Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाल–भारत रेलसेवा सम्झौताको विस्तृत पुनरावलोकनको तेस्रो बैठकमा भाग लिन ११ सदस्यीय नेपाली वार्ता टोली गठन गरिएको छ । भारतको दिल्लीमा जेठ २३ र २४ गते हुने बैठकमा भाग लिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा वार्ता टोली गठन गरिएको हो । नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँसकोटाले सो टोलीमा कानुन, न्याय तथा संसदीय मामिला, उद्योग, वाणिज्य तथा आपूर्ति र परराष्ट्र मन्त्रालयका प्रतिनिधित्व समेत रहने जानकारी दिए । मन्त्रिपरिषद्को जेठ १०, १३ र १५ गते बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न बिहीबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो…

Read More

काठमाडौँ: सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकम ४ करोडबाट बढाएर ६ करोड पुर्याएकोमा सांसदहरु उत्साहित देखिएका छन् । सरकारले कार्यक्रम नै हटाउने मनस्थिति बनाएको बेला दबाब दिएर रकम बढाउन सफल भएपछि सांसदहरु त्यसको ‘जस’ लिन प्रतिस्पर्धा गरिरहेका छन् । नियमावली सच्याउने अर्थमन्त्रीको घोषणापछि अब कसरी हुन्छ खर्च ? चालू आर्थिक वर्षमा सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सञ्चालन गर्न प्रत्यक्ष निर्वाचित सांसदलाई बढी निर्णायक बनायो । ‘स्थानीय तहलाई पूर्वाधार विकास कार्यक्रमअन्तर्गत आयोजना छनोट तथा अनुगमनमा प्रतिनिधिसभा र राष्ट्रिय सभा सबैको भूमिका रहने गरी नियमावली परिमार्जन गरिनेछ । एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लाको संयुक्त…

Read More

काठमाडौँ: नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्ने क्रममा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आलोपालोमा सरकारको नेतृत्व गर्ने सहमति भएको तथ्य बाहिर आएसँगै उनीहरुबीच भित्रभित्रै विवाद रहेको देखिएको छ । उतिबेला लिखित सहमति सार्वजनिक नभए पनि पार्टी र सरकार सञ्चालनमा अहिले ओली हावी हुँदै गएपछि असन्तुष्टिस्वरुप सहमतिपत्र बाहिर आएको हो । त्यसो त अध्यक्ष दाहालले यसअघि विभिन्न सार्वजनिक कार्यक्रममा पनि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ओली र सरकारप्रति गुनासो र असन्तुष्टि प्रकट गर्दै आएका थिए । तर, अहिले यस किसिमको असन्तुष्टि मुखर हुँदै आएको छ । जसका कारण पार्टीको एकीकरण प्रक्रियाले पूर्णता नपाउँदै सत्ता…

Read More

काठमाडौं: सरकारले पहिलोपटक अन्तरर्राष्ट्रिय विमानस्थलको संचालन–व्यवस्थापनमा विदेशी साझेदार भित्र्याउने भएको छ । भैरहवामा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन–व्यवस्थापनमा विदेशी साझेदार भित्र्याउने निर्णय गरिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को देशको नियमनकारी निकायसँग सम्झौता गरी साझेदार निकाय भित्र्याउन लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले जानकारी दिए । ‘विमानस्थलको संचालन तथा व्यवस्थापन गर्न साझेदार निकाय भित्राउने निर्णय भएको छ,’ उनले भने, ‘तर प्राधिकरणलाई अलग गरेर फरक कम्पनी भित्र्याउने होइन ।’ सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाका अनुसार गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि ‘सरकार–सरकार बीच (जीटूजी)’ सम्झौताको प्रक्रिया अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन…

Read More

काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले जनताको धैर्यताको बाँध टुट्न नदिन यसपटक वितरणमुखी बजेट ल्याइएको बताएका छन् । वृद्ध भत्ता, कर्मचारीको तलब वृद्धि तथा जनप्रतिनिधिलाई खर्च गर्न रकम उपलब्ध गराइएको तर्फ संकेत गर्दै अर्थमन्त्रीले जनतालाई धेरै पर्खाइरहन पनि उचित नहुने बताए । ‘जनताको धैर्यता टुट्न दिनु हुँदैन,’ अर्थ मन्त्रालयमा बिहीबार आयोजित बजेटपछिको अन्तरक्रिया कार्यक्रममा खतिवडाले भने । खतिवडाले जनताले चुनेको कारण नै सांसद्लाई ६ करोड रुपैयाँ दिनु परेको बताएका छन् । जनप्रतिनिधिले निर्वाचनमा विभिन्न काम गर्ने वाचा गरेका हुन्छन् । त्यही आधारमा निर्वाचित भएर आएका पनि हुन्छन् । हामी जननिर्वाचित हुने व्यवस्था अवलम्बन गर्दैछौं । यसर्थ जनप्रतिनिधिलाई…

