Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: महानगरीय प्रहरी परिसर काठमाडौँले जुवातास खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको छ । परिसरबाट खटिएको विशेष टोलीले काठमाडौँ महानगरपालिका–२६ ठमेलमा भोजराज सिलवालको जस्ताको टहरामा जुवातास खेलाइरहेको अवस्थामा रु चार लाख ९७ हजार ८३५ नगदसहित सात जनालाई पक्राउ गरेको हो । परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक होवीन्द्र बोगटीले जुवातास खेलाइरहेको गोप्य सूचनाका आधारमा एक बुक ताससहित सात जनालाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो । घरेलु मदिरा नष्ट महानगरीय प्रहरी परिसर काठमाडौँले २० हजार ८७५ लिटर अवैध मदिरा नष्ट गरेको छ । परिसरको टोलीले तारकेश्वर नगरपालिका–९ मनमैजु ग्याडोलस्थित अवैधरुपमा उत्पादन गरी बिक्रीवितरण गरिरहेको अवस्थामा सो घरेलु मदिरा बरामद गरेको हो ।…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशका समस्या समाधान गर्न आफू सकारात्मक रहेको बताउनुभएको छ । राष्ट्रिय जनता पार्टीका नेतासँग आज बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काङ्ग्रेस, राजपा र सङ्घीय समाजवादी फोरमलाई राष्ट्रिय पार्टीको मान्यता दिएर जनताले देश निर्माणको जिम्मा दिएकाले सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो । “जनताले हामीलाई देश विकासको जिम्मा दिएका छन्,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामीले सानातिना कुरामा नअल्झी देश निर्माणमा लाग्नु पर्दछ । मधेशको सामाजिक विकास, समृद्धि र त्यहाँका सबै प्रकारका समस्या समाधान गर्न म सकारात्मक छु ।” प्रधानमन्त्री ओलीले संविधान निर्माण र तीनै तहको निर्वाचन पछि कतिपय राजनीतिक दलहरुले विगतमा उठाएका…

Read More

काठमाडौँ: राजधानी काठमाडौँको न्यूनतम तापक्रम २ डिग्रीमा झरेको छ । न्यूनतम तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम २.६ र अधिकतम तापक्रम १७.७ डिग्री सेल्सियस रहेको छ । सोमबार काठमाडौँको न्यूनतम तापक्रम ३.५ र अधिकतमत तापक्रम १८ डिग्री सेल्सियस थियो । महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले अबको केही दिन न्यूनतम तापक्रम २ देखि ३ डिग्रीको हाराहारीमा रहने हँुदा अझै चिसो बढ्ने उल्लेख गर्नुभयो । “अहिले जाडोको मध्य अवस्थामा छौँ, जनवरी महीनामा बढी चिसो हुने गर्छ, त्यसैले चिसोबाट सजग हुनुपर्ने देखिन्छ”, उहाँले भन्नुभयो । न्यूनतम तापक्रम घटे पनि बिहानैदेखि सफा…

Read More

चितवन: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यले कुनै धर्म विशेषलाई काखी च्यापेर कुनैलाई निषेध गर्ने नीति लिन नहुने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी चितवनले आज यहाँ आयोजना गरेको पार्टी नेता सूर्य पथिक र विश्वप्रकाश सुवेदीका आमा धनकुमारी सुवेदीको शोकसभालाई सम्बोधन गर्दै संविधान बनाउँदा धार्मिक स्वतन्त्रतालाई सम्मान गर्ने कुरा गरेको बताउनुभयो । राज्यले सबै धर्मप्रति आस्था राख्ने जनतालाई समान व्यवहार गर्नुपर्ने भन्दै उहाँले भन्नुभयो, “कम्युनिष्ट पार्टीका नेता पुष्पलालको कुरा गरौं या नेपाली काङ्ग्रेसका बिपीको उहाँहरु संस्कार विरुद्ध, एउटा वैज्ञानिक मान्यता, अन्धविश्वासका निमित्त वैज्ञानिक धारणा स्थापित गर्न लाग्नुभयो ।” जनताको आस्थालाई अपमान गर्ने कसैको पनि मान्यता नभएको…

Read More

काठमाडौँ: सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को तेस्रो अधिवेशन भोलि बुधबारदेखि शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् भवन नयाँ बानेश्वरमा बुधबार अपराह्न ४ बजे प्रारम्भ हुने गरी सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । नेपालको संविधानले सरकारको सिफारिशमा राष्ट्रपतिलाई सङ्घीय संसद्को अधिवेशन आह्वान र अन्य गर्ने अधिकार प्रदान गरेको छ । संसद्को हिउँदे अधिवेशनका रुपमा रहने यो अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा लिने गरिन्छ । संसद्को आगामी अधिवेशनको पूरै अवधि विधेयकमाथि छलफल र पारित गर्ने विषयमा नै केन्द्रित रहेको छ । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले चलनचल्तीको भाषामा हिँउदे अधिवेशन भनिए पनि यो अधिवेशनको मुख्य जिम्मेवारी भनेको विधेयकमाथिको…

