Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपालमा फेरि थप १० जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । कपिलबस्तुका १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो। यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ । स्वास्थ्य मन्त्रालयका सह-प्रबक्ता डा समिरकुमार अधिकारीका अनुसार संक्रमित हुनेहरु कपिलवस्तु यशोधरा गाउँपालिका-५ र बुद्धभुमी नगरपालिका-७ र १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४, र ३४ वर्षीय पुरुषहरु र एक जना उमेर नखुलेका पुरुष छन्। उनीहरुको स्वास्थ्या अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

Read More

काठमाडौं: आगामी तिन दिन मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागका केहि स्थानहरुमा र तराईका थोरै स्थानहरुमा यस्तो सम्भावना रहेको छ हाल देशमा पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव रहेको देखिएको महाशाखाले जनाएको छ । हाल देशको सुदुर पश्चिम प्रदेशमा आन्शिक बदली रहेको छ भने बाँकी सबै प्रदेशहरुमा सामान्य बदली रहेको छ।

Read More

काठमाडौं: विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ८३ हजार ६७८ पुगेको छ । विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट ४१ लाख ७६ हजार ८८७ जना संक्रमित छन् । संक्रमितमध्ये १४ लाख ८७ हजार ४५४ जना उपचारपछि घर फर्किएका छन् । २४ लाख ७ हजार ५५५ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४७ हजार १६ जनाको अवस्था गम्भीर छ । कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म युरोपियन मुलुकहरुमा १ लाख ५२ हजार ७४० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १६ लाख २८ हजार ५७६ पुगेको…

Read More

काठमाडौं: नेपाली युवा दिवेश पोखरेल उर्फ आर्थर गन अमेरिकाको बहुचर्चित गायन रियालिटी शो अमेरिकन आइडलको टप ७ मा पुग्न सफल भएका छन् । उनी अब फाइनलमा पुग्न एक खुड्किला मात्रै बाँकी छ । भोटिङका आधारमा भइरहेको प्रतिस्पर्धामा दिवेशले टप ७ मा स्थान बनाएका हुन् । टप ७ मा पुगेसँगै उनले आज दिएको प्रस्तुतिपछि फाइनलका लागि भोटिङ भइरहेको छ । आजको एपिसोडमा उनले सामुयल इ राइटको ‘किस द गर्ल’ बोलको गीत मेलोडियस स्वरमा गाए । आज पनि उनले निर्णायकहरुको तारिफ बटुलेका छन् । आजको प्रस्तुतिपछि भएको भोटिङका आधारमा टप ७ बाट पाँच जनालाई फाइनलमा लगिनेछ । फाइनल अर्को साता १७ मेमा…

Read More

काठमाडौँ: दुग्ध पदार्थ बिक्रिवितरण गर्ने सवारी साधनमा टाईमकार्ड लागू नर्गन व्यवसायीले माग गरेका छन् । निजी क्षेत्रका दूग्ध व्यवसायीहरुको संस्था नेपाल डेरी एशोसिएसनले आईतबार एक विज्ञप्ति जारि गर्दै सरकारको ध्यानाकर्षण गराएको हो । टाइमकार्डको व्यवस्थाले ढुवानी खर्च बढ्ने भन्दै व्यवसायीहरुले पानी र औषधीलाई जस्तै दूग्ध पदार्थ विक्रिको वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ । घाटा सहेर पनि लकडाउन अवधिमा पनि बिना रोकतोक सञ्चालित दूध तथा दुग्धजन्य पदार्थको ढुवानीमा टाईमकार्ड लागू गर्नु व्यवहारिक नहुने व्यवसायीहरुको भनाइ छ । ट्राफिक प्रहरीले आइतबारदेखि काठमाडौं उपत्याकामा टाइमकार्डको नियम लागू गरेको थियो । जसअनुसार अत्यावश्यक वस्तु बोकेका सवारी साधन बिहान १० बजेसम्म मात्रै सञ्चालन…

Read More

काठमाडौँ: नेपाल सरकारले आइतबारदेखि काठमाडौं उपत्यकामा सवारी साधन सञ्चालनमा टाइम कार्ड लागू गरेसँगै पेट्रोलियम पदार्थको खपत बढेको छ । लकडाउनका कारण पेट्रोलियम पदार्थको खपत न्यून रहेकामा आज दोब्बर खपत भएको नेपाल आयल निगम थानकोट डिपोले जनाएको छ । डिपोका प्रमुख प्रदीप यादवका अनुसार, आज दुई सय किलोलिटर पेट्रोल र पाँच सय किलोलिटर डिजेल खपत भएको छ । उनका अनुसार लकडाउन अवधिमा दैनिक ८० किलोलिटर पेट्रोल र दुई सय किलोलिटर डिलेज खपत हुँदै आएको थियो । टाइम कार्ड लागू गरेर सवारी साधन सञ्चालन गरेसँगै पेट्रोलियम पदार्थको खपतमा वृद्धि भएको उनले जानकारी दिए । उनका अनुसार, थानकोट गृहको भण्डारण क्षमतामध्ये पेट्रोल…

