Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
- भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह
- पोखराको फेवातालमा कार खस्दा २ जना भारतीय नागरिकको मृत्यु
- उद्धार गरिएका साह भन्छन्: पावर हाउस भित्र ४०/४५ जना थियौं, सबैको ज्यान बचाउन लाग्दा म आफैभित्र परे
- त्रिशूली–३ ‘ए’ को परियोजनाभित्र फसेका दुईजनाको जीवितै उद्धार
- भोटेकोशी बाढीका मृतक परिवारलाई १० लाख राहत
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले जलनकाे उपचार निःशुल्क हुने बताएका छन् । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेश र सङ्घ अन्तर्गतका अस्पतालमा जलनको उपचार निःशुल्क हुने बताएका हुन् । प्रदेश र सङ्घ अन्तर्गतका अस्पतालमा जलन सेवा नभएमा सेवा थप गरेरै भएपनि निःशुल्क रूपमा सो सेवा दिने उनले बताए । मन्त्री पौडेलले बर्सेनि एक पटक राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण हुने समेत बताए । हिद गङ्गालाल राष्ट्रिय ह्रदयरोग केन्द्रमा खेलाडीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिने मन्त्री पौडेलले बताए ।
काठमाडौँ: साताको पहिलो दिन आइतबार सेयर बजारमा हालसम्म कै धेरै कारोबार भएको छ । आइतबार कुल २५ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साउन २२ गते सर्वाधिक कारोबार भएको थियो । साउन २२ गत २३ अर्ब ७१ करोडको कारोबार भएको थियो । कारोबार मात्रै नभई बजारको परिसूचक नेप्सेले २८०० अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ९४.४६ अंक बढेर २८६० अंकमा कायम भएको छ । आज १७ कम्पनीमा सकरात्मक सर्किट लागेको छ । आज नेसनल हाइड्रोपावर, नेरुडे मिर्मिरे लघुवित्त, एचआईडीसीएल, खानीखोला हाइड्रोपावर, आँखुखोला जलविद्युत्, माथिल्लो तामाकोशी, शुभम् पावर, आत्मनिर्भर लघुवित्त, मिडसोलु हाइड्रोपावर, युनाइटेड इदी मर्दी,…
काठमाडौँ: आफुले खाई नखाई सहकारीमा बचत गरेको पैसा गुमे पछि उपचारको लागि समेत रकम अभाव भएको र सहकारी पीडितको मृत्यु समेत भएको भन्दै आज राजधानीमा पीडितसमूले सडकमै शवसहितको र्याली निकालेका छन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले र्याली निकालेको हो। ‘मृतक पीडित ८० वर्षीय राजेन्द्र स्थापितलाई ब्रेन ह्यामरेज भएको थियो,’ महासंघका अध्यक्ष कुशलव केसीले भने, ‘हामीले उनले रकम राखेको सहकारीका अध्यक्ष र डाक्टरलाई राखेर कुराकानी पनि गरेका थियौं, अध्यक्षले पैसा दिने कबुलेका पनि थिए।’ पाँच लाख रूपैयाँ नहुँदा स्थापितको उपचार नै नभई मृत्यु भएको दाबी संघले गरेको छ। संघका अनुसार चार दिनसम्म उनको उपचार भएको थिएन भने शनिबार बिहान स्थापितको…
काठमाडौं: नेपाल विद्युत प्राधिकरणले विगत आठ वर्षको अवधिमा प्रसारण तथा वितरण प्रणालीमार्फत भइरहेको विद्युत् चुहावटलाई आधा घटाएको छ । आर्थिक वर्ष (आव) २०७२÷७३मा प्रणालीबाट २५ दशमलव ७८ प्रतिशत भइरहेको विद्युत चुहावटलाई यस अवधिमा आधा घटाएर गत आव २०८०÷८१मा १२ दशमलव ७३ प्रतिशतमा सीमित गरिएको छ । विद्युत् चुहावटमध्ये प्रसारण लाइनतर्फ तीन दशमलव ३३ प्रतिशत र वितरणतर्फ नौ दशमलव ४० प्रतिशत रहेको छ । आठ वर्षअघि २५ दशमलव ७८ प्रतिशत चुहावटमध्ये १९ दशमलव ८० प्रतिशत वितरण र बाँकी प्रसारणतर्फ थियो । विद्युत् चुहावटलाई आव २०७३÷७४मा २२ दशमलव ९० प्रतिशत, २०७४÷७५मा २० दशमलव ४५प्रतिशत, २०७५÷७६मा १५ दशमलव ३२ प्रतिशत, २०७६÷७७मा १५ दशमलव…
काठमाडौं: परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेश सचिव विक्रम मिस्री नेपालको दुईदिने औपचारिक भ्रमणमा काठमाडौं आइपुेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचिव लम्सालले उनलाई स्वागत गरिन् । परराष्ट्र मन्त्रालयका अनुसार दुवै देशका परराष्ट्र सचिवबीच नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विविध विषयका साथै आपसी सहयोगलाई विस्तार गर्ने सम्बन्धमा छलफल हुने छ । साथै, भारतका विदेश सचिवले नेपाल सरकारका विशिष्ट व्यक्तिहरूसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । भारतका विदेश सचिवको यो भ्रमण नियमित हो । उनी हालै विदेशसचिवमा नियुक्त भएका हुन् । उनको यो भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै भारतको ‘छिमेक पहिलो नीति’अन्तर्गत…
