काठमाडौँ: अहिले सिङ्गो विश्व कोरोना भाइरसको महामारीसँग जुधिरहेको छ।
तीन महिना अघि मध्य चीनको हुबेई प्रान्तको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणले पछिल्लो समय युरोप र अमेरिकालाई धेरै प्रभावित पारेको छ।
यसको रोकथामका लागि संसारका दुई सय बढी मुलुकले विभिन्न उपाय अपनाइरहेका छन्।
धेरै मुलुकले यसको निश्चितः उपचार नभएकाले संक्रमण फैलिन नदिन आफ्नो मुलुकलाई आवश्यक्ता अनुसार आंशिक वा पूर्णरुपमा लक डाउन गरेका छन्।
सुरुका दिनमा कोरोना भाइरसको इपिसेन्टर चीन भएपनि पछिल्ला दिनमा इटाली, स्पेन लगायतका युरोपेली मुलुक रहेकोमा हाल विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिका बनेको छ।
पछिल्लो विश्व विवरण अनुसार संसारमा १२ लाख बढी संक्रमित भएकोमा एक चौथाइ संक्रमित अमेरिकाबाट रहेका छन्।
हालसम्म संसारका १२ लाख १ हजार ७ सय ६७ जनामा यसको संक्रमण पुष्टि भएको छ। कुल संक्रमित मध्ये पहिलो नम्बरमा रहेको अमेरिकामा ३ लाख ११ हजार ३ सय ७५ जनामा यसको संक्रमण पुष्टि भइसकेको छ।
त्यसैगरी सबैभन्दा बढी संक्रमित रहेको मुलुकमा अमेरिकापछि क्रमशः स्पेन, इटाली, जर्मनी तथा फ्रान्स रहेका छन्।