काठमाडौं: विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ८३ हजार ६७८ पुगेको छ ।
विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट ४१ लाख ७६ हजार ८८७ जना संक्रमित छन् ।
संक्रमितमध्ये १४ लाख ८७ हजार ४५४ जना उपचारपछि घर फर्किएका छन् । २४ लाख ७ हजार ५५५ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४७ हजार १६ जनाको अवस्था गम्भीर छ ।
कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म युरोपियन मुलुकहरुमा १ लाख ५२ हजार ७४० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १६ लाख २८ हजार ५७६ पुगेको छ ।
उत्तर अमेरिकी मुलुकहरुमा ८९ हजार ९५४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १४ लाख ९५ हजार ८४९ पुगेको छ ।
यस्तै एसियाली मुलुकहरुमा २२ हजार १७२ जनाको मृत्यु भएको छ । ६ लाख ६८ हजार ६०५ जना संक्रमित छन् ।
दक्षिण अमेरिकी मुलुकहरुमा १६ हजार ३८४ जनाको मृत्यु भएको छ । ३ लाख १० हजार ५८ जना संक्रमित छन् ।
अफ्रिकी मुलुकहरुमा २ हजार २९५ जनाको ज्यान गएको छ भने ६४ हजार ५३९ जना संक्रमित छन् ।
त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ११८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८ हजार ५३९ पुगेको छ ।
सबैभन्दा बढी संक्रमण भएको मुलुक अमेरिकामा ८० हजारभन्दा बढीको मृत्यु भएको छ ।
अमेरिकामा संक्रमितमध्ये २ लाख ५५ हजार ६५४ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १० लाख ३० हजार ३४२ जनामध्ये १६ हजार ४९३ जनाको अवस्था गम्भीर रहेको छ ।
कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ३१ हजार ८५५ जनाको मृत्यु भएको छ ।
भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २ हजार २ सय १२ पुगेको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा त्यहाँ थप १११ जनाको मृत्यु भएको छ ।
एकैदिन अरु ४ हजार ३५३ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ६७ हजार १६१ पुगेको छ । ४३ हजार ९८० जनाको उपचार भइरहेको छ भने अहिलेसम्म २० हजार ९६९ जना निको भएका छन् ।
कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखि लकडाउन जारी गरिएको छ ।