Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: कोशी प्रदेश प्रमुख परशुराम खापुङले सात दिनभित्र सरकार गठनका लागि शनिबार आह्वान गरेका छन् । सर्वोच्च अदालतको परमादेशले संविधानको धारा १६८ को उपधारा (३) अनुसार मुख्यमन्त्री नियुक्त भएका एमाले नेता हिक्मतकुमार कार्कीले शनिबार पदबाट राजीनामा दिएपछि १६८ को उपधारा (५) अनुसारको सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेका हुन् । कोशीमा पाँचौं मुख्यमन्त्रीका लागि अर्को राजनीति सरकार गठनका लागि प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई असोज २६ गते साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरिएको छ । मुख्यमन्त्री कार्कीले शनिबार विश्वासको मतका लागि प्रस्ताव राख्ने क्रममा राजीनामा दिने घोषणा गर्दै प्रदेश प्रमुखसमक्ष राजीनामा दिएका थिए । अब कोशीमा संविधानको धारा…
काठमाडौं । दशैं, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गर्दै सरकारले आजदेखि काठमाडौं उपत्यकासहित देशभर सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालन गर्न लागिएको हो ।सुपथ मूल्य पसल आगामी मंसिर ३ गतेसम्म सञ्चालन हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानका बिक्री केन्द्र र तीनवटा घुम्ती पसल गरी ३५…
काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी नौ नेपाली घाइते भएको र तीमध्ये दुईको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले बताएको छ । शनिबार मन्त्रालयमा आकस्मिक बैठकपछि वक्तव्य जारी गर्दै मन्त्रालयले यसको पुष्टि गरेको हो । ती नेपाली को हुन्, कहाँका हुन् भन्नेबारे कुनै परिचय र विवरण खुलाइएको छैन । मन्त्रालयले इजरायलप्रति संकटग्रस्त अवस्थामा नेपाल सरकारको तर्फबाट ऐक्यबद्धता रहेको पनि जनाएको छ ।
काठमाडौं: नेपाल उद्योग परिसंघ र संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रबीच औद्योगिक सम्बन्ध अभिवृद्धिका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । रोजगारदाता र श्रमिकबीच समझदारी गरी अगाडि बढेको सम्भवतः दक्षिण पूर्वी एसियाकै पहिलो हो । समझदारीपत्रमा नेपाल उद्योग परिसंघका तर्फबाट अध्यक्ष राजेशकुमार अग्रवाल र संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रका तर्फबाट अध्यक्ष विनोद श्रेष्ठले हस्ताक्षर गरे । समझदारीपत्रमा हस्ताक्षर गर्ने विशेष कार्यक्रममा संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रमा आवद्ध सबै ट्रेड युनियनका पदाधिकारी एवं प्रतिनिधि सहभागि थिए । समझदारीपत्रको मुख्य उद्देश्य रोजगारदाता र श्रमिकबिच असल श्रम सम्बन्धको विकास गर्दै लगानीको वातावरण निर्माण गरी मुलुकभित्र रोजगारीका थप अवसरहरु सिर्जना, जिवनस्तर विकास, उत्पादकत्व वृद्धि गर्दै मुलुकको…
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहालले बझाङका भूकम्पपीडितहरुलाई तत्काल अस्थायी आवास निर्माण गर्न प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् । मंगलबारको भूकम्पबाट भएको क्षतिको स्थलगत अवलोकन गर्न शुक्रबार बझाङ पुगेका प्रधानमन्त्री दाहालले सरकारका तर्फबाट पीडितहरुको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि १४ बुँदे घोषणा गरेका छन् । बझाङका भूकम्पपीडितलाई अस्थायी आवासका लागि तत्काल ५० हजार दिने प्रधानमन्त्रीको घोषणा त्यसक्रममा प्रधानमन्त्री दाहालले घर पूर्णरुपमा क्षति भएका परिवारलाई अस्थायी आवासका लागि तत्काल प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरे । प्रधानमन्त्री दाहालले भूकम्पबाट कहाँ, के, कति क्षति भएको छ भन्नेबारे छिट्टै यकिन गरिने र त्यस आधारमा सामान्य मर्मत सम्भार, प्रबलीकरण गर्नुपर्ने…
