Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: प्रसुतिगृहमा कार्यरत चिकित्सक बबिता शाहकी अपहृत दुई वर्षीया छोरीको आज करीब आठ घण्टापछि सकुशल उद्धार गरिएको छ । बिहान ८ बजे छोरीलाई घरमा छाडेर अस्पतालमा जाने बित्तिकै कोटेश्वरको खरिबोटस्थित घरबाटै अपहरणमा परेकी बालिकाको प्रहरीले अपराह्न ४ बजे सकुशल फेला पारेको हो । “बिहान ९ बजेतिर घटनाको बारेमा जानकारी आयो, तत्कालै सादा पोशाकसहितका प्रहरी खटायौँ” प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले भन्नुभयो, “अपराह्न ४ बजे तिलगङ्गाबाट बालिका सकुशल फेला प¥यो ।” अपहरणकारी धनुषाका मनिषकुमार गुप्ता फरार रहेकाले खोजी जारी रहेको उहाँले जानकारी दिनुभयो । बबिताले घरमा छोरा र एक जना काम गर्नेसँग छोरी छाडेर अस्पताल गएपछि करीब ९ बजेतिर छोरी…

Read More

काठमाडौं: एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो खेलमा नेपाल युएईसँग तीन विकेटले पराजित भएको छ ।यससँगै तीन एकदिवसीय श्रृङ्खलामा नेपाल १-० ले पछि परेको छ । ११४ रनको सामान्य लक्ष्य युएईले ३२.१ ओभरमा सात विकेटको क्षतिमा पूरा गर्‍यो । युएईका लागि घुलाम शब्बेरले ३०, सैमन अन्वारले ११, मोहम्मद उस्मन ६, अष्फाक अहमद पाँच, चिराग सुरीले चार र फाहाद नवाजले दुई रन बनाएर आउट भए । नेपालका लागि सन्दीप लामिछाने, करण केसी र कप्तान पारस खड्काले समान २–२ विकेट लिए पनि जित दिलाउन भने सकेनन् । त्यस्तै, सोमपाल कामीले एक विकेट लिए । युएईको जितमा अमिर हायत र इम्रन हैडरले राम्रो प्रदर्शन…

Read More

काठमाडौँ: प्रमुख प्रतिपक्ष दलको प्रतिरोधबीच प्रतिनिधिसभाबाट ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ बहुमतबाट पारित भएको छ । प्रमुख प्रतिपक्ष दलको अवरोध र नाराबाजीबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सो विधेयक पारित गरियोस् भनी प्रस्तुत गर्नुुभएको थियो । चिकित्सा शिक्षा क्षेत्रमा सुधार ल्याउन माग गर्दै पटक पटक अनशन गर्दै आउनुभएका प्रा डा गोविन्द केसी र सरकारबीच भएको सहमतिको भावनानुसार सरकारले चिकित्सा शिक्षासम्बन्धी विधेयक संसद्मा ल्याएको हो । यसअघि बैठकमा सभामुख कृष्णबहादुर महराले राज्यको लगानी अभिवृद्धि गर्न तथा चिकित्सा शिक्षालाई गुणस्तरीय, भौगोलिक सन्तुलन र सर्वसुलभ तुल्याउने उद्देश्यले संसद्ले राष्ट्रिय चिकित्सा शिक्षासम्बन्धी ऐन ल्याएको जानकारी दिनुभयो । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिमा लामो…

Read More

काठमाडौँ: यूनाइटेड अरब इमिरेट्स यूएइविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा पाहुना टोली नेपालले कमजोर व्याटिङ गरेको छ। तीन ऋंखलाको ओडिआई खेल्न यूएइ पुगेको नेपालले शुक्रबार टस हारेर पहिले व्याटिङको निम्तो पाएको थियो। नेपालले मात्र ३३ दशमलब ५ ओभर खेल्दा अलआउट भएर यूएइ सामु १ सय १४ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ। यूएइले केहिबेरमा जवाफी व्याटिङ सुरु गर्नेछ। आज नेपालका लागि सोमपाल कामीले ३०, कप्तान पारस खड्काले २० तथा आरिफ शेखले २५ रन बनाउन बाहेक अन्य व्याट्सम्यानले राम्रो रन बनाउन सकेनन्। ओपनर ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी र बसन्त रेग्मी शून्य रनमै आउट भए। विनोद भण्डारीले ५, डेब्यू व्याट्सम्यान पवन सर्राफले…

Read More

काठमाडौँ: मुलुकभर मौसम बदली हुनका साथै केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले देशभर मौसम बदली हुन्का साथै अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् विभूति पौखरेले बताए । उहाँका अनुसार पश्चिम र मध्यक्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना रहेको छ । राति देशको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै भोलि शनिबार मौसममा आंशिकदेखि सामान्य बदली हुने र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली भेगका केही स्थानमा हल्कादेखि केही बढी नै को हिमपातको सम्भावना…

