Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ : शिक्षक सेवा आयोगले अबदेखि शिक्षकका लागि विषयगत अध्यापन अनुमतिपत्र दिने भएको छ । आयोगले अब लिइने अध्यापन अनुमतिपत्रको परीक्षा विषयगतरुपमा लिने भएको छ । शिक्षकलाई विषयमा विशिष्टीकरण ल्याउनका लागि अबदेखि विषयगतरुपमा अध्यापन अनुमतिपत्र वितरण गर्ने आयोगका सूचना अधिकारी रामराज खकुरेलले जानकारी दिए । विषयगत अध्यापन अनुमतिपत्रका लागि आयोगले पाठ्यक्रम पठाउन थालेको छ । “ आयोगले खुलाएको विज्ञापनमा पहिले सबै विषयका लागि एउटै अध्यापन अनुमतिपत्रले प्रतिस्पर्धा गर्ने गरेका थिए”, उनले भने, “अबदेखि भने विषयगत अध्यापन अनुमतिपत्र वाहकले मात्र सम्बन्धित विषयमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।” सरकारले शिक्षा ऐन २०२८ को सातौँ संशोधनपश्चात् विसं २०५९ देखि शिक्षक अध्यापनका लागि अनिवार्य अध्यापन…

Read More

काठमाडौँ: ‘‘मन्त्रीज्यू हामीलाई सार्वजनिक जग्गामा बसेको भनेर बिजुलीको मिटर दिइएन । सार्वजनिक जग्गामा बस्नेले मिटर पाउँदैनन् भनेर गाउँपालिकाले पनि हाम्रो कुरा सुनेन । हामीसँग लालपुर्जा छैन । के हामीले बिजुली बाल्न नपाउने हो र ?’’ यो भनाइ हो महोत्तरी पिपरा अल्लीपट्टीका काशिम राइनको । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले हरेक साताको शुक्रबार पैसा नलाग्ने नम्बर ११५१ मा नागरिकका गुनासा सुन्नुहुन्छ र समस्याको समाधान गर्न पहल गर्नुहुन्छ भन्ने सुनेका कारण आफूले फोन गरेको बताउँदै राइनले आफ्नो समस्याको पोको फुकाउनु भयो । उहाँले भन्नुभयो ‘मन्त्रीज्यू हामीले बिजुली बाल्न नपाउने नै हो र ?’’ राइनले त्यतिमात्रै भन्नु भएन गाउँपालिकाका पदाधिकारीले स्थानीय तहको…

Read More

काठमाडौँ: धितोपत्र बजारमा धेरै पछि कारोवार रकममा उल्लेख्य वृद्धि भएको छ । पछिल्ला दिनमा कारोवार रकम अर्ब माथि पुग्न नसकेको कारोवार रकम यस साता झण्डै रु चार अर्बको हाराहारीमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार यस साता रु रु तीन अर्ब ९१ करोड ७७ लाख २७ हजार ७३१ मूल्य बराबरको शेयर कारोवार भएको छ । कूल पाँच दिन खुलेको बजारमा कारोवार मापक नेप्से परिसूचक १७ बिन्दुले उकालो लागेको छ । कारोवार हुने पहिलो दिन आइतबार बजार ३२ दशमलव २४ बिन्दुले बढेको थियो । कारोवार रकमसमेत उच्च अङ्कले शुरु भई बजारमा उत्साह देखिएको थियो । नेपाल स्टक एक्सचेञ्जकाअनुसार उक्त दिन रु…

Read More

काठमाडौँ: चालू आर्थिक वर्ष २०७५/७६ को शुरुवातीदेखि नै नेपालको व्यापार घाटा चुलिंदै गएको छ । चालू आवको पाँच महिनामा व्यापार घाटा ५ खर्ब ६९ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । भन्सार विभागको नेपालको वैदेशिक व्यापार तथ्यांक अनुसार समीक्षा अवधिमा सोहि समयकोअघिल्लो वर्षको तुलनामा व्यापार घाटा ३६ दशमलब ११ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा नेपालबाट ३७ अर्ब ५० करोड रुपैयाँ बराबरको सामान निर्यात भएकोमा ६ खर्ब ६ अर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ । समीक्षा अवधिमा अघिल्लो वर्षको तुलनामा आयात ३४ दशमलब २५ प्रतिशतले र निर्यात ११ दशमलब २१ प्रतिशतले बृद्दि भएको छ । निर्यातको तुलनामा आयातमा…

