Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: मलेसिया रोजगारीको बाटो रोकिएको १३ महिना पुग्यो। दुई देशबीच ‘ऐतिहासिक’ श्रम सम्झौता भएकै ८ महिना बितिसक्यो। तर, गतिरोध अझै हट्न सकेन। गाँठो कहाँ छ त ? विज्ञहरूको निचोड छ, ‘ श्रममन्त्रीको इगो (अहम्) ले अड्काइरहेको छ ।’ गत वर्ष जेठ २ गते मन्त्री गोकर्ण विष्टले मलेसियाका लागि काम गरिरहेका विभिन्न संस्थाका सञ्चालकलाई व्यापक धरपकड गरे । तिनीहरूविरुद्ध सरकार अदालत गयो। तिनलाई लगाइएको आरोप थियो, श्रमिकसँग अनावश्यक शुल्क उठाएको । उनको कठोर निर्णयबाट भेन्डर संस्थाका सञ्चालकको भागाभाग भयो । कतिपय पक्राउ परी धरौटीमा छुटे। तिनले क्रमशः सफाइ पाउँदै आगएका छन् । त्यही क्रममा २०७५ कात्तिक १२ गते मन्त्री…

Read More

काठमाडौँ: १० महिनामा मुलुकको शोधनान्तर स्थिति ६८ अर्ब २० करोड रुपैयाँ घाटामा पुगेको छ । गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १८ अर्ब ९३ करोड रुपैयाँले घाटामा थियो । चालू आर्थिक वर्षको १० महिनामा यो अबस्था डरलाग्दो देखिएको हो । मुलुक भित्रिने भन्दा बाहिरिने रकम बढेकाले शोधनान्तर घाटा फराकिलो बन्दै गएको छ । गत माघ महिनासम्म केही सुधारको गतिमा रहेको शोधनान्तर फागुनदेखि लगातार फेरि बढ्यो, फलस्वरुप बैशाखसम्म शोधनान्तर घाटा ६८ अर्ब २० करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको १० महिनाको आर्थिक तथा वित्तीय स्थितिमा सो कुरा उल्लेख छ ।

Read More

काठमाडौं: प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका युवा नेता नरबहादुर कार्की पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख उत्तमराज सुवेदीले कार्की पक्राउ परेको पुष्टि गरे । नो ट्याक्स नो एनसेल अभियान चलाइरहेका कार्कीलाई महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीको संयुक्त टोलीले सोमबार अपरान्ह काठमाडौंको बालुवाटारबाट पक्राउ गरेको एसएसपी सुवेदीले जानकारी दिए । पक्राउ परेका कार्कीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं: मेलम्ची खानेपानी आयोजनाको काममा अवरोध गर्दै आएका स्थानीय ठेकेदारले २ बुँदे सहमतिपछि काम सुचारु गर्न दिने भएका छन् । सोमबार सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङको पहलमा मेलम्चीमा भएको सरोकारवालाहरुको बैठकपछि सो सहमति जुटेको हो । छलफलमा अगामी असार २१ गतेभित्र स्थानीय ठेकदार, सप्लायर्स र आयोजनामा काम गरेका कामदारले पाउनुपर्ने रकम भूक्तानीका बारेमा प्रतिवेदन बुझाउने र आयोजना स्थलमा स्थानीयले अवरोध नगर्ने सहमति जुटेको हो । मेलम्ची खानेपानी आयोजनाको काम छोडेको इटालियन ठेकेदार कम्पनी सिएमसीले रकम भूक्तानी गर्न बाँकी स्थानीय ठेकेदार, सप्लायर्स र मजदुरले आयोजनाको काममा अवरोध गर्दै आएका थिए । सोमबारको छलफलबाट सिन्धुपाल्चोकका…

Read More

चितवन: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता ढिला भए पनि सफलताका साथ सम्पन्न भएको बताएका छन् । नेकपा चितवनको प्रथम बैठक तथा शपथग्रहण कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले नेपाली जनताको चाहना र कम्युनिष्ट आन्दोलनको उपलब्धिका रुपमा पार्टी एकता भएको बताए । निर्वाचनको समयमा भएको तालमेललाई एकतामा ढाल्नका लागि केही समय लागेको भए पनि यसलाई सफलताका साथ सम्पन्न गर्न सकिएको उनको भनाइ थियो । उनले कम्युनिष्ट एकताप्रति जनताको अभिमत जाँच्ने ब्यारो मिटरका रुपमा निर्वाचनलाई लिइएको बताए । पार्टी एकतालाई धमिल्याउनका लागि प्रतिक्रियावादी शक्ति र अवसरवादी शक्तिहरु अहिले पनि सल्बलाई राखेको उनको भनाइ छ । उनले…

