Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं : नेपाली बजारमा आज मंगलबार सुनको मूल्य तोलामा २ हजारले घटेको छ । हिजो सोमवार प्रतितोला छापावाला सुनको मूल्य ७७ हजार ५ सय रहेको थियो । आज मूल्यमा २ हजारको गिरावट आउँदा प्रतितोला छापावाला सुन ७५ हजार ५ सय कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मूल्य ७५ हजार २ सय रहेको छ । साथै आज चाँदीको मूल्य पनि तोलामा एकैपटक ८० रुपैयाँले गिरावट आएको छ । सोमवार प्रतितोला चाँदीको मूल्य ७ सय ९० रहेको थियो । भने आज मूल्य कमि आइ प्रतितोला चाँदी ७ सय १० कायम भइ कारोवार…

Read More

काठमाडौं : प्रदेश २ को नाम र राजधानीबारे सांसदहरुबीच छलफल भइरहेको छ । नाम र राजधानीका विषयमा यतिबेला प्रदेशसभामा सांसदहरुले आफ्नो मत जाहेर गरिरहेका छन्। प्रदेशसभामा बोल्ने धेरैजसो सांसदहरुले नामका बारेमा मत राख्दै मधेस आन्दोलनमा ज्यान गुमाएका सहिदहरुलाई स्मरण गर्न आग्रह गरेका छन्। मधेस प्रदेश नाम राख्दा सहिदको सम्मान र प्रदेशको पहिचान झल्कने उनीहरुको मत छ। प्रदेशसभामा बोल्ने धेरैजसो सांसदहरुले प्रदेशको नाम मधेस प्रदेश र स्थायी राजधानी जनकपुर हुनुपर्ने बताएका छन्। प्रदेशको राजधानी जनकपुरमा सबैको एकमत रहे पनि नाममा भने मधेसवादी दल, नेकपा र कांग्रेसले फरक फरक प्रस्ताव दर्ता गरेका छन्। सत्तारुढ समाजवादी पार्टी र राजपा नेपालले ‘मधेश प्रदेश’ नाम…

Read More

नेपालगञ्ज : विश्वव्यापी महामारी बनेको कोरोना भाइरसविरुद्ध पूर्वतयारी अपनाउँदै बाँकेमा टास्कफोर्स गठन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा आज बसेको सरोकारपक्षको समन्वयात्मक बैठकले प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको संयोजकत्वमा टास्कफोर्स र व्यवस्थापन समिति गठन गरेको हो । बैठकले नगरप्रमुख डा धवलशम्शेर राणाको संयोजकत्वमा आकस्मिक कोष व्यवस्थापन समिति, भेरी अस्पतालका प्रमुख डा प्रकाश थापाको संयोजकत्वमा मेडिकल समिति र स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजङ्ग शाहको संयोजकत्वमा रोकथाम तथा नियन्त्रण समिति गठन गरेको छ । बैठकमा कोरोना भाइरसविरुद्ध पूर्वतयारीका लागि आकस्मिक कोषमा नेपालगञ्ज उपमहानगरपालिकाको तर्पmबाट रु ३० लाख, बाँके जिल्ला समन्वय समितिले रु ३० लाख, कोहलपुर नगरपालिकाले रु २० लाख, छ वटा गाउँपालिकाले…

Read More

लहान : कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणको आशङ्कामा थप परीक्षणका लागि जनकपुर पठाएका सबै बिरामी स्वस्थ्य रहेको पुष्टि भएको छ । केही दिनअघि भारतबाट फर्केका सिरहा नगरपालिका–१० नरहैयाका नौ बिरामीमा कोरोना भाइरस सङ्क्रमण हुनसक्ने आशङ्कामा थप परीक्षणका लागि सोमबार साँझ जानकी मेडिकल कलेज जनकपुर पठाइएको थियो । पठाएका सबैमा कोरोनाको कुनै लक्षण नभेटिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । कोरोना भाइरसको लक्षण नदेखिएपछि स्वास्थ्य परीक्षण नै नगराई सबै राति नै आ–आफ्नो घर फर्किएको प्रमुख यादवले बताए । रोजगारीका लागि भारतका विभिन्न ठाउँमा बस्दै आएका उनीहरुमा सामान्य रुघाखोकी र ज्वरोको लक्षण देखिएपछि कोरोना सङ्क्रमणको आशङ्का लागेर…

Read More

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन गर्न रु १० करोड ९३ लाख ६० हजार पेश्की लिएर काम शुरु नगर्ने पाँच कम्पनीलाई कारवाही गर्न सरकारलाई पत्राचार गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालय मातहत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सम्बन्धमा उजूरी परेपछि आयोगले गरेको अध्ययन अनुसन्धानमा उक्त तथ्य फेला परेको जानकारी दिएको छ । परियोजना व्यवस्थापन इकाई खुमलटारबाट आव २०७५÷७६ का लागि वार्षिक स्वीकृत कार्यक्रम अनुसार स्वीकृत भएका आठ कम्पनीमध्ये पाँचवटा कम्पनीलाई प्रथम किस्तास्वरुप उक्त रकम पेश्की भुक्तानी दिइएकोमा अझै निर्माणकार्य शुरु नगरेको आयोगले जनाएको छ । कार्यविधि अनुसार प्रथम किस्ताका लागि सर्त पूरा नगरी पेश्की उपलब्ध…