Read More

बनेपा: नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सिंहदरबारको अधिकार गाउँगाउँमा आइसकेको बताएका छन् । शुक्रबार काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–२स्थित खाँडादेवी माध्यमिक प्राविधिक धार बाली विज्ञान विद्यालयको स्वर्ण महोत्सवमा उनले हजारौँको बलिदानीपछि मात्रै सङ्घीय लोकतान्त्रिक गणतन्त्र आउनाका साथै स्थानीय, प्रदेश र सङ्घीय सरकार बनेको बताए । “संविधान र कानून बमोजिम सिंहदबारको अधिकार गाउँमा आइसकेको छ”, अध्यक्ष प्रचण्डले बताए, “अब त्यसलाई व्यवहारमा उतार्न हामी अगाडि बढिरहेका छौँ ।” स्थानीय तहले पनि सेवासम्बन्धी ऐन बनाएर कर्मचारी भर्ती गर्ने अधिकार पाउने उल्लेख उल्लेख गर्दै उहाँले राष्ट्रसेवक कर्मचारीले देशको कुनै पनि भागमा सरकारले खटाएअनुसार जानुपर्नेमा जोड दिए । “खटाएअनुसार जान तयार नहुने कर्मचारीलाई राज्यले बिदा…

Read More

सुर्खेत: कर्णाली प्रदेश सरकारले ‘परियोजना बैंक’ बनाउन गृहकार्य थालेको छ । प्रदेशस्तरीय नीति तथा योजना आयोगले त्यसका लागि आवश्यक कार्ययोजना बनाउन थालेको हो । ‘परियोजना बैंक’मा ठूला आयोजनाको पहिचान, प्राथमिकीकरण, प्रारम्भिक सम्भाव्यता अध्ययनलगायत विषय समावेश गरिने र यसको तयारीपछि प्रदेश सरकारले चैत महीनामा लगानी सम्मेलन गर्ने जनाएको छ । “कार्ययोजना बनाउँदैछौँ, सम्भाव्यता अध्ययनका लागि सम्बन्धित क्षेत्रका विज्ञको सूची तयार भइरहेको छ”, प्रदेश योजना आयोगका सदस्य योगेन्द्र शाहीले भने, “परियोजनाका सबै पक्षलाई अध्ययन गरेर सरकारलाई दिशानिर्देशन दिन्छौँ ।” प्रारम्भिक सम्भाव्यताका आधारमा सम्भव हुने आयोजना मात्र परियोजना बैंकमा समावेश गरिने उनको भनाइ छ । यसअघि प्रदेश सरकारले वैदेशिक सहायता प्राप्ति र लगानी…

Read More

भरतपुर: चितवनको सौराहामा जारी १५औँ हात्ती महोत्सवमा आज सम्पन्न हात्ती सुन्दरी प्रतियोगिताको उपाधि बिजुली कलीले जितेको छ । प्रतिस्पर्धामा सहभागी अन्य तीन हात्तीलाई पछि पार्दै १८ वर्षको बिजुलीकलीले उपाधि हात पारेको हो । प्रतिस्पर्धामा चम्पाकली, एलिसाकली र सेल्फीकली सहभागी थिए । फष्ट रनरअप २२ वर्ष उमेरकी चम्पाकली हुँदा सेकेण्ड रनरअप १९ वर्षकी अलिशाकली भएको छ । हात्तीको सरसफाइ, शृङ्गार, हिँडाइ, हात्ती र माउतेको व्यवहारलगायतको मूल्याङ्कन गरी उत्कृष्ट घोषित गरिएको नतिजा प्रकाशन समितिका संयोजक दामोदर रेग्मीले जानकारी दिए। यस्तै हात्ती फास्टवाकबाट छ वटा हात्ती फाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनलमा सहभागिता १२ हात्तीमध्ये बिजुलीकली, बम्बोजकली, अनारकली, समृद्धिकली, लक्कीकली र आशाकली फाइनलमा…

