Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री तथा उपकरणहरू खरिद गर्ने प्रक्रिया नेपाली सेनाले रद्द गरेको छ । सरकारले आवश्यक पर्ने स्वास्थ्य सामग्री जिटुजीमार्फत ल्याउने भएपछि सेनाले खरिद प्रक्रिया रद्द गरेको हो । सरकारबाट प्राप्त १० करोड र सेना आफैंले ७ करोड गरी १७ करोड रुपैयाँको स्वास्थ्य सामग्री खरिद गर्ने सेनाको तयारी थियो । सेनाले स्वास्थ्य उपकरण तथा सामग्री ल्याउनका लागि टेण्डर आह्वान गरेको थियो । सरकारबाट प्राप्त १० करोडमा आजैदेखि २० बेडको आइसीयूको काम भइरहेको छ भने ७ करोडको टेन्डर प्रक्रिया रद्ध भएको नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता विज्ञानदेव पाण्डेले बताए । प्रवक्ता पाण्डेका अनुसार ७ करोड रुपैयाँको…

Read More

काठमाडौं: स्वास्थ्य मन्त्रालयले शुक्रबारसम्म राष्ट्रिय जनसंख्या प्रयोगशालामा १२७७ जनाको नमुना परीक्षण सम्पन्न भएको जनाएको छ । ती परीक्षण गर्दा ६ जनामा मात्रै कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शुक्रबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । संक्रमितमध्ये एक जना यसअघि नै कोरोनामुक्त भइसकेको र अन्य ४ जनाको अवस्था सामान्य रहेको डा देवकोटाले जानकारी दिए । उनका अनुसार संक्रमित २ जनाको टेकुमा, २ जनाको बागलुङमा र अर्का एक जनाको धनगढीमा उपचार भइरहेको छ । देवकोटाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कास्कीमा भएको परीक्षणमा कसैमा पनि कोरोना संक्रमणको पुष्टि नभएको पनि स्पष्ट पारे । उनकाअनुसार हालसम्म पोखरामा १९ जनाको नमुना…

Read More

काठमाडौँ: सर्वोच्च अदालतले कोरोना रोकथामबारे सरकारले चालेका कदम के के छन् भन्नेबारे जानकारीसहितको प्रतिवेदन लिएर छलफलमा आउन स्वास्थ्य मन्त्रालयका प्रवक्ता र स्वास्थ्य विभागका महानिर्देशकलाई आदेश दिएको छ। कोरोना परीक्षणको दायरा बढाउन भन्दै परेको रिटमा न्यायाधीश हरि फुयाँलको इजलासले यस्तो आदेश गरेको हो। सातै प्रदेशमा परीक्षणको व्यवस्था मिलाउन, ३७ डिग्रीभन्दा बढी ज्वरो आएकालाई आइसोलेसनमा राख्न, सरकारी वा निजी अस्पतालमा जोसुकै बिरामी आए पनि कोरोना परीक्षण गर्न लगायतका आदेश माग गर्दै अधिवक्ता मुकुन्द अधिकारीले रिट दायर गरेका थिए। रिट पक्षका वकिलहरूले बहसका क्रममा सरकारी र निजी अस्पतालहरूले आकस्मिक सेवा, रेफरल सेवा प्रभावकारी नभएको, कोरोनाका विषयमा जानकारी दिने व्यवस्था र पेशागत आचारसंहिता लगायतका…

Read More

काठमाडौँ: अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले विद्यार्थी र अस्थायी भिषामा रहेकाहरूप्रति लक्षित गर्दै गाह्रो छ भने आफ्नो देश फर्कन सक्ने सुझाव दिएका छन्। कोरोनाभाइरसका कारण अष्ट्रेलियामा देखिएको आर्थिक संकट टार्न लागिपरेका प्रधानमन्त्री मोरिसनले पत्रकार सम्मेलनमा बोल्दै पढ्न आएकाहरूले पहिलो वर्षमै कठीन भयो भन्नु उचित नहुने बताए। ‘यो विषयमा अध्यागमनले हेर्ने भए पनि पढ्न आएको पहिलो वर्षमै कठीन भयो भन्नु उचित होइन,’ कोरोना भाइरसको पछिल्लो अवस्था र सरकारी प्रयासबारे आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘साँच्चै गाह्रो छ भने आ-आफ्नो देश फर्कन सक्नुहुनेछ।’ खासगरी विद्यार्थीलाई लक्षित गर्दै प्रधानमन्त्री मोरिसले उक्त अभिव्यक्ति दिएका छन्। विद्यार्थी भिषा आवेदन दिने क्रममा नै हरेक विद्यार्थीले पढाइको पहिलो…

Read More

काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरामा अहिलेसम्म कोही पनि व्यक्तिमा कोरोना संक्रमणको पोजेटिभ रिपोर्ट नभेटिएको स्पष्ट पारेको छ । पोखरामा भर्खरै स्थापना गरिएको प्रयोगशालाको मेसिनको बैधता र प्रक्रियाको कुरा पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा देवकोटाले उठाए । कुनै केस शंकास्पद भयो भने त्यहाँ फेरि दोहोर्‍याएर हेर्ने गरिएको उनले बताए ।

