Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामालाई मुख्य बटमलाइन बनाएका सर्वोच्च अदालतका १५ बहालवाला न्यायाधीशको बैठक आज बुधबार पनि बस्दैछ । न्यायालयमा देखिएको अहिलेको संकटको कारक प्रधानन्यायाधीश नै रहेको निष्कर्ष निकालेका न्यायाधीशहरूको बैठक बिहान साढे ११ बजे बस्न लागेको हो । न्यायाधीशहरूले जबराले राजीनामा नदिएसम्म इजलासमा नबस्ने अडान लिइसकेका छन् । मंगलबारको बैठकले प्रधानन्यायाधीशको राजीनामा माग्ने सामूहिक अडानमा कायमै रहने र थप निणर्यका लागि बुधबार छलफलमा जुट्ने निर्णय गरेको थियो । प्रधानन्यायाधीश जबराले तोक्ने कुनै पनि पेसी नहेर्ने न्यायाधीशले अडान लिएका छन् । मंगलबार बिहान मात्र न्यायाधीशहरूले प्रधानन्यायाधीश जबरालाई सामूहिक रुपमा भेटेर मार्गप्रशस्त गर्न औपचारिक आग्रह गरेका थिए । तर, जबराले ‘प्रश्न…

Read More

काठमाडौँ: बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश सभामा पेश गरेको विश्वासको प्रस्तावमा आज मतविभाजन हुने भएको छ। मुख्यमन्त्री बनेलगत्तैदेखि नै शाक्य अल्पमतमा परेकी थिइन्। उनी नेकपा एमाले प्रदेश संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बने पनि उनको दल विभाजन भएकोले विश्वासको मत लिनुपर्ने थियो। बागमती प्रदेशमा कुनै नाटकीय परिवर्तन भएन भने मुख्यमन्त्री शाक्यले विश्वासको मत पाउने छैनन्। विपक्षी गठबन्धनले भावी मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अघि सारेका छन्। अब पाण्डे नै मुख्यमन्त्री हुने सम्भावना बलियो छ। बुधबार दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक राखिएको छ। सो बैठकमा मुख्यमन्त्रीले राखेको विश्वासको प्रस्तावमाथि मतविभाजन गरिने र त्यसका…

Read More

काठमाडौँ: मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार हाल देशको पहाडी तथा हिमाली भेगमा आंशिक बदली र बाँकी स्थानमा मौसम सामान्यतया सफा छ। प्रकाशित मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशको पहाडी भेगमा आंशिकदेखि सामान्यसम्म बदली र तराई क्षेत्रमा मौसम सामान्यतया सफादेखि आंशिक बदलीसम्म रहनेछ। बुलेटिनमा अगाडि भनिएको छ : देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना, साथै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना छ। यस्तै राति देशको पहाडी भेगमा आंशिकदेखि सामान्यसम्म बदली र तराई क्षेत्रत्रमा मौसम सामान्यतया सफादेखि आंशिक बदलीसम्म रहने जानकारी महाशाखाले दिएको छ। महाशाखाको बुलेटिनमा अगाडि भनिएको छ : देशका…

Read More

काठमाडौँ: वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा आज बुधबारदेखि कामदार पठाउन सुरु गरिँदैछ । कोरोनाभाइरस संक्रमणका कारण जान नपाएका रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेका श्रमिकहरु २० महिनापछि आजदेखि कोरिया जान शुरु गर्ने भएका हुन् । पहिलो चरणमा ४८ जना श्रमिकहरु आजै साँझ ७ बजेको उडानमार्फत कोरिया जाने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । श्रमिकहरुलाई दिउँसो ३ बजे मन्त्रालयका अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गर्ने कार्यक्रम छ ।

Read More

काठमाडौँ: नेकपा एमालेका सचिव एवम् पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले पार्टीमा भएको विभाजनले नेकपा एमालेलाई कुनै असर नगरेको जिकिर गरेका छन् । नेकपा एमाले रेसुङ्गा नगर कमिटीको प्रथम अधिवेशनलाई आज सम्बोधन गर्दै उनले अधिकांश कार्यकर्ता तथा जनप्रतिनिधि विभाजनको विरुद्धमा रहेको बताए । पार्टीका केन्द्रीय कमिटीबाट २३ प्रतिशत र स्थानीय तहबाट सात प्रतिशत मात्रै समाजवादीमा गएको जिकिर गर्दै सचिव ज्ञवालीले गुल्मीमा कोही पनि जननिर्वाचित प्रतिनिधिले एमाले नछोड्नु खुसीको कुरा भएको र एमाले छोडेकाहरू पनि फर्कने क्रम सुरु भएको बताए ।

