Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले बाग्मती जलाधार नदि संरक्ष्ँण परियोजनाको स्थलगत अनुगमन गरेका छन् । मन्त्रीपुन सिंचाईमन्त्रालयका सचिव डा.संजय शर्मासहित शनिवार परियोजनास्थल पुगेका हुन् ।मन्त्री पुनले मन्त्रालय अन्र्तगतका जलविद्युत परियोजना र सिंचाईका आयोजनाको निरिक्षणका लागी विदाको दिन समेत अनुगमनमा निस्कदै आएका छन् । उनले आयोजनाको अवस्था र मन्त्रालयको तर्फबाट गर्नुपर्ने सहयोगको वारेमा आयोजनाका अधिकारीसंग छलफल गरेका हुन् । मन्त्री पुनले आयोजना स्थलमा आयोजित छलफलमा भने ‘वाग्मती सम्पदासंग जोडिएकोले यो आयोजना समयमा बनाउनुपर्ने हुन्छ, यो नयां आयोजना पनि हो, हामीले राष्ट्रिय गौरव र विशेष महत्वको आयोजनालाई प्राथमिकतामा राखेका छौं ।’ मन्त्री पुनले जिम्मेवारीपूर्ण तरिकाले काम गर्न निर्देशन दिएका छन्…

Read More

काठमाडौँ: ट्राफिक प्रहरीले उपत्यकाको ट्राफिक सुधारका लागि विभिन्न निकायको सहकार्यमा उपत्यकाभित्रका सडकको फुटपाथ अतिक्रमण हटाउने भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले भर्खरै लागू गरेको ‘ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण सुधार कार्ययोजना–२०७५’ अन्तर्गत जथाभावी हुने सडक फुटपाथ अतिक्रमण हटाउने भएको हो। महाशाखाले विभिन्न निकायको सहकार्यमा उपत्यकाको पुरानो वानेश्वरदेखि सिनामङ्गलसम्म, पिङ्गलास्थानदेखि गौशाला चोकसम्म, कोटेश्वर वरीपरी, नयाँ बानेश्वरदेखि पुरानो बानेश्वरसम्म, त्रिपुरेश्वरदेखि कलङ्कीसम्म, चावहिलदेखि जोरपाटीसम्म, थापाथलीदेखि लगनखेलसम्मका फुटपाथ पसल तथा पार्किङ हटाउन लागेको हो। महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त बनाउन यही चैत २१ गतेदेखि नै उक्त अभियान सञ्चालन गरिएको जानकारी दिए। महाशाखाले उपत्यकाको ट्राफिक…

Read More

काठमाडौँ: कर्णाली प्रदेश सरकारले बारा र पर्साका हुरी प्रभावितहरुका लागि एक करोड उपलब्ध गराउने भएको छ । प्रदेश मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले प्रदेश २ को मुख्यमन्त्री राहत कोषमा जम्मा हुने गरी कर्णाली प्रदेश सरकारको तर्फवाट १ करोड उपलब्ध गराउने निर्णय गरेको हो । यस्तै, हाल ५० शैय्याको कर्णाली प्रदेश अस्पताललाई शिक्षण अभ्याससहित ३०० शैय्याको रेफरल अस्पतालको रूपमा स्तरोन्नति गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जानकारी दिएका छन् ।

Read More

काठमाडौँ: देव विकास बैंकले मानव सेवा आश्रमको बुटवल शाखालाई तीन लाख रुपैयां सहयोग गरेको छ । शुक्रबार बुटवल सुख्खानगरस्थित आश्रममा पुगेर बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद श्रेष्ठले आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीलाई तीन लाख रुपैयांको चेक हस्तान्तरण गरेका हुन् । श्रेष्ठले बैंकहरुले नाफाको एक प्रतिशत रकम सामाजिक क्षेत्रमा खर्च गर्नुपर्ने नीति अनुसार आश्रमलाई सहयोग गरिएको बताए । उनले असहाय, अशक्तहरुलाई सहयोग गर्नु जत्तिको धर्म अरु नहुने भन्दै आउँदो वैशाखमा थप दुई लाख रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाए । आश्रमका अध्यक्ष अधिकारीले २०६९ सालमा हेटौंडाबाट शुरु भएको संस्थाले हाल प्रदेश १ बाहेक ६ वटा प्रदेशका ११ वटा…

Read More

काठमाडौँ: मिडियामा खबर चुहिएपछी पक्राउ परेर पनि छुटेका व्यवसायी सुवास श्रेष्ठ पुनः पक्राउ परेका छन् । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका क्याफे सञ्चालक हुन् श्रेष्ठ। उनको परीवार नै हिजो शुक्रबार मध्यान्ह बैंकक जान लाग्दा पक्राउ परेकाे थिए । तर उनका अन्य चार जना परिवार भने रिहा भएका छन्। ठूलो मात्रामा अवैध विदेशी मुद्रासहित विमानस्थल प्रहरीले उनको परिवारलाई पक्राउ गरेको हो। पहिले उनलाई विमानस्थल सुरक्षा प्रमुख एसएसपी सन्दीप भण्डारीकै निर्देशनमा रिहा गर्न लगाएको थियो तर मिडियामा कुरा चुहिएपछि उनलाई पक्राउ गरेको हो। उनका साथबाट ३६ लाख ६१ हजार नेपाली रुपैयाँ बराबर विभिन्न देशका मुद्रा बरामद भएका छन्। थाइ…

