काठमाडौँ: सरकारले चैत्र १२ गते नेपाल–चीन प्रमुख व्यापारिक नाका तातोपानी र रसुवागढी खुल्ला गर्ने निर्णय गरेको थियो । पर्सिपल्ट भन्सार विभागले नाकामा जाँचपास सुरु गर्ने जानकारी दियो ।
तर, सरकारले नाका खुल्ला गर्ने निर्णय गरेको १० दिन बित्दा पनि आयात–निर्यात ठप्प छ ।
कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिले चैत्र १२ गते चीनतर्फको नाका खोल्ने निर्णय गरेको थियो ।
उक्त बैठकको निर्णय नम्बर एकमै ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको स्वास्थ्यसम्बन्धी प्रोटोकल पालना गरी चीनतर्फको रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात सुचारु गर्ने ’ उल्लेख थियो ।