Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं : देशका अधिकांश भागमा मौसममा बदली भइ यतिवेला हल्का वर्षा भइरहेको छ । देशमा पुर्वी तथा मध्य भूभाग नजिक बनेको न्युन चापिय प्रणाली तथा पश्चिमी वायुको प्रभावका कारण अहिले पनि मेघ गर्जन र चट्याङ सहित हल्का वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौं उपत्यका र भक्तपुरको तापक्रम यतिबेला १४ डिग्री सेल्सियस रहेको छ भने आज हल्का वर्षा हुने सम्भावना रहेको जनाइएको छ । त्यस्तै पोखरामा अहिले पानी छिट्टयाइरहेको समाचार छ । अत्यधिक चिसो मौसम रहेको जुम्लामा भने हल्का हिमपात भइरहेको छ । त्यस्तै भोली फागुन १५ गते बिहिबार देशको पश्चिमी भू(भागमा सामान्य बदली रहि बाँकी भू(भागमा मौसम…
फागुन : सिन्धुपाल्चोकमा क्रियाशील बैंकहरु पुनःनिर्माणअन्तर्गत् तीन लाख ऋण भूकम्पपीडित नागरिकलाई दिनका लागि तयार भएका छन् । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालद्वारा सञ्चालित भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार कार्यक्रमअन्तर्गत भएको बैंक तथा सरोकारवालासँगको छलफलमा उपस्थित बैंकहरुले कार्यविधिमा उल्लेख भएबमोजिम पहिलो किस्ता लिएका तर दोस्रो किस्ता नलिएका लाभग्राहीलाई बैंकमार्फत रु तीन लाख ऋण उपलब्ध गराउन सकिने नेपाल बैंक चौतारा शाखाका प्रबन्धक समिक दाहालले बताए । यसैगरी कृषि विकास बैंक चौताराका प्रमुख भूमिराज न्यौपानेले पुनःनिर्माण मात्रै होइन, सरकारले सहुलियत कर्जाको शीर्षकमा समेटेका सबै ऋण मापदण्ड पु¥याएर आएमा दिन सकिने भन्दै बैंकमा सम्पर्क राख्न अनुरोध गरेका थिए । कार्यक्रममा जिल्ला आयोजना…
कास्की : युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले अन्तरराष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीलाई सरकारले मासिक भत्ताको प्रबन्ध गरेको बताउनुभएको छ । पोखरा महानगरपालिका–१७ दोविल्लामा सहारा क्लब पोखराले सञ्चालन गरेको सहारा एकेडेमीको आज अवलोकन गर्दै उहाँले अन्तरराष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीलाई जीवनभर मासिक रु पाँच हजार तथा ओलम्पिकमा सहभागिलाई मासिक रु चार हजारका दरले भत्ता प्रदान गर्ने नीति सरकारले बनाएको उल्लेख गर्नुभयो । सरकारले खेल क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढेको बताउँदै उहाँले १३ औँ दक्षिण एशियाली खेलकूद ९साग० का विजेता खेलाडीलाई दिइने पुरस्कारबापतको रकम मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेकाले खेलाडीले खेल कौशल प्रदर्शन गरेर नै जीवन निर्वाह गर्ने अवस्था आएको स्पष्ट पार्नुभयो…
काठमाडौँ : सरकारले सङ्घीय प्रणालीअनुसार प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने औपचारिक प्रक्रिया शुरु गरेको छ । सातै प्रदेशका आन्तरिक मामिला मन्त्रालयका सचिवसमेतको सहभागितामा आज बैठक बसी औपचारिक प्रक्रिया थालनी भएको गृह सचिव महेश्वर न्यौपानेले जानकारी दिनुभयो । प्रहरी समायोजनको काम विधि र प्रक्रियाअनुसार सकेसम्म छिटो टुङ्ग्याउने गृह मन्त्रालयको योजना छ । यसअघि मन्त्रालयले समायोजनका विषयमा अनौपचारिक रुपमा मात्रै छलफल गरेको थियो । “आज पहिलो बैठक बसेर औपचारिक प्रक्रिया प्रारम्भ भएको छ, सदस्यबाट ऐनमा के के व्यवस्था छ भन्ने विषयमा आवश्यक जानकारी दिने काम भयो, अब नियमित रुपमा काम अघि बढ्छ”, गृहसचिव न्यौपानेले भन्नुभयो ।…
काठमाडौँ: नेपाली सेनाको ‘आर्मी कमाण्ड तथा स्टाफ कलेज’ शिवपुरीबाट स्नातकोत्तर उत्तीर्ण गरेका २६ औं ब्याचका ६३ जना सैनिक अधिकृत विद्यार्थी दीक्षित भएका छन् । मंगलबार कलेजको २६ औं ब्याचका सैनिक अधिकृत विद्यार्थीहरुलाई दीक्षित गरिएको हो । दीक्षान्त समारोह कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बाँस्कोटाले २१ औं शताब्दीमा आउन सक्ने सुरक्षा चुनौतिको सामना गर्न दीक्षित विद्यार्थीहरु सफल हुने बताए । उनले सैनिक क्षेत्रमा धेरै चुनौतिहरु रहेको र त्यसलाई सामना गर्न यस कलेजबाट उत्पादन भएका विद्यार्थीहरु सक्षम रहने विश्वास समेत व्यक्त गरे । उनले विश्वमा आउने जस्तोसुकै सुरक्षा चुनौति समाना गर्न सक्ने जनशक्ति तयार गर्न र…
