Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: सन् २०२० देखि कोरिया रोजगारीका लागि दिनुपर्ने भाषा परीक्षा अनलाइनबाटै हुने भएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुमति प्रणाली (इपिएस) को परीक्षा अनलाइन प्रणालीमार्फत गराउने तयारीमा रहेको इपिएस शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए । यो समाचार आजको नागरिक दैनिकमा छ । अचेल कोरियन भाषा परीक्षा कागजमा लिने चलन छ । ‘अनलाइन भनेर घरमै बसेर दिन मिल्ने भने होइन । हामीले परीक्षा केन्द्र तोकिदिएका हुन्छौं । त्यहाँ छुट्टाछुट्टै कम्प्युटरबाट अनलाइनमै परीक्षा दिनुपर्ने हुन्छ ।’ भण्डारीले भने ।
काठमाडौं: नेपालले एक चीन नीति लिइरहेका बेला अमेरिकी सरकारले भने नेपालका शरणार्थी जीवन बिताइरहेका तिब्बती नागरिकलाई सहयोग गर्ने भएको छ। अमेरिकी सिनेटले सन् २०१९ देखि २०२३ सम्मका लागि नेपाल र भारतमा रहेका तिब्बतीलाई सहयोग गर्ने नीति पास गरेको छ। यो समाचार आजको नागरिक दैनिकमा छ । अमेरिकी सिनेटले २०१८ डिसेम्बर ३१ मा पारित गरेको ‘एसियालाई आश्वस्त पार्ने पहलसम्बन्धी ऐन’ मा इन्डो प्यासिफिक क्षेत्रमा अमेरिकी स्वार्थलाई बढावा दिन प्रत्येक आर्थिक वर्ष एक अर्ब ५० करोड डलर खर्च गर्ने उल्लेख छ। सोही पहलअन्तर्गत इन्डो प्यासिफिक क्षेत्रमा प्रजातन्त्र पवर्द्धन शीर्षकका लागि भन्दै बर्सेनि २१ करोड डलर खर्च गर्ने अमेरिकी योजना छ। सो ऐनअन्तर्गत…
नवलपरासी: पश्चिम नवलपरासीका अधिकांश छोटी भन्सार कार्यालयमा सेवाग्राहीको काम कर्मचारीबाट नभइ अन्य सर्वसाधारणबाटै हुन्छ भन्दा आश्चर्य लाग्न सक्छ, तर यो सत्य हो । वर्षौदेखि छोटी भन्सार कार्यालय यसरी नै सञ्चालन हँुदै आएको पाइएको छ । तोकिएका कर्मचारी छोटी भन्सार कार्यालयमा नियमित रुपमा नजाने हँुदा भन्सार कार्यालयमा खटिएकाबाहेक कार्यालय वरिपरि घर भएका सर्वसाधारणले भन्सार कार्यालयको दैनिक काम काज गर्दै आएको पाइन्छ । यसैअन्तर्गत पश्चिम नवलपरासीको गुठीप्रसौनी छोटी भन्सार कार्यालयको दैनिक कामसमेत एक जना सर्वसाधारण व्यक्तिले नै गर्दै आएका छन् । यो छोटी भन्सार कार्यालयमा वर्षौदखि स्थानीयवासी मन्सुर अलीले छोटी भन्सार कार्यालयमा सेवाग्राहीलाई दिइने सबै सेवा प्रवाह गर्दैै आइरहनुभएको छ । छोटी…
काठमाडौं : नेपाल टेलिकमले एकै पटक २२ वटा अफर सार्वजनिक गरेको छ। विन्टर अफरको रुपमा कम्पनीले ल्याएको नयाँ योजना अन्र्तगत प्रयोगकर्ताले ६ रुपैयाँमा एक घण्टा सम्म कल गर्न पाउने भएका छन्। कम्पनीले आइतबार देखि लागू हुने गरि यो अफर ल्याएको हो। अफर आगामी चैत २८ गतेसम्म लागु हुनेछ। यसमा कम्पनीले पहिले अटम अफर अन्तर्गतका सेवामा सहित केही थप गरि नयाँ सुविधा उपलब्ध गराएर विन्टर अफर ल्याएको हो। १. ह्याप्पी विकेन्ड प्याक जीएसएम÷सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा ह्याप्पी विकेन्ड प्याक प्रयोग गर्न सकिन्छ। ह्याप्पी विकेन्ड प्याक अन्तर्गत शुक्रबार, शनिबार र आइतबार प्रत्येक दिन १ जीबी डाटा प्रयोग गर्न सकिने छ। सो प्याक एक…
काठमाडौं : कोसी, गण्डक र महाकाली नदीमा एकलौटी संरचना बनाएको भारतले नेपाललाई क्षतिपूर्ति दिन अस्वीकार गरेको छ। सम्झौताअनुसार नेपालले पाउनुपर्ने पानी दिन भारतले अनेक प्राविधिक बहाना झिकी पुरानै आलटाललाई निरन्तरता दिएको छ। नेपाल र भारतबीच ६ वर्षपछि जलस्रोतसचिव स्तरीय संयुक्त समिति (जेसीडब्लूआर) बैठक गत शुक्रबार राति नयाँ दिल्लीमा सम्पन्न भयो। बैठकमा जलस्रोतसम्बन्धी नेपालका अधिकांश प्रस्ताव र आग्रह भारतले अस्वीकार गरेको छ। नेपालले पाउनुपर्ने क्षतिपूर्ति र नेपालको हक लाग्ने पानीसम्बन्धी मुद्दामा भारतसित सहमति हुन नसकेपछि वार्ता असफल भएको हो। भारतीय पक्षले पुराना अडान दोहोर्याएको र नयाँ सहमति तथा निर्णय गर्न नमानेकाले बैठक उपलब्धिमूलक हुन सकेन। २५ अप्रिल १९५४ मा भएको कोसी…
