Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं : कोभिड–१९ को सङ्क्रमणलाई फैलन नदिन सरकारले आजदेखि ‘लकडाउन’ गरेको छ । अत्यावश्यक बाहेकका सेवा बन्द हुनेछन् भने सर्वसाधारण घरबाट बाहिर निस्कन पाउँदैनन् । यस्तो अवस्थामा मुलुकभरका सबैखाले होटल पनि बन्द छन् । होटल एसोशिएशन अफ नेपाल ९हान०ले होटल बन्द नगर्ने निर्णय गरेको छ । अत्यावश्यक सेवाभित्र होटल पनि पर्ने भएकाले निश्चित कर्मचारी राखेर सेवा पुनः सञ्चालन गर्ने निर्णय भएको हानका प्रथम उपाध्यक्ष विनायक शाहले जानकारी दिए । ‘‘होटललाई बन्द गर्न मिल्दैन’’, उपाध्यक्ष शाहले भने ‘‘निश्चित कर्मचारी राखेर अन्यलाई सञ्चित बिदामा पठाउने सहमति भएको छ ।’’ आइतबार हानका अध्यक्ष सिर्जना राणाको अध्यक्षतामा सङ्घको केन्द्रीय कार्यालयमा केन्द्रीय तीनवटै…

Read More

काठमाडौँ : नेपाली सेनाले प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिनमा टुँडिखेलमा आयोजना गर्ने घोडेजात्राका सबै कार्यक्रम कोरोना भाइरसको सङक्रमणके जोखिमका कारण स्थगन गरेको छ । हिजो सोमबारसम्म जात्राको तयारी गरिएकामा कोरोनाको सङ्क्रमण बढ्न थालेपछि सरकारले आज मङ्गलबारदेखि देशभर लकडाउन गरेको छ । लकडाउनका कारण नेपाल प्रहरी खटिइसकेकाले आदेश आएमा प्रहरीको सहयोगका लागि खटिन तयारी अवस्थामा बस्नुपरेको उल्लेख गर्दै घोडेजात्राको कार्यक्रम स्थगित गरिएको सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिए । जात्राको प्रभावले थप सङ्क्रमण फैलन सक्ने भएकाले पनि यस वर्ष रोक्नुपर्ने अवस्था आएको सेनाले जनाएको छ । जात्राका लागि टुँडिखेलमा सेनाले सबै तयारी पूरा गरेको थियो । विगत…

Read More

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संघीय सांसदले नेपाल सरकारद्वारा स्थापना गरिएको ‘कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १५ दिनको पारिश्रमिक बराबरको रकम सहयोग गर्ने भएका छन् । सरकारद्वारा स्थापना गरिएको उक्त कोषमा काँग्रेसका संघीय सांसदले उक्त रकम दिने निर्णय भएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोगको सङ्क्रमण फैलन नदिन तथा सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले एक हप्ताको लागि देशभर लकडाउन गर्ने निर्णय सकारात्मक भएको उल्लेख गर्दै काँग्रेस संसदीय दलले सो निर्णयलाई पूर्ण रुपले पालन गर्न सबैलाई आग्रह गरेको छ । लकडाउनको अवस्थामा दैनिक श्रम गर्दै…

Read More

काठमाडौं : अमेरिकामा ४ नेपालीलाई कोरोना भाइरस ९कोभिड(१९० संक्रमण देखिएको छ। तीमध्ये ३ जना न्युयोर्कको ज्याक्सन हाइट निवासी हुन्। अर्का एक जना भर्जिनिया राज्यकी बासिन्दा हुन्। गैरआवासीय नेपाली संघ ९एनआरएनए०—अमेरिकाका जनसम्पर्क समिति सदस्य गोकुल बानियाँका अनुसार न्युयोर्कका संक्रमित दुई जनाको अवस्था गम्भीर छ। ज्याक्सन हाइट ९न्युयोर्क० बसोबास गर्ने उनीहरु तीन दिनदेखि एल्महस्र्ट अस्पतालको भेन्टिलेटरमा उपचाररत छन्। ‘ज्याक्सन हाइटका ३ नेपालीमा कोरोना संक्रमण देखिएको हो। ती सबै पुरुष हुन्। तीमध्ये ४७ र ५० वर्षीयको अवस्था गम्भीर रहेको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ’, बानियाँले भने, ‘न्युयोर्ककै अर्का संक्रमित ५५ वर्षीयको अवस्था सामान्य छ।’ उनका अनुसार उपचाररत ४७ वर्षीय…

Read More

काठमाडौं: चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालको आईसीयुमा रहेका एक बिरामीको मंगलबार बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दानी ४० वर्षीय वीरगन्जका बिरामी रहेको भरतपुरमा केहीदिन अघि मात्रै निर्माण गरिएको कोरोना विशेष अस्पतालका प्रमुख डा भोजराज अधिकारीले जानकारी दिए । उनले ती बिरामीमा कोरोनाको आशंका गरिएको भएपनि पुष्टि नभएको बताए । ‘हामीले कोरोनाको पनि संक्रमण हुन सक्ने भएकाले नुमना परीक्षणका लागि मंगलबार मात्रै काठमाडौँ ठाएका छौं । रिपोर्ट आज बेलुकासम्म आइपुग्छ’, उनले भने । रुघा, ज्वरो र निमोनियलगायतका लक्षण देखिएकाले हामीले नमुना संकलन गरेर पठाएका छौं । जे पनि रिपोर्ट आउन सक्छ तर उहाँ मिर्गौलाको रोगी भएकाले नियमित चितवन मेडिकल…

Read More

चौतारा: सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम पछिल्लो पटक तोकेको समयावधिभित्र सम्पन्न हुन कठिनाइ देखिएको छ । पटकपटक आग्रह गर्दा पनि आर्थिक सङ्कटका कारण चिनियाँ ठेकेदार कम्पनीले आवश्यक जनशक्ति जुटाउन नसकी पूर्ण क्षमतामा काम हुन नसकेपछि आगामी डिसेम्बरभित्र सम्पन्न हुन कठिनाइ देखिएको आयोजनाप्रमुख डा सुनिलकुमार लामाले बताउनु भएको छ । चिलिमे जलविद्युत् आयोजनाको अगुवाइमा सन् २०१३ मा शुरु भई सन् २०१६ को डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य रहेको थियो तर भूकम्प र बाढीले गर्दा निर्धारित समयभन्दा चार वर्षपछि धकेलिएको छ । आयोजनाको कूल सात हजार ११८ मिटर सुरुङमध्ये हालसम्म ६ हजार ६१८ मिटर सकिएको छ । अब बाँकी…

Read More

काठमाडौँ: आज मंगलबारबाट एकसाताका लागि नेपाल पूर्ण रुपमा ‘लकडाउन’ मा गएपछि अहिले काठमाडौँमा जनजीवन लगभग सुन्य जस्तै छ। राजधानीको मुख्य सडकहरुमा मानिसहरुको आवतजावत सुन्य जस्तै छ तर केहि मानिसहरु भने अझै अटेर गरेर बाटोमा हिंडिरहेका छन्। सरकारले आज बिहान ६ बजेदेखि देशभर अत्यावश्यक ढुवानीका गाडी, मनिश्मा पर्ने आपत्कालिन् अवस्था बाहेकको अवस्थामा हिंडडुल गर्न चैत १८ गतेसम्मलाई रोक लगाएको छ। काठमाडौँ महानगरीय प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलका अनुसार काठमाडौँका मुख्य चोक र सदखारुमा बिहान ५ बजेबाटै सुरक्षाकर्मी खटाइएको र भित्रि सडक र पसलहरुमा समेत प्रहरी खटाएर पसलहरु बन्द गर्न लगाइएको छ। प्रेसका साधन, दुध, पेट्रोल अन्य अत्यावश्यक सवारीलाई…

Read More

काठमाडौँ: केन्द्रीय बैंकको निर्देशनअनुसार नै बैंक तथा वित्तीय संस्थाले कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन विद्युतीय कारोवारलाई प्रमुख प्राथमिकता दिएका छन् । ती संस्थाले बैंकमा सकेसम्म नआउन र विद्युतीयरूपमा नै कारोवार गर्न आफ्ना ग्राहकलाई प्रेरित गरेका छन् । पछिल्ला दिनमा बैंक तथा वित्तीय संस्थाले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा कनेक्ट आइपीएसमार्फत पनि कारोवार वा भुक्तानी गर्नसक्ने व्यवस्था मिलाएका छन् । बैंकमा नै जानुपर्ने ग्राहकलाई पनि कर्मचारीले प्रवेशद्वारमा नै ज्वरो नाप्ने उपकरण राखेर परीक्षण गरेका छन् । स्यानिटाइजर तथा हात धुने व्यवस्था गरेका छन् । बैंक तथा वित्तीय संस्थाले विद्युतीय कारोवार नै सबैभन्दा प्रभावकारी हुने, त्यसले भीडभाड घटाउने र एकअर्कामा सम्पर्कसमेत नहुने…

Read More

काठमाडौं: कोरोना भाइरसविरुद्धको लडाइँमा जित नजिक पुगेको चीनले नेपाललाई हतोत्साही नहुन भन्दै ढाडस दिएको छ । चीनले नेपालका लागि स्वास्थ्य सामग्री उपलब्धसमेत गराउने तयारी पनि भइरहेको जानकारी दिएको छ । नेपालमा कोरोना संक्रमित एक बिरामी भेटिएको पुष्टि भएलगत्तै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्विट गरेर चीन नेपालको साथमै रहेको बताएकी छन् । नेपालको लागि चीनले प्रार्थना गरिरहेको उल्लेख गर्दै उनले चिकित्सा सामग्रीहरूको सहयोगका लागि प्रयास गरिरहेको जानकारी दिएकी छन् । ‘हामी नेपालका लागि प्रार्थना गर्दैछौं । हाम्रा नेपाली साथीहरूलाई सहयोग पुर्याउन चिकित्सा सामग्रीहरू सकेसम्म मिलाउँदै छौं । हामी साथमा छौं,’ राजदूत होउले ट्विटरमा लेखेकी छन् ।…

Read More

काठमाडौँ : सर्वोच्च अदालतमा विदेशमा रहेका नेपालीलाई स्वदेश प्रवेश गर्न दिनुपर्ने मागसहित रिट दायर दायर गरिएकोे छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारद्वारा गठित उच्चस्तरीय समितिसहित आठ सरकारी निकाय तथा समितिलाई विपक्षी बनाएर आज अधिवक्ताद्वय माधव बस्नेत र मीरा खड्का बस्नेतले दायर गरेको रिट निवेदनमा नेपालीलाई प्रवेश रोक्ने कार्य गैरकानूनी भएको उल्लेख छ । रिट निवेदनमा भनिएको छ, “नेपाली नागरिकलाई विदेशमा असुरक्षित रुपमा राख्नुपर्ने आवश्यकता नरहेकाले नेपाल आउन चाहने प्रत्येक नेपालीलाई प्रवेश निषेध नगरी सहज अनुमपति दिनु ।” आफू आउन नसक्नेलाई सरकारले उद्धार गरी ल्याउनसमेत रिट निवेदनमा माग गरिएको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सरकारले गत साता…

Read More