Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं:पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) देशको हितमा रहेको बताएका छन्। यो सम्झौता संसदबाट पारित हुनुपर्ने जिकिर समेत गरे। प्रतिनिधि सभामा बिहीबार बोल्दै कार्कीले यो सम्झौता आफू अर्थमन्त्री बन्दा गरेको बताउँदै धेरै व्यक्तिको यसमा योगदान रहेको बताए। उनले भने-‘एमसीसी नेपालको लागी गेम चेन्जर प्रोजेक्ट हो, यो परियोजना विश्वका ५० भन्दा बढी देशहरुले सहभागिता जनाइसकेका छन्। त्यसैले यसको प्रयोग नेपालले पनि गर्नुपर्छ।‘ एमसीसीको विषयमा सत्तारुढ दलकै नेताले भ्रम फैलाएको उनले आरोप लगाए। उनले भने-‘यो सम्झौताबाट अमेरिकी सेना नेपालमा आउने कुरा निराधार हो। यो सम्झौता नेपालको संविधानभन्दा माथि छैन।’ कार्कीले आयोजनाको ठेक्का प्रक्रिया ग्लोबल टेन्डरबाट हुने बताउँदै ती आयोजनाबाट…

Read More

काठमाडौं: नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल) ले इटालीको बैंक इन्टेन्सा सन्पाओला एसपीए बाट बैंक जमानत बापतको ८५ करोड रुपैयाँ र युरो ८७ लाख ५० युरो गरी कूल २ अर्ब रुपैयाँ भुक्तानी प्राप्त गरेको छ । यो रकम इटालीको अदालत ट्रिबुनल डे बोलोनाका तीन न्यायाधीशहरूको इजलासको यही २०२० जुन ९ तारिखमा यसअघि प्रारम्भिक सुनुवाईमा सोही अदालतको एकल न्यायाधीशको इजलासबाट इन्टेसा सन्पाओला एसपीए लाई भुक्तानीमा रोक लगाउने गरी भएको आदेशलाई बदर गर्ने गरी भएको अन्तिम आदेशबाट प्राप्त भएको हो । यो अध्याय नेपाली र अन्तर्राष्ट्रिय बैंकिङ्ग अभ्यासका लागि सकारात्मक विकासक्रम हो, जसले बैंक जमानतजस्ता बैंकिङ्ग उपकरणहरूमा विश्वास सुढृढ पार्दछ, जसबाट यस…

Read More

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको रोग प्रतिरोध क्षमता राम्रो भएको आफ्नो जिकर फेरि दोहोर्‍याका छन् । बिहीबार राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै उनले रोग प्रतिरोध क्षमता राम्रो भएकैले नेपालमा कोरोना भाइरस संक्रमणबाट कम मृत्यु भएको बताए । प्रधानमन्त्री ओलीले अहिलेसम्म २० जनाको मृत्यु भएको र अधिकांशको मृत्यु कोरोनाकै कारण मात्र नभएको जिकिर गरे । प्रधानमन्त्रीले नेपालीको प्रतिरोध क्षमता राम्रो भएकाले नेपालमा कम मृत्यु भएको दाबी गरे । केही दिनअघि प्रतिनिधिसभामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र यसअन्तर्गतका निकायहरूको बजेटसम्बन्धी उठेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले नेपालीको आहारविहार र हिमालबाट ठोक्किएर आएको हावाका कारण नेपालीको रोग प्रतिरोध क्षमता राम्रो भएको…

Read More

काठमाडौ: नेपालमा विहीबार थप ६७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार ८४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ७ हजार ८४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ७ हजार ८४८ पुगेको जानकारी दिएका हुन् । डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा १९ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११८६ पुगेको छ ।

Read More

काठमाडौं:काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार कोभिड १९ को माहामारीलाई मध्यनजर गर्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । २५९ बुँदा रहेको नीति तथा कार्यक्रम जनस्वास्थ्य सेवा सुधार, विद्यालय शिक्षा सुधार, खाद्य सुरक्षा, उद्यमशीलता तथा रोजगारी प्रबद्र्धन, आवागमन व्यवस्थापनलगायतमा विशेष केन्द्रित छ। महानगरभित्र सुविधा सम्पन्न कम्तीमा ५० शय्याको अस्पताल स्थापना गर्ने भएको छ । महानगरक्षेत्रभित्र सञ्चालन भइरहेका सम्भाव्य सामुदायिक अस्पतालहरुलाई महानगरको अस्पतालका रुपमा समेत सञ्चालन गर्ने योजना ल्याएको छ । काठमाडौँ महानगरपालिकाले नीति तथा कार्यक्रममा कोभिड–१९ प्रतिकार्य योजना तयार गरी काठमाडौं महानगरपालिकामा लागु…

