Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ : पछिल्लो समय विश्वमा फैलिँदै गएको कोरोना भाइरसबाट जोखिन न्यूरोड क्षेत्रमा हात धुनका लागि ‘पानीका धारा’ जडान गरिएको छ । काठमाडौँको प्रमुख व्यावसायिक क्षेत्रका रूपमा परिचित न्यूरोडको पाको रोडका मोबाइल व्यवसायीले कोरोनाबाट बच्नका लागि उक्त सडकको दुईतर्फ १२ पानीका ड्रमसहित धारा जडान गरेका हुन् । जडान गरिएको धाराको आज महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का निर्देशक सञ्जीव राना र पाको रोडका व्यवसायीले हात धोएर कार्यक्रमको संयुक्त उद्घाटन गर्नुभएको हो । कार्यक्रममा काठमाडौँ प्रहरी प्रमुख सुवेदीले कोरोना भाइरसबाट जोगिन हात धुनुपर्ने बताउँदै हात धुनका लागि न्यूरोडका व्यवसायीले धारो राखेर राम्रो कामको…
काठमाडौँ: कूटनीतिक पहलका कारण भारत सरकारले निर्यातमा रोक लगाएको अत्यावश्यक औषधि नेपाल पठाउन सहमत भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टका अनुसार मन्त्रालयको आग्रहमा परराष्ट्र मन्त्रालयले गरेको कूटनीतिक पहलपछि भारतले नेपालका लागि सहजरूपमा औषधि ल्याउन दिन सहमति जनाएको छ । भारतले विभिन्न २६ प्रकारका औषधि र यसका कच्चा पदार्थ नेपाल पठाउन सहमति जनाएको उहाँले जानकारी दिनुभयो । वाणिज्य सचिवस्तरीय छलफलमा भारत नेपालमा औषधि पठाउन सहमत भएको वाणिज्य सचिव वैकुण्ठ अर्यालले जानकारी दिनुभयो । बङ्गलादेशले पनि अत्यावश्यक औषधि पठाउने विषयमा सकारात्मक जानकारी दिएको सचिव अर्यालको भनाइ छ । यही फागुन २० र २१ गते बङ्गलादेशमा भएको वाणिज्य सचिवस्तरीय…
काठमाडौँ: सरकारले दैनिक उपभोग्य वस्तुको कालोबजारी गरिए कानूनअनुसार कारवाही गर्ने चेतावनी दिएको छ । कोरोना भाइरसको विषयलाई लिएर अनावश्यक हल्ला चलाएर बजारमा उपभोग्य वस्तुको कालोबजारी गर्ने तथा अभाव सिर्जना गरिएको पाइए कानूनअनुसार कारवाही हुने उल्लेख गर्दै सरकारले कुनै पनि उपभोग्य वस्तु अभाव नरहेको स्पष्ट पारेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले खाद्यान्न, पेट्रोलियम पदार्थ तथा अन्य दैनिक उपभोग्य वस्तुको पुग्दो मौज्दात रहेको जानकारी दिनुभयो । “कालोबजारी नियन्त्रणका लागि विभिन्नरूपमा अनुगनमन टोली खटाइएको छ । सरोकार भएका उद्योगी तथा व्यवसायीसँग पनि दैनिकजसो नै छलफल भइरहेको छ”, मन्त्री भट्टले भन्नुभयो, “कुनै पनि अभाव छैन, हुन दिइँदैन ।” उहाँले आज पनि…
काठमाडौँ: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी चैत ६ गतेदेखि तोकिएको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० को यथावत् रुपमा सञ्चालन हुने स्पष्ट गरेको छ । सो परीक्षा सारिएको भन्ने भ्रम सिर्जना नगर्न आग्रह गर्दै मन्त्रालयका प्रवक्ता दीपक शर्माले आज जारी गर्नुभएको विज्ञप्तिमा कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यान दिएर कक्षा १ देखि ९ सम्मका वार्षिक परीक्षा चैत ५ गतेभित्र सम्पन्न गरिसक्न निर्देशन दिइएको भए पनि एसइई परीक्षा यथावत् रहने जनाउनुभएको हो । उहाँले परीक्षा सरेको वा विद्यालय बन्द गरिएको भन्ने जस्ता सूचनाका भ्रममा नपर्न आग्रह गर्दै परिस्थितिको विश्लेषण गरेर आवश्यकता र औचित्यका आधारमा थप निर्णय भएमा आधिकारिक रुपमा जानकारी दिइने जनाउनुभएको…
बेइजिङ: माहामारीका रूपमा देखिएको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको प्रभाव चीनमा अस्थायीरूपमा केही समय रहने यहाँको बाणिज्य मन्त्रालयले बिहीबार जानकारी गराएको छ । वाणिज्य मन्त्रालयको विदेश व्यापार विभागका निर्देशक ली जिंगकियानले भिडियोमार्फत गरिएको एक पत्रकार सम्मेलनमा भन्नुभयो, “चीनले विदेशी व्यापार उद्यमलाई उत्पादन पुनः सुरु गर्न र प्रकोपबाट हुने नतीजालाई कम गर्न प्रक्रियालाई जारी राखेको र छिट्टै सबै ठीक हुनेछ ।” उहाँले भन्नुभयो, “झेजियांग र तियानजिनका सबै प्रमुख विदेशी व्यापार कम्पनीहरूले फेरि काम सुरु गरेका छन् भने गुआङडोङ, जियाङ्सु, साङ्घाई, शान्दोङ र चोङ्किङका ७० प्रतिशतभन्दा बढी विदेशी व्यापार कम्पनीहरूले उत्पादन पुनः सुरु गरिसकेका छन् ।” “सरकारले कम्पनी सञ्चालनका लागि गरेको सहयोगको नीति…
