Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा
- एमसिए–नेपालद्वारा सीमापार प्रसारण लाइनको नेपालतर्फको १८ किमि खण्डको निर्माण सम्पन्न
- ७७ लाख ५० हजारमै घर र जग्गामा २५ प्रतिशतसम्म छुट अफरसहित ‘सिजी प्रोपर्टिज नवौँ नेपाल जग्गा तथा आवास एक्स्पो’ हुँदै
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
महेन्द्रनगर : निर्मला पन्तको बलात्कार र हत्याप्रकरणको अनुसन्धानका लागि पक्राउ गरिएका विशाल चौधरीलाई प्रहरीले रिहा गरेको छ। अनुसन्धानका लागि भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेका कञ्चनपुर भीमदत्त नगरपालिका १८ सालघारीका १६ वर्षीय विशाल चौधरीलाई शुक्रबार रिहा गरेको हो। परिवारका सदस्यहरुलाई भने शनिबार मात्रै जिम्मा लगाइएको छ। प्रहरीले शुक्रबार बालबालिका खोजतलास समन्वय केन्द्रको जिम्मा लगाएर छोडेको थियो। केन्द्रले शनिबार काठमाडौंबाट महेन्द्रनगर ल्याएर परिवारको जिम्मा लगाएको हो। ‘हिजो प्रहरीले हाम्रो जिम्मा लगाएर छोडेको थियो’, बालबालिका खोजतलास केन्द्रका कार्यक्रम सहायक सन्तोष चन्दले भने,‘आज बिहान प्लेनबाट ल्याएर हामीले परिवारको जिम्मा लगाएका छौं।’ शनिबार दिउँसो जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको रोहबरमा विशाललाई परिवारको जिम्मा…
काठमाडौँ : प्रहरीले महानगरीय प्रहरी प्रभाग लाकुरीभञ्ज्याङमा गोली चलेको घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ । प्रहरी प्रधान कार्यालयले आज महानरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक गौतम मिश्रको नेतृत्वमा पाँच सदस्यीय छानबिन टोली गठन गरेको हो । कार्यालय प्रमुख सुत्ने कोठामा विपद् व्यवस्थापन महाशाखा सामाखुशीमा कार्यरत प्रहरी जवान रोशन श्रेष्ठ शुक्रबार राति गोली लागेर घाइते भएका थिए । दोलखाको बैतेश्वर गाउँपालिका–२ गैरीमुदी घर भएका २२ वर्षीय प्रहरी जवान श्रेष्ठ एकै गाउँको साथी रहेका उक्त प्रभागका प्रमुख प्रहरी सहायक निरीक्षक रमेश तामाङलाई भेट्न गएका थिए । प्रहरी सहायक निरीक्षक तामाङले पेस्तोलबाट गोली अनलोड गर्ने क्रममा अकस्मात पड्कन…
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्षणिक उत्तेजनामा आएर जनताको बलिदानबाट प्राप्त संविधानलाई कमजोर पार्ने खेल खेल्न नहुने बताएका छन् । प्रकाश विकल्पको ‘देश किन बनेन’ पुस्तकको आज यहाँ विमोचन गर्दै उनले सङ्कीर्ण स्वार्थका कारण संविधानबाट निर्मित प्रणाली र संरचनालाई कमजोर पार्ने भूल कसैले पनि गर्न नहुने बताए । उनले भने, “राष्ट्रिय एकता र सहमतिबाट बनेको संविधानलाई कमजोर पार्ने अभ्यास भइरहेको छ, संविधानका आधारस्तम्भका रुपमा रहेका गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रणाली र सङ्घीयतालाई असफल पार्ने दुश्प्रयास मुलुकका लागि भयानक गल्ती ठहरिनेछ ।” जनताको समृद्धिको आकाङ्क्षा पूरा गर्न सरकार क्रियाशील रहेको बताउँदै पूर्वप्रधानमन्त्री दाहालले विकास र समृद्धिमार्फत…
