Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ कोरोना भाइरस (कोभिड १९) का कारण सोमबार विहानसम्म १२ लाख ७२ हजार मानिस संक्रमित भएका छन् । कोभिड १९ का कारण ६९ हजर तीन सय ५० जनाको मृत्यु भएको छ भने दुई लाख ६० हजार मानिस निको भएर घर फर्किएका छन् । इटलीमा दुई हप्तापछि कोभिड १९ का कारण मृत्यु हुनेको संख्यामा कमी आएको छ । आइतबार इटलीमा ५ सय २५ जनाको मृत्यु भएको छ । १९ मार्चयता इटलीमा २४ घण्टाको अन्तरालमा मृत्यु हुने यो सबैभन्दा कम संख्या हो । इटलीमा कोभिड १९ संक्रमणका कारण अहिलेसम्म १५ हजार ८ सय ८७ जनाको मृत्यु भइसकेको छ । स्पेनमा गएको…

Read More

काठमाडौँ: मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानिय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाले हाल हाल देशका पहाडीका केही स्थानहरुमा आंशिक बदली रही बाँकी भु–भागमा मौसम सामान्यतया सफा रहेको उल्लेख गरेको छ । पूर्वानुमानका अनुसार दिउँसो देशका पहाडी भू–भागमा अपरान्हपछि आंशिक बदली भई एक/दुई स्थानमा मेघ गर्जन, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । यसैगरी, देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ । यस्तै, राति देशभर मौसम सामान्यतया सफा रहने पूर्वानुमानले जनाएको छ ।

Read More

काठमाडौँ: सरकारले आन्तरिक ऋण उठाउने तयार गरेको छ। सरकार लागि राष्ट्र बैंकले आउँदो चार महिनाभित्र एक खर्ब ९५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको हो। सरकारले कुल आन्तरिक ऋणमध्ये ४६.१५ प्रतिशत ट्रेजरी बिलबाट उठाउने छ। विकास ऋणपत्रमार्फत ५१.२८ प्रतिशत, नागरिक बचतपत्रमार्फत २.०५ प्रतिशत र बाँकी ०.५१ प्रतिशत बैदेशिक रोजगार बचतपत्र मार्फत उठाउने भएको हो। सरकारले बैदेशिक रोजगार बचतपत्रमार्फत यसअघि नै ऋण उठाउन थालिसकेको छ। बाँकी भने चैतबाट उठाउने भएको हो। चैतमा राष्ट्र बैंकले ५५ अर्ब ४० करोड रुपैयाँ उठाउने छ। आगामी सात दिनभित्र यो ऋण उठाउने छ। सरकारले २५ अर्ब रुपैयाँको ट्रेजरी बिल निष्काशन गर्ने छ भने ३० अर्बको विकास…

Read More

काठमाडौँ: अहिले सिङ्गो विश्व कोरोना भाइरसको महामारीसँग जुधिरहेको छ। तीन महिना अघि मध्य चीनको हुबेई प्रान्तको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणले पछिल्लो समय युरोप र अमेरिकालाई धेरै प्रभावित पारेको छ। यसको रोकथामका लागि संसारका दुई सय बढी मुलुकले विभिन्न उपाय अपनाइरहेका छन्। धेरै मुलुकले यसको निश्चितः उपचार नभएकाले संक्रमण फैलिन नदिन आफ्नो मुलुकलाई आवश्यक्ता अनुसार आंशिक वा पूर्णरुपमा लक डाउन गरेका छन्। सुरुका दिनमा कोरोना भाइरसको इपिसेन्टर चीन भएपनि पछिल्ला दिनमा इटाली, स्पेन लगायतका युरोपेली मुलुक रहेकोमा हाल विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिका बनेको छ। पछिल्लो विश्व विवरण अनुसार संसारमा १२ लाख बढी संक्रमित भएकोमा एक चौथाइ संक्रमित अमेरिकाबाट…

Read More

काठमाडौँ: नेपाली सेनाले कोरोना भाइरससम्बन्धी स्वास्थ्य सामग्री किन्ने जिम्मा नेपाली सेनालाई दिएको छ। सेनाले आइतबार आफूलाई स्वास्थ्य सामग्री किन्ने जिम्मेवारी दिइएको बताएको छ। सेनाले भिडिओ कन्फरेन्समार्फत सरकारले दिएको जिम्म्मेवारी इमान्दारीसाथ पूरा गर्ने बताएको छ। ‘हामी गुणस्तरमा सम्झौता गर्दैनौं। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार खरिद गर्छौ,’ सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भने,’रक्षा मन्त्रालयले स्वास्थ्यसँग समन्वय गरेर जिटुजीमार्फत स्वास्थ्य सामाग्री ल्याउने जिम्मेवारी दिएको छ। हामी मध्यस्तता प्रयोग गर्दैनौं।’ यसअघि सरकार स्वास्थ्य सामग्री किन्न ओम्नी इन्टरनेसनल कम्पनीसँग गरिएको सम्झौता रद्द गरेको थियो।

