Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
वासिङ्टन डिसी: अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी पनि कोभिड–१९ को चपेटामा परेका छन् । अहिलेसम्म नेपालीमूलका एक जनाको निधन भएको छ भने करिब ५०० कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाइएको छ तर यसको स्वतन्त्ररूपमा पुष्टि हुन सकेको छैन । अमेरिकामा रहेका नेपाली कति सङ्क्रमित भएका छन् भन्नेबारे आधिकारिकरूपमा बताउन कसैले पनि सकेका छैनन् । अमेरिकामा रहेको नेपाली दूतावासले नेपालीलाई कुनै समस्या परेको खण्डमा सम्पर्क गर्न भन्दै विभिन्न टेलिफोन नम्बर दिएको छ भने दूतावासको वेबसाइटमा एउटा फर्मसमेत राखिएको छ । रासससँगको कुराकानीका क्रममा अमेरिकाका लागि नेपालका राजदूत डा अर्जुन कार्कीले अमेरिकामा पर्यटन वा अन्य…
काठमाडौँ: काठमाडौं उपत्यकाबाट सरकारले अख्तियार गरेको ‘लकडाउन’ उल्लंघन गर्ने करिब १३ सय जनालाई नियन्त्रणमा लिएर प्रहरीले होल्ड गराएको छ । आइतबार बिहान ८ बजेसम्म उपत्यकाका तीन जिल्लाबाट लकडाउन उल्लंघन गर्ने १२ सय ८८ जनालाई नियन्त्रणमा लिएर होल्ड गराइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी श्याम ज्ञवालीले बताए । एसएसपी ज्ञवालीका अनुसार होल्ड गराइएकामध्ये १ हजार ४० पुरुष र २ सय ४८ जना महिला छन् । सँगै ६२ वटा सवारी साधनसमेत नियन्त्रणमा लिइएको उनले बताए । यस्तै शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई थप कडाइ गर्ने भन्दै एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जानसमेत रोक लगाएको छ ।
एजेन्सी: कोरोनाभाइरसको संक्रमणका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ४८ को मृत्यु भएको छ । यससँगै यहाँ हालसम्म ८ हजार ४ सय ५२ जनाले ज्यान गुमाइसकेका छन् । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन ३४ हजार १ सय ९६ जना संक्रमित पाइएका छन् । यहाँ हालसम्म संक्रमितको कूल संख्या ३ लाख ११ हजार ३ सय ५७ पुगिसकेको छ जसमध्ये ८ हजार २ सय ६ जनाको स्थिती गम्भीर छ । हालसम्म १४ हजार ७ सय ४१ जना संक्रमित निको भएर घरसमेत फर्किसकेका छन् । यसका साथै, फ्रान्समा एकैदिन मृत्यु हुनेको संख्या हजार नाघेको छ । पछिल्लो २४ घण्टामा…
काठमाडौँ: मन्त्रिपरिषदको बैठकले लकडाउनलाई पूर्णपालना गराउने निर्णय गरेको छ । शनिबार बैठकले एक प्रदेशबाट अर्को प्रदेश, एउटा जिल्लाबाट अर्को जिल्ला र एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा जान प्रतिबन्ध लगाउने निर्णय गरेको छ । बैठकले कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न चालेको कदमको समीक्षा गरेको र त्यसमा मन्त्रिपरिषदले सन्तुष्टि ब्यक्त गरेको छ । बाहिरबाट आउनेमा कोरोना संक्रमण बढेको पाएपछि लकडाउनलाई पूर्ण पालना गर्न सबै निकायलाई निर्देशन दिने सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले जानकारी दिए । कैलाली कञ्चनपुर र बाग्लुंगमा नयाँ संक्रमण देखा परेकोले ति क्षेत्रमा सम्भाव्य ब्यक्तिको परीक्षण गर्ने र शंकामा भएका ब्यक्तिलाई पुन…
काठमाडौं: कालीमाटी तरकारी र फलफूलको थोक तथा खुद्रा बजारको प्रमुख केन्द्र हो । काठमाडौंका अधिकांश खुद्रा पसलहरुमा यही स्थानबाट तरकारी तथा फलफूलको निर्यात हुन्छ र त्यही तरकारी तथा फलफुल भान्सा–भान्सामा पुग्छ । कालीमाटी मुख्यतः थोक बजार भएपनि कालीमाटी बाहिर रहेका खुद्रा पसलहरुले थोरै मात्रामा तरकारी लैजानेहरुलाई पनि बिक्री वितरण गर्ने गरेको थियो । तर शुक्रबार मात्रै कालीमाटी बजार विकास समितिले लकडाउनको अवधिभर खुद्रा पसल हटाउने निर्णय लियो । किनभने खुद्रा बजारमा मानिसहरुको भीड जम्मा भएको र त्यसले लकडाउनको उल्लंघन भएको भन्दै समितिले खुद्रा पसल बन्द गराउने निर्णय लियो । खुद्रा पसल हटाउने प्रस्ताव सुरुमा महानगरीय प्रहरी वृत्त कालीमाटीले गरेको…
