Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले अमेरिकासँग जी टु जी प्रक्रियाबाट एम १६ हतियार किन्ने बताएका छन् । रक्षा मन्त्रालय सम्हालेको २ वर्ष पुगेको अवसरमा मन्त्रालयमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोखरेलले हतियार किन्ने निर्णय भएपनि प्राविधिक कारणले ढिलाई भएको बताए । रकम भूक्तानीको प्रक्रियाबारे टुङ्गो लगाउन बाँकी रहेकाले ढिलाई भएको बताउँदै उनले हतियार किन्ने कुरा साँचो भएको बताए । मन्त्री पोखरेलले पत्रकारले राखेको जिज्ञासामा अमेरिकी सहयोग परियोजना एमसीसीमा सेनाको भूमिका राखिएको वा नराखिएको बारे अध्ययन गरिने भन्दै नेपाली सेना अन्तर्राष्ट्रिय वा क्षेत्रीय रुपमा कुनै अर्को पक्षसँगको सैन्य गठबन्धनमा सहभागी नहुने बताए । उनले क्षेत्रीय वा विश्वब्यापी कुनै…
काठमाडौँ: उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले मन्त्रालयले विगत दुई वर्षमा कानूनी र संरचनागत कार्यमा उल्लेख्य उपलब्धि हासिल गरेको प्रगति विवरण सार्वजनिक गर्नुभएको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा उहाँले आफूले मन्त्रालयको कार्यभार सम्हालेको दुई वर्षमा सम्पादित मुख्य कार्यबारे जानकारी दिँदै राष्ट्रिय सुरक्षा नीति, २०७३ लाई पुनरावलोकन गरी नयाँ राष्ट्रिय सुरक्षा नीति मन्त्रिपरिषद्बाट २०७५ साल चैत ४ गते जारी भएको बताउनुभयो । यसैगरी उपप्रधानमन्त्री तथा रक्षा मन्त्रिस्तरीय निर्णयानुसार राष्ट्रिय सुरक्षा नीति, २०७५ को कार्यान्वयन कार्ययोजनाको मस्यौदा तयार गर्न समिति गठन भई समितिले कार्ययोजनालाई गत पुस २९ गते उपप्रधानमन्त्री समक्ष पेश गरिएको छ । उहाँले भन्नुभयो, “नयाँ राष्ट्रिय सुरक्षा नीति,…
काठमाडौं : नेप्सेले आज फेरि नयाँ रेकर्ड बनाएको छ । पछिल्ला केही दिनयता निरन्तर उकालो लागेको नेप्सेमा कारोबार रकम पनि उत्तिकै उच्च दरले बृद्धि हुँदै गएको छ । आज बुधबार सेयर बजार परिसुचक ५० दशमलब ९३ अंकले बढेर एक हजार ५९६ कायम भएको छ । कारोबार रकम एकैदिन ४ अर्ब १५ करोड पुर्याएर नयाँ रेकर्ड कायम गरेको छ। आजको कारोबारमा कुल १ सय ८० कम्पनीको सेयर किनबेच भएकोमा ४७ वटा कम्पनीका लगानीकर्ताले मात्रै गुमाएका छन् । तीन वटा कम्पनी एभरेष्ट बैंक, राष्ट्रिय बीमा कम्पनी र युनिलिभर लिमिटेडको सेयरमा सर्किट ब्रेक लागेको छ । सेयर बजारमा सबैभन्दा ठूलो हिस्सा ओगटेको…
बेइजिङ (एएफपी) : चीनमा पछिल्लो समय कोरोना जीवाणु ९भाइरस० का कारण थप ५२ जनाको मृत्यु भएको खबर छ । तीन हप्तादेखि दिनहुँ एकसय भन्दा बढीको संख्यामा मृत्यु हुनेक्रममा केही कमी आएको छ । हालसम्म चीनमा कोरोनाकै कारण मृत्यु हुनेको संख्या २ हजार ७१५ जना पुगेको छ । पछिल्लो समय मृत्यु भएका सबै कोरोनाको प्रकोपको केन्द्र हुबेई प्रान्तका छन् । राष्ट्रिय स्वास्थ्य आयोगले आज बुधबार ४०१ जना नयाँ सङ्क्रमित व्यक्ति भेटिएको पनि जनाएको छ । चीनमा हालका दिनहरूमा नयाँ सङ्क्रमित व्यक्तिको संख्या घटेको देखिएको छ, र चीनका अरु धेरै प्रान्तमा नयाँ रोगी बिल्कुलै देखिएका छैनन् । हुबेई प्रान्त बाहिर पाँच जनामा…
काठमाडौं : समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मातातीर्थ, महादेवस्थान, सतुङ्गल इचङ्गुलगायत क्षेत्रको जग्गा दर्ता गर्ने आफ्नो सरकारको पालामा गरिएको निर्णयमा कुनै कैफियत नरहेको प्रष्ट्याएका छन । डा भट्टराईले लामो समयदेखि मोहीले कमाउँदै आएको हालको नेपाल ट्रष्टको नाममा रहेको जग्गा दर्ता गरिदिने उक्त निर्णय भूमिहीन र जोताहा किसानको पक्षमा रहेको दाबी गरे । तत्कालीन राजा महेन्द्रले फर्माइस विर्ता प्रथाअनुसार गरिब किसानलाई मोही बनाएर वितरण गरिएको जग्गापछि नेपाल ट्रष्टको नाममा ल्याइएयता पनि उक्त जग्गा पूर्व राजपरिवारको नभएकाले वास्तविक जोताहा मोहीको नाममा जग्गा दर्ता गर्नका लागि तत्कालीन मन्त्रिपरिषद्ले नीतिगत निर्णय गरेको पूर्वप्रधानमन्त्री भट्टराईले आजको प्रतिनिधिसभालाई जानकारी गराएका छन…