काठमाडौँ। गायक प्रकाश तिमिल्सिनाको शव पोस्टमार्टमको लागि पाटन अस्पतालमा राखिएको छ । शनिवार साँझ भैँसेपाटी स्थित डेरामा अचेत अवस्थामा फेला उनलाई अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए । तिमिल्सीनाको शव आज केही समय सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान नक्साल भगवती बहालमा अन्तिम श्रृद्धान्जलीका लागि राखिने संगीकार चेतन सापकोटाले जानकारी दिए । तिमिल्सिनाको अन्तिम संस्कार आजै पशुपति आर्यघाटमा गरिने बताइएको छ। तिमिल्सिना गायन प्रतियोगिता ‘नेपाली तारा’ मार्फत सङ्गीत क्षेत्रमा उदाएका थिए। भैँसेपाटीमा बस्दै आएका तिमिल्सिनाका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ’, ‘नमान लाज यसरी’, ‘नआए नि हुन्थ्यो’ लगायतका दर्जनौँ गीतले उनलाई नेपाली सङ्गीत प्रेमीहरू माझ एक परिचित र सम्मानित गायकका…
काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, गण्डकी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज देशभर आंशिकदेखि साधारणतया मौसम बदली रहने छ । कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कोशी, बागमती र…
साउ पाओलो: ब्राजिल एउटा यात्रुवहाक जहाज दुर्घटनामा परेको छ। उक्त दुर्घटनामा जहाजमा सवार चालक दलका सदस्यसहित ६१ जनाको ज्यान गएको स्थानीय टेलिभिजन च्यानल ग्लोबो न्यूजले उल्लेख गरेको छ। दुई इन्जिनको टर्बोप्रोप जहाज दक्षिणी राज्य पारानाको कासकाभेलबाट साओपाओलोको गुआरूल्होस विमानस्थलका लागि जाने क्रममा दुर्घटनामा परेको हो। यो जहाज अचानक अनियन्त्रित भएर सहरनजिकै खसेको सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा देख्न सकिन्छ। एटीआर ७२-५०० जहाजले ५७ यात्रु र चार जना चालक दलका सदस्यसहित उडान भरेको थियो। उनीहरू कोही पनि नबाँचेको स्थानीय अधिकारीले ग्लोबो न्यूज टेलिभिजनलाई बताएका छन्। एजेन्सी
काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कु्लमान घिसिङले देशभर ९९ प्रतिशत विद्युतीकरण भएको जानकारी दिएका छन् । दोस्रो ४ बर्से कार्यकालका लागि नियुक्त भएको ३ वर्ष पुगेको अवसरमा शुक्रबार प्राधिकरण केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गदै कार्यकारी निर्देशक घिसिङले ३ वर्षअघि ८९ प्रतिशत रहेको विद्युतीकरणलाई ९९ प्रतिशतमा पु¥याएको जानकारी दिएका हुन् । ‘३ वर्षअघि पदवहालीका बेला मैले आफ्नो व्यक्तिगत जीवनको सबैभन्दा ठुलो चुनौती स्वीकार गरी नेपाल सरकारले दिएको जिम्मेवारी दृढताकासाथ पूरा गर्न दोस्रो कार्यकालका लागि प्राधिकरणमा फर्किएको सार्वजनिक गरेको थिएँ,’ पत्रकार सम्मेलनका क्रममा उनले भने, ‘८ वर्षअघि आर्थिक वर्ष २०७२\७३ मा विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्र थियो । ३ वर्षअघि पनि…
काठमाडौँ: नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफू नियुक्त भएपछि १ खर्ब रुपैयाँ लगानी गरेको बताएका छन्। दोस्रो पटक नियुक्तिको ३ वर्ष कार्यप्रगति सुनाउँदै घिसिङले आम्दानी १ अर्ब १६ अर्ब रुपैयाँले बढेको बताएका हुन्। घिसिङले पछिल्ला ८ वर्षमा प्राधिकरणले आफ्ना सहायक कम्पनीमार्फत ५६ अर्ब ६८ करोड रुपैयाँ बढी लगानी गरेको बताए। उनले आम्दानी र लगानीको विवरण प्रस्तुत गर्दै प्राधिकरणको नाफा कागजी नभएको दाबी प्रस्तुत गरे। ‘संवैधानिक निकाय महालेखा परीक्षकको कार्यालयको अन्तिम लेखापरीक्षणबाट देखिएको प्राधिकरणको नाफा कुनै कागजी हैन, आन्तरिक लगानीका लागि एउटा दह्रो स्रोत हो’, घिसिङले भने। आर्थिक वर्ष २०७२/०७३ मा उकै वर्ष ८ अर्ब ८९ करोड खुद नोक्सानीमा…