काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले फ्लाई दुबईलाई नियम विपरित १७ मिनेट ढिला उडान अनुमति दिएको छ । मंगलबार साँझ ८ः३० बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको संयुक्त अरब इमिरेट्स (युएई)को उक्त वायुसेवा नौ बजे नै फर्कनुपर्ने थियो । तर, यो वायुसेवाले अन्तर्राष्ट्रिय नियम विपरित विमानस्थल बन्द नोटाम अर्थात् नोटिस टु एयरमेन (उड्डयनकर्तालाई सूचना) जारी गरेको समयमा जहाज उडाएको छ ।
विमानस्थल चैत १८ देखि राती १० बजेपछि मर्मतका लागि विमानस्थल बन्द थालिएको छ । उक्त समयमा उडान रोकिनुपर्ने भएपनि फ्लाई दुबईलाई नोटम सुरु भएकौ समयमा १७ मिनेटपछि उडान गर्न दिएको विमानस्थल कार्यालयले जानकारी दिएको छ । गएको साताको मंगलबार मात्रै नेपाल वायुसेवा निगमको जहाज ४ मिनेट ढिलो हुँदा उडान रोकेको थियो । तर, विमानस्थल कार्यालयले भने विदेशी वायुसेवालाई भने १७ मिनेट ढिलो गरेर गर्दा पनि उडान अनुमति दिएको छ ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयनको नियम अनुसार नोटाम सुरु भएको समयमा उडान अनुमति दिन मिल्दैन् । विमानस्थल कार्यालयका अनुसार फ्लाई दुबईको एक सय ८९ सिट क्षमताको बोइङ ७३७–८८ जहाजमार्फत मंगलबार दुबईबाट एक सय ५६ यात्रु बोकेर ८ः२० मा विमानस्थल अवतरण गरेको थियो । यो वायुसेवाले ९ बजे एक सय ७३ यात्रु बोकेर उड्नुपर्ने थियो । यो वायुसेवाको १०ः३ मिनेटमा ढोका बन्द भएको थियो भने १०ः६ मा मात्रै पुस व्याक गरेर ट्याक्सी वेमा पुगेको थियो । उड्न ठिक्क परेको जहाज ट्याक्सी वेबाट धावनमार्गमा निस्कन ढिलो गरेका कारण विमानस्थल बन्दको १७ मिनेट पछि अर्थात १०ः१७ मा मात्रै उडेको थियो ।