Read More

काठमाडौँ: काष्ठमण्डप पुनःनिर्माणको काम सन्तोषजनकरुपमा अघि बढिरहेको बताउँदै पुनःनिर्माण समितिले हालसम्म १२ प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ । काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले २०७६ असार मसान्तसम्ममा पहिलो तलाको काम सम्पन्न गरी अर्को तलाको काम शुरु गर्ने बताउनुभयो । अध्यक्ष शाक्यले भन्नुभयो, “निर्माणका लागि अहिलेसम्ममा ८१४ दशमलव ५२ क्युविक फिट काठ प्राप्त भइसकेको छ ।” पुनःनिर्माणको जानकारी गराउँदै अध्यक्ष शाक्यले महानगरबाट प्राप्त भएको रु पाँच करोड ५० लाखमध्ये अहिलेसम्ममा रु एक करोड २२ लाख खर्च भइसकेको पनि जानकारी दिनुभयो । यसअघिका पुराना काठमध्ये १० देखि १५ प्रतिशत मात्र काठ पुनःप्रयोग गर्न सकिने अवस्थामा रहेको बताइएको छ । गार्खा भूकम्पका…

Read More

काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोलिले युएईविरुद्ध आफ्नो पहिलो एक दिवसीय खेल खेल्दै छ। नेपालले टस हारेर पहिले ब्याटिङ थालेको छ। आईसीसी एकेडेमीमा टस जितेर युएईले पहिले बलिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो । आजको खेलमा पवन सर्राफले डेब्यु गरेका छन् । पहिलो ओभरमा नै नेपालले विकेट गुमाएको छ । नेपालका ओनर ज्ञानेन्द्र मल्ल शुन्य रनमा आउट भएका छन् । अहिले कप्तान पारस खड्का र विनोद भण्डारी क्रिजमा छन् ।

Read More

काठमाडौँ: यस वर्षको प्रणय दिवसका लागि रु एक करोड ५० लाख मूल्यको एक लाख ६० हजार ‘स्टिम’ गुलाफ आयात गरिने भएको छ । माग बढेकाले गत वर्षको तुलनामा यस वर्ष गुलाफको मूल्य बढ्ने बताइएको छ । गत वर्ष रु एक करोड २५ लाख मूल्यको गुलाफ आयात भएको थियो । बजारमा माग बढेकाले भारतबाट यस वर्ष गत वर्षभन्दा धेरै परिमाणमा फूल आयात गर्न लागिएको फ्लोरिकल्चर एशोसिएसन नेपालले जानकारी दिएको छ । यस दिवसमा खपत हुने दुई लाख स्टिममध्ये एक लाख ६० हजार बाहिरी देशबाट ल्याइने र ४० हजार स्टिम नेपालको उत्पादन रहेको छ । एशोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठका अनुसार गुलाफ…

Read More

पोखरा : नेपाल र भारतबीच ‘इनर्जी बैकिङ’ संयन्त्र स्थापना गर्न बिहीबार पोखरामा सहमति भएको छ। नेपालको बर्खायामको बिजुली भारतलाई दिने र हिउँदयाममा उताबाट ल्याउन सहमति जुटेको हो। पोखरामा बुधबारदेखि सुरु भएको दुवै देशको ऊर्जा बैठकको प्रमुख एजेन्डाको रूपमा रहेको इनर्जी बैकिङमा सहमति जुटेको नेपाली पक्षको नेतृत्व गरेका ऊर्जा, जलस्रोत तथा सिंचाइ सचिव दिनेशकुमार घिमिरले बताए। गत पुसको दोस्रो साता नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय विद्युत् प्राधिकरणले तयार गरेको इनर्जी बैकिङसम्बन्धी प्रस्तावलाई पोखरमा भएको सचिवस्तरीय बैठकले अनुमोदन गरेको घिमिरले बैठकपछि सञ्चारकर्मीलाई बताए। ‘अब इनर्जी बैकिङको बाटो खुलेको छ,’ सचिव घिमिरले भने, ‘यो किन जरुरी थियो भने हाम्रा उत्पादन लागतभन्दा बढीमा…

Read More

पोखरा: कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासङ्घ कास्कीको आयोजनामा आगामी फागुन १८ देखि २४ गतेसम्म पोखरामा सूचना तथा प्रविधि मेला हुने भएको छ । 9841244878 बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा महासङ्घ कास्कीका अध्यक्ष युवराज पौडेलले कम्प्युटर तथा सूचना प्रविधिसम्बन्धी भएका अत्याधुनिक एवं नवीनतम प्रविधिको जानकारी दिँदै यसलाई ग्रामीण क्षेत्रसम्म पु¥याउने लक्ष्यका साथ मेला आयोजना गरिने बताए । भायोनेट क्यान इन्फोटेक–२०१९ का नाममा मेला सञ्चालन हुनलागेको बताउँदै उनले यसकै अवसरमा बृहत सूचना प्रविधि प्रदर्शनी, प्रदेशस्तरीय टाइपिङ प्रतियोगिता, ‘आइटी क्विज कन्टेस्ट’, कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत सेवा, नवीनतम प्रविधिका मोबाइलको प्रदर्शनी एवं बिक्री पनि हुने जानकारी दिए । उनका अनुसार मेलामा सूचना प्रविधिसँग…

Read More