Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: शनिबारको दिन थियो असार १५ अर्थात धान दिवस। त्यही माहोलमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा एमालेका अध्यक्ष प्रचण्डबीच बालकोट, भक्तपुरमा ३ घण्टा भेटघाट चल्यो। तर यता सत्ताशिन दल नेकपा माओवादी केन्द्र भने उक्त भेटबारे अनविज्ञ जस्तै थियो। त्यसैले राजनीतिक माहोल एकाएक तरंगित जस्तै बन्न पुग्यो।सोहि भेटलाई लिएर आइतबार पुनः प्रचण्ड र ओलीबीच पनि भेटवार्ता भयो जहाँ पछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने पनि समेटिए। अनि फेरी सुरु भयो सत्ताघटक भेटवार्ता। प्रधानमन्त्री दाहालले सत्तामा बसिरहन र सत्ताको नेतृत्व गर्न आफूहरूसित ‘जादुयी नम्बर’ रहेको र पूरै अवधि सरकारमा बस्ने बताएको साता दिनमै कांग्रेस र एमालेको नेतृत्वबीच भएको…

Read More

काठमाडौं: नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई सोमबार अदालत पेश गरिने भएको छ । शुक्रबार राति पक्राउ परेका थापालाई नक्कली भुटानी शरणार्थीसम्बन्धी ठगी मुद्दामा सुनुवाइका लागि जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो । तर उक्त मुद्दामा आइतबार सुनुवाइ नै भएन । आइतबार पालो नआएको भन्दै पुनः सोमबार ल्याउन अदालतले आदेश दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । ‘आज नभ्याउने भएकाले भोलि पुनः अदालत पेश गर्न आदेश भएको छ । अब भोलि अदालत पेश गछौं ।’ नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा थापाविरुद्ध प्रहरीले यसअघि…

Read More

काठमाडौं: प्रहरीले लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सीइओ सुरेन्द्र भण्डारीलाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईका अनुसार भट्टराईलाई काठमाडौँको विशालनगरबाट पक्राउ गरिएको हो । लालीगुराँस सहकारीको ६ अर्ब रुपैयाँ अपचलन गरेको उनीमाथि आरोप लागेको छ । सहकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २९ फागुन २०८० मा समस्याग्रस्त सहकारी घोषणा गरेको थियो । उक्त सहकारीले बचतकर्ताकाे १० अर्ब भन्दा बढि ठगेकाे अभियोग छ । रकम अपचलन गरेको आरोपमा उनीबिरुद्ध ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । उनलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुरमा पठाइने एसएसपी भट्टराईले बताए । उनलाई अनुुसन्धानका लागि आईतबार…

Read More

काठमाडौँ: सत्तारूढ नेकप (एकीकृत समाजवादी) को दसौं राष्ट्रिय महाधिवेशनबाट आइतबारबाट सुरू हुँदैछ। असार २० गतेसम्म चल्ने महाधिवेशनको आज उद्घाटन सत्र हुनेछ। प्रज्ञा भवन कमलादीमा हुने महाधिवेशनको उद्घाटन सत्रअघि बिहान ११ बजे भृकुटीमण्डपबाट र्‍याली निस्कने एकीकृत समाजवादीले जानकारी दिएको छ। २०७८ भदौमा नेकपा (एमाले)बाट विभाजन भएर नयाँ पार्टी गठन गरेयता एकीकृत समाजवादीले पहिलोपटक महाधिवेशन आयोजना गर्दैछ। तथापि एमालेकै निरन्तरता भएकाले यसलाई उसले दसौं महाधिवेशन बताएको छ। एकीकृत समाजवादीको केन्द्रीय पदाधिकारी २१ सदस्यीय बनाउने सहमति भएको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको ८९ औं सचिवालय बैठकले २१ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय सदस्य रहने व्यवस्था गर्ने निर्णय गरेको थियो। पार्टी…

Read More

काठमाडौँ: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूका साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा अनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राति कोशी, मधेस, बागमती, गण्डकी र…

