकाअनुसार दुर्घटनामा दुईको जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। घाइतेमध्ये ८/१० जना गम्भीर रहेका छन्। मृत्यकको पहिचान खुल्न सकेको छैन्। एकजनाको घटनास्थलमै र अर्कोको उपचारको क्रममा मिर्चैयामा मृत्यु भएको डीएसपी खनालले बताए। सामान्य घाइतेहरुको स्थानीय अस्पतालमा…

Read More

काठमाडौँ: भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि झन् शक्तिशाली बनेर उदाएका छन् । लोकसभा चुनावमा मोदी नेतृत्वको भाजपा (भारतीय जनता पार्टी) ले दर्बिलो बहुमत प्राप्त गरेका छन् । भाजपाले शुक्रबार बिहान ६ बजेसम्म २८९ सिटमा जितिसकेको छ । १४ सिटमा अग्रता लिएको छ । विपक्षी कंग्रेस आईका उम्मेदले ५० सिटमा जित हासिल गरेका छ र एक सीटमा अग्रता बनाएको छ । २०१४ को लोकसभा चुनावमा ४४ सीट जितेको कंग्रेस आइले केही सीट बढाउनबाहेक कुनै प्रभाव देखाउन सकेन । सात चरणमा करिब डेढ महिनामा सम्पन्न भारतको लोकसभा चुनावको मतगणना लगभग अन्तिम चरणमा पुगेको छ । बहुमतका लागि २…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन गरी लोकसभा निर्वाचनमा विजयी भएकोमा बधाई दिएका छन्। ५४२ लोकसभा सिटमध्ये मोदी नेतृत्वको भारतीय जनता पार्टीले तीन सय ४० भन्दा बढी सिटमा अग्रता ल्याएको र प्रधानमन्त्री मोदी विजयी भएकोमा ओलीले बधाई दिएका हुन्। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार बिहीबार अपरान्ह ओली र मोदीबीच टेलिफोन वार्ता भएको हो। ‘प्रम ओलीले भारतीय प्रम मोदीजीलाई फोन गर्नुभयो। सम्पन्न आमनिर्वाचनमा प्राप्त सफलताको लागि बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभयो।’ निर्वाचन जितेसँगै मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने निश्चित भएको छ। यसअघि प्रधानमन्त्री ओलीले मोदीलाई ट्वीटरमार्फत् बधाई दिएका थिए।…

Read More

काठमाडौँ: सरकारले मेलम्ची खानेपानी आयोजनाका बाँकी काम टुक्र्याएर ठेक्का लगाउने भएको छ । यसको जिम्मा आयोजना सञ्चालक समितिलाई दिइएको छ । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले बिहीबार मन्त्रिपरिषद बैठकले मेलम्चीको काम विशेष परिस्थिति अनुरुपको कानूनी आधारमा टेकेर तीव्रताका साथ अघि बढाउने निर्णय गरेको जानकारी दिए। इटालियन कम्पनी भागेपछि आयोजनाको काम रोकिएको छ । सरकारले भने नीति तथा कार्यक्रममा नै एक वर्षभित्र मेलम्चीको पानी ल्याउने बताएको छ । मन्त्रिपरिषद बैठकले आयोजनाका बाँकी कामलाई भिन्नभिन्न टेण्डर आह्वान गरेर बेग्लाबेग्लै ठेकेदारमार्फत् काम अघि बढाउने बाटो खोलेको छ। मेलम्चीको बाँकी काम सक्न कम्तीमा ३ अर्ब बजेट लाग्ने अनुमान छ।

Read More

काठमाडौँ: सगरमाथा आरोहणको वसन्त ऋतुको याममा इतिहासकै सबभन्दा बढी आरोहीले सगरमाथाको चुचुरो चुमेका छन्। पर्यटन विभागका अनुसार यस याममा जारी हिमाल आरोहणका क्रममा आजसम्म ३५० भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन्। विभागको पर्वतारोहण शाखाका अनुसार यस याममा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका ३८१ ले आरोहण अनुमति लिएका छन्। सन् २०१८ मा ३८ आरोही समूहका ३४६ ले आरोहण अनुमति लिएका थिए। जसमा शेर्पा आरोहीसहित ७२१ ले सगरमाथा आरोहण गरेको विभागले जनाएको छ। यस्तै, सन् २०१७ मा ४३ आरोही समूहका ३६६ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका थिए। यसअघि सन् २०१३ मा करिब पाँच सय र सन्…

Read More

काठमाडौं: नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर भएको छ । नेपालको तर्फबाट उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र अष्ट्रियाको तर्फबाट त्यहांका यातायात तथा प्रविधिमन्त्री उन्ड्रेस रेईचार्डटले उक्त समझदारीमा मंगलवार हस्ताक्षर गरेका हुन् । दुई देशबीच उर्जाको क्षेत्रमा आर्थीक लगानी, प्राविधक सहयोग तथा उर्जा क्षेत्रका अनुभवहरुलाई आदान प्रदान गर्ने सहमती भएको छ । त्यसका साथै परियोजनाहरुको पहिचान गरेर संयुक्त कार्यसमुह बनाएर काम गर्ने समझदारी समेत बनेको छ । समझादरीअनुसार उर्जा र वैकल्पिक क्षेत्रमा सहकार्य गर्नुका साथै प्राविधिक सहयोग, परियोजनाहरुको संयुक्त अध्ययन र तालिममा पनि सहकार्य गरिने उल्लेख छ । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले उर्जाको क्षेत्रमा आर्थीक लगानी,…

Read More

काठमाडौँ: नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले सोमबार ट्वीटरमार्फत ‘राजदूतसँग गफगाफ’ सुरु गर्न लागेको उद्घोष गरे । ‘म सामाजिक सञ्जालमा तपाईहरुसँग अन्तरक्रिया गर्न चाहन्छु तर सम्भवतः म अमेरिकी दूतावाससँग जोडिनुभएका तपाईं४० लाख सामाजिक सञ्जाल प्रयोगकर्तासँग भेट्न सक्नेछैन’ उनले भनेका छन् –‘त्यसैले म तपाईंहरुका प्रश्न सुन्न र उत्तर दिन ‘राजदूतसँग गफगाफ’ सुरु गर्दैछु । प्रतीक्षा गर्नुहोस् ।’ राजदूतको यो घोषणाको सुरुमा केहीले स्वागत गरेपनि यसले विवाद सिर्जना गरेको छ । केही कूटनीतिज्ञले राजदूतले नियमित गफगाफ गर्ने शृङ्खला समकालीन कूटनीतिक अभ्यासमा नपर्ने टिप्पणी गरेका छन् भने कतिपयले नेपालको हैसियत हेरेर यस्तो अभ्यास गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । …

Read More