Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
ललितपुर: ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र नयाँ निजी विद्यालयलाई यस वर्षपनि सञ्चालनको अनुमति नदिने भएको छ । नगरभित्रका विद्यालयलाई व्यवस्थित गर्ने भन्दै गतवर्ष महानगरपालिकाले नयाँ निजी विद्यालयलाई सञ्चालनको अनुमति नदिने निर्णय गरेको थियो । महानगरपालिकाभित्र कम दूरीमा नै धेरै निजी विद्यालय भएकाले त्यसलाई व्यवस्थित गर्नका लागि नयाँ शैक्षिक सत्रमा पनि थप विद्यालयलाई अनुमति नदिइने महानगरपालिकाले जनाएको छ । महानगर क्षेत्रभित्र १८२ निजी र ४० संस्थागत गरी कुल २२२ विद्यालय छन् । नक्साङ्कनको अभावमा कम दूरीमा नै धेरै विद्यालय रहेको नगर शिक्षा अधिकारी महेन्द्रबहादुर क्षेत्रीले बताए । उनका अनुसार कुमारीपाटी, लगनखेल, जावलाखेल लगायतका भित्रि भागमा कम दूरीमा धेरै विद्यालय रहेका छन् ।…
काठमाडौँ : प्रतिनिधिसभाले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५ पारित गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उक्त विधेयक पारित गरियोस् भनी राखेको प्रस्तावलाई सदनले बहुमतले पारित गरेको हो । यसअघि मन्त्री यादवले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदनसहितको उक्त विधेयकमाथि छलफल गरियोस् भनी राखेको प्रस्तावलाई सदनले स्वीकृति प्रदान गरेको थियो । विधेयकमाथि भएको छलफलमा भाग लिँदै सांसद दिव्यमणि राजभण्डारी, प्रेम सुवाल, भरतकुमार शाह र गगनकुमार थापाले पर्याप्त छलफल गरेर अघि बढाउनुपर्ने निकै महत्वपूर्ण विधेयक भए पनि मौलिक हककै झझल्को दिने गरी हतारमा विधेयक ल्याएर आवश्यक छलफल गर्न दिने…
काठमाडौँ:अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण रत्नपार्क वितरण केन्द्रका तत्कालीन लेखाप्रमुख उमेशकुमार ठाकुरविरुद्ध रु ५२ लाख १३ हजार ५९० बराबरको भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । नक्कली बिल तथा भौचर तयार पारी बदनियतपूर्वक सरकारी स्रोतको दुरुपयोग गरेको उहाँमाथि आरोप लागेको छ । रत्नपार्क वितरण केन्द्रका प्रमुख मनोजकुमार सिंहको समेत मिलेमतोमा ललितपुर वितरण केन्द्रमा सरुवा भएर जाँदासमेत बरबुझारथ नगरेको र ललितपुरमा समेत रु २० लाख बराबरको हिनामिना गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार रु एक करोड बराबरको हिनामिना गरेको भन्ने उजुरीका विषयमा अनुसन्धान गर्दा आन्तरिक छानबिन समितिलाई नै प्रभावमा…
राँझा: राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता चैतभित्र हुने बताएका छन् । नेपालगञ्जमा आज ‘मिडिया सेन्टर’को उद्घाटन गर्दै सदस्य सचिव विष्टले भने–“आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता चैत भित्रै हुन्छ, हाम्रो दृढसङ्कल्प छ ।” यही चैत २५ देखि ३० गतेसम्म प्रतियोगिता गर्ने आन्तरिक तयारीका साथ कार्यकारी समितिले प्रस्ताव पास गरेको उनले जानकारी दिए । यही चैत ८ गते बस्ने मन्त्रिपरिषद्को बैठकले अन्तिम मिति तय गर्ने विष्टले जानकारी दिए । “राष्ट्रिय खेलकूद प्रतियोगिता दुई–दुई वर्षमा गर्न सकिन्छ भन्ने देखाउन पनि चैतभित्र गर्नु जरुरी छ”, उनले भने, “विसं २०७६ मा लैजाने भन्नु बेथिति बसाल्नु हो, हामी खेलकूदमा थिति बसाल्न…
काठमाडौँ : पछिल्ला केही दिनमा सुधार देखिएको धितोपत्र बजार आज भने घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७.४७ विन्दुले घटेर एक हजार १५३.९८ विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.६२ विन्दुले घटेर २४५.५४ विन्दुमा पुगेको छ । परिसूचक घटेपनि कारोवार रकम भने बढेको छ । कूल १६९ कम्पनीको १३ लाख ९३ हजार ५५८ कित्ता शेयर रु ३६ करोड सात लाख नौ हजार ७८० मूल्यमा खरीद बिक्री भए । कारोवार भएका दश उपसमूहमध्ये आज दुई उपसमूहको मात्रै शेयर बढेको छ । आठ उपसमुहको शेयर ओरालो लागेको छ । स्टकका…
काठमाडौँ : नेपाल राष्ट्र बैंकले आज सोमबार १३ अर्ब ७९ करोड ११ लाख २५ हजार रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको छ । बैंकले एक सूचनामार्फत उक्त परिमाणको ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको जनाएको छ । बैंकले कूल ९१ दिनदेखि ३६४ दिन अवधि तोकिएको उल्लेख गरेको छ । यसअघि बैंकले गत फागुन २७ गते ९१ दिने अवधिको रु दुई अर्ब २६ करोड र ३६४ दिने रु पाँच अर्बको ट्रेजरी बिल बिक्री गरेको थियो । ट्रेजरी बिल खरिद गर्ने बैंक तथा बित्तिय संस्थाले आज तीन बजेसम्म अनलाइन मार्फत बोलकबोल गर्रिसक्नु पर्ने राष्ट्र बैंकले जनाएको छ ।
नयाँदिल्ली: भारतकाे गोवा राज्यका मुख्यमंत्री एवं भारतीय जनता पार्टीका वरिष्ट नेता मनोहर पर्रिकरकाे अाइतबार ६३ वर्षकाे उमेरमा निधन भएकाे छ । भारतीय राष्ट्रपति रामनाथ कोविंदले ट्ववीट गरी मनाेहरकाे निधन भएकाे जानकारी दिनुभएकाे हाे । उहाँ लामाे समयदेखि पेटकाे क्यान्सरबाट पीडित हुनुहुन्थ्याे । पर्रिकरकाे निधनप्रति भारतीय प्रधानमन्त्री लगायत विभिन्न दलका नेताले शाेक व्यक्त गर्नुभएकाे छ । भाजपाका नेता मनाेहर केही समय भारतकाे रक्षामन्त्री पनि बन्नुभएकाे थियाे । तर गाेवामा भाजपा संकटमा परेलगत्तै रक्षामन्त्रीबाट राजीनामा दिएर गाेवाकाे मुख्यमन्त्री बन्नुभएकाे थियाे । उहाँ गाेवामा लामाे समयदेखि मुख्यमन्त्री पदमा रहनुभएकाे छ । उहाँलाइ स्वच्छ छवि भएका नेताका रूपमा लिइन्छ।
काठमाडौँ: काठमाडौंका कुखुरामा कडा किसिमको बर्डफ्लु देखिएको छ। पशुसेवा विभागका अनुसार तारकेश्वर र टोखा क्षेत्रमा बर्डफ्लु देखिएको हो। यो बर्डफ्लु मान्छेमा समेत सर्नसक्ने एच फाइभ एन वान र एच फाइभ एन एट प्रकारको हो। यसको नियन्त्रणका लागि बर्डफ्लु संक्रमति कुखुरा नष्ट गर्ने तथा प्रभावित पोल्ट्री फार्महरूमा विषादी छर्कने काम भइरहेको पशुसेवा विभागले जनाएको छ। विभागकी उपमहानिर्देशक डा. सम्झना काफ्लेका अनुसार काठमाडौंका अन्य स्थानमा पनि बर्डफ्लु भए नभएकोबारे अुनगमन गर्ने तयारी भइरहेको छ। तारकेश्वर-७ स्थित बस्नेत टोलका श्यामसन्दुर बस्नेतको सागर पोल्ट्री फार्म र श्यामकुमार बस्नेतको आकाश पोल्ट्री फार्ममा बर्डफ्लु भेटिएपछि २८ हजार कुखुरा नष्ट गरिएको नगर पशुशाखा…
गलकोट: कुनै समय एक चिकित्सकको भरमा चलेको बागलुङस्थित धौलागिरि अञ्चल अस्पतालले अहिले विशेषज्ञसहितको सेवा उपलब्ध गराउँदा जनाता खुशी भएका छन् । साविक धौलागिरि अञ्चलकै एकमात्र सुविधा सम्पन्न उक्त अस्पतालमा लामो समयपछि विशेषज्ञ चिकित्सक आएकाले जिल्लावासी खुशी भएका हुन् । हाल अस्पतालमा आधा दर्जन भन्दाबढी विशेषज्ञसहितका चिकित्सकले भएकाले बिरामीको सङ्ख्या पनि वृद्धि भएको छ । लामो समयदेखि ‘रेफर सेन्टर’का रुपमा चिनिएको उक्त अस्पतालमा सबैभन्दा बढी स्त्रीरोग विशेषज्ञका माग हुँदै आएको थियो । भौतिक पूर्वाधारको व्यवस्थापनका साथै विशेषज्ञ चिकित्सकका कारण उपचारमा सहज भएको डा सागरकुमार राजभण्डारीले बताउनुभयो । “अस्पतालमा दरबन्दीअनुसारका विशेषज्ञ चिकित्सक ल्याउन सबैको पहलले सम्भव भएको छ”, व्यवस्थापन…
काठमाडौँ: राष्ट्रिय भूकम्पमापन केन्द्रले मकवानपुरको चित्लाङ केन्द्रबिन्दु भएर सोमबार बिहान भूकम्प गएको बताएको छ । भूकम्पको धक्का मकवानपुरसँगै, नुवाकोट, धादिङलगायतका जिल्लामा महसुस गरिएको छ । आज गएको भूकम्प ४.१ रिक्टर स्केल मापन गरिएको छ । ०७२ को गोरखा भूकम्पपछि लामो समयसम्म पराकम्प गएको थियो । सोमबारको भूकम्प भने पराकम्प नभएर नयाँ भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले बताएको छ ।