Read More

काठमाडौं: संघीय संसद, प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको बैठक स्थगित भएको छ । खानेपानी मन्त्री बिना मगर र सचिव गजेन्द्र ठाकुरले समय नदिएका कारण बैठक स्थगित भएको हो । समितिकी सभापति कल्याणी खड्काले भने प्राविधिक कारणले बैठक स्थगित भएको बताइन् । मंगलबार बिहान साढे ११ बजेको लागि बोलाइएको बैठक पुस १२ गते ११ बजेसम्मको स्थगित गरिएको समितिकी शाखा अधिकृत दीपाकुमारी दुलालले जनाएकी छिन् । समितिको बैठकमा मेलम्ची खानेपानी आयोजना निर्माणका क्रममा देखिएको समस्याबारे छलफल हुने कार्यक्रम थियो । इटालीयन कम्पनीले मेलम्चीमा काम गर्न नसक्ने भन्दै ठेक्का तोड्न खोजेपछि निर्माण प्रक्रिया अवरुद्ध भएको छ ।

Read More

काठमाडौँ: आफूहरूको मुद्दा सम्बोधन नभएको भन्दै समर्थन फिर्ताको चेतावनी दिँदै आएको राष्ट्रिय जनता पार्टी (राजपा) ले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्णायक वार्ता गर्दैछ। अहिले बिहान १० बजे प्रधानमन्त्री ओलीसँग छलफल गर्न लागिएको राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिएका छन्। ‘संविधान संशोधनलगायत मधेश मुद्दा सम्बोधन गर्ने सहमतिमा हामीले सरकारलाई समर्थन गरेका हौं तर अहिलेसम्म हाम्रा माग पूरा भएका छैनन्,’ यादवले भने, ‘आज हामी प्रधानमन्त्रीसँग यस विषयमा निर्णायक वार्ता गर्दैछौं।’ संविधान संशोधन, मधेश आन्दोलनका घाइते र विस्थापितलाई उचित राहतलगायत मधेश मुद्दामा सरकार गम्भीर नदेखिएको यादवको भनाइ छ। बिहान प्रधानमन्त्रीसँग वार्ता गरेपछि त्यस आधारमा दिउँसो १ बजे पार्टीको अध्यक्ष मण्डलको…

Read More

बाँके: : कुखुराको खुट्टा भाँचेको अभियोगमा नेपालगञ्ज उपमहानगरपालिका–२१ बिर्ताका अकबाल खाँ चार दिनदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । गत मङ्सिर २४ गते ढुङ्गाले हानेर कुखुराको खुट्टा भाँचिदिएको भन्दै कुखुरा लिएर जिल्ला प्रहरी कार्यालय बाँके पुगेर उनकै छिमेकी मोहम्मद रफिकले उजुरी दर्ता गराएका थिए । पटक–पटकको छलफलपछि पनि उनीहरूबीच कुरा मिल्न सकेको थिएन । प्रहरी कार्यालयमा भएको छलफलअनुसार मुद्दा दिने रफिकलाई कुखुराको मूल्य लिएर मिल्न र अकबाललाई कुखुराको मूल्य तिरेर लैजान सुझाव दिए पनि दुवैजनाले सुझाव अस्वीकार गरेपछि अकबालमाथि मुद्दा चलाइएको थियो । घटनाको दुई सातापछि अकबाल शनिबारदेखि जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा छन् । तर जिल्ला प्रहरी कार्यालय बाँकेका…

Read More

तेह्रथुम: तेह्रथुममा विवाह भइरहेको बेला बेहुलीलाई कुटपिट गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गएराति १०.३० बजे विवाह भइरहेको फेदाप गाउँपालिका–३, जलजलेस्थित बेहुलीको घरमा स्थानीयवासी युवाको समूहले आक्रमण गरेको थियो । उनीहरूको कुटपिटबाट बेहुली प्रतिक्षा सम्बाहाम्फे र अन्य तीन जना घाइते भएका छन् । प्रहरीले विवाहमा कुटपिट गर्ने १९ वर्षका सरोज लिम्बू, १४ वर्षका ओमन लिम्बू, २१ वर्षका दिनेश लिम्बू, १९ वर्षका सुदीप लिम्बू र १७ वर्षका मन्दिप लिम्बूलाई नियन्त्रणमा लिएको छ । कुटपिटबाट घाइते भएकी बेहुलीको थप उपचारका लागि विराटनगर पठाइएको र अन्य घाइते बेहुलीका दाजु देउमान लिम्बू, सुमन खापुङ र टीकादेवी सम्बाहाम्फेको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला…

Read More

वासिङ्टन: एएफपी) ः इसाई धर्माबलम्बीहरुको महान पर्व क्रिश्मस मनाउन अमेरिकी सांसदहरु घर तर्फ लागेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले पेश गरेको बजेट पारित नभएपछि विवाद चर्किरहेका बेला सांसदहरु विदामा गएका हुन् । अमेरिकी संसद् र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मेक्सिको सीमानामा पर्खाल निर्माणका लागि बजेटमा देखिएको गतिरोध समाधान नभएपछि अमेरिकाका केही सरकारी कार्यालय तीन दिन देखि बन्द रहेका छन् । बजेटमा रहेको असहमति अन्त्य गर्न अमेरिकी सिनेटरहरूबीच भएको छलफल निष्कर्ष बिहीन भएपछि सरकारी काम आंशिक रुपमा प्रभावित भएको हो । सोमबार तेस्रो दिन पनि कर्मचारीले तलब नपाएपछि कार्यालय बन्द भएको अधिकारीहरुले जनाएका छन् । संघीय सरकार अन्तर्गतका झण्डै चार लाख कर्मचारीहरु…

Read More