Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला प्रत्यारोपणपछि केही दिनको अस्पतालको बसाइ र आरामपछि थप ऊर्जा र आत्मविश्वास लिएर काममा फर्कने विश्वास व्यक्त गर्नुभएको छ । पुनःमिर्गौला प्रत्यारोपणका लागि आज अस्पतालमा भर्ना हुनुअघि भिडियो सन्देश जारी गरी उहाँले भर्खर जागृत हँुदै गरेका सपनालाई बीचमा अलपत्र पारेर आफू अलप नहुने बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “कुनै समय मुर्छित रहेका हाम्रा सपनालाई हामी सबै मिलेर जगायौँ, त्यसलाई ब्युँत्याउनका लागि गत निर्वाचनमा मेरो नेतृत्वको वरिपरि तपाईहरु सबैले आफूलाई उभ्याउनुभयो, यस वर्षलाई हामीले समृद्धिको आरम्भ वर्ष भनेका छाँै, जसरी खेलका बीचमा राम्रो खेलाडीले मैदान छोड्दैन, त्यसैगरी हाम्रा भर्खर जागृत हँुदै गरेका सपनालाई…
काठमाडौँ: त्रिभुवन अन्तररष्ट्रिय विमानस्थलले कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै विमानस्थलबाट यात्रुको सुविधाका लागि उपलब्ध गराउदैँ आएको ‘भिजिटर पास’ वितरण बन्द गरेको छ । अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले आज एक विज्ञप्ति जार्री गरी अर्को व्यवस्था नभएसम्मका लागि पास वितरण बन्द गरेको हो । विमानस्थलबाट आवतजावत गर्ने सबै हवाई यात्रुलाई स्वागत तथा बिदाइ गर्न आउने आफन्तजन लगायतलाई अत्यावश्यक अवस्थामा बाहेक विमानस्थल क्षेत्रमा प्रवेश नगरिदिन र अत्यावश्यक काममा आउने सबैले मास्क प्रयोग गरिदिन पनि अनुरोध गरिएको छ । चीनको वुहान शहरमा देखा परेको कोरोना भाइरसको संक्रमणबाट बच्न सचेतना अपनाउनुपर्ने भएको तथा विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई उच्च जोखिममा राखेका कारण यस्तो व्यवस्था…
काठमाडौँ : ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा राम्रो काम गर्ने २१ ट्याक्सी चालकलाई सम्मान गरेको छ । पछिल्लो समय उपत्यकामा ट्याक्सीले ठगी गरेको समाचार धेरै मात्रामा आए पनि राम्रो काम गर्ने ट्याक्सी चालक पनि रहेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज आव २०७६÷०७७ मा राम्रो काम गर्ने चालकलाई सम्मान गरेको हो । युवराज रानामगर, यज्ञप्रसाद बराल, कुलबहादुर श्रेष्ठ, नन्दलाल नगरकोटी, सुनिल थापामगर, अवदेशकुमार झा, प्रविन तामाङ, सूर्यबहादुर तामाङ, कृष्णबहादुर खत्री, कृष्ण घिसिङ, नेत्रप्रसाद तामाङ, रामचन्द्र मोक्तान, रोयतबहादुर रोक्का, झम्क श्रेष्ठ, रिधबहादुर क्षेत्री, नवीन सिग्देल, तुलसीराम खनाल, विष्णु आले, नेत्रबहादुर मगर, मनि श्रेष्ठ र नीलहरि ढुङ्गेलले राम्रो काम गरेबापत सम्मान…
काठमाडौँ : नेपाल स्टक एक्सचेन्जले आजका लागि शेयर कारोवार स्थगित गरेको छ । कारोवार मापक नेप्से परिसूचक ६ प्रतिशतले ओरालो लागेपछि आजको कारोवार बन्द गरिएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिनुभयो । नेप्सेका अनुसार आज दिउँसो १ बजेर २९ मिनेटदेखि कारोवार स्थगित गरिएको हो । बिहान ११ बजे खुलेको बजार निरन्तर ओरालो लाग्दै १ बजेर २९ मिनेटसम्म पुग्दा नेप्से ९६.०६ विन्दुले ओरालो लाग्यो । उक्त गिरावट प्रतिशतका आधारमा ६.०६ हो । यस्तै सेन्सेटिभ परिसूचकसमेत १९.२० ले ओरालो लागेर ३२१.४३ मा पुगेको छ । सेन्सेटिभ परिसूचकसमेत ५.६४ प्रतिशतले ओरालो लागेको छ । कूल १७३ कम्पनीको ४९ लाख ८६ हजार ५४४ कित्ता…
जाजरकोट: “बाबा म अहिले गर्भमा हुर्किरहेको छु, हजुरले आमालाई पोसिलो खाने कुरा उपलब्ध गराउनुहोला ? आमाले सो खाएमा म र आमाको स्वास्थ्य राम्रो हुन्छ । म जन्मिसकेपछि नियमित तौल लिनु, खोपहरुसमेत लगाउनुहोला, म स्वास्थ भएँ भने देशका लागि योगदान गर्न सक्छु । म हुर्कँदै गर्दा आमालाई कुनै खालको तनाव र अभाव हुन नदिनुहोला, धन्यवाद ।” यी बाक्य लेखिएका सन्देश बारेकोट गाउँपालिकाको प्रत्येक गर्भवतीको घरमा पुगेको छ । गाउँपालिकाले गर्भजाँच गर्न स्वास्थ्य संस्थामा आएका प्रत्येक गर्भवतीलाई सन्देश कार्ड र बाबालाई चिठ्ठी लेखिएको पत्र घरका आफन्तलाई पठाएर विशेष सन्देश प्रवाह गरिरहेको छ । चिठ्ठीमा गर्भावस्थादेखि चेतनाको वृद्धि हुञ्जेलसम्मका कुराहरु लेखेर पटक पटक…