काठमाडौं : वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले चुरे क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सरकारले नदी तथा खोला किनारा संरक्षण र पहिरो नियन्त्रणलाई प्राथमिकता दिएको बताएका छन । प्रतिनिधिसभाको आजको बैठकमा वन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिँदै मन्त्री बस्नेतले चुरे क्षेत्रको संरक्षण गर्न भूमिगत जल पुनर्भरण, वृक्षरोपण, पोखरी तथा सिमसार क्षेत्रको व्यवस्थापन, अतिक्रमण नियन्त्रण, कृषि, वनलगायत कार्यक्रमलाई प्राथमिकता दिइएको बताएका हुन । सरकारले २०७१ सालमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम ल्याइसकेको छ । समग्र तराई –मधेश चुरे क्षेत्रको संरक्षण गर्न सरकारले गुरुयोजनासमेत तय गरिएको छ । चुरे तथा तराई–मधेश क्षेत्रको प्राकृतिक स्रोतको संरक्षण र व्यवस्थापन गर्न राष्ट्रपति तराई चुरे संरक्षण समिति गठन…
काठमाडौं : नेकपाले अन्ततः संविधान संशोधनका लागि गठित माधव कुमार नेपाल संयोजकत्वको कार्यदल भंग गरेको छ । नेकपाले गोप्य ढंगले बनाएको उक्त कार्यदलमा राखिएका सदस्यद्वय सुवास नेम्वाङ र खिमलाल देवकोटाले समेत अमुक व्यक्तिको अभिलासा पूरा गर्न संविधान संसोधन गर्ने कार्यदलमा नबस्ने बताएपछि नेकपा यस्तो निर्णय गरेको हो । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदल क्रियाशील नहुने जानकारी दिएका छन । ‘चर्चामा आएको संविधान संशोधनको लागि गृहकार्य गर्न बनाइएको कार्यदल नरहेको, क्रियाशील नहुने जानकारी पनि गराउने निर्णय भएको छ,’ श्रेष्ठले भने । बामदेव गौतमको इच्छा पूरा गर्ने प्रयत्नस्वरुप शनिवारको नेकपाको सचिवालय बैठकले ३…
काठमाडौँ: पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मंगलबार संसदमा सेक्युरिटी प्रेस खरिद प्रक्रियामा राजिनामा दिएका संचारमन्त्री गोकुल बास्कोटा र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको सम्बन्धलाई ‘बाउ र नाति’ को संज्ञा दिएका छन् उनले संसदमा आजको समयको बोल्दै बिर्बल र अकबरको जोक्स सुनाउंदै सो कथन सुनाएका हुन्। उनले पूर्वमन्त्री बाँस्कोटालाई संकेत गर्दै भए – “राजाको जुँगा उखल्ने र तान्ने हैसियत अरु कसैको नहुने बरु आफै संगै हुर्के खेलेका नाति र छोरा बाहेक अरु कसैले गर्न सक्दैन।” देश भ्रष्टाचारले थिलो थिलो बनेको र यसले सबैलाई क्यान्सरजस्तै गरेर गाँजेको र यसको रोगले कसैले पनि नछोड्ने उनको तर्क थियो। एउटालाई लागेको भ्रष्टाचारको रोग अरुलाई लाग्ने भन्दा…
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालले उम्मेद्वारी घोषणा गरेका छन् । राजधानीमा आज आयोजित एक कार्यक्रमको आयोजना गरी ढकालले औपचारिक रुपमा आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् । उम्मेद्वारी घोषणा गर्ने क्रममा उनले करका कानुनहरु सुधार गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘निजी क्षेत्रलाई करको बोझमा दवाउने अहिलेको व्यवस्थामा परिवर्तन गर्नुपर्छ । करका विविधताको कारण उद्योग व्यवसायीहरु मारमा परेका छन् । कर कानुनहरुको सुधार गर्नुपर्ने अवस्था छ ।’ यस्तै उनले भिसिटिएस र अनिवार्य प्यानले साना तथा मझौला व्यवसायी मारका परेको भन्दै त्यसको समस्या समधानका माध्यमहरु खोजिनु पर्ने बताए । विदेशी लगानी नेपाल भित्र्याउनका लागि…
काठमाडौँ : स्थानीय समुदायमा स्वास्थ्य र शिक्षाबारे वकालत तथा सहकार्य गर्ने उद्देश्यले मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘हसल फर ह्युम्यानिटी’ नेपाल च्याप्टरको शुभारम्भ गरिएको छ । मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रअनुरुप संस्थाले न्याय र मानवअधिकारको पक्षमा लडिरहेका समुदायको पक्षमा सरोकार भएका संस्थासँग साझेदारी गरेर काम गर्ने जनाएको छ । शिक्षा र स्वास्थ्यसम्बन्धी आधारभूत आवश्यकताबाट वञ्चित बालबालिकाको हित र अधिकारको पक्षमा काम गरिने बताइएको छ । काठमाडौँमा पत्रकार सम्मेलन गरी हसल फर ह्युम्यानिटी’ नेपाल च्याप्टरको घोषणा गर्दै संस्थाका अध्यक्ष विनोद शर्माले बालबालिकाको पक्षमा वकालत तथा आवश्यक सहयोग जुटाउने लक्ष्यका साथ संस्थाले काम गर्ने बताए । यो कार्यक्रमअन्तर्गत बालबालिका र युवाको शिक्षा, स्वास्थ्य र मानवअधिकारको…
