Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: दुई अर्ब अमेरिकी डलरभन्दा बढीको निर्यात व्यापार गर्ने क्षमता भएको नेपालले मुस्किलले आधा अर्ब अमेरिकी डलरको वार्षिक व्यापार गर्दै आएको एक प्रतिवेदनले देखाएको छ । विश्व बैंकले आज राजधानीमा सार्वजनिक गरेको ‘आधा भरिएको ग्लास’ शीर्षकको प्रतिवेदनका सम्पादक सञ्जय कथुरियाले नेपालमा व्यापार–लगानीका अथाह सम्भावना भए पनि यहाँ व्यापार र लगानी अत्यन्त कम भएको बताए । अर्थमन्त्री युवराज खतिवडाले प्रतिवेदन सार्वजनिक गर्दै तुलनात्मक लाभका क्षेत्रमा लगानी बढाएर आर्थिक समृद्धिको मार्गमा नेपालउन्मुख हुनसक्ने बताए। उनले भने, “पर्यटनलगायत तुलनात्मक लाभका क्षेत्रमा लगानी गरेर बन्दव्यापार विस्तार हुनका साथै रोजगारीका अवसर पनि सृजना हुन्छन् ।” अहिलेको प्रतिस्पर्धात्मक बजारमा परम्परागत उत्पादनले नधान्ने यथार्थ औँल्याउँदै मन्त्री डा…

Read More

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा सवैधानिक व्यवस्थानुरुप प्रधामन्त्री ओलीले उक्त प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति भण्डारीले परम्परागत सुरक्षाका साथै नवीनतम सुरक्षा चुनौतीलाई सामना गर्दै मुलुकको समग्र सुरक्षा व्यवस्था प्रभावकारी बनाउनका लागि नीति निर्माणलगायत सबै व्यवस्थापनका काम गर्न परिषद्का पदाधिकारीलाई सुझाव दिनुभयो । नेपालको संविधानको धारा २६६ मा नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेनाको परिचालन वा नियन्त्रण गर्नका लागि मन्त्रिपरिषद्लाई सिफारिस गर्न प्रधानमन्त्रीको…

Read More

काठमाडौँ: नेपाल धितोपत्र बोर्डले यूनिभर्सल हाइड्रो पावर कम्पनीलाई साधारण शेयर बिक्रीका लागि स्वीकृति दिएको छ । बोर्डले कम्पनीलाई ९६ करोड लाख ६१ लाख रुपैयाँ बराबरको ९६ लाख ६१ हजार कित्ता शेयर विक्रीको अनुमति दिइएको हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावितलाई २१ लाख ३५० कित्ता साधारण शेयर बिक्री गर्नेछ । आयोजना प्रभावित दोलखा जिल्लाका गौरीशङ्कर गाउँपालिका वडा नं ५, ६ र ८, कालिञ्चोक गाउँपालिका वडा नं ३ र बिगु गाउँपालिका वडा नं ४ का बासिन्दालाई साधारण शेयर बिक्री गर्नेछ । यस्तै सर्वसाधारणलाई ७५ लाख ६१ हजार २६० कित्ता शेयर बिक्रीको तयारी गरेको छ । कम्पनीको शेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल…

Read More

काठमाडौँ : बैंक अफ काठमाडौँले आफ्ना शेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट बैंकले १४ प्रतिशत शेयर लाभांश र ११ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । बैंक सञ्चालक समितिको विहीबार उक्त निर्णय गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा बैंकको साधारणसभाबाट पारित भएपछि मात्रै शेयरधनीलाई वितरण गरिनेछ । बैंकले आव २०७४÷७५ मा एक अर्ब ५४ करोड ८६ लाख ६८ हजार रुपैयाँ वितरणयोग्य मुनाफा गरेको थियो । बैंकको हाल चुक्ता पूँजी सात अर्ब सात करोड ९६ हजार रुपैयाँ रहेको छ । लाभांश वितरण पछि बैंकको चुक्ता…

Read More

काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाएको महासमिति बैठक आजदेखि शुरु भएको छ । महासमिति बैठकका लागि अधिकांश प्रतिनिधि काठमाडौँ आइसकेका पार्टी कार्यालयले जनाएको छ । महासमिति सदस्यलाई केन्द्रीय कार्यालयमा आज अपरान्ह २ देखि ५ बजेसम्म नाम दर्ता एवं स्वागत गरिने काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । महासमिति बैठक यही मङ्सिर २८ देखि पुस ३ गतेसम्म चल्ने छ । प्रवक्ता शर्माका अनुसार महासमिति बैठकमा २४० निर्वाचन क्षेत्रबाट निर्वाचित महासमिति सदस्य, केन्द्रीय सदस्य तथा भ्रातृ र शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि, मनोनित, निवर्तमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक गरी झण्डै एक हजार ६०० प्रतिनिधि सहभागी…