काठमाडौँ: आज नेपाली बजारमा सुनको मूल्य पुन बढेको छ । प्रतितोला सुनको मूल्य आज एकै दिन प्रति तोला एक हजार ८०० रुपैयाले बढेर ८२ हजार ५०० सय पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो । बुधबार प्रतितोला दुई हजार २०० सय रुपैयाँले बढेको सुनको मूल्य बिहिबार प्रतितोला २०० रुपैयाँले बढेको थियो । कोरोनाको असर विश्व अर्थचन्त्रमा पर्न थाले पछि सुनको भाउ बढेर किर्तिमानी मूल्य कायम भएको सुन चाँदी व्यवसायी तेज रत्न शाक्यले बताए । मूल्य आकासिए पछि बजारमा ग्राहक चहल पहल सून्य भएको उनले बताए ।
काठमाडौं: बिगत केहि समयदेखि स्थिर रहेको अमेरिकी डलरको भाउले पुन: बढ्न थालेको छ ११४/११५ रुपैयाँको हाराहारीमा रहेको डलरको भाउ आज ११७ रुपैयाँ ६१ पैसामा पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । एक हप्ता अघिसम्म डलरको भाउ ११५ रुपैयाँ रहेको प्रति डलर २ रुपैयाँले बढेर ११७ रुपैयाँ पुगेको हो । अमेरिकी डलरसँग नेपाली रुपैयाँको विनिमय दर भारुका आधारमा निर्धारण हुन्छ। एक सय भारु बराबर एक सय ६० रुपैयाँ नेपाली रुपैयाँ हुने निर्धारण भएपछि त्यही अनुसार भारु कमजोर हुँदा नेपालमा पनि डलरको मूल्य बढ्छ। यसरी नेपाली रुपैयाँ कमजोर हुँदा आयात महँगो हुने हुँदा आयातित बस्तुको मुल्यमा चाप पर्ने छ । डलर…
काठमाडौँ: नेपाली काँग्रेसको भ्रातृसंस्था नेपाल तरुण दलले कोरोना भाइरस (कोबिड–१९)को सम्भावित सङ्क्रमणको हल्लासँगै बजारमा देखिएको कालोबजारी र मूल्यवृद्धिको खबरदारी गर्ने जनाएको छ । काँग्रेसको तरुण विभागका प्रमुख एवं पार्टीका केन्द्रीय सदस्य शङ्कर भण्डारीले आज सञ्चारकर्मीसँग कुरा गर्दै बजारमा देखिएको कालोबजारी र मूल्यवृद्धिप्रति सरकार गम्भीर नदेखिएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “सर्वसाधारणका लागि अत्यावश्यक सामग्रीको पर्याप्त आपूर्तितर्फ सरकारले गम्भीरता देखाएन भने जनताको अधिकारका लागि हाम्रा तरुण युवाले खबरदारी गर्नेछन् ।” उहाँले कोरोना भाइरसको सम्भावित जोखिमसँग जुध्न आवश्यक चिकित्सकीय उपकरण र औषधिको तयारीका लागि सरकारलाई आग्रह गर्दै कोरोना भाइरसको जोखिमबारे जनस्तरसम्म जनचेतना फैलाउन तरुण युवा परिचालन हुने बताउनुभयो । केन्द्रीय सदस्य भण्डरीले…
नयाँ दिल्ली: भारतमा कोरोना भाश्इरसबाट सङ्क्रमित हुनेको सङ्ख्या बिहीबारसम्म ३० पुगेको छ । प्राप्त पछिल्लो सूचना अनुसार भाइरसबाट सङ्क्रमित सबैभन्दा पछिल्लो व्यक्ति उत्तर प्रदेशको गाजियावादमा भेटिएको अधिकारीहरूले पुष्टि गरेका छन् । यसअघि बिहीबार नै संघीय स्वास्थ्यमन्त्री डा. हर्षबर्धनले यही मार्च ४ देखि अहिलेसम्म २९ जना सङ्क्रमित भएको बताउनुभएको थियो । राज्यसभामा बोल्दै उहाँले भन्नुभयो, “देशभर यही मार्च ४ देअि अहिलेसम्ममा कोरोना भाइरसबाट सङ्क्रमितहरूको सङ्ख्या २९ पुगेको छ ।” उहाँले आफू र आफ्नो टोलीले कोरोना भाइरस फैलिएको अवस्थाको अनुगमन र मूल्याङ्कन गर्दै समीक्षा र विश्लेषण गरिरहेको पनि जानकारी दिनुभयो । कोरोनाको सङ्क्रमण देशभित्र प्रवेश गर्न नदिन सरकारको तर्फबाट गत जनवरी १७…
काठमाडौँ: राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले कोरोना भाइरसका कारण सम्पूर्ण खेल गतिविधि स्थगित गर्ने निर्णय गरेको छ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बिहीबार बसेको आपतकालीन बैठकले विश्वभर फैलिँदै गएको कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न खेलकूद प्रतियोगितालगायत सम्पूर्ण कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । राखेप प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले कोरोना भाइरसले पार्ने प्रभाव र जोखिमलाई न्यूनीकरण गर्न राखेपले खेल कार्यक्रम स्थगित गर्ने निर्णय गर्नपरेको बताउनुभयो । शुरु नभएका खेलकूद प्रतियोगिता तथा कार्यक्रम रोक्न सम्बन्धित खेलकूद सङ्घ संस्था तथा सरोकारवाला निकायलाई अनुरोध गरिएका उहाँले बताउनुभयो । सञ्चालन भइरहेका कार्यक्रम निर्धारित तालिकाअनुसार नै सम्पन्न हुने…