काठमाडौं: दशैं-२०८० का लागि सार्वजनिक सवारी साधनमा अग्रिम बुकिङ २२ असोजबाट खुल्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच शुक्रबार भएको छलफलले २२ असोजबाट चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको मन्त्रालयका निमित्त सचिव अर्जुन जंग थापाले जानकारी दिए । त्यस अगाडि व्यवस्थापनका सबै काम सकेर २२ असोजबाट अग्रिम बुकिङ खोल्ने निर्णय भएको उनले जानकारी दिए । हरेक वर्ष दशैं, तिहार र छव पर्वका अवसरमा काठमाडौंबाट लाखौं यात्रु बाहिरिने गरेका छन् । वर्षाका कारण बिग्रेका सडकको मर्मत तत्काल गर्न मन्त्री ज्वालाले निर्देशन दिएको मन्त्री ज्वालाको सचिवालयले जानकारी दिएको छ ।
काठमाडौं : प्रतिनिधि सभामा विद्यालय शिक्षा विधेयकमाथि सैद्धान्तिक छलफल सकिएको छ । शुक्रबार भएको छलफलमा ८५ जना सांसदले भाग लिए । सांसदहरुले प्रस्तावित विधेयकले संविधानको मर्म र भावना बोके नबोकोको विषयमा धारणा राखेका छन् । संविधानमा आधारभुत तहसम्मको शिक्षा अनिवार्य र निशुल्क भनिएको छ । माध्यमिक तहसम्मको शिक्षा निशुल्क हुने भनेको छ । यो कार्यान्वयन नहुने गरी विधेयक आएको सांसदहरुको टिप्पणी छ । आधारभुत र माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहको एकल अधिकार क्षेत्रभित्रको विषय भएको तर सरकारले केन्द्रिकृत सोचबाटै विधेयक ल्याएको भनेर पनि सांसदहरुले संशोधनको खाचो औंल्याएका छन् । शिक्षकहरुसँग भएको सहमति कार्यान्वयनको सुनिश्चितता पनि खोजेका छन् । शैक्षिक वेरोजगारलाइ…
काठमाडौँ: आईसीसी टी २० विश्वकप एसिया क्षेत्र छनोटको प्रशिक्षणका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज आईपीएलको फ्रेन्चाइज टोली राजस्थान रोयल्सको एकेडेमी नागपुरमा जाँदै छ। चीनमा जारी १९औँ औं एसियाली खेलकुदमा सहभागी भएर बिहीबार मात्र स्वदेश फर्किएको नेपाली क्रिकेट टोली आज नागपुर जाने भएको हो।
काठमाडौँ: चीनको हाङजाओमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ। नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो। महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसित पराजित भएपछि कास्य पदकमा चित्त बुझाउन बाध्य भयो। केहीबेर अघि सम्पन्न सेमिफाइनल खेलमा भारतले नेपाललाई ६१–१७ अङ्कले पराजित गरेको हो। नेपाल समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो। यस्तै भारत समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो। सेमिफाइनमा प्रवेश गरेसँगै नेपालले जारी एसियाली प्रतियोगितामा कम्तिमा कास्य पदक पक्का गरेको हो । कबड्डीमा सेमिफाइनल पुग्ने चारवटै टोलीले पदक प्राप्त गर्ने प्रावधान छ। महिला कबड्डीतर्फ नेपालले पहिलोपटक एसियाली खेलकुदमा भाग लिएको हो ।…
काठमाडौँ: सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रबिन्दु भएर गए राति दुई पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गए राति १०ः५२ बजे बझाङको चैनपुर केन्द्रबिन्दु भएर चार दशमलव तीन तथा गए राति १२ः२३ बजे चैनपुर नै केन्द्रबिन्दु भएर तीन दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गत मङ्गलबार अपराह्न २ः४० बजे बझाङको तालकोट केन्द्रबिन्दु भएर पाँच दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको थियो । दोस्रोपटक ३ः०६ बजे बझाङ सदरमुकाम चैनपुर भएर छ दशमलव तीन रेक्टर स्केल, ३ः१३ बजे चैनपुर केन्द्रबिन्दु भएर चार दशमलव एक रेक्टर स्केल,…
