Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोवारका लागि काठमाडौँ उपत्यकाबाहिर धितोपत्र दलाल व्यवसायीको सङ्ख्या थप गर्ने भएको छ । सङ्घीय संरचनाअनुसार विभिन्न प्रदेशमा आर्थिक रुपमा सक्रिय जिल्ला तथा स्थानमा धितोपत्र दलाल व्यवसायीको अनुमतिपत्र प्रदान गर्ने आवश्यक प्रक्रिया मिलाउन नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ । बोर्डले धितोपत्र व्यवसायी नियमावली, २०६४ अनुसार धितोपत्र बजारको सिफारिशसहित बोर्डमा निवेदन दिने व्यवस्था रहेकाले बोर्डले उक्त कार्यअगाडि बढाउन नेप्सेलाई निर्देशन दिएको आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । धितोपत्रको बजार ७७ जिल्लामा विस्तार भइसकेको अवस्थामा नयाँ धितोपत्र व्यवसायीको विस्तारले स्थानीय स्तरमा रोजगारीको वृद्धि हुने तथा धितोपत्रको दोस्रो बजार कारोवार सुविधासमेत देशव्यापी रुपमा विस्तार भई समग्र पूँजी…

Read More

काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम तत्काल प्रभावकारी रुपमा अगाडि बढाउन निर्देशन दिएका छन् । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको निर्माण प्रक्रियामा केही अवरोध आएपछि मन्त्री पुनले आज त्यस्तो निर्देशन दिएका हुन् । मन्त्री पुनले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठ, परामर्शदाता कम्पनीका प्रतिनिधि, भारतीय ठेकेदार टेक्सम्याको रेलवे इञ्जिनियरिङलाई राखेर आयोजनामा देखिएको समस्यालाई तत्काल समााधन गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । आजको छलफलमा मन्त्री पुनले कामको गति बढाउन निर्देशन दिनाका साथै निर्माण कम्पनीलाई सात दिनभित्र काम अघि बढाउने स्पष्ट खाकासहित प्रस्तुत…

Read More

काठमाडौँ: प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले जति सक्दो चाँडो सङ्घीय संसद्को हिउँदे अधिवेशन बोलाउन माग गरेको छ । काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले कानून निर्माणलगायत मुलुकका जल्दाबल्दा र जनसरोकारसँग सम्बन्धित विषयमा छलफल र बहस आवश्यक रहेकाले यथाशक्य छिटो संसद्को अधिवेशन बोलाउन आवश्यक रहेको बताए । नेता खाँणले भने, “संसद्को अधिवेशन बोलाउने सन्दर्भमा सरकारले प्रमुख प्रतिपक्षसँग हालसम्म कुनै परामर्श गरेको छैन, संसद्को बैठक नचलेको लामो अवधि भइसक्यो, पुराना ३०० भन्दा बढी कानून संविधानसम्मत तुल्याउनुपर्ने, प्रदेश र स्थानीय तहसँग प्रत्यक्ष सरोकार राख्ने अरु थुप्रै कानून बनाउनुपर्नेछ, त्यसैले जतिसक्यो चाँडो बैठक बोलