Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- बेपत्ता भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको सहयोगको आश्वासन
- नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने
- सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक
- भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउन काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती गरिने
- निरन्तर वर्षा र बाढीपहिरोका कारण दूरसञ्चार सेवा प्रभावित
- अविरल वर्षा र बाढीपहिरोले विद्युतीय संरचनामा क्षति, झन्डै ५०० मेगावाट विद्युत् उत्पादन बन्द
- संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले के भने? (सम्बोधनको पूर्णपाठ)
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
बेइजिङ: चीनले “चीन–अमेरिका आर्थिक व्यापारिक सम्झौता वार्तामा चीनको अडान” सम्बन्धमा श्वेतपत्र सार्वजनिक गरेको छ । चीनको राज्य परिषद्को प्रेस कार्यालयले आइतबार जारी गरेको श्वेतपत्रमा चीन र अमेरिकाबीच आर्थिक तथा व्यापारिक छलफलमा अमेरिकाले तीन पटक आफ्नो वचन उल्लङघन गरेको बताइएको छ । चीनले सहयोगको तरिकामार्फत यस संघर्षको समाधान गर्दै पारस्परिक हित तथा साझा फाइदा पाउने इच्छा लिएको छ तर पनि सहयोगको सिद्धान्त छ भने छलफलको पनि आधार छ । महत्वपूर्ण सैद्धान्तिक समस्यामा चीनले दृढताका साथ सहुलियत दिने छैन । सो श्वेत–पत्रमा भनिएको छ, “अमेरिकाको भन्सार कर असुलीले आफू र अरू दुवैका लागि क्षति पु¥याएको, चालू वर्षको अप्रिलसम्म चीनबाट…
एजेन्सी: सर्वोच्च नेताविरूद्ध गलत सूचना फैलाएको भन्दै इरानी अदालतले एक पत्रकारविरूद्ध दुई बर्षको जेल सजाय सुनाएको छ । जेल सजाय सुनाइएका ती पत्रकारलाई इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनी तथा इरानी अधिकारीविरूद्ध ‘गलत सूचना फैलाएको’ र ‘अपमानित’ गरेको अभियोग लगाइएको हो । अदालतले अर्का पत्रकार मासौद खाजेमीलाई आगामी दुई बर्ष ‘मेडीया गतिविधि’मा सम्लग्न हुनमा समेत रोक लगाएको पत्रकारको पक्षबाट मुद्दा लडेका वकील मोजताहेद जादेहलाई उद्धृत गरी इरानको राज्य सञ्चालित समाचार संस्था (आइआरएनए) ले बताएको छ । आदेशमा पत्रकार खाजेमीमाथिका अभियोगबारे प्रष्टरूपमा अन्य विवरण उपलब्ध गराइएको छैन । सुधारवादी पक्षधर एक दैनिक पत्रिका शार्घका रिपोर्टर र सेडा–ऐ–पार्सी मासिक…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली जेठ २५ गतेदेखि एक हप्ताका लागि युरोप भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्रीले स्विटजरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमण गरी असार १ गते नेपाल फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसार प्रधानमन्त्री जेठ २५ गते स्विटजरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम संगठनको साधारणसभमा सहभागी हुनेछन् । त्यसपछि जेठ २७ गते बेलायतमा अक्सफोर्ड विश्वविद्यालयमा संबोधन गर्ने, नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम छ । जेठ २९ गते फ्रान्स जाने प्रधानमन्त्रीले त्यहाँ उच्च स्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
