Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत रिठ्ठे दर्जी एक महिनादेखि सम्पर्कविहीन छन् । मालपोत कार्यालयका प्रमुख लालकृष्ण शर्मा पौडेलका अनुसार आन्तरिक लेखा परीक्षणका क्रममा पौने २ करोड रुपैयाँ बेरुजु देखिएपछि भरतपुर १२ का दर्जी सम्पर्कविहीन भएका हुन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । मातपोत कार्यालयले संकलन गरेको एक करोड ७३ लाख रुपैयाँ लिएर दर्जी २५ मंसिरदेखि सम्पर्कविहीन भएको मालपोत कार्यालय भरतपुरले जनाएको छ ।
काठमाडौं : टेलिकम क्षेत्रबाट धरहरा निर्माणका लागि पौने दुई अर्ब रुपैयाँ संकलन भएको छ। भूकम्पले क्षति पुर्याएका सांस्कृतिक सम्पदा पुनर्निर्माणका लागि आर्थिक वर्ष २०७२/७३ को बजेटमा दूरसञ्चार सेवा दस्तुरको १ प्रतिशत सम्पदा कोषमा जाने उल्लेख थियो। अर्थमन्त्री डा.रामशरण महतले प्रस्तुत गरेको बजेटमा ‘हाम्रो धरोहर–हाम्रै दायित्व’ शीर्षकमा राष्ट्रिय पुनर्निर्माण कोष अन्तर्गत छुट्टै सम्पदा कोष बनाइने उल्लेख थियो। त्यसअघि दूरसञ्चार सेवा दस्तुरका रूपमा १० प्रतिशतमात्रै बुझाउँदै आएका टेलिकम सेवा प्रदायक कम्पनीले १ प्रतिशत थप गरी ११ प्रतिशत बुझाउँदै आएका थिए। २०७२/७३ देखि आर्थिक वर्ष २०७४/७५ सम्म उक्त कोषमा एक अर्ब ७९ करोड ३७ लाखभन्दा बढी रुपैयाँ जम्मा भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको…
काठमाडौँ: भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले कृषिबाट समृद्धि हासिल गर्न सकिदैन भन्ने मानसितकमा परिवर्तन गर्नुपर्ने धारणा राखेकि छिन । उनले श्रमलाई सम्मान गर्दै गाउँ गाउँबाट समृद्धिको अभियान शुरु गर्नुपर्ने बताइन् । राष्ट्रिय सहकारी महासंघको २६ औं बार्षिक साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री अर्यालले सरकारले गरिवी निवारण र समृद्धिको आधारमा रुपमा सहकारीलाई प्रोत्साहन गरिरहेको बताइन् । उनले सहकारीका उत्पादनका लागि बजारीकरण गर्ने कार्य सरकारले गर्ने बताइन । ‘पैसा भएर मात्र काम हुने भन्ने कुरालाई म स्विकानि कार्यक्रम र योजना बनाउँनुस् पैसाको कमिले ती कार्यक्रम रोकिने छैनन । त्यसको जिम्मेवारी म लिन्छु ।’ उनले भनिन ।…
काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ‘बुटिक विमान स्थल’ मा रुपान्तरण गर्ने लक्षका साथ अघिबढेको सरकारलाई थप सहयोग हुनेगरी अध्यागमन विभागले अव छिट्टै ‘मेसिन रिडेवल भिसा’ जारी गर्ने भएको छ। अध्यागमन विभागका महानिर्देशक तथा सहसचिव इश्वर राज पौडेलका अनुसार यसै आर्थिक वर्षको ७ देखि ८ महिनाभित्र ‘मेसिन रिडेवल भिसा’ अर्थात मेसिनले मात्रै पढ्न सक्ने भिसा जारी गर्नेछौं । अध्यागमनमा आयोजित पहिलो पत्रकार सम्मेलनमा बोल्दै पौडेलले भने, “बिमानस्थल भनेको सबै देशी-विदेशीले अनुभव गर्ने पहिलो गन्तब्य भएको र यसको समयसापेक्ष आधुनिक प्रविधिसहित स्तरउन्नति हुन जरुरी छ यसका लागि हामीले सरकारको अझ भनौं गृह मन्त्रालयको गृह प्रसाशन सुधार कार्ययोजनालाई सहयोग हुनेगरी काम गरीरहेका छौं।” हाल…
भीमदत्तनगर: : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की निर्मला पन्तकी आमा दुर्गादेवीको आज रगत नमूना सङ्कलन गरिएको छ । निर्मलाको शरीरबाट सङ्कलन गरिएको ‘भेजाइनल स्वाव’ यकिन गर्न दुर्गादेवीले जिल्ला प्रहरी कार्यालयमा रगत नमूना सङ्कलनका लागि निवेदन दिनुभएको थियो। प्रहरीले महाकाली अञ्चल अस्पतालको प्रयोगशालामा उहाँको नमूना रगत सङ्कलन गरेको प्रहरीले जनाएको छ । “घटनाको थप अनुसन्धानमा सहयोग पुगोस् भनेर मैले आफूखुशी रगत दिएकी हुँ,” दुर्गादेवीले भन्नुभयो, “आवश्यक परीक्षणका लागि आग्रह गर्दछु ।” निर्मलाका बुबा यज्ञराज पन्तले भने परीक्षणका लागि रगत नमूना सङ्कलन गर्न मान्नुभएको छैन् । दुर्गादेवीले श्रीमान् यज्ञराजले रगत दिन अस्वीकार गरेको जानकारी दिनुभयो । प्रहरी उपरीक्षक कुबेर कडायतले सङ्कलन…
काठमाडौं: आफूसँग भएको सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्नुपर्ने माग गर्दै डा. गोविन्द केसी आमरण अनसनमा बसेका छन् । इलाममा बुधबार पत्रकार सम्मेलन गरी उनले माफियामुखी बुँदाहरु समेटेर संसदको शिक्षा तथा स्वास्थ्य समितिले विधेयक संसदमा पठाएकाले बुधबार ५ बजेदेखि १६ औं अनसन सुरु गरेको बताएका छन् । केसी इलामको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयको पुरानो कार्यालय फूलगाहीमा अनसन बसेका छन् । केसीले ६ बुँदे माग राख्दै सत्याग्रह सुरु गरेका हुन् । उनले १५ औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते सरकारसँग भएको सम्झौताअनुसार अक्षरश संशोधन गरेर चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्न माग गरेका छन् ।…
काठमाडौँ: प्रतिनिधिसभाको बैठकले ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक, माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले प्रतिनिधिसभाको आजको बैठकमा सो प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । मन्त्री खनालले सांसदका जिज्ञासाको जवाफ दिँदै विधेयकमा विषादी व्यवस्थापनका लागि एकद्वार प्रणालीको व्यवस्था गरिएको बताए। प्रस्तावमाथि नवराज सिलवाल, सञ्जयकुमार गौतम, नारायणप्रसाद खतिवडाले जिज्ञासा राख्नुका साथै थप गर्नुपर्ने व्यवस्थाका बारेमा सुझाव दिएका थिए। बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ‘सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५ विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७५’ पेश गरेका थिए। ‘नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन…
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव चन्द्रमान श्रेष्ठ विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ। श्रेष्ठले सार्वजनिक पदमा रहँदा अवैध सम्पत्ती आर्जन गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । अख्तियारले आज भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको मुद्दा दर्ता गरेको हो । हाल वातावरण मन्त्रालयमा सहसचिवका रुपमा कार्यरत श्रेष्ठले पदमा रहँदा १ करोड ३४ लाख ५ सय ३६ रुपैया ७६ पैसा अवैध आर्जन गरेको अख्तियारको ठहर छ। यातायात व्यवस्था विभागमा पूर्वमहानिर्देशक समेत रहेका श्रेष्ठ विरुद्ध १ करोड ३४ लाख रुपैयाँ भ्रष्टाचारको आरोप छ।…
काठमाडौँ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली ‘रायसिना संवादको चौथो संस्करण’मा भाग लिन भोलि बिहीबार नयाँ दिल्ली जाँदै छन् । मन्त्री ज्ञवालीले उक्त संस्करणलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अब्जर्भर रिसर्च फाउण्डेशनद्वारा भारतीय विदेश मन्त्रालयको सहकार्यमा हुने सो कार्यक्रमम यस वर्षको विषय ‘अ वल्र्ड रिअर्डरः न्यू जिओमेट्रिक्स, फ्ल्युड पार्टनरसिप, अनसर्टेन आउटकम्स’ छ । भ्रमणका अवधिमा मन्त्री ज्ञवालीले भारत सरकारका उच्च अधिकारीसँग समेत भेटघाट गर्नेछन । मन्त्री ज्ञवाली पर्सि शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ ।
काठमाडौँ : आजको शेयर बजार सामान्य अंकले बढ्दै लगानीकर्ताहरूलाई केहि राहत दिलाएको छ । बुधबार नेप्से २.२९ अंकले बढेर ११७९.३६ बिन्दुमा पुगेको छ । हिजो धितोपत्र बोर्डले कमजोर रेटिङ्ग भएका कम्पनीहरूले आइपिओ निष्काशन गर्न नपाउने व्यवस्था गरेपछि शेयर बजार उकालो लागेको हो । झिनो अंकले बढेको बजारमा ३४ करोड भन्दा बढीको काराेबार भएको छ । तर कारोबारमा भने खासै सुधार देखिएन । आज १६६ कम्पनीका १५ लाख १३ हजार ९२१ कित्ता शेयर किनबेच भयो । आज कारोबार भएका १० उपसूचक मध्ये फाइनान्स र अन्य समूहको सुचक ऋणात्मक देखियो । बाँकी ८ सुचक सकारात्मक छन् । बुधबार छिमेक लघुवित्तको संस्थापक शेयर…