धनुषा: प्रदेश नं २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गरेको आरोप लागेको छ । मन्त्री यादवको नजीकको संस्था कार्यक्रमका लागि छनोटमा नपरेको हुँदा उनले आफूलाई कुटपिट गरेको आरोप सचिव झाले लगाए। सचिव झाले भने, “उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत सञ्चालन हुन लागेको गरीबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेडपा)का लागि गैरसरकारी संस्थालाई छनोट गर्नुपर्ने प्रारम्भिक सूचीमा मन्त्री यादव नजिकको संस्था नपरेकाले उहाँले आफ्नो कार्यकक्षमा बोलाएर मेरो गालामा झापड हने।” सचिव झाले आफूले लगेको फाइल र डायरीसमेत मन्त्री यादबले खोसेको आरोप लगाए । सङ्घीय सरकारले ससर्त अनुदानअन्तर्गत गरीबी…
काठमाडौँ: नेपाल विद्यार्थी सङ्घ केन्द्रीय समितिका पदाधिकारीले धमाधम राजीनामा दिन थालेका छन् । सङ्घको समयमै महाधिवेशन नभएको भन्दै सहमहामन्त्रीद्वय ललिता सुनार र हरिहर शर्माले राजीनामा दिएका छन् । यस्तै केन्द्रीय सदस्य कल्पना खड्का, सुनिता अधिकारी, भोला नेपाल, पम्फा गान्धारी, शारदा लामा, लिखितेन्द्र श्रेष्ठ, दीपेशराज भण्डारीलगायत ४५ जनाले राजीनामा दिएका छन् । उनीहरुले नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समक्ष सामूहिक रुपमा राजीनामा पत्र बुझाएका हुन् । सङ्घका अध्यक्ष नैनसिंह महरले महाधिवेशन नगरी आफ्नो पदावधि मात्र लम्ब्याएको, क्याम्पसमा सङ्गठन निर्माण गर्न नसकेकोलगायत आरोप उनीहरुले लगाएका छन् । “जतिपटक म्याद थप गरे पनि महाधिवेशन गराउन नसक्ने ठान्दै सामूहिक राजीनामा दिएका हौँ,” सहमहामन्त्री…
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले विकास निर्माणका माध्यमबाट १० वर्षमा आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य लिइएको बताएका छन् । नेपाल देशभक्त गणतान्त्रिक मञ्चले आज यहाँ आयोजना गरेको सम्मान एवं बाबा बस्नेतद्वारा लिखित खण्डकाव्य ‘सेतो फरिया’ विमोचन समारोहमा उनले परिणाममुखी परिवर्तनको बाटोमा अघि बढाउन नसके देश फेरि अराजकताको भुमरीमा फस्ने बताए। “साहित्यिक र सांस्कृतिक दृष्टिले भावनात्मक रुपमा राजनीतिक रुपान्तरण नगरेसम्म परिवर्तन स्थायी हुन सक्दैन, देश इतिहासकै राम्रो अवसरमा पुगेकाले विकास र समृद्धि नै सबैको लक्ष्य हुनुपर्छ,” उनले भने । आफू समृद्धिको यात्रामा समर्पित भएर देशप्रतिको ऋण चुक्ता गर्ने अध्यक्ष दाहालले बताए । साइनबोर्ड कसले के राख्यो भन्दा…
विराटनगर: हुण्डी कारोवारमा संलग्न रहेको आरोपमा प्रहरीले आज तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष विराटनगर–७ का ३२ वर्षीय राजेश हेडा, विराटनगर–११ का २५ वर्र्षीय सुमित साह र विराटनगर–१२ का ४१ वर्षीय दीपककुमार कर्ण रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले रु ६९ लाख ५७ हजार ६०० समेत बरामद गरेको छ । विराटनगर–७ स्थित आस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्थाबाट हुण्डीको कारोवारमा भइरहेको प्राप्त सूचनाका आधारमा प्रहरीले लामो समयको अनुसन्धानपछि उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले बताए । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका इटहरीस्थित…
धनगढी: नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल वायुसेवा निगमको वाइड बडी विमान खरीद अनियमितता प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् । आज धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री देउवाले वाइड बडी विमान खरीद प्रकरणमा आफ्नो नाम जोडेर भ्रम सिर्जना गर्न खोजिएको बताए । उनले विमान खरीद प्रक्रियाका सबै महत्वपूर्ण निर्णय तत्कालीन केपी शर्मा ओली सरकारकै पालामा भएको दाबी गरे । “मेरो पालामा वाइड बडी विमान खरिदबारे कुनै काम नै भएको छैन, मेरो कसरी संलग्नता भयो,” उनले भने । सभापति देउवाले नेपाली काङ्ग्रेस महासमितिको बैठकपछि पार्टी एक ढिक्का भएको दाबी गरे । फरक प्रसङ्गमा देउवाले नेविसङ्घको विवाद चाँडै समाधान…