काठमाडौँ: राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले १५ औं योजना पारित गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले १५ औं योजनालाई पूर्णता दिएको हो । १५ औं योजनाको आधारपत्र भने गत वैशाख १७ गते पारित भएको थियो । बैठकले आधारपत्रको आधारमा तयार पारिएका योजनाहरुलाई पूर्णता दिइएको आयोगमा एक सदस्यले बताए । बैठकमा ओलीले रोजगारी सृजना नगरी गरिवी निवारण गर्न नसकिने भन्दै रोजगारी उपलब्ध हुने योजनाहरु कार्यान्वयनमा ल्याउनु पर्ने बताए। उनले उत्पादन र उत्पादकत्व बढाउने खालका योजनाहरु अगाडि सार्नु पर्ने भन्दै विकास निर्माणलाई तीब्रता दिन पनि निर्देशन दिए। १५औं योजना आगामी ५ बर्षका लागि तयार…
हेटौँडा: नेपालमा कूल खेतीयोग्य जमीनमध्ये करिब ८१ हजार हेक्टर जमिनमा उखु खेती हुने गरेको छ । विश्वमा उखु उत्पादन गर्ने राष्ट्रमध्ये ३३ औँ स्थानमा नेपाल रहेको छ तर यस्तो अवस्थामा पनि उखु खेती फस्टाउन सकेको छैन । नेपाल कृषि अनुसन्धान परिषद् राष्ट्रिय उखु बाली अनुसन्धान कार्यक्रम जितपुरका अनुसार आव २०७४।०७५ मा नेपालमा ४३ लाख मेट्रिक टन उखु उत्पादन भएको थियो । सो वर्ष लगभग १३ लाख १५ हजारभन्दा बढी घर परिवार प्रत्यक्षरूपमा उखु खेतीमा संलग्न रहेको र हजारौँ श्रमिकले रोजगारी पाई जीविकोपार्जन गरिरहेको उखु बाली अनुसन्धान कार्यक्रमद्वारा उपलब्ध तथ्याङ्कमा उल्लेख छ । चिनी उद्योग र चिनीको बजारीकरणका कारण हजारौँ व्यक्ति…
पोखरा: अतिथि सत्कारमा पोखरासहित गण्डकी प्रदेश नै अग्रणी स्थानमा आउँछ । यहाँ प्रकृतिका मनोरम छटा त छँदैछन्, यहाँका मानिसको आतिथ्यताले यहाँ आउने जो कोहीलाई छुट्टै अनुभूति गराउँछ । पर्यटकीय नगरी पोखरामा विश्वका विभिन्न राष्ट्रबाट आउने पर्यटक पर्यटन व्यवसायीले नमस्तेभन्दा निकै खुशी हुन्छन् । लेकसाइडमा कतिपय विदेशी पर्यटक त नेपाली भाषाका अन्य शब्द बोल्न नजाने पनि नमस्ते भन्दै स्थानीयवासीलाई अभिवादन गरिरहेका भेटिन्छन् । गण्डकी प्रदेश सरकारले अघिल्लो वर्ष आफ्नो वार्षिक नीति तथा कार्यक्रममा पर्यटन लक्षित नमस्ते अभियान घोषणा गरेको थियो । अहिले भने पर्यटन लक्षित नभई कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट जोगिने सन्दर्भमा यहाँका मुख्य बजार र चोकचोकमा नमस्ते शब्दको…
काठमाडौँ: कोरोना भाइरसको बढ्दो प्रभावलाई मध्यनजर गर्दै नेपालले आयोजना गर्न लागेको भ्रमण वर्ष लक्षित प्रचारप्रसारका कार्यक्रमहरु हाललाई स्थगित गरिने भएको छ। नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयबाट सन् २०२० को मार्चमा स्वदेश तथा विदेशमा गरिने प्रचारप्रसारका कार्यक्रमहरू हाललाई स्थगन गर्ने निर्णय भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको संयोजकत्वमा आज बसेको सरोकारवाला निकायका उच्च अधिकारीहरुको बैठकले सो निर्णय गरेको हो। कोरोना भाइरसको प्रभाव न्यूनीकरण गर्न रोकथामको क्रममा विभिन्न मुलुकले अवलम्बन गरेको उडान सम्बन्धी रणनीतिको अध्ययन र विज्ञसमेतको छलफलका आधारमा नेपालले उडान रोक्न पर्ने वा नपर्ने सम्बन्धमा दुई दिनभित्र नागरिक उड्डयन प्राधिकरणले संक्षिप्त प्रतिवेदन…
काठमाडौँ: आइतबार अपरान्ह्सम्म कोरोना भाइरसको सङ्क्रमण विश्वका ६४ मुलुकमा भेटिएको छ । विभिन्न मुलुकका आधिकारिक स्रोतहरूबाट एएफपीले लिएको तथ्याङ्क अनुसार आइतबारसम्म विश्वभर दुई हजार ९९० जनाको यस भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ भने कूल ८७ हजार ५६५ जनामा भाइरसको सङ्क्रमण पुष्टि भएको छ । शनिबार साँझ ५ बजेपछि आइतबार अपरान्ह्सम्म थप एक हजार ६४६ थप व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ कोभिड–१९ भनिने उक्त भाइरसको सङ्क्रमण मकाउ तथा हङकङबाहेक मुख्यभूमि चीनमा कूल ७९ हजार ८२४ जनामा पुष्टि भएको छ भने त्यहाँ कूल दुई हजार ८२४ जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ । चीनमा शनिबार ५ बजेदेखि आइतबार ११ बजे (ग्रीनवीच…