काठमाडौँ: सानेपास्थित रिङरोडमा आइतबार दिउँसो ३ः ३० बजेतिर स्कारपियो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । दुईवटा जिप र एक मोटरसाइकल आपसमा ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकलमा सवार एकजनाको घटनास्थलमै मृत्यु भएको हो भने अर्का एक जना गम्भीर घाइतेको उपचारको क्रममा मृत्यु भएको हो । एकान्तकुनाबाट बल्खु जाँदै गरेको बा१६च ४७४३ नम्बरको स्कारपियो अनियन्त्रित भई विपरित दिशाबाट आइरहेको बा१२च ५७७६ नम्बरको स्कारिपयो र बा४३प ९८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता नारायण चिमौरियाले जानकारी दिए । ज्यान गुमाउनेमा ललितपुर गोदावरी निवासी ४० वर्षीय गोविन्दप्रसाद शर्मा र नुवाकोट घर भई कलंकी बस्दै आएका २७…
ट्राफिक प्रहरीका अनुसार उपत्यकामा मात्र दैनिक करिब १२ लाख सवारी साधन गुड्छन् । जुन सडकको क्षमताभन्दा बढी हो । सडक फराकिलो बने पनि धेरै ठाउँमा जाम उस्तै छ । विकल्प के छ ? सुरुङमार्ग, अन्डरपास वा फ्लाइ ओभर । विकल्प खोज्दै अर्थमन्त्री युवराज खतिवडाले ०७६/७७ को बजेट भाषणक्रममा बढी जाम हुने तीनकुने–कोटेश्वर–जडीबुटी सुरुङमार्ग, नयाँ बानेश्वरमा अन्डरपास र त्रिपुरेश्वरदेखि माइतीघरसम्म फ्लाई ओभरको विस्तृत सम्भाव्यता अध्ययन गरी निर्माण थालिने जनाएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा विमल खतिवडाले लेखेका छन् । विकल्पः -कोटेश्वर–जडीबुटी सुरुङमार्ग -नयाँ बानेश्वरमा अन्डरपास -त्रिपुरेश्वरदेखि माइतीघरसम्म फ्लाई ओभर -कलंकी –बालाजुदेखि गोपीकृष्णसम्म सडक फराकिलो बनाउने -सूर्यविनायक–धूलीखेल खण्ड…
काठमाडौँ: स्थानीय स्वायत्त शासन ऐन, २०५५ सँगै काठमाडौँ महानगरपालिकाको कर्मचारी पदपूर्ति समिति खारेज भएको छ । महानगरका मेयर र उपमेयरले भने करारमा कर्मचारी नियुक्त गरिरहेका छन् । पछिल्लोपटक फागुन १४ मा मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले करारमा सात कर्मचारी नियुक्त गर्यो । त्यसको भोलिपल्टदेखि लागू हुने गरी उनीहरुलाई असार मसान्तसम्मका लागि नियुक्ति दिइयो । यो नियुक्तिको तारतम्य हनुमानढोका मूल समितिले मिलाएको थियो । महानगरमा प्रक्रिया मिचेर कर्मचारी नियुक्त गरिएको यो पहिलो घटना भने होइन । यसअघि पनि महानगरले करारमा कर्मचारी, स्वयंसेवक र प्रशिक्षार्थीका नाममा ३९ जनालाई नियुक्ति दिइसकेको छ । कर्मचारीको सेवा सुविधामा पनि महानगर…