काठमाडौं : नेपाल ट्रष्टको स्वामित्वमा रहेको जग्गा २०६९ सालमा तत्कालिन प्रधानमन्त्री र ट्रष्ट संचालक समितिका अध्यक्षबाट हिनामिना भएको पाइएको छ । आज मंगलबार ट्रष्टका सञ्चालक समितिका अध्यक्ष ईश्वर पोखरेलले नेपाल ट्रष्टको सम्पत्ति व्यवस्थापन सम्बन्धि तथ्य विवरण सार्वजनिक गर्दै तत्कालीन नेपाल टष्टका संरक्षक प्रधानमन्त्री डा. बाबराम भट्टराई तथा नेपाल ट्रष्ट संचालक समितिका अध्यक्ष विजयकुमार गच्छदार रहेको अवधिमा मिति २०६९ कात्तिक ०२ गते बसेको मन्त्रिपरिषद विधेयक समितिको निर्णयानुसार नेपाल ट्रष्टको कार्यालयको स्वामित्वको पुरै १७२ रोपनी १५ आना जग्गा मोही तथा निजको हकवालाको नाममा नामसारी भएको जनाएका छन । ट्रष्टको सम्पत्तिबारे सार्वजनिक गरिएको पुस्तकमा ट्रष्टको नाममा साढे २१ हजार रोपनी जग्गा…
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त हुँदै गएको आरोप लगाएको छ। आज मंगलबार प्रतिनिधिसभा बैठक शुरु हुनासाथ समय माग गरेर बोलेका नेपाली कांग्रेसका सांसद डा मिनेन्द्र रिजालले सरकारमा रहेका व्यक्तिबाट भएका भ्रष्टाचारजन्य गतिविधिले लाजमर्दो अवस्था सिर्जना भएको आरोप लगाएका छन । उनले सेक्युरिटी प्रेस (सुरक्षण मुद्रण) स्थापनाको लागि ठेकेदार कम्पनीका प्रतिनिधिसँग निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले ७० करोड रुपैयाँ कमिसन ९घुस० मागेको प्रसंग उठाउँदै भने, ‘७० करोड घुस दिन्छु भन्नेले त्योभन्दा बढी घुस दिनेलाई चाहिँ यो ठेक्का दिने अवस्था अयो, मेरो ७० करोडभन्दा अझ अर्बौं रुपैयाँ घुस खान थाल्यो…
नयाँ दिल्ली (एएनआई) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महात्मा गान्धीको दृष्टीकोणमा अमेरिका सशक्त रुपमा उभिने प्रतिबद्धता जनाएका छन । भारत भ्रमणमा रहेका ट्रम्पले आज मङ्गलबार गान्धीको समाथीस्थल राजघाटमा पुगेर गान्धीप्रति श्रद्धान्जली व्यक्त गर्दै गान्धीको दृष्टीकोणप्रति अठोट व्यक्त गरेका हुन । समाथीस्थलमा राखिएको आगन्तुक पुस्तिकामा उनले लेखे, “स्वायत्त र स्वतन्त्र भारतका लागि महात्मा गान्धीले खेल्नु भएको भूमिका र महात्मा गान्धीका अन्य दृष्टीकोणप्रति अमेरिकी जनता सशक्त रुपमा उभिन्छन्, यही नै तपाईप्रति श्रद्धा सुमन छ ।” महात्मा गान्धीलाई श्रद्धान्जली दिन अमेरिकी प्रथम महिला तथा ट्रम्पपत्नी मेलानीया ट्रम्प पनि राजघाट गएकी थिइन । त्यहाँ रहँदा ट्रम्पले एक मिनेट मौन धारण गरेका थिए ।…
कालिकोट : कालिकोट जिल्लाको जिते बजारस्थित कर्णाली नदीमा जीप खस्दा एकजनाको मृत्यु भएको छ । दैलेख जिल्ला गुराँस गाउपालिका वडा न ४ घर भएका २१ वर्षका चालक टक्क खड्काको मृत्यु भइसकेको प्रहरीले जनाएको छ। रास्कोटदेखि यात्रु बोकेर लालिघाटका लागि हिँडेको लु २ ज ४१४१ नम्वरको जीप यात्रुलाई झारेर मोड्दै गर्दा नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । जीप नदीको बिचमा डुबेको छ । जीप रास्कोट नगरपालिका वडा न। छ निवासी मन तिरूवाको जनाइएको छ । नदीको बिचमै डुबेको जिपको उद्धारमा कठिनाई रहेको छ ।
काठमाडौं : दैनिक नयाँ रेकर्ड बनाउदै आएको सुनको भाउ आज मंगलबार भने सामान्य घटेको छ । अघिल्लो दिनको तुलनामा छापावाला सुन मंगलबार प्रतितोला ३०० रुपैयाँले घटेर ८० हजार रुपैयाँ कायम भएको छ । यस्तै, तेजावी सुनको भाउ पनि प्रतितोला ३०० रुपैयाँले नै घटेर ७९ हजार ७०० रुपैयाँमा आएको छ । मंगलबार चाँदीको भाउमा भने परिवर्तन छैन । चाँदी यस दिन पनि प्रतितोला ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले बताएको छ ।