काठमाडौँ: अस्ट्रेलिया सरकारले आफ्ना नागरिक तथा पीआरधारीको स्वास्थ तथा रोजगारीलाई प्राथमिकतामा राख्दै भिसा प्रक्रियामा नयाँ परिवर्तन गरेको छ । यसबाट अस्ट्रेलिया बस्दै आएका अन्तर्राष्ट्रिय विद्यार्थी, दक्ष कामदार तथा भ्रमण भिसामा गएका अर्थात् अस्थायी भिसावाहक प्रत्यक्ष मारमा पर्नेछन् । अस्ट्रेलियाको मानव सेवा, नागरिकता र बहुसांस्कृतिक मामिला मन्त्रालयले अस्थायी भिसामा बसोबास गर्ने झन्डै २१ लाख १७ हजार व्यक्तिमा यो नियम आकर्षित हुने जनाएको छ । अस्ट्रेलियामा महामारीका कारण पार्टटाइमको काम गर्ने अवसरबाट विमुख अन्तर्राष्ट्रिय विद्यार्थीका हकमा भने कुनै सहुलियतको योजना छैन । विज्ञप्तिमा उल्लेख भएअनुसार अस्ट्रेलियामा ५ लाख ६५ हजार अन्तर्राष्ट्रिय विद्यार्थी छन् । उनीहरुमध्ये अधिकांश उच्च शिक्षा वा प्राविधिक शिक्षा पढ्दैछन्…
काठमाडौँ: सरकारले चैत्र १२ गते नेपाल–चीन प्रमुख व्यापारिक नाका तातोपानी र रसुवागढी खुल्ला गर्ने निर्णय गरेको थियो । पर्सिपल्ट भन्सार विभागले नाकामा जाँचपास सुरु गर्ने जानकारी दियो । तर, सरकारले नाका खुल्ला गर्ने निर्णय गरेको १० दिन बित्दा पनि आयात–निर्यात ठप्प छ । कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिले चैत्र १२ गते चीनतर्फको नाका खोल्ने निर्णय गरेको थियो । उक्त बैठकको निर्णय नम्बर एकमै ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको स्वास्थ्यसम्बन्धी प्रोटोकल पालना गरी चीनतर्फको रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात सुचारु गर्ने ’ उल्लेख थियो ।
काठमाडौँ: नेपालमा पहिलो पटक एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना भाइरस सरेको पुष्टि भएको छ । यसअघि विदेशबाट आएका नेपालीमा मात्रै कोरोनाको संक्रमण पुष्टि भएकोमा पहिलो पटक देशभित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कैलालीको धनगढीकी ३४ वर्षीया एक महिलामा पनि कोरोना पुष्टि भएको छ। ती महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त भएको बताइएको छ । ती पुरुष दुबईबाट नेपाल आएका थिए । मन्त्रालयका अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूषमा पनि कोरोना भाइरस पुष्टि भएको छ । यस्तै भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष पनि कोरोना…
काठमाडौँ: कैलाली र कञ्चनपुरमा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या नौ पुगेको छ । संक्रमितको पछिल्लो विवरण स्वास्थ्य मन्त्रालयको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक गरिएको हो । मन्त्रालयका स्रोत अनुसार संक्रमितमध्ये एक जना स्थानीय हुन् । दुई जना बाहिरबाट आएका हुन् । सातौं केस धनगढीको पहिलो र नेपालको चौथो संक्रमितका भाउजु हुन् । उनी ३४ वर्षीया महिला हुन् ।
एजेन्सी:कोरोना भाईरसको कारण क्लबलाई आर्थिक संकटबाट जोगाउन इङ्लिस प्रिमियर लिग क्लबहरुले खेलाडीको तलबमा ३० प्रतिशत कटौती गर्ने भएका छन् । प्रिमियर लिगका २० क्लबहरुको सुक्रबार अबेर सम्पन्न भिडियो कन्फ्रेन्स बैठकले यस्तो प्रस्ताव अगाडी सारेको हो । यसका लागि खेलाडी र क्लबबीच छलफल गरिने उल्लेख छ । बैठकले मे महिनामा लिग सुरु हुन नसक्ने भन्दै परिस्थिति सहज नबनेसम्म खेलाउन नसकिने जनाएको छ । लिग सुचारु गर्न सरकार र मेडिकल सर्भिस टोलीको सुझाव अनुसार निर्णय गरिने पनि बताईएको छ । प्रिमियर लिगमा अहिले लिभरपुल उपाधि नजिक छ । लिभरपुलले २९ खेलबाट ८२ अंक बनाएको छ । ३० बर्षपछि उपाधि जित्ने लक्ष्यमा रहेको…