काठमाडौँ: मुद्दा फैसलामा न्यायिक विचलनता देखिएको अभियोगमा न्याय परिषद्ले काजमा तानेका ११ मध्ये नौ न्यायाधीशको दैनिकी अहिले पनि हाजिर गर्ने घर फर्कनेमा सीमित छ । चार महिना बितिसके पनि विभिन्न प्रकरणमा तानिएका न्यायाधीशबारे परिषद्ले अन्तिम निर्णय लिन सकेको छैन । ११ मध्ये दुई न्यायाधीशबारे परिषद्ले निर्णय गरिसकेको छ । अन्यको हकमा कुनै निक्र्योल निकालेको छैन । समयमा निर्णय हुन नसक्दा न्यायाधीशको काम हाजिरमा सीमित भएको छ । छानबिनकै चरणमा उच्च अदालतका दुई न्यायाधीशले अवकाश नै पाइसकेका छन् । अवकाश पाए पनि छानबिन प्रक्रिया भने रोकिने छैन । परिषद्ले ३३ किलो सुन प्रकरणको थुनछेक आदेशको विषयलाई लिएर उच्च…
काठमाडौँ: नेपाली सेनामा आत्महत्याको क्रम बढ्न थालेपछि सैन्य मुख्यालय चिन्तित बनेको छ। जंगीअड्डाले कारण पहिचान गरी आत्महत्या निर्मूल पार्न आन्तरिक छलफल र अध्ययन अघि बढाएको छ । पछिल्लो अध्ययनमा सेनाले पाउने न्यून अवसर, समकक्षीको प्रगति, बढुवा प्रणाली, सञ्जालमार्फत गलत सम्पर्क, परिवारसँगको बिछोड, मनोरञ्जन केन्द्रको अभाव, फरकरविशिष्ट सेवाका रूपमा गौरव गर्ने क्षेत्र बनाउन नसक्नु र केही भेदभावजस्ता कमजोरी औंल्याइएको छ । निकै सुविधा दिइएको अमेरिका, बेलायत र छिमेकी भारतमा पनि यस्तो अवस्था छ । तर, त्यहाँ ठुल्ठूला लडाइँमै होमिन पर्ने भएकाले यस्तो अवस्था आए पनि नेपालमा सेनाले जोखिमपूर्ण काम गर्नुपरेको छैन । शान्ति सेनामा गएबाहेक मुलुकभित्र भने खासै…
काठमाडौँ: कालीकोट मस्तमाण्डु पेट्रोल पम्प सञ्चालन गरिरहेका हस्तबहादुर बमले नेपालगन्जबाट पेट्रोलियम पदार्थ लगेर बिक्री गर्छन् । कर्णाली प्रदेशमा नेपाल आयल निगमको इन्धन भण्डार नहुँदा उनले निगमको नेपालगञ्ज डिपोबाट डिजेल, पेट्रोल ढुवानी गरेका हुन् । अढाइ सय किलोमिटर टाढाबाट इन्धन ढुवानी गर्नुपर्दा व्यवसायीलाई झन्झट छ भने उपभोक्ता महँगोमा पेट्रोलियम पदार्थ किन्न वाध्य छन् । बमले पेट्रोल प्रतिलिटर एक सय २५ रुपैयाँ र डिजेल एक सय १० रुपैयाँमा बिक्री गरिरहेको बताए । निगमको नेपालगञ्ज डिपोमा पेट्रोल लिटरको एक सय नौ रुपैयाँ ५० पैसा र डिजेल मूल्य ९७ रुपैयाँ पर्छ । कालीकोटमा नेपालगन्जभन्दा पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ५० पैसा, डिजेल २०…
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रिया गाउँ तहसम्म नपुग्दै शीर्ष नेताहरुमा महाधिवेशनको रन्को देखिन थालेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालले बारम्बार एक वर्षभित्र जिल्ला अधिवेशन र त्यसपछि पार्टी महाधिवेशन हुनुपर्ने बताउँदै आएका छन् । सार्वजनिक कार्यक्रममै उनले जिल्ला अधिवेशन एक वर्षभित्र हुनुपर्ने र त्यसका लागि कार्यकर्तालाई वैचारिक बहस गर्नसमेत निर्देशन दिएका छन् । अबको एकवर्षभित्र जिल्ला अधिवेशन सकेर केन्द्रीय महाधिवेशन केन्द्रित हुने अध्यक्ष दाहालको धारणा र पार्टी अध्यक्षलाई कार्यकारी बनाउने विषय उठ्न थालेपछि शीर्ष तहका नेताहरु महाधिवेशनमा आफ्नो अवस्था वैचारिक ÷राजनीतिक रुपमा सुदृढ बनाउन लागिपरेका छन् । सचिवालय सदस्य ईश्वर पोखरेलले अध्यक्ष…