Read More

काठमाडौँ: नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठनको गृहकार्य गरेको छ। आज दिउँसो पार्टी कार्यालय सानेपामा बोलाइएको केन्द्रीय समिति बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठन गर्नेबारे छलफल हुने नेताहरूले जनाएका छन्। केन्द्रीय समितिपछिको शक्तिशाली विभागको रूपमा केन्द्रिय कार्यसम्पादन समितिलाई लिइन्छ। केन्द्रीय समिति बैठक बस्न नसकेका बेला समसामयिक राजनीतिक घटनाक्रमबारे पार्टीको धारणा बनाउनेजस्ता काम गर्ने केन्द्रीय कार्यसम्पादन समितिले चुनावका बेला नेतालाई टिकट दिने निर्णय पनि गरेको थियो। २९ सदस्यीय बन्ने केन्द्रीय कार्यसम्पादन समितिमा पार्टी सभापति शेरबहादुर देउवासहित पार्टीका केन्द्रीय पदाधिकारी रहन्छन् भने अरू केन्द्रीय समिति सदस्यहरू समितिमा हुन्छन्। सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफलपछि समिति गठनको गृहकार्य गरेका हुन्।…

Read More

काठमाडौं: काठमाडौं उपत्यकामा शनिबार बिहान केहीबेर मेघ गर्जनसहित वर्षा भए पनि अहिले यहाँको आकाश बादलले धुम्मिएको छ । उपत्यकासहित देशका अधिकांश भागमा शनिबार बिहानैदेखि हल्का वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमाल सतहमा पूर्वी वायु र माथिल्लो वायुमण्डलमा पश्चिम वायुका कारण उपत्यकासहित देशका विभिन्न स्थानमा शुक्रबारदेखि नै वर्षा भइरहेको बताउँछन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार, काठमाडौंको यो अवस्था दिउँसो केहीबेर सुध्रिएर घाम लाग्ने छ । तर, अन्य स्थानको मौसममा भने तत्काल सुधार आउने सम्भावना छैन । मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन हल्कादेखि मध्यम खालको वर्षा भइराख्ने प्रक्षेपण गरेको छ । ‘सतहमा पूर्वी वायु…

Read More

काठमाडौं: नेपालका लागि क्यानाडाका गैरआवासीय राजदूत नादिर पटेल एभरेस्ट बेसक्याम्पमा ट्रेकिङ गर्न लुक्ला प्रस्थान गरेका छन् । दिल्लीबाट काठमाडौं उत्रेका उनी शुक्रबार बिहान लुक्लातर्फ लागेका हुन् । लुक्लाबाट आधार शिविरसम्म ट्रेकिङ गर्ने सोचका साथ उनी त्यसतर्फ लागेको हुन् । विश्वकै अग्लो शिखरको काखमा दुई साता बिताउने र त्यो दृष्य क्यानडा पु¥याउने उनले बताए । ‘कैयन कूटनीतिक वार्ताभन्दा नेपाल भ्रमण वर्ष २०२० को लागि यो काइदा उपयोगी हुने मेरो विश्वास छ,’ उनले भने, ‘मलाई नेपाल मन पर्छ, त्यसैले म आइरहन्छु । मेरो परिवार पनि नेपालको कुरा सुन्दा उत्साहित हुन्छ ।’ याे समाचार चन्द्रशेखर अधिकारीले अन्नपूर्णमा लेखेका छन् ।

Read More

काठमाडौं – सरकारले ६ देशमा राजदूत नियुक्ति प्रक्रिया अघि बढाएको छ । राजदूत बन्न नाता जोड्दै वैयक्तिक विवरण बोकेर सिंहदरबार, बालुवाटार र पुल्चोक धाउनेको संख्या बढ्दो छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालसामु बायोडाटाको चाङ लागेको छ । बायोडाटा बुझाउनेमा अधिकांश पूर्वकर्मचारी छन् । सरकारले अमेरिका, अस्ट्रेलिया, दक्षिण कोरिया, स्पेन, दक्षिण अफ्रिका र बंगलादेशमा राजदूत नियुक्त गर्दै छ । अमेरिकाका राजदूत डा. अर्जुनकुमार कार्की कार्यकाल सकेर फर्कंदै छन् भने अस्ट्रेलियाका राजदूत लक्की शेर्पा विवादमा परेपछि राजीनामा दिएको पनि दुई महिना भइसकेको छ । दक्षिण कोरिया, स्पेन र बंगलादेशबाट सरकारले राजनीतिक ‘प्रतिशोध’ साँधेर राजदूत…

Read More

काठमाडौं: त्रिभुवन विमानस्थलमा अवैध डलरसहित पक्राउ परेका व्यापारी सुवास श्रेष्ठ रिहा भएका छन् । शुक्रवार दिउँसो ठूलो परिणाममा अवैध डलर बोकेर थाईल्याण्ड जाँदै गरेका श्रेष्ठलाई सादा पोशाकका प्रहरीले नियन्त्रणमा लिएका थिए । नियन्त्रणमा लिएको केहीबेरमा महानगरीय प्रहरी त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका प्रमुख (एसएसपी) सन्दिप भण्डारीको रोहवरमा श्रेष्ठ छुटेको बताईएको छ । शुक्रवार बिदामा बसेका एसएसपी भण्डारी श्रेष्ठ पक्राउ परेको थाहा पाएपछि एयरपोर्ट पुगेका थिए । प्रहरी बरिष्ठ उपरीक्षक भण्डारीको रोहवरमा व्यापारी श्रेष्ठ छुटेको जानकारी दिँदै विमानस्थलमा कार्यरत एक प्रहरी अधिकृतले भने, ‘सर, नै आएर मेरो रोहबरमा छाडिदेउ भनेपछि हाम्रो के लाग्छ र ?’ त्रिभुवन विमानस्थलमा कफि शप…

Read More