काठमाडौँ: यूनाइटेड अरब इमिरेट्स यूएइविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा पाहुना टोली नेपालले कमजोर व्याटिङ गरेको छ।
तीन ऋंखलाको ओडिआई खेल्न यूएइ पुगेको नेपालले शुक्रबार टस हारेर पहिले व्याटिङको निम्तो पाएको थियो।
नेपालले मात्र ३३ दशमलब ५ ओभर खेल्दा अलआउट भएर यूएइ सामु १ सय १४ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ।
यूएइले केहिबेरमा जवाफी व्याटिङ सुरु गर्नेछ।
आज नेपालका लागि सोमपाल कामीले ३०, कप्तान पारस खड्काले २० तथा आरिफ शेखले २५ रन बनाउन बाहेक अन्य व्याट्सम्यानले राम्रो रन बनाउन सकेनन्।
ओपनर ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी र बसन्त रेग्मी शून्य रनमै आउट भए। विनोद भण्डारीले ५, डेब्यू व्याट्सम्यान पवन सर्राफले ४, करन केसीले ३, सन्दीप लामिछानेले १५ रन जोड्दा ललित राजवंशीले २ रनमात्र जोड्न सके।
नेपाललाई सस्तैमा समेट्ने क्रममा यूएइका मोहम्मद नाभिदले ३, अमिर हायातले २ तथा इमरान हैदरले २ विकेट हात पारे।
नेपालले यूएइमा ३ ओडिआई क्रिकेट खेल्नेछ भने ३ टिट्वान्टी खेल्नेछ।