Read More

काठमाडौं: निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक पहुँच मार्ग बनाउन ४ हजार २ सय ३२ वटा रुख काट्ने भएको छ। निजगढ विमानस्थल निर्माणका लागि गठित उच्चस्तरीय सहजीकरण समितिको बैठकले रुख काट्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेको छ। यो प्रस्ताव वन मन्त्रालयले लैजानेछ। पर्यटनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा बसेको बैठकले विमानस्थल निर्माण क्षेत्रको चार किल्ला वरिपरि सडक निर्माण, पहुँच मार्ग, रुख कटानका लागि नागरिक उड्डयन प्राधिकरण र नेपाली सेनाबीच भएको सम्झौंताको म्याद थपेर कार्य अगाडि बढाउन निर्देशन पनि दिएको छ। यस कामका लागि २०७४ भदौ १९ गते प्राधिकरण र नेपाली सेनाबीच एमओयु भएको थियो। विमानस्थल निर्माण क्षेत्रभित्रका रुख तथा पोलहरुको लगत संख्या…

Read More

काठमाडौं: भारतले अतिक्रण गरेको पश्चिमी सिमानाको नेपाली भूमि फिर्ता ल्याउन संघीय संसदमा संकल्प प्रस्ताव दर्ता भएको छ। प्रतिनिधिसभाका ६ जना सांसदहरुले आइतवार उक्त संकल्प प्रस्ताव दर्ता गराएका हुन् । संकल्प प्रस्ताव दर्ता गराउने सांसदहरुमा गणेश ठगुन्ना, डा. दीपकप्रकाश भट्ट, गणेशकुमार पहाडी, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ र यज्ञबहादुर बोगटी छन् । प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ८४ बमोजिम संकल्प प्रस्ताव दर्ता गरिएको उनीहरुले बताएका छन् । संकल्प प्रस्तावमा भारतले अतिक्रमण गरेको भूभाग ऐतिहासिक तथ्य, प्रमाण, विभिन्न समयमा नेपाल र भारत दुवै सरकारबाट प्रकाशित नक्साहरुले प्रमाणित गरेको उल्लेख छ। आइतबारै सांसद खगराज अधिकारीले पनि सोही विषयमा छुट्टै संकल्प प्रस्ताव दर्ता…

Read More

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिपुलेकको सीमा विवादमा भारतसँगै चीन पनि सहभागी भएको भन्दै समस्या त्रिदेशीरुपमा हल गर्नुपर्ने बताएका छन् । लिपुलेकमा भारत–चीनबीच सम्झौता भएको हुनाले लिपुलेक प्रकरण त्रिदेशीय समस्या बन्न गएको यथार्थ रहेको बताउँदै उनले यो समस्यालाई दुई देशले मात्रै हल गर्न अप्ठ्यारो हुने तर्क गरे । सिंहदरबारमा आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समितिका सदस्यसमेत रहेका प्रचण्डले सीमा विवाद तत्काल उब्जिएको नभइ दशकौँदेखिको समस्या भएको र सबै तथ्यहरुको विष्लेषण गरी एउटा ठोस निचोडमा जानुपर्ने आवश्यकता औँल्याए । लिपुलेकलगायत सीमा समस्यासम्बन्धी विषयमा आफू पूर्वप्रधानमन्त्रीको हैसियतमा विगतमा भारत र चीनसँग छलफल गरेको बताउँदै…

Read More

काठमाडौं: करिब चार महिनापछि चीन उत्पादन भएका वस्तु आयातका लागि बाटो खुलेको छ। केही दिन अघि फलफूल र तरकारीमात्रै भित्रिएको तातोपानी नाकाबाट व्यवसायिक सामान आयात गर्न पाउने भएका छन्। तातोपानी भन्सार, स्थानीय र गाउँपालिकाबीच भएको छलफलमा चीनबाट अरु व्यवसायिक सामान पनि आयात गर्न पाउने सहमति भएको छ। यो निर्णयपछि चीनबाट तयारी पोशाक, जुत्ताचप्पल, इलेक्ट्रोनिक्सका सामान, सौन्दर्य प्रसाधनका सामानहरु आयात गर्न पाउने छन्। तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले तातोपानीबाट आयात सहज बनाउने निर्णय भएको जानकारी दिए। उनका अनुसार नाका सहज बनाएर चीनबाट आवश्यक सबै सामान ल्याउन दिने सहमति भएको छ। सहमति अनुसार गाउँपालिका र स्थानीय हेल्थपोष्टले सामान लिन जाने चालक र…

Read More