Read More

दमौली: उनानसत्तरी मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घटेको छ । सुख्खायाम लागेका कारण तनहुँको आँबुखैरेनी गाउँपालिकामा रहेको उक्त आयोजनाको विद्युत् उत्पादन घटेको हो । आयोजनाका प्रमुख बद्रीप्रसाद फुँयालले आयोजनाबाट हाल ४० मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको जानकारी दिए । उनले भने, “सुख्खायाम लागेसँगै नदीमा पानीको बहाव कम भएकाले विद्युत् उत्पादन घटेको छ ।” आयोजना प्रमुख फुँयालका अनुसार कात्तिक महीनाको दोस्रो साताबाट विद्युत् उत्पादन कम हुनथालेको हो । आयोजनामा २३÷२३ मेगावाट क्षमताको तीन टर्वाइन रहे पनि ४० मेगावाट मात्रै विद्युत् उत्पादन भएको छ । ‘रन टु रिभर’ भएका कारणले नदीमा पानीको बहाव कम हुने बित्तिकै विद्युत् उत्पादन क्षमतामा कमी…

Read More

मनाङ: हिमाली जिल्ला मनाङ र मुस्ताङमा निकै चिसो बढेको छ। मनाङमा तापक्रम माइनस २१ डिग्रीसम्म झरेको छ। चिसो बढेपछि हिमाली जिल्लामा चहलपहल हराएको छ। बजार र गाउँ सबैतरि सुनसान भएको प्रशासनले जनाएको छ। मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाका अनुुसार शुक्रबार बिहानको तापक्रम माइनस २१ डिग्री थियो। दिउँसो साढे ११ बजेपछि घाम लागेर तापक्रम केही घटे पनि बेलुकीपख उस्तै चिसो बढेको उनले बताए। ‘माइनस २१ डिग्रीको चिसोमा बसेका छौं। बाहिर चहलपहल पनि खासै छैन। मान्छेको आउजाउ नै छैन,’ उनले भने, ‘चिसो बढेकोले बाहिर हिँडडुल गर्न सकस छ।’ उनका अनुुसार सदरमुकाम चामे, माथिल्लो क्षेत्र खाङसार, हुम्दे, टंकी मनाङलगायतका क्षेत्रमा बिहीबार झन्डै…

Read More

बुटवल : खेती गर्न चाहनुहुन्छ तर जमिन छैन भने चिन्ता नगर्नुस्। माटोबिनै तरकारी खेती गर्न सकिने प्रविधि नेपालमै सुरु भइसकेको छ। बगर होस् या घरको छत। जहाँ पनि यो तरिकाबाट प्रशस्त खेती गर्न सकिन्छ। रूपन्देहीका किसान ईश्वर पौडेल यही प्रविधिबाट खेती गरिरहेका छन्। उनले विष्णुपुरामा हाइड्रोपोलिक नेपाल कृषि फर्म चलाएका छन्। आफूले गरिरहेको कामबारे उनले बुटवल मण्डपमा जारी लुम्बिनी एक्स्पोमा जानकारी दिइरहेका छन्। यो प्रविधिलाई उनले प्रदर्शनमा राखेका छन्। माटोबिनै तरकारी फलाउने तरिकाबारे जानकारी दिन उनलाई भ्याइनभ्याई छ। पौडेल वैदेशिक रोजगारीका लागि ओमन गएका थिए। त्यहाँ उनले १० वर्ष बिताए। होटल म्यानेजमेन्ट पढेका उनले पाँच तारे होटलमा काम गरेका थिए।…

Read More