Read More

काठमाडौँ: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्य सामग्री खरिदमा अनियमितता गर्न संलग्नहरूलाई जिम्मेवारीमुक्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्। अत्यावश्यक स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको घटनाले देशकै प्रतिष्ठामा आघात पुर्‍याउने कार्य भएको पनि देउवाले बताएका छन्। सरकारले हालै चीनबाट स्वास्थ्य सामग्री खरिद गरेको थियो। शुक्रबार विज्ञप्ति जारी गर्दै सभापति देउवाले विश्व स्वास्थ्य संगठनको मापदण्ड विपरीतका कमसल सामग्री खरिदजस्ता आपत्तिजनक र लज्जास्पद घटना कुनै पनि दृष्टिले माफी योग्य नहुने भन्दै खरिदमा संलग्नहरूलाई जिम्मेवारीबाट मुक्त गरेर छानविन गर्न माग गरेका हुन्। ‘अत्यावश्यक सामग्री खरिदमा ढिलाइ, टेन्डर प्रक्रियाको अपारदर्शीता, बढी मूल्य निकासा गराएर राज्य कोषमा गरिएको भ्रष्टाचार एवं विश्व…

Read More

काठमाडौं: कास्कीमा भारतबाट फर्किएका एक व्यक्तिमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । शुक्रबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको जनाइएको छ । कोराना संक्रमणको पहिलो परीक्षणपछि थप परीक्षणका लागि ४ जनाको रिपोर्ट काठमाडौं पठाइएको प्रतिष्ठानका डा.बुद्धि थापाले जानकारी दिए । तीमध्ये एक व्यक्तिमा भने पहिलो रिपोर्ट पोजेटिभ आएको र थप परीक्षणका लागि टेकु पठाइएको बताइएको छ । यो विषयमा थप पुष्टि गर्न ४ बजेको स्वास्थ्य मन्त्रालयले गर्ने प्रेस रिलिज कुरिरहेको समेत डा.थापाले बताए । उनले अहिले यसबारेमा केही बोल्न नमिल्ने बताए । गण्डकी प्रदेशबाट कोराना भाइरसको आशंका गरिएका ६० जनाको नमूना संकलन गरिएको थियो ।…

Read More

काठमाडौँ: नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक निकायहरुलाई खरिद प्रक्रियाको म्याद थप्न आग्रह गरेको छ। महासंघले अतिआवश्यक सेवा बाहेकका क्षेत्रको टेन्डर अहिले नगर्न भनेको हो। साथै देशभरका सम्पूर्ण खरिद प्रक्रियाको म्याद लकडाउन हटेको न्युनतम १५ दिनपछिसम्म थप गरिदिन आग्रह गरेको छ। लकडाउनका कारण आवतजावत गर्ने सवारीसाधनहरु बन्द छन्। मन्त्रीपरिषद्को १६ गते बसेको बैठकले अतिआवश्यक सेवा बाहेकका सबै खरिद प्रक्रियाहरुको म्याद एक महिना थप गर्ने निर्णय गरिसकेको छ। त्यसको भोलिपल्ट १७ गते सार्वजनिक खरिद अनुगमन कार्यालयले म्याद थपको लागि प्रकाशित सूचना प्रकाशित गरिसकेको छ। महासंघले विज्ञप्ति जारी गर्दै मन्त्रीपरिषद र सार्वजनिक खरिद अनुगमन कार्यालयको सूचनालाई समेत बेवास्ता गरि सार्वजनिक निकायहरुले बोलपत्र आह्वान,…

Read More

काठमाडौँ, एसियाली विकास बैंक (एडीबी)ले चालू आर्थिक वर्ष नेपालको आर्थिक बृद्धिदर ५.३ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरस(कोभिड १९० को कारण आर्थिक बृद्धिदर ५.३ प्रतिशतमा सिमित हुने प्रक्षेपण एडीबीले गरेको हो । शुक्रबार एडीबीले सार्वजनिक गरेको ‘एसियन डेभलपेन्ट बैंक आउटलूक ’ मा एशियाका विकाशिल देशहरुको बृद्धिदर २.२ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विकसित देशहरुको बृद्धिदर २.४ प्रतिशत मात्र हुने छ । कोरोनाको कारण नेपालको आर्थिक बृद्धिदर ५.३ प्रतिशतमात्र हुने छ,कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनले औद्योगिक क्षेत्र र सेवामा क्षेत्रमा असर हुने छ भने रेमिटेन्स आय समेत घट्ने छ,’एडीबीले आफ्नो प्रक्षेपणमा भनेको छ ।

Read More

काठमाडौं: नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष (आव) २०७५÷७६मा १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ । नेपाल फाइनान्सियल रिर्पोटिङ स्टाण्डर्डअनुसारको व्यापक आम्दानी ८५ करोड ५४ लाखसहित १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको हो । प्राधिकरणको ३४ औं वार्षिकोत्सवको अवसरमा गत भदौमा आव २०७५÷७६मा ७ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन हुने प्रक्षेपण गरिएको थियो । सोही कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री एवं प्राधिकरण संचालक समितिका अध्यक्ष वर्षमान पुनले सरकारी संस्थानहरुमध्ये प्राधिकरणलाई एक नम्बरको संस्था बनाउनने घोषणा गर्नुभएको थियो । महालेखापरीक्षकको कार्यालयबाट भएको अन्तिम लेखापरीक्षणबाट प्राधिकरणले आव २०७५÷७६मा ९ अर्ब ८१ करोड २५…

Read More