Read More

काठमाण्डौ: कोरोना भाइरसको महामारीले विदेशी भूमिमा अप्ठ्यारोमा परेका नेपालीलाई सरकारले आज पनि उद्धार जारी राख्ने भएको छ । श्रम मन्त्रालयका अनुसार विहीबार कुवेत, ओमान र मलेसियाबाट ३ सयभन्दा बढी नेपाली आज आउन लागेका हुन् । कुवेतमा आममाफी पाएका १५० जना, ओमानबाट १८० र मलेसियाबाट पनि केही नेपाली आउँन लागेका हुन् । कुवेतबाट नेपालीलाई लिएर जजिरा एयर काठमाण्डौ आउनेछ । ओमानबाट सलाम एअरको चार्टर्ड उडानमार्फत १८० नेपाली स्वदेश फर्कने छन् भने मलेसियाबाट हिमालय एयरलाइन्सको चार्टर्ड उडानमार्फत नेपालीहरू स्वदेश फर्कने छन्। सरकारले यही जेठ २३ गतेबाट विदेशमा रहेका नेपालीको उद्धार सुरू गरेसँगै कुवेतमा रहेका नेपाली पनि स्वदेश फर्कन लागेका हुन् ।…

Read More

काठमाडौँ: नागरिक स्टक डिलर कम्पनीले साउनको पहिलो साताबाटै शेयर बजारमा प्रवेश गर्ने भएको छ। नागरिक स्टक डिलर कम्पनीको बहुमत शेयर होल्डर कम्पनी नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले स्टक डिलरको अनुमति लिनको लागि आवश्यक कागजातहरु जुटाउने काम भइरहको जानकारी दिए । कार्यकारी निर्देशक नेपालले भने, ‘शेयर बजारमा प्रवेश गर्न धितोपत्र बोर्डलाई भन्दा हामीलाई हतारो छ । लकडाउनको कारण स्टक डिलर कम्पनीको बोर्ड बस्न नसकेकाले केहि ढिलाई भएको मात्र हो । हामी अनुमति लिने प्रक्रियाको अन्तिम चरणमा छौ, कम्पनीको लागि आवश्यक भौतिक पूर्वाधार, सफ्टवेयर तथा उपकरण जडान र कर्मचारी व्यवस्थापनको काम भइरहको छ । अहिले नागरिब लगानी कोषबाटै काम…

Read More

काठमाडौँ: नेपाल चेम्वर अफ कमर्सले आगामी मौद्रिक नीतिबाट सम्वोधन गर्नु पर्ने ४० बुदे माग नेपाल राष्ट्र बैंकमा बुझाएको छ । चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल राष्ट्रवैंकका गभर्नर महा प्रसाद अधिकारीे समक्ष उक्त मागपत्र पेश गरेको हो। चेम्बरले विश्वव्यापी रुपमा अर्थतन्त्र नै तहसनहस भएकोे कारण समस्त आर्थिक गतिबिधिहरु ठप्प भएको उल्लेख गर्दै पर्यटनको क्षेत्र, खुद्रा तथा थोक व्यापार क्षेत्र, उद्योग क्षेत्र, निर्माण तथा यातायात क्षेत्र, घरजग्गा कृषि लगायत सवै क्षेत्रहरु ऋणात्मक भइसकेको जनाइएको छ। निजी क्षेत्रले वैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको ब्याज र किस्ता, घर तथा गोदाम भाडा, आपूर्तिकर्ताको बाँकी भुक्तानीहरु, कर राजस्व तथा अन्य विविध निश्चित लागतहरु एकै पटक…

Read More

काठमाडौँ: नेकपा स्थायी कमिटी वैठक असार १० गते बस्ने भएको छ। असार १० गते स्थायी कमिटी वैठक बोलाइएको नेकपा महासचिव विष्णु पौडेलले बताए। ‘स्थायी कमिटी वैठक असार १० गते बस्छ’, उनले भने,’वैठकमा एमसिसी परियोजना लगायतका विषयमा छलफल हुन्छ।’ नेकपाभित्र एमसिसी परियोजना पेचिलो बन्दै गएको छ।एमसिसी परियोजनाबारे अध्ययन गर्न गठित वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले परिमार्जन नगरी एमसिसी पारित गर्न नुहने सुझाव दिएको थियो। कार्यदलमा स्थायी समिति सदस्य भीम रावल र परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली सदस्य रहेका थिए। परराष्ट्र मन्त्री ज्ञवालीले भने १५ बुदें फरक मत राखेका छन्। बुधबार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल…

Read More

भक्तपुर: भक्तपुरमा बुधबार एकैदिन एक प्रहरीसहित तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका कार्यरत प्रहरी जवानमा कोरोना पुष्टि भएको हो । चाँगुनारायण नगरपालिका घर भई परिसरको सञ्चार कक्षमा कार्यरत ३२ वर्षीय प्रहरी जवानलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि सञ्चार कक्ष सिल गरी १२ प्रहरीलाई क्वारेन्टाइनमा राखिएको परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए । ‘सञ्चार कक्षलाई सिल गरेका छौँ, सो कक्षमा काम गर्ने १२ जनालाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारको क्वारेन्टिनमा राखेका छौँ, परिसरका अन्य प्रहरीलाई उच्च सावधानीमा राखेका छौँ,’ उनले भने । क्वारेन्टाइनमा राखेकाको आज स्वाब सङ्कलन गरी पीसीआरका लागि पठाइने र सङ्क्रमितको…

Read More