Read More

काठमाडौँ: संसदको राज्यव्यवस्था समितिको सोमबारको बैठकमा सत्तापक्षकै सांसदहरुले गृहमन्त्री र प्रहरी प्रशासनको शैलीमाथि प्रश्न उठाएका छन् । गत असार ५ गते सर्लाहीमा विप्लव नेतृत्वको नेकपाका जिल्ला नेता कुमार पौडेलको मृत्युमा प्रहरीले मुठभेड भनेपनि सांसदहरुले त्यसलाई कलाबिहिन नाटक भनेका छन् । कतिपय सांसदहरुले यो घटनापछि सरकारले नै पुन द्वन्द्व सिर्जना गर्न खोजेको आरोप समेत लगाएका छन् । सोमबार समितिले गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालाई बैठकमा डाकेर छलफल गरेको थियो । छलफलमा गृहमन्त्री थापाले प्रहरीसँगको मुठभेडमा पौडेलको मृत्यु भएको दावी पेश गरेपनि सांसदरु प्रश्नमाथि प्रश्न गर्दै सरकारको भनाईमा विस्वाश गर्न तयार देखएिनन् । नेकपाका सांसद झपट…

Read More

काठमाडौं: परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय विदेशमन्त्री एस.जयशंकरलाई नेपाल भ्रमणमा आउन पुनः खबर पठाएका छन् । नेपाल–भारतको विदेश मन्त्रीस्तरीय बैठकका लागि उनले निमन्त्रणा पठाएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । एस.जयशंकरले विदेश मन्त्रीको सपथ लिएपछि परराष्ट्रमन्त्री ज्ञवालीले पठाएको बधाईपत्रमा पनि नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए । तर उनी नेपाल नआएर पहिलो भ्रमण भुटानबाट गरेका थिए । परराष्ट्र मन्त्री ज्ञवालीले अहिले पुनः जयशंकरलाई निमन्त्रणा पठाएको बताइएको छ । यो विदेश मन्त्रीस्तरीय संयुक्त बैठक गत फागुन दोस्रो हप्ता नै बस्ने कुरा थियो । तर भारतमा चुनाव भएका कारणले बैठक स्थगित भएको थियो । संयुक्त बैठकको मिति चाँडै तोकेर मन्त्री…

Read More

काठमाडौँ: सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको नेपाल स्याटेलाइट टेलिकम कम्पनीसँग पुँजीगत लाभकर असुली नगर्न यसअघि जारी गरेको अन्तरिम आदेश हटाएको छ । न्यायाधीशहरु सुष्मलता माथेमा र मनोजकुमार शर्माको आइतबारको इजलासको गत जेठ २ गते जारी अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने भनी अर्को आदेश गरेको हो । यो आदेशसँगै सरकारलाई नेपाल स्याटेलाइट टेलिकमले कर छली गरेको ४ अर्ब ३२ करोड रुपैयाँ असुली प्रक्रिया अघि बढाउन बाटो खुलेको छ । नेपाल स्याटेलाइट टेलिकमको ७५ प्रतिशत स्वामित्व साइप्रसस्थित एयरबस सर्भिसेज लिमिटेडसँग छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

Read More

काठमाडौँ: भारतले सीमाक्षेत्रमा अन्तर्राष्ट्रिय नियमविपरीत निर्माण गरेको ‘बाँधजस्ते सडक’ ले पानीको निकास थुनेपछि बाँकेको राप्तीपारि नरैनापुर गाउँपालिका डुबानमा परेको छ । नरैनपुर भारतीय सीमाक्षेत्रसँगै जोडिएको गाउँपालिका हो । पालिकाको उत्तरतिरबाट बग्ने पानीले पूर्व–पश्चिममा भारतले निर्माण गरिरहेको बाँधजस्तो सडकका कारण कारण निकास नपाउँदा नरैनापुरका १,२ र ३ वडा डुबान परेका हुन् । बनियाँ गाउँ, महतनियाँ, मझेरटी, मियाँपुर्वा, घोरदौरिया, महादेवनगर, कोटीहा, वहाबपुर्वा, रोसनपुर्वालगायत दर्जनौँ गाउँ डुबानमा परेका छन् । यो समाचार आजको नागरिक दैनिकमा अर्जुन ओलीले लेखेका छन् ।

Read More

काठमाडौँ: नारायणहिटी दरबार पुगेका अवलोकनकर्तामा एउटा जिज्ञासा उत्पन्न हुन सक्छ, “राजपरिवारका सदस्य सिनेमाप्रति चासो राख्थे कि राख्दैनथे ? सिनेमा कहाँ हेर्थे होलान् ?” तत्कालीन राजपरिवारका सदस्य एवं शाही नातेदार सिनेमाका पारखी थिए । नारायणहिटी दरबारभित्र रहेको सिनेमा हलमा प्रायः शुक्रबार सिनेमा हेर्ने गरिन्थ्यो । दशैँमा टीका थाप्ने कक्षसँगै जोडिएको सिनेमा हल दरबार हत्याकाण्डपछि बन्द छ । दरबारभित्रका विभिन्न कक्ष सर्वसाधारणका लागि खुला गरिए पनि सिनेमा हललाई भने खुला गरिएको छैन । त्यतिबेला उपत्यकाका सिनेमा हलबाट ‘हाफ टाइम’मा सिनेमाका रिललाई दरबारतर्फ कुदाइन्थ्यो । रिलको व्यग्र पर्खाइमा राजपरिवार सिनेमा हलमा बस्थे । कर्मचारीहरूले हस्याङफस्याङ गरी दरबारभित्रको सिनेमा हलमा…

Read More