Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडोँ : साताको पहिलो दिन आज धितोपत्र बजार नेप्से परिसूचकमा भारी गिरावट आएको छ । शेयर कारोबारमा सहजता ल्याउन भन्दै धितोपत्र बोर्डको निर्देशनमा नेपाल स्टक एक्सचेन्जले कारोबार समय थप गरेर ४ः०० बजेसम्म पु¥याएको भएपनि बजारमा उत्साह देखिन सकेन । स्टकका अनुसार आज नेप्से परिसूचक ६४.१४ अङ्कले घटेर एक हजार ३१३.०४ मा पुगेको छ । यस्तै नेप्से परिसूचक पनि १२.८८ अङ्कले घटेर २८२.६२ मा पुगेको छ । आज कुल १७४ कम्पनीका ५५ लाख ७० हजार ३० कित्ता शेयर रु दुई अर्ब १० करोड १४ लाख १७ हजार २९२ मा खरिदबिक्री भए । कारोबार भएका कुल १२ उपसमूहको शेयर ओरालो लागेको छ…

Read More

काठमाडौं : गुराँस लाइफ इन्सुरेन्सको यही चैत २० गतेबाट शत प्रतिशत हकप्रद सेयर खुल्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ः१ अनुपातमा ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । वैशाख १० गतेसम्म यस हकप्रदमा आवेदन दिन सकिनेछ । फागुन २१ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । इक्रा नेपालले यस हकप्रदलाई औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४’ रेटिङ प्रदान गरेको छ । यसमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी काठमाडौं तथा एनएमबि बैंकको अधिकाँश शाखाबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, सेन्ट्रल फाइनान्सको कुपन्डोल…

Read More

काठमाडौं : शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकको हिजो चैत १ गते शनिबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो। हाल २ अर्ब ६२ करोड २९ लाख रुपैयाँ रहेको बैंकको चुक्ता पूँजी ३९ करोड ३४ लाख ३५ हजार ६१८ रुपैयाँ बराबरको बोनस वितरणपश्चात ३ अर्ब १ करोड रुपैयाँ पुग्नेछ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले प्राप्त गर्नेछन्। अघिल्लो आर्थिक वर्ष २०७४र७५ को मुनाफाबाट भने बैंकले १७।७० प्रतिशत बोनस र कर प्रयोजनका लागि…

Read More

काठमाडौं : देवः विकास बैंक लिमिटेडले शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ८ दशमलव ५५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको फागुन ३० गते बसेको सञ्चालक समितिको ३१५औं बैठकले लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरुले पाउनेछन् । हाल बैंकको चुक्तापूँजी रू। ३ अर्ब १७ करोड ७१ लाख रहेको छ । ८ दशमलव ५५ प्रतिशत बोनस वितरण पश्चात उक्त पूँजी रू। ३ अर्ब १७ करोड ९८ लाख १६ हजार पुग्नेछ ।

Read More

काठमाडौं : कोरोना भाइरस नियन्त्रणको तयारीका लागि सातै प्रदेशका मुख्यमन्त्रीहरुको बैठक बसिरहेको छ । सरकारले कोरोना भाइरस नेपालमा पनि देखिन सक्ने भन्दै सतर्कता र नियन्त्रणको पूर्व तयारीका लागि सातै प्रदेशका मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीहरु र विज्ञहरुसंग सिंहदरबारमा छलफल जारी राखेको छ । बैठकमा नेपालमा कोरोना भाइरस भित्रिए कसरी समन्वय गरेर काम गर्ने भन्ने बारेमा कार्ययोजना तय गरिने बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिए। सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति गठन गरेको छ। बैठकमा कोरोनाबाट बच्न प्रदेश सरकारहरूले गरेका कामको प्रगति र नयाँ रणनीतिबारे छलफल भइरहेको बताइएको छ । बैठकमा…

Read More

काठमाडौं : नेपाल भ्रमण वर्ष औपचारिक रुप मै स्थगित भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भ्रमण वर्ष २०२० औपचारिक रुपमा मै स्थगित गरिएको बताएका हुन् । आज चैत २ गते आइतबार मन्त्रालयमा आयोजित एक कार्यकममा मन्त्री भट्टराईले कोरोना भाइरसको कारण भ्रमण वर्ष स्थगित गर्नु परेको बताएका हुन् । मन्त्री भट्टराईले भने ुकोरोना भाइरसको संक्रमणका कारण हामी भ्रमण वर्षलाई रि सेड्युअल गर्नुपर्ने अवस्थामा आईपुग्यौँ, अब हामी २०२० लाई भ्रमण वर्ष भनेर हिड्दैनौ, यसका सम्पूर्ण कार्यक्रमहरु रद्द भईसकेका छन् ।ु उनले अब भ्रमण वर्षको साटो २०२० देखि २०३० सम्म भ्रमण दशक मनाउनको लागि छलफल भईरहेको बताए ।…

Read More

काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमण फैलिएमा राजधानीका ३ वटा अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको छ । आज आइतबार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न सरकारले गरीरहेको तयारीबारे जानकारी दिँदै नेपालमा कोरोना भाइरसको संक्रमण देखिएमा उपत्यकाका ३ वटा अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको जानकारी दिएका छन । ‘भोली यो संक्रमण फैलिएको अवस्थामा सबै अस्पतालमा संक्रमित बिरामीलाई पठाउने भन्दा पनि मूलभुत रुपमा उपत्यका भित्रका ३ वटा अस्पतालमा केन्द्रित हुने र त्यसमा यो रोगका बिरामीको उपचार गर्ने कुरालाई प्राथमिकता दिने व्यवस्था गरेका छौं,’ मन्त्री ढकालले भने, ‘सरकारले पहिलो प्राथमिकता यो रोगलाई नेपाल…

Read More

बेरूत: सिरियामा जारी युद्ध नवौँ वर्षमा प्रबेश गरेको छ । सन् २०११ को मार्चमा सुरू भएको उक्त गृहयुद्धका कारण एक लाख १६ हजार सर्वसाधारणले ज्यान गुमाएका सिरियाली मानव अधिकार युद्ध अनुगमनकारी संस्था, सिरियन अब्जर्भेटरी फर ह््युमन राइट्सले शनिबार जानकारी गराएको छ । युद्धका कारण सिरियामा कूल तीन लाख ८४ हजार सिरियालीको मृत्यु भएको उक्त संस्थाले जनाएको छ । यहाँको आधाभन्दा बढी जनसङ्ख्या युद्धका कारण आन्तरिक वा वाह््यरूपमा विस्थापित भएको संयुक्त राष्ट्रसंघको तथ्याङ्कमा उल्लेख छ । सन् २०११ मा अरब वसन्त नाम दिइएको शान्तिपूर्ण प्रजातान्त्रिक आन्दोलन समय क्रमसँगै सरकारविरूद्धको कडा सङ्घर्षले राष्ट्रपति वसर अल असदलाई वर्खास्त गर्नुपर्ने आवाज यहाँका विद्रोही समूहले…

Read More

काठमाडौं ः तत्कालिन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई थप्पड हान्ने पदम कुँवर पक्राउ परेका छन् । हिजो शनिबार साँझ बानेश्वरस्थित संसद भवनबाट कुँवर पक्राउ परेका हुन् । संसद भवनको शौचालयमा प्रवेश गरेका उनको सुरक्षाकर्मीसँग विवाद भएको थियो । त्यसपछि उनलाई नियन्त्रणमा लिइएको बानेश्वर प्रहरीका डीएसपी दुर्गाराज रेग्मीले बताए । कुँवरले सात वर्षअघि १ मंसिर २०६९ मा भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा तत्कालीन माओवादी अध्यक्ष प्रचण्डलाई थप्पड हानेर चर्चामा आएका थिए ।

Read More

काठमाडौँ: केहि समय अघि लगातार उकालो लागेको सुनको भाउ अब क्रमिक ओरालो लागिरहेको छ। नेपाली बजारमा आइतबारका लागि सुनको कारोबार मूल्य ७७ हजार प्रतितोलामा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो भाउ गत शुक्रबारका तुलनामा १५०० ले कम हो। गत साताको आइतबार ८२ हजार ५०० प्रतितोला पुगेको सुन शुक्रबार ७८ हजार ५०० भएको थियो। ८१ हजार ५०० रहेको गत बिहीबारभन्दा शुक्रबार एकै दिन तीन हजार रूपैयाँ घटेको थियो। निरन्तर भाउ बढेर कारोबारमा मन्दी आएको थियो। भाउ घट्दा पनि सुधारका संकेत भने नदेखिएको व्यवसायीले बताएका छन्।

Read More