काठमाडौँ : आजको शेयर बजार सामान्य अंकले बढ्दै लगानीकर्ताहरूलाई केहि राहत दिलाएको छ ।
बुधबार नेप्से २.२९ अंकले बढेर ११७९.३६ बिन्दुमा पुगेको छ ।
हिजो धितोपत्र बोर्डले कमजोर रेटिङ्ग भएका कम्पनीहरूले आइपिओ निष्काशन गर्न नपाउने व्यवस्था गरेपछि शेयर बजार उकालो लागेको हो । झिनो अंकले बढेको बजारमा ३४ करोड भन्दा बढीको काराेबार भएको छ । तर कारोबारमा भने खासै सुधार देखिएन ।
आज १६६ कम्पनीका १५ लाख १३ हजार ९२१ कित्ता शेयर किनबेच भयो ।
आज कारोबार भएका १० उपसूचक मध्ये फाइनान्स र अन्य समूहको सुचक ऋणात्मक देखियो । बाँकी ८ सुचक सकारात्मक छन् ।
बुधबार छिमेक लघुवित्तको संस्थापक शेयर सबै भन्दा धरै कारोबार भएको छ । लघुवित्तको ५ करोड ८६ लाख रूपैयाँ बराबरको कारोबार भएको हो । यस्तै नेपाल बैंकको ४ करोड ८८ लाख, एनआइसी एशिया बैंकको १ करोड ६३ लाख, प्रभु बैंकको १ करोड ४१ लाख नेपाल लाइफको १ करोड ३२ लाख, बैंक अफ काठमाडूको १ करोड २७ लाख, एनसीसी बैंकको १ करोड ८ लाख र प्राइम कर्मशीयल बैंकको संस्थापक शेयर १ करोड १ लाख रूपैयाँ बराबरको कारोबार भएका छन् बाँकी कुनै पनि कम्पनीको कारोबार रकमले करोड नाघ्न सकेन ।