Read More

काठमाडौँ: बजेटले लगानीकर्ताको धेरै जसो पूरा गरेपनि शेयर बजारमा उलेख्य सुधार आउन सकेन् । नेप्से परिसूचकमा सामान्य सुधार हुँदा पनि कारोवार रकममा भने भारी वृद्धि भएको छ । कारोबार सुरु भएको १५ मिनेटमै २१ अंक सुधार भएको शेयर अन्तिममा ५.५८ अंकले बढेर बन्द भयो। बजेटले पूँजीगत लाभकर, बोनस शेयर र हकप्रद शेयरको पूँजीगत लाभकर गणना विधिलाई टुङ्गो लगाएपछि लगानीकर्ता हौसिएका थिए। विहिबार कारोबार रकम भने डेढ अर्ब रुपैयाँ नाघेको छ। सूचक ५.५८ अंकको सुधार सँगै १३१९.४७ अंकमा रोकिएको छ। नेप्से बढेपनि आजको कारोवारमा बाणिज्य बैंक, अन्य, बिमा म्युचुअल फन्ड बाहेक सबै समूहको परिसूचक घटेको छ ।

Read More

काठमाडौं: इंग्लिस क्लब चेल्सीले युरोपा लिग फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा आर्सनललाई ४–१ गोल अन्तरले पराजित गर्दै चेल्सीले उपाधि कब्जा गरेको हो । चेल्सीलाई उपाधि दिलाउन इडेन हजार्डले दुई गोल गरे । त्यस्तै, ओलिभर जेरुड र पेड्रो रोड्रिगेजले समान १–१ गोल गरे । यता, आर्सनलका लागि एलेक्स इओबीले एक गोल गर्न सफल भए । फाइनल खेलको पहिलो हाफसम्ममा दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । तर दोस्रो हाफमा चेल्सीले चार गोल ठोक्दा आर्सनलले एक गोल मात्रै गर्न सफल भयो । ४९ औं मिनेटमा जेरुडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । पेड्रोले ६० औं…

Read More

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली भारत प्रस्थान गरेका छन् । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन दिल्ली गएका हुन् । ओली दिल्ली प्रस्थान गर्दा विमानस्थलमा सभामुख कृष्ण बहादुर महरा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतका मन्त्री तथा नेकपाका नेताहरु बिदाई गर्न पुगेका थिए । प्रधानमन्त्री ओलीले भारतका नवनिर्वाचित प्रधानमन्त्री मोदीको शपथ ग्रहणमा सहभागी भई उनलाई बधाई तथा शुभकामना दिने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । भारतीय प्रधानमन्त्री मोदीले दोस्रो कार्यकालमा सत्तासीन हुनुअघि राष्ट्रपति रामनाथ कोविन्दसमक्ष शपथ लिने कार्यक्रम रहेको छ । बिहीबार दिउँसो १ः३५ को नेपाल…

Read More

काठमाडौँ: गणतन्त्र दिवस तथा सगरमाथा दिवसको अवसरमा आज मे २९, २०१९ का दिन नेपाली राजदूतावासले नेपाल पर्यटन वोर्ड तथा डेनमार्कस्थित कोपेनहेगनको अति व्यस्त सडक (वाकिङ्गस्ट्रिट) मा विभिन्न नेपाली सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरि मनाइएको छ। ऊक्त कार्यत्रममा कूटनीतिक नियोगका पदाधिकारीहरु, सरकारी तथा विभिन्न संघ संस्थाका पदाधिकारीहरु र डेनमार्कमा बसोवास गर्ने नेपालीहरु वाकिङ्गस्ट्रिटमा हिड्ने ठूलो जनसमुदायको उपस्थिति तथा सहभागिता रहेको थियो । स्वागत मन्तब्य दिंदै महामहिम राजदूत श्री युवनाथ लम्सालले दुबै दिवसहरुको महत्व, आर्थिक विकासमा नेपालले दिएको प्राथमिकता, नेपालमा लगानी र पर्यटनको अवशर सम्बन्धमा प्रकाश पार्नुभयो । साथै, उहाँले गत साल पनि वाकिङ्गस्ट्रिटमा यस्तै कार्यक्रम गरिएको र ऊक्त कार्यत्रमलाई…

Read More

काठमाडौँ: सरकारले मेलम्ची खानेपानी आयोजनाको काम आगामी वर्ष सम्पन्न गर्नका लागि ७ अर्ब ३९ करोड बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संघीय संसदमा बजेट प्रस्तुत गर्दै मेलम्ची आयोजनाको लागि बजेट बिनियोजन गरेका हुन् । सरकारले मेलम्ची खानेपानी आयोजना यो वर्ष सम्पन्न गर्दै दोस्रो चरणको थालनी गर्ने भएको छ। सरकारले आर्थिक वर्ष २०७५÷०७६ को बजेट विनियोजन गर्दै यही आर्थिक वर्षमा उपत्यका बासीलाई मेलम्चीको पानी खुवाउने वाचा गरेको थियो। तर, काम अन्तिमचरणमा पुगेसँगै निर्माण सीएमसी र खाने पानी मन्त्रालय बीचको विवादले गर्दा मेलम्चीको पानी यही आर्थिक वर्षमा प्रयोग गर्न पाउने उपत्यकाबासी आशा निराशामा बदलिएको थियो। …

Read More