Read More

काठमाडौँ: सुदूरपश्चिम प्रदेश सरकारले लकडाउनको अवधि लम्ब्याउन केन्द्र सरकारलाई सिफारिस गरेको छ । कैलालीको एक स्थानीय व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश सरकारको उच्चस्तरीय समितिले लकडाउनको अवधि लम्ब्याउने निष्कर्ष निकालेको छ । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री प्रकाश शाहले संक्रमण थप फैलिन नदिन लकडाउन अवधि लम्बाउने निष्कर्षसहित केन्द्र सरकारलाई सिफारिस गरिएको अनलाइनखबरलाई जानकारी दिए । कोरोना रोकथाम तथा नियन्त्रणको प्रयासमा सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ । लकडाउनको अवधि यही चैत २५ गते सकिँदैछ ।

Read More

काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघले दैनिक गुजारा चलाउन अप्ठेरो परेकालाई राहत वितरण गरेको छ। महासंघले आइतबार नेपाल विज्ञापन संघको कार्यालय मीनभवनबाट दैनिक गुजारा चलाउन नसकेका निम्न वर्गीय परिवारलाई खाद्यान्न वितरण गरेको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रि लेखराज भट्ट र महासंघकी अध्यक्ष भवानी राणाले संयुक्त रुपमा खाद्यान्न हस्तान्तरण गरे। महासंघले लक डाउनका कारण हातमुख जोर्न समस्या परेका श्रमिक तथा कामदारहरुलाई ४० हजार किलो चामल र ५ हजार किलो दाल वितरण गरेको छ।

Read More

भक्तपुर: चाँगुनारायण नगरपालिका–८ सुडालमा रहेको बीएम इँटाभट्टाले बनाएको पोखरीमा डुबेर उदयपुर गाईघाट नगरपालिका–४ आमटार घर भई सोही भट्टामा काम गर्ने ३० वर्षीय मुकेश राईको गए राति मृत्यु भएको छ । इँटा बनाउने पानी जम्मा गर्न बनाइएको पोखरीमा डुबेर मृत्यु भएको थाहा पाएपछि प्रहरीले पोखरीबाट शव झिकेर परीक्षणका लागि भक्तपुर अस्पताल पठाएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । इँटाभट्टाले गहिरो पोखरी खन्ने र खुला छाड्ने गर्दा हरेक वर्ष बच्चाको मृत्यु हँुदै आएकामा यस वर्ष पुरुषको मृत्यु भएको छ । घटनाबारे अनुसन्धान शुरु गरेको प्रहरीले जानकारी दिएको छ ।

Read More

इनरुवा: भारतबाट आएर सुनसरीका दुई मस्जिदमा आश्रय लिएर बसेका २२ विदेशी फेला परेका छन् । सुनसरीको हरिनगर गाउँपालिका–१ स्थित जामिया मस्जिद मरकजमा एक सातादेखि इनरुवा, जल्पापुर हँुदै भुटाहा पुगेका भारत मुम्बईका १४ जनालाई सुनसरी प्रहरीले फेला पारेको हो । प्रहरीले हाल उनीहरुमा कोरोना सङ्क्रमणको कुनै पनि लक्षण नदेखिएकाले मदरसाभित्रै सुरक्षितरूपमा क्वारेन्टाइनमा बस्ने व्यवस्था गर्दैै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षणका लागि पठाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । त्यसैगरी सुनसरी इटहरी उपमहानगरपालिका–१८ स्थित जतपुर मस्जिदमा आश्रय लिएर बसेका आठ पाकिस्तानी नागरिकलाई स्थानीवासीको गोप्य सूचनाका आधारमा प्रहरीले फेला पारेको छ । इलाका प्रहरी कार्यालय पकलीले उनीहरुको स्वाब परीक्षणका…

Read More

काभ्रेपलाञ्चोक: धुलिखेल अस्पतालमा आजदेखि कोरोना भाइरस सङ्क्रमणसम्बन्धी परीक्षण सेवा शुरु गरिएको छ । पहिलो चरणमा साताको दुई दिनमात्रै कोरोना सङ्क्रमणको परीक्षण गरिने अस्पतालले जनाएको छ । सङ्क्रमणको अवस्था अनुकूल परीक्षणको अवधि थपिने अस्पतालका चिकित्सक डा राजेन्द्र कोजूले बताउनुभयो । “पर्याप्त पिपीइ परीक्षण किटलगायतका परीक्षण सामग्री व्यवस्थापन गर्दै जाने भएकाले हाललाई हप्ताको दुई दिनमात्रै परीक्षणको समयावधि तोकिएको हो”, उहाँले भन्नुभयो । उहाँका अनुसार अस्पतालमा आजबाट कोरोना सङ्क्रमण परीक्षणको तयारी पूरा भइसकेको छ । वाग्मती प्रदेश सरकारले कोरोना सङ्क्रमण परीक्षण तथा उपचारका लागि अस्पताललाई धुलिखेल नगरपालिकामार्फत रु २० लाख उपलब्ध गराएको थियो । प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले उक्त रकम नगरपालिकाको खातामा पठाइसकेको…

Read More