Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    भारतबाट पक्राउ परेका पूर्वमुख्यसचिवमाथि अनुसन्धान अघि बढ्यो, ४ दिन हिरासतमा

    November 27, 2026

    भारत भ्रमणको ब्रिफिङ दिन प्रधानमन्त्री शाह शीतलनिवासमा

    November 27, 2026

    ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित

    November 27, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • भारतबाट पक्राउ परेका पूर्वमुख्यसचिवमाथि अनुसन्धान अघि बढ्यो, ४ दिन हिरासतमा
    • भारत भ्रमणको ब्रिफिङ दिन प्रधानमन्त्री शाह शीतलनिवासमा
    • ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित
    • बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत
    • मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम
    • दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै
    • ऊर्जा मिश्रण अवधाणामार्फत पीपीए खुलाउने तयारी
    • होल्डिङ सेन्टर खाली गर्न सरकारको आदेश, सुकुमवासीको जवाफ ‘यहाँबाट जाँदैनौँ’
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Monday, November 30
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » मन्त्रीले सचिवलाई कुटपिट गरेपछि प्रदेश २ मा हङ्गामा, सचिवले खोलिदिए रहस्य

    मन्त्रीले सचिवलाई कुटपिट गरेपछि प्रदेश २ मा हङ्गामा, सचिवले खोलिदिए रहस्य

    पहिलोक्लिकपहिलोक्लिकJanuary 13, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    धनुषा: प्रदेश नं २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गरेको आरोप लागेको छ ।

    मन्त्री यादवको नजीकको संस्था कार्यक्रमका लागि छनोटमा नपरेको हुँदा उनले आफूलाई कुटपिट गरेको आरोप सचिव झाले लगाए। सचिव झाले भने, “उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत सञ्चालन हुन लागेको गरीबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेडपा)का लागि गैरसरकारी संस्थालाई छनोट गर्नुपर्ने प्रारम्भिक सूचीमा मन्त्री यादव नजिकको संस्था नपरेकाले उहाँले आफ्नो कार्यकक्षमा बोलाएर मेरो गालामा झापड हने।” सचिव झाले आफूले लगेको फाइल र डायरीसमेत मन्त्री यादबले खोसेको आरोप लगाए ।

    सङ्घीय सरकारले ससर्त अनुदानअन्तर्गत गरीबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम सञ्चालनका लागि १९३ गैरसरकारी संस्थाले मन्त्रालयमा आशय पत्र दिएका थिए । त्यसमा ४० संस्था छनोट भएको थियो । मन्त्री यादवले आफ्नो नजिकको संस्थालाई छनोट गरिदिनका लागि दबाब दिँदा आफूले नमानेको र ती संस्था छनोट सूचीमा नपरेका कारण उहाँले मलाई कुटपिट गरेको सचिव झाको भनाइ छ ।

    सचिव झालाई मन्त्रीले कुटपिट गरेको भन्दै कर्मचारीले मन्त्री बस्ने मुख्य ढोकामा नै धर्ना दिएका थिए । कर्मचारीको धर्नाबाट मन्त्री कोठामै थुनिएपछि सचिव झालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    मन्त्री यादवले भने आफूले नकुटेको जिकिर गर्नुभएको छ । उनले सचिव झा प्रदेशका सभामुख र अर्का एक जना मन्त्रीको अगाडि ‘आफू जनकपुरको लोकल हुँ’ भन्दै आफ्नो पदीय मर्यादा बिर्सिएर चर्को आवाजमा बोल्दै कोठाबाट निस्किएको बताए ।

    मन्त्री यादवले सचिवलाई आफूले कुटेको प्रमाण भए आफू कारवाही भोग्न तयार रहेको बताए। घटनापछि सचिव झालाई जिल्ला प्रहरी कार्यालय धनुषामा एक घण्टा राखेर प्रहरीले बयान लिएको थियो । त्यसपछि उनलाई प्राथमिक उपचारका लागि जनकपुर अञ्चल अस्पताल पु¥याइएको थियो । घटनापछि सचिव झाले सञ्चारकर्मीसँग कुरा गर्दै आफू मन्त्रीविरुद्ध अब कानूनी कारवाहीतर्फ जाने चेतावनी दिए।

    कर्णाली प्रदेशका उद्योग, पर्यटन तथा वातावरणमन्त्री नन्द बुढाले पनि आफूलाई नटेरेको भन्दै सचिव झालाई गत जेठमा केन्द्रको वन तथा वातावरण मन्त्रालयमा फिर्ता गरिदिएका थिए । केही समय वन अनुसन्धान तथा तालीम केन्द्रमा उपमहानिर्देशक रहेका झालाई गत असोजमा प्रदेश नं २ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सचिवमा सरुवा गरिएको थियो ।

    यसैबीच यस घटनाको सत्यतथ्य छानबिन गर्न प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा तीन सदस्यीय टोली गठन गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । छानबिन समितिमा प्रदेश २ का मुख्य सचिव दीपक सुवेदी र कार्यालयका सचिव हरि फुयाँल रहेका छन्।

    Facebook Comments Box

    विजयकुमार यादव विद्यानाथ झा
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    भारतबाट पक्राउ परेका पूर्वमुख्यसचिवमाथि अनुसन्धान अघि बढ्यो, ४ दिन हिरासतमा

    November 27, 2026

    भारत भ्रमणको ब्रिफिङ दिन प्रधानमन्त्री शाह शीतलनिवासमा

    November 27, 2026

    ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित

    November 27, 2026

    बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत

    November 27, 2026

    मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम

    November 26, 2026

    दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै

    November 26, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.