Read More

लमही: दाङमा आगलागीमा परी एकै घरका तीन जनाको मृत्यु भएको छ । फुसले छाएको घरमा आगलागी हुँदा बङ्गलाचुली गाउँपालिका–८ गुराँसे निवासी नवराज पुनका दुई छोरी र एक छोराको मृत्यु भएको हो । बिहीबार राति ८ बजेतिर सोलारको ब्याट्री पड्किएर घरमा आगलागी हुँदा पुनका सात वर्षीय छोरा कृष्णकुमार, पाँच वर्षीया छोरी अस्मिता र दुई वर्षीया छोरी अञ्जुको मृत्यु भएको दाङ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । पुनको एक वर्षीय छोरा बिरामी भएका कारण तीन छोराछोरीलाई घरमा सुताएर नवराज र उनकी श्रीमती झारफुक गराउन गाउँ गएका बेला ब्याट्री पड्किएर आगलागी भएको प्रहरीको अनुमान छ । हाँसीपुर प्रहरीचौकी…

Read More

बैतडी: मौसममा आएको परिवर्तनका कारण विहीबार बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ । हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । बैतडीको दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सतबाँझ लगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएको बैतडी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बैतडीको खोडपे बझाङ जयपृथ्वी राजमार्ग क्षेत्रमा पनि हिमपात भएको छ । यस्तै बझाङको साइपाल गाउँपालिका, सुर्मा गाउँपालिका, छबीसपाथीभेरा गाउँपालिका र बुङ्गल नगरपालिकाको माथिल्लो भेगमा हिमपात पनि भएको छ । दार्चुलाको अपी, राप्ला, घुसा, खण्डेश्वरी, छिङरु, व्यास, तिङकरलगायतका ठाउँमा समेत हिमपात भएको स्थानीय प्रेम चुनाराले जानकारी दिए। उनले भने, “दार्चुलाका उत्तरी क्षेत्रमा सबै स्थानमा हिमपात भएको छ ।” डडेल्धुराको…

Read More

काठमाडौँ: नेपाल इञ्जिनियर्स एशोसिएशनको ३२औँ कार्यकारिणी समिति र प्रादेशिक संरचनाका सातैवटा प्रदेश कार्यकारिणी समितिका लागि निर्वाचन शुरु भएको छ ।केन्द्रीय कार्यकारिणी समितिका १८ र प्रत्येक प्रदेश कार्यकारिणी समितिका १६÷१६ पदका लागि चुनाव हुनलागेको हो । एशोसिएशनको कार्यकारिणी समितिको पदावधि दुई वर्षको हुने प्रावधान छ । निर्वाचनमा मुख्य प्रतिस्पर्धा लोकतान्त्रिक समूह र प्रगतिशील समूहका उम्मेदवारबीच हुँदैछ । लोकतान्त्रिक समूहबाट केन्द्रीय कार्यकारिणी समितिमा इञ्जिनीयर प्रा हीरेन्द्रमान शाक्य अध्यक्ष पदका उम्मेदवार छन् । सो समूहबाट उपाध्यक्षमा इ डा चन्द्रिकाप्रसाद भट्ट, महासचिवमा इ अभिमन्युलाल सिंह, उपमहासचिवमा इ अशोककुमार शाह, कोषाध्यक्षमा इ अपिल केसी र सहकोषाध्यक्षमा इ जानुका थापा चुनावी मैदानमा छन् । प्रगतिशील समूहबाट…

Read More

काठमाडौं: पछिल्लो केहिदिनदेखि अमेरिकी डलरसामू नेपाली रुपैयाँ पुन:कमजोर हुने क्रम जारी रहेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि १ डलर बराबर ११५ रुपैयाँ बिक्री मूल्य तोकेको छ । भारतीय रुपैयाँ कमजोर भएका कारण यसको असर नेपालमा परेको हो । पछिल्लो १० दिनमा प्रति अमेरिकी डलर बराबर ३ रुपैयाँ ३५ पैसाले रुपैयाँ अबमूल्यन भएको छ । मङ्सिर १७ गते १ डलर बराबर १११ रुपैयाँ ६५ पैसामा झरेको थियो । असोज २६ गते नेपाली रुपैयाँ हालसम्मकै कमजोर भएको थियो । १ अमेरिकन डलर बराबर ११९ रुपैयाँ ३३ पैसा पुगेको थियो । डलरसँग भारतीय रुपैयाँ (भारु) कमजोर भएपछि नेपाली मुद्राको अवमूल्यन हुदै…

Read More

काठमाडौँ : नेपालको पर्यटन इतिहासकै सबैभन्दा बढी १० लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१८ को ११ महीनामै १० लाख एक हजार ९३० विदेशी पर्यटक नेपाल आएका छन् । यो जनवरीदेखि नोभेम्बरसम्मको जहाजबाट आएका पर्यटक आवागमन हो जुन अघिल्लो वर्षको ११ महीनाको तुलनामा १७ प्रतिशतले बढेको देखिएको छ । छिमेकी मुलुक सबैभन्दा बढी भारतबाट दुई लाख ६० हजार १२४ पर्यटक आएका छन् भने चीनबाट एक लाख ३४ हजार ३६२ पर्यटकले नेपाल भ्रमण गरेका छन् । विवरणअनुसार नेपालमा सबैभन्दा बढी पर्यटक आउने मुलुक भारत र चीनपछि अमेरिका तेस्रो स्थानमा परेको छ । यो अवधिमा…

Read More