Read More

काठमाडौँ: फ्लोरिकल्चर एशोसिएन नेपालले कार्तिक १२ गतेबाट १५ गतेसम्म जावलाखेलको खेल मैदान ललितपुरमा ‘१४ औं गोदावरी पुष्प प्रदर्शनी २०७८’ आयोजना गर्ने भएको छ । उक्त मेला “रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरीपरी” भन्ने नाराका साथ आयोजना गर्न लागिएको हो । मेला संयोजक तथा एसोसिएनका उपाध्यक्ष सिताराम पन्तले धेरै प्रकारका गोदावरी फूल बिरुवाहरु एकै ठाउँमा प्रदर्शित हुँदा उपभोक्ताको आवश्यकता परिपूिर्त गर्ने सहज हुने, पुष्प व्यवसायीहरुलाई हौसला प्रदान गर्न र व्यवसायिहरुबीच प्रतिशपर्धात्मक भावनाको विकास गरी गुणस्तरीय उत्पादनमा टेवा पुर्याउने उद्धेश्यले मेला आयोजना गर्र्न लागिएको जानकारी दिए । साथै यस प्रकारको मेला प्रदर्शनीको आयोजनाबाट पुष्प प्रेमी उपभोक्ता बढ्न जाँदा बजार विस्तारमा थप…

Read More

काठमाडौँ: नेपाल बार एसोसिएसनको सल्लाहकार समितिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा मागेको छ । मंगलबार बसेको सल्लाहकार समितिको बैठकले न्यायालयको गरिमा जोगाउन नसकेको र न्याय सम्पादनमा आँच आएको भन्दै प्रधानन्यायाधीश राणाको राजीनामा माग्ने निर्णय भएको वरिष्ठ अधिवक्ता शम्भु थापाले जानकारी दिए । ३७ सदस्यीय समिति बैठकमा धारणा राखेकामध्ये ३६ जनाले प्रधानन्यायाधीश राणाको राजीनामा मागेको वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले जानकारी दिए । प्रधानन्यायाधीश जबरामाथि कार्यपालिकासँग मिलेको, न्यायालयको गरिमामा आँच पुर्‍याउने कार्य भएकोजस्ता आरोप लाग्दै आएको छ । प्रधानन्यायाधीश राणाले तोकेका इजलास अन्य न्यायाधीशहरुले अस्वीकार गरेपछि दुई दिन सर्वोच्चमा कुनै पनि मुद्दामा सुनुवाई भएको छैन । सर्वोच्च अदालतकै १४ जना न्यायाधीशले…

Read More

चितवन: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन चितवनबाटै लड्ने बताएका छन् । आज भरतपुरमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले आफ्ना लागि अबको निर्वाचन अन्तिम हुनसक्ने बताए । उनले भने, ‘सायद अबको निर्वाचन मेरो लागि अन्तिम हुन पनि सक्छ, पाँच वर्षको लागि, तर म चितवन छोड्दिनँ । चितवनका जनतालाई कुनै भ्रम र द्विविधा नहोस् म चितवन छोडेर अन्त जाँदिनँ ।’ अर्को प्रशंगमा उनले न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाले आफ्नो गरिमालाई कायम राख्नुपर्ने बताए । अध्यक्ष प्रचण्डले भने, ‘न्यायालयको स्वतन्त्रता र गरिमालाई कहीँ कतैबाट आँच आउन दिन हुँदैन । अहिले डिबेड चलिरहेको छ । एकदुई दिनमा निष्कर्षमा पुग्छ भन्ने मलाई…

Read More

काठमाडौँ: कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ३७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६६६ जना संक्रमित थपिएका छन् भने ६२२ जना निको भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १० हजार २९८ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार २१५ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म देशभर ७ लाख ८८ हजार ६३० जना निको भएका छन् । यस्तै हाल देशभर सक्रिय संक्रमित १० हजार २९६ जना रहेका छन् ।

Read More

काठमाडौँ: शेयर बजार मापक सूचक नेप्से बढ्ने क्रमले साताको तेस्रो कारोबार दिन मंगलबार पनि निरन्तरता पाएको छ । सोमबार ८७.६३ अंकले बढेको बजारलाई पच्छाउँदै मंगलबार पनि नेप्से ७८.८२ अंक अर्थात २.९५ प्रतिशतको उच्च बढोत्तरी भएको हो । लाभांश सिजनमा नै निरन्तर घटेर कार्तिक ४ गते बिहीबार २५५६.९५ बिन्दुसम्म नेप्से झरेपछि कारोबारीहरुको प्रवेशले बजारमा उच्च अंकको ‘बाउन्स ब्याक’ देखिएको हो । आइतबार २५.५१ अंकले बढेको नेप्सेमा सोमबार र मंगलबार मात्रै १६६.४५ अंकको बढोत्तरी देखिएको हो । मंगलबारको नेप्से वृद्धिसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन सोमबारको तुलनामा २ अर्ब १ करोडले बढेर कुल ६ अर्ब ३१ करोड ८३ लाख…

Read More