सुर्खेत: इजाजत अनुमतिपत्र(लाइसेन्स) पाएको एक दशकसम्म चुनढुङ्गा उत्खनन कार्य शुरु गर्न नसक्दा चौकुने सिमेन्ट आयोजनाको भविष्य अन्योलमा परेको छ । पश्चिम सुर्खेतको चौकुने क्षेत्रका चुनढुङ्गा उत्खनन गरी गुटुमा सिमेन्ट कारखाना सञ्चालन गर्ने उद्देश्यले इजाजत लिएको मुक्तिश्री सिमेन्ट इण्डस्ट्रिज प्रालिले अझै आयोजना अघि बढाउन सकेको छैन् । दुई वर्षदेखि कम्पनीका कर्मचारी आयोजना स्थलमा छैनन् । गुटुदेखि चौकुने डा“डासम्म सडक निर्माण गरी कम्पनीले २०७३ पुस २८ गते नमूनाका रुपमा चुनढुङ्गा उत्खनन थालेको थियो । कम्पनीले कामअघि नबढाएर पटक÷पटक म्याद मात्र थप्दै आएको भन्दै स्थानीयवासी आक्रोशित छन् । चौकुने खानी क्षेत्र सरोकार समितिका संयोजक रामलाल बयकले कम्पनीकै आग्रहले जग्गा खरीद बिक्री रोकेको गुनासो…
दाङ: तुलसीपुर–सल्यान सडकखण्डको राम्रीमा शुक्रबार भएको बस दुर्घटनामा ज्यान गुमाउने सबेको सनाखत भएको छ । सो दुर्घटनामा बस चालक घोराही उपमहानगरपालिका–३ का २६ वर्षीय मदन खत्री क्षेत्री, शिक्षक घोराही–१७ का २८ वर्षीय प्रदीप घिमिरे, सहचालक तुलसीपुर उपमहानगरपालिका–१८ का २२ वर्षीय गणेश विक, विद्यार्थी घोराही–१४ का १९ वर्षीय विजय घर्ती, बबई गाउँपालिका–५ का २१ वर्षीय कविता खत्री, दङ्गीशरण गाउँपालिका–१ का २० वर्षीय सञ्जीत रत्गैयाँ रहेका छन् । दुर्घटनामा जुम्लाका मात्रै ११ जनाको मृत्यु भएको छ । जसमा चन्दननाथ नगरपालिका–६ का १६ वर्षीया कुशुम रावल, चन्दननाथ–३ का १७ वर्षीय हिक्मत बोहरा, कन्का सुन्दर गाउँपालिका–५ का २० वर्षीय विरेन्द्र कडारा, हिमा गाउँपालिका–५ का…
बाँके: कोहलपुरमा चोरीका घटना बढ्न थालेपछि प्रहरीले ‘रातभरि थुन्ने अभियान’ शुरु गरेको छ । राति १० बजेपछि अत्यावश्यक कामबाहेक त्यसै हिँड्नेलाई रातभर थुन्ने गरिएको कोहलपुर प्रहरीले जनाएको छ । “लागुपदार्थ प्रयोगकर्ता, लामो कपाल पालेका व्यक्ति राति भेटिए थुन्ने गरेका छौँ”, कोहलपुर इलाका प्रहरी कार्यालयका प्रवक्ता मानबहादुर विसीले भन्नुभयो, “भोलिपल्ट फोटो खिच्ने र आफन्तको जिम्मा लगाउँछौँ ।” यो अभियान चलाउँदा दैनिक पाँच÷छ जना नियन्त्रणमा परिरहेको उहाँले बताउनुभयो । प्रहरीले राति पक्राउ परेकालाई बिहान परिवारका सदस्य बोलाएर लामो कपाल काट्न लगाउने, फोटो खिचेर पठाउने गरेकामा फेरि त्यही मान्छे राति फोकटमा हिँडेको फेला परे कारवाही गरिने भएको छ । प्रहरीले चोरी नियन्त्रण र…
राँझा: अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले करको दायरा वृद्धि गर्दै लगेको बताउनुभएको छ । आन्तरिक राजश्व कार्यालय नेपालगञ्जको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गर्दै उनले सरकारले करको दर नभई दायरा वृद्धि गर्नेतर्फ अग्रसर भएको उल्लेख गरे । “करको दायरा फराकिलो छैन भनेर कर बढाउने होइन व्यवसायीलाई करको दायरामा ल्याउने हो ।”, अर्थमन्त्री खतिवडाले भन्नुभयो, “भौगोलिक रुपमा पनि करको दायरा बढाइँदैछ, त्यसैको उदाहरण हो सुर्खेतमा राजश्व कार्यालय स्थापना हुनु ।” उनले करदाता सेवा कार्यालयलाई राजश्व कार्यालयका रुपमा विकास गर्ने र भौगोलिक रुपमा नयाँ करदाता सेवा कार्यालय स्थापना गर्नतर्फ सरकार अग्रसर भएको बताए। कर लिँदा वा दिँदा निरुत्साहित वा दुरुत्साहित भएको खण्डमा…
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी तेस्रो बैठकमा नेताहरुले धारणा राख्नेक्रम आज पनि जारी रह्यो । पार्र्टी केन्द्रीय कार्यालय धूम्रवाराहीमा बसेको बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलमा हालसम्म ४६ स्थायी कमिटी सदस्यले विचार राखेका छन् । आजको बैठकमा नेता माधवकुमार नेपाल, झलनाथ खानाल, विष्णु पौडेल, रामबहादुर थापा र गिरिराजमणि पोखरेलले धारणा राख्नुभएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । उहाँका अनुसार नेता प्रदीप ज्ञवाली अमेरिका भ्रमणपछि आज मात्रै आउनुभएकाले भोलिको बैठकमा धारणा राख्नु हुनेछ । आजको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले हालै अमेरिकी विदेशमन्त्रीको निमन्त्रणामा गर्नुभएको अमेरिका भ्रमण र दुईपक्षीय वार्ताको बारेका जानकारी गराउनुभएको थियो । परराष्ट्रमन्त्रीको भ्रमण र वार्ता अत्यन्त…
काठमाडौँ: राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई÷मधेश द्रुतमार्गको काम नेपाली सेनाले जिम्मा लिई काम गरिरहेकामा हालसम्मका कार्य सन्तोषजनक रुपमा अघि बढेको पाइएको छ । शुक्रबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिका सदस्य सांसदको एक टोलीले द्रुतमार्गको जिरो किमी निजगढदेखि सेनाका विभिन्न क्याम्पअन्तर्गत भइरहेका कामको निरीक्षण गर्दा हालसम्मको प्रगति सन्तोषजनक पाइएको हो । समितिका सभापति कल्याणीकुमारी खड्काको नेतृत्वमा गएको टोलीमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र माधवकुमार नेपाललगायत सांसद अनिलकुमार झा, इन्दुकुमारी शर्मा, गणेशकुमार पहाडी, दामोदर भण्डारी, देवप्रसाद तिमल्सेना सहभागी हुनुहुन्थ्यो । टोलीमा सेनाका आयोजना प्रमुख योगेन्द्रबहादुर खाँड, उपरथी प्रभुराम शर्मा, समितिका सचिव वंशीराज पौडेल, विभिन्न मन्त्रालयका प्रतिनिधि, पत्रकारलगायत २५ जना सामेल थिए । काठमाडौँबाट…
काठमाडौं: ललितपुर प्याट्रिएटसले एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा भैरहवा ग्लाडिएटर्सलाई १४ रनले पराजित गर्दै ललितपुरले उपाधिसँगै २५ लाख नगद हात पारेको छ । उपविजेता भैरहवाले १० लाखमा चित्त बुझाएको छ । त्रिवि क्रिकेट मैदानमा कीर्तिपुरमा ललितपुरले दिएको १५६ रनको लक्ष्य पछ्याएको भैरहवाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४१ रन मात्रै बनाउन सक्यो । खेलमा रवि इन्दर सिंह र शरद भेषावकरको विकेट खेलको टर्निङ्ग प्वाइन्ट रहृयो । १५ ओभरसम्म खेल भैरहवाको पक्षमा थियो । उसले मात्र ३ विकेट गुमाएर १०४ रन जोडिसकेको थियो । तर, १६ औं ओभरको पहिलो बलमै पवन…