Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले अमेरिकी सहयोग परियोजना (एमसिसी) को अनुदानमा नेपालले अगाडि बढाएको प्रसारण लाइन निर्माणमा सरकारको तर्फबाट पूर्ण सहयोग रहने बताउनुभएको छ । कूल तीन सय १५ किलोमिटर लामो (नाङ्लेभारे– रातमाटे– हेटौडा– दमौली– न्यू बुटवल) प्रसारण लाइन नेपालको प्रसारण प्रणालीको मेरुदण्ड भएकाले त्यसलाई तोकिएको समयमा नै सम्पन्न गराउन सरकारले जिम्मेवारीका साथ काम गर्ने बताउनुभयो ।एमसिसी कम्प्याक्ट सम्झौताको शुभारम्भको उपलक्ष्यमा यसै साता नेपाल भ्रमणमा आउनु भएका एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइट र उहाँको प्रतिनिधिमण्डलसँग ऊर्जा मन्त्रालयमा आज भएको शिष्टाचार भेटमा मन्त्री बस्नेतले सो परियोजनाले नेपालको ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान गर्ने भएकाले त्यसलाई पूर्ण रुपमा…
काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेशनल पेमेन्ट गेट–वे प्रकरणमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल तथा बहालवाला सचिव मधुकुमार मरासिनीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल हाल नेपाल टेलिकमका प्रबन्ध निर्देशक रहेका छन । उनको समेतको मिलेमतो र योजनामा ६ वर्षअघि खरिद गरिएको नेशनल पेमेण्ट गेटवे आवश्यक पूर्वाधार नै तयार नगरी अस्वभाविक लागत तयार गरी स्वीकृत गराएर २५ करोड रुपैयाँमा खरिद गरी सरकारको सम्पत्ति गैरकानूनी तवरले हानी नोक्सानी तथा सरकारी रकमको दुरुपयोग गरेको आरोप अख्तियारले लगाएको छ । आयोगले अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाका तत्कालीन महाशाखा प्रमुख तथा हाल…
काठमाडौं: अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारलाई स्वस्थकर बनाउन जरुरी रहेको औंल्याउनु भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले वर्ल्ड इन्भेस्टर विक–२०२३ का अवसरमा आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै मन्त्री डा. महतले भन्नुभयो, ‘सेयर बजारबाट आम लगानीकर्ताले फाइदा लिन पाए भने मात्र यसबाट केही हुने रहेछ भनेर लगानी गर्न अग्रसर हुन्छन् । आम सर्वसाधारणको लगानी सुरक्षित गर्न जरुरी छ । अहिले चिन्ताको विषय चाहिँ त्यही हो । कतिपय बेलामा इनसाइडर ट्रेनिङका कुरा आउँछन्, सूचना लिक हुने प्रवृत्ति देखिएको छ, धितोपत्र बोर्डले यसलाई नियमनको दायराभित्र ल्याउनुपर्छ ।’ मन्त्री डा. महतले भन्नुभयो, ‘बढाइचढाइ गरेर आम लगानीकर्तालाई प्रभाव पार्ने प्रवृत्ति छ । त्यसै…
काठमाडौँ: चीनमा जारी १९औं एसियन गेम्सअन्तर्गत टी-२० क्रिकेटको क्वार्टरफाइनलमा नेपाल भारतसँग भिड्ने भएको छ। नेपाल र भारतबीचको खेल मंगलबार बिहान पौने ७ बजे सुरु हुनेछ। आज भएको लक्की ड्रबाट नेपाल र भारतको भेट क्वार्टरफाइनलमा पक्का भएको हो। समूह चरणको पहिलो खेलमा नेपालले मंगोलियाविरुद्ध २ सय ७३ रनको कीर्तिमानी जित हासिल गरेको थियो। दोस्रो खेलमा नेपालले मालदिभ्सलाई १ सय ३८ रनले हराएको थियो। नेपाल समूह एको विजेता बन्दै अन्तिम ८ स्थानमा पुगेको हो। क्वार्टरफाइनलको दोस्रो खेलमा भोलि नै पाकिस्तान र हङकङ भिड्नेछन्। श्रीलंका र अफगानिस्तान तथा बंगलादेश र मलेसिया बुधबार खेल्नेछन्।
काठमाडौँ: नागार्जुन नगरपालिका वडा नं. १ द्वारा संचालित दुई दिने निशुल्क दन्त तथा आँखा शिविरबाट ४०० बढी स्थानीयहरू लाभाम्बित भएका छन्। वडाले शनिबार र आइतबार दुई दिन शिविर वडाकै भवनमा संचालनमा ल्याएको थियो। शिविरलाई कलंकीस्थित दृष्टि केयर सिस्टम र युनिभर्सल डेन्टल अस्पताल,स्युचाटारले संचालनको लागि डाक्टरसहितको प्राविधिक सहयोग गरेको वडाअध्यक्ष रामेश्वर लामाले जानकारी दिए। वडामा नै संचालन भएकोले शिविरबाट वडाका स्थानीयहरु प्रत्यक्ष रुपले लाभाम्बित हुनुभएको उनले बताए। शिविरमा आँखा परीक्षणको लागि प्राय वृद्ध आमा बुवाहरुको बाक्लो उपस्थिति थियो भने दन्त परिक्षणको लागि युवा र वृद्ध दुवैको उत्शाहजनक सहभागिता थियो,उनले भने। “दन्त परीक्षणमा आउने सेवाग्राहीले वडाकै पहलमा उनीहरुको लागि नि:शुल्क रुपमा हल्लिएको…
काठमाडौँ: पशुपतिनाथको मन्दिरस्थित गर्भगृहमा सुनको जलहरी राख्ने क्रममा भ्रष्टाचार भएको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ। अख्तियारले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य-सचिव डा. प्रदिप ढकाल र कोषका तत्कालीन कोषाध्यक्ष एवम् हालका सदस्य सचिव डा. मिलन कुमार थापासहित तीनजनाविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा चलाएको हो। अख्तियारले पशुपति क्षेत्र विकास कोषमा कार्यरत बिसेट नाइके (स्टोर किपर) अरुण कुमार श्रेष्ठविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाएको हो। उनले स्टोरकिपर पदमा कार्यरत रही कोषको सम्पत्ति संरक्षण गर्ने जिम्मेवारीविपरीत जलहरीका लागि प्रयोग गरेको सुन हिनामिना गरेको आरोप अख्तियारले लगाएको छ। जलहरी राख्ने क्रममा कोषका तत्कालीन सदस्य…
दोलखा: दोलखाको लामाबगरबाट प्रहरीले ४ किलो सुन बरामद गरेको छ। बिगु गाउँपालिका–१ लामाबगरबाट आइतबार दिउँसो ४ किलो सुन बरामद गरिएको दोलखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक खड्काले जानकारी दिए। उनका अनुसार उक्त सुन बारीमा ढुंगाले थिचेर राखिएको अवस्थामा फेला परेको थियो। ‘बिगु गाउँपालिका–१ लामाबगरस्थित बारीमा ढुंगाले थिचेर राखिएको अवस्थामा ४ केजी सुन बरामद गरिएको छ,’ खड्काले भने, ‘सुन तस्करी गरेर ल्याउने मान्छेको बारेमा अनुसन्धान भइरहेको छ।’ यो सँगै पछिल्लो ५ दिनमा सोही नाकाबाट ११ किलो सुन बरामद भएको खड्काले जानकारी दिए। सुन तस्करीमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने अन्यको खोजी भइरहेको छ। यसअघि बुधबार ३ र शुक्रबार…
काठमाडौँ: आइतबार नेप्से १.६५ प्रतिशत अर्थात ३३.२० अंकले घटेर १९७१ दशमलव १० बिन्दुमा झरेको छ । ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ इन्डेक्स ५.५५ अंकले घटेर ३७७.३९ अंकमा झरेको छ । आज २८४ कम्पनीका ६७ लाख २३ हजार ४०० कित्ता सेयर खरिद बिक्री भएको छ । उल्लेखित संख्याको सेयर ८२ हजार ८०० वटा संख्यामा खरिद बिक्री हुँदा कारोबार रकम १ अर्ब ८३ करोड ४ लाख ८६ हजार ७४३ रुपैयाँमा समेटिएको छ । अघिल्लो कारोबार दिन गत बुधबार पनि बजार १८.६० अंकले घटेर १ अर्ब ८१ करोड ४३ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको थियो । बिहीबार भने इन्द्रजात्राको अवसरमा विदा रहेकाले…
काठमाडौँ: सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिएको छ । आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । आज बसेको मन्त्रिपरिषद् बैठकले मूल्य वृद्धि फिर्ता लिन आयल निगमलाई निर्देशन दिएको हो । सरकारको निर्देशनपछि निगमले विज्ञप्ति निकालेर पुरानै मूल्य निर्धारण गर्ने कानूनमन्त्री धनराज गुरुङले जानकारी दिए । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थियो ।
आज भएको नेपाल र माल्दिभ्सबीचको एसियन गेम्स अन्तर्गतको दोश्रो खेलमा नेपालले उसलाई १३८ रनले पराजित गरेको छ। खेलमा सर्वाधिक नेपालका अविनास बोहोराले ३.४ ओभर खेल्दै ११ रन खर्चेर ६ विकेट लिए। माल्दिभ्स ७४ रन मा १९. ४ बलमा अल आउट भयो।