Read More

न्यू योर्क: कोरोना भाइरसको विश्वव्यापी प्रकोपसँगै प्रभावित आर्थिक गतिविधिका कारण अमेरिकाको केन्द्रीय बैंक संघीय रिजर्बले चालेको सङ्कटकालीन कदमसँगै वाल स्ट्रीट स्टक बजारमा सोमबार १० प्रतिशतको गिरावट आएको छ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड(१९) सँग लड्न अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भ (फेड)ले आपतकालीन रुपमा ब्याजदर घटाउँदै शून्य दशमलब २५ कायम गरेसँगै आइतबार स्टक बजारमा पनि यस प्रकारको हलचल देखिएको हो । अमेरिकामा अर्थतन्त्रमा परेको असर न्यूनीकरणका लागि ७ खर्ब डलरको आर्थिक सहायता कोषको पनि घोषणा गरिएको छ । अमेरिकाको यो कदम बेलायत, जापान, यूरोक्षेत्र, क्यानडा र स्वीट्जरल्याण्डसँग गरिएको सहकार्यको एक भाग हो । फेडका प्रमुख जेरोम पावेलले महामारीले अमेरिकाको अर्थतन्त्रमा…

Read More

काठमाडौँ: काभ्रेपलाञ्चोकको पनौती आज बिहान ९ बजेबाट कर्फु जारी भएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले पनौतीको विभिन्न ठाउमा कर्फु आदेश जारी गरेको हो । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ पनौती मानेश्वरी बसपार्कमा सोमबार अपराह्न टिपरले ठक्कँर दिँदा पैदलयात्री आमाछोरीको मृत्यु भएपछि तनाबग्रस्त भएपछि कर्फु जारी गरेको हो । बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा५ख ५४८० नं को टिपरले ठक्कर दिई घाइते भएका खानिखोला गाउँपालिका–१ बस्ने वर्ष २६ की जुनिमाया गोले र उहाँकी ३ वर्षीया छोरी स्मारिका तामाङको बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गोलेका श्रीमान् छिरिङ लामा भने वैदेशिक रोजगारको सिलसिलामा दुई वर्षदेखि मलेसियामा हुनुहुन्छ । टिपर र…

Read More

काठमाडौंँ: नेपाल एलपी ग्यास उद्योग सङ्घ तथा ग्यास बिक्रेता महासङ्घले संयुक्त रूपमा बढी मात्रामा ग्यास नथुपार्न आग्रह गरेका छन् । यहाँ आयोजित संयुक्त पत्रकार सम्मेलनमा तिनले ग्यासको आयात विगतभन्दा पनि हालको अवस्थामा केही बढी नै रहेकाले सम्पूर्ण उपभोक्तामा धैर्य गर्न आग्रह गरेका छन् । ग्यास उद्योग सङ्घका अध्यक्ष गोकुल भण्डारीका अनुसार उपभोक्तालाई आवश्यकभन्दा बढी सञ्चय नगर्न आग्रह गर्दै व्यवसायीलाई नयाँ सिलिन्डर नबेच्नसमेत निर्देशन दिइएको छ । ग्यास बिक्रेता महासङ्घका अध्यक्ष महेश्वर श्रेष्ठले बजारमा एक करोड २३ लाख सिलिन्डर रहेको जनाउँदै कोभिड–१९ का कारण हाल दैनिक एक लाख सिलिन्डर खपत भएको बताउनुभयो । उहाँका अनुसार तराईमा भन्दा काठमाडौंँमा धेरै माग भएको…

Read More

काठमाडौँ: मलेसियाले दुई साताका लागि सबै विदेशी नागरिकलाई मुलुक प्रवेशमा रोक लगाएको छ। कोरोना भाइरसको जोखिमलाई ध्यानमा राख्दै मलेसियाले बुधबारबाट लागू हुने गरी यो निर्णय गरेको हो। प्रधानमन्त्री मुहिदिन यासिनले मार्च ३१ सम्म सबै देशका नागरिकलाई मलेसिया प्रवेशमा रोक लगाएको जानकारी गराएका हुन्। उनले टेलिभिजनमा सम्बोधन गर्दै मलेसियाका नागरिकलाई पनि सो मितिसम्म देशबाहिर जान रोक लगाएको बताए। योसँगै नेपाली कामदार पनि अब दुई साता मलेसिया जान पाउने छैनन्। मलेसियाले कुनै पनि भेला, खेलकुद र धार्मिक गतिविधि गर्न समेत रोक लगाएको छ। साथै शैक्षिक संस्था समेत बन्द भएका छन्। सोमबारसम्म मलेसियामा कोरोना संक्रमित संख्या ५५३ पुगेको छ।

Read More

काठमाडौँ: कोरोनाभाइरसबाट हुन सक्ने संभावित संक्रमणको स्थितिलाई ध्यानमा राख्दै सरकारले २ सय ३५ वटा आइसियु बेडहरु तयारी अवस्थामा राख्ने निर्णय गरेको छ। उच्चस्तरीय संयन्त्रयको संयोजक समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले टेकु अस्पताल, आयुर्वेद अस्पताल कीर्तिपुर, नेपाली सेनाको अस्पताल, सशस्त्र प्रहरीको अस्पताल, वीर अस्पताल र पाटन अस्पतालमा २०–२० वटा सघन उपचार कक्ष थप्ने निर्णय गरेको हो । प्रधानमन्त्रीको कार्यालयका सचिव एवं उच्चस्तरीय संयन्त्रयका सदस्य सचिव नारायणप्रसाद विडारीका अनुसार, भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा २२० बेड, तेलकोटस्थित खानेपानीको तालिम केन्द्रमा ६० बेडको आइसुलेसन वार्ड बनाउने निर्णय गरेको छ । उनका अनुसार, आयुर्वेद अस्पताल कीर्तिपुरमा दुई सय,…

Read More