Read More

काठमाडौँ: भारतले आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै उपाधि जितेको छ । भारतले १७ वर्षपछि ट्वान्टी–२० विश्वकपको उपाधि जितेको हो ।भारतले यसअघि सन् २००७ मा आयोजित पहिलो संस्करणको उपाधि जितेको थियो । १७७ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाउँदै १६९ रन बनायो । दक्षिण अफ्रिकाका हेनरिक क्लासेनले २७ बलमा २ चौका र ५ छक्का सहित सर्वाधिक ५२ रन बनाए पनि हार टार्न सकेनन् । एक समय दक्षिण अफ्रिकालाई अन्तिम ३० बलमा ३० रन चाहिएको थियो । १७औं ओभरको पहिलो बलमा हार्दिक पान्ड्याले हेनरिक क्लासेनलाई क्याच आउट गरेपछि भारतले खेलमा नाटकीय…

Read More

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई धानमा मात्र होइन खाद्यान्नमा पनि आत्मनिर्भर बनाउन सरकार लागिपरेको बताएका छन् । भरतपुर महानगरले आज चितवनमा आयोजना गरेको २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा प्रधानमन्त्रीले उत्पादन लागत घटाउने र उत्पादकत्व बढाउने गरी सरकारले कृषि दशक कार्यक्रम अघि बढाएको स्पष्ट पारे । सरकारले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा कृषि दशक कार्यक्रम घोषणा गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले सिँचाइ, बीउ एवं मल सहज रूपमा उपलब्ध गराउने र यान्त्रिकीकरण गरेर धानमा आत्मनिर्भर हुन सकिने बताए । धानबाली देशको रणनीतिक बाली भएको उल्लेख गर्दै प्रधानमन्त्रीले तीनवटै तहका सरकारलाई नेपाल सरकारले लिएका नीतिहरूको सफल…

Read More

गुल्मी: अविरल वर्षापछि आएको पहिरोले गुल्मीमा ४ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । मालिका गाउँपालिका–६ अर्जे, ठाँटीस्थित भेषबहादुर विकको घर पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु भएको र १ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी राजन भुजेलले बताए । मालिका ६ का वडाध्यक्ष दीपक भण्डारीका अनुसार पहिरोमा पुरिएर ५५ वर्षीय भेषबहादुर विक, उनकी श्रीमती ४८ वर्षीया सुन्तली विक, २६ वर्षीया बुहारी सीता विक, नातिनीहरू ७ वर्षकी सपना विक र ८ महिनाकी विपना विकको मृत्यु भएको छ । गएराति आएको अविरल वर्षाले पहिरो गएको जानकारी पाएपछि ईश्मा प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी…

Read More

काठमाडौँ: नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त प्रतीक थापा पक्राउ परेका छन्। उनी नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ का छोरा हुन्। काठमाडौंको विशेष टोलीले उनलाई काठमाडौंको बौद्धबाट केहीबेर अघि पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दीपक थापाले बताए। ठगी, कीर्ते, संगठित अपराध र राज्य विरूद्धको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंले ३० जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा पेश गरेको थियो। यो प्रकरणमा ३० जनाविरूद्ध ०८० जेठ १० गते सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो।

Read More

काठमाडौँ — उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले उर्जा क्षेत्रको विकासले मुलुकको समृद्धिलाई अझ नयाँ गति दिने बताएका छन् । शुक्रबार नेपाल विद्युत प्राधिकरणले काठमाडौंको स्युचाटारमा निर्माण गरी सञ्चालनमा ल्याएको डाटा सेन्टरको उद्घाटन समारोहमा बोल्दै उनले उर्जा क्षेत्रको विकासले मुलुकको समृद्धिलाई अझ नयाँ गति दिने बताएका हुन् । मन्त्री बस्नेतले विद्युत् वितरण प्रणाली नियन्त्रण सेन्टर र अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक डाटा सेन्टरको निर्माण नेपालको ऊर्जा क्षेत्रलाई थप स्मार्ट बनाउन अर्को महत्वपूर्ण पाइला भएको बताए । उनले भने, ‘उर्जा क्षेत्रको विकासले मुलुकको समृद्धिलाई अझ नयाँ गति दिने, अझ अघि बढाउने कुरामा थप योगदान पुग्ने कुरा स्वतः स्पष्ट छ । उर्जा क्षेत्रको विकास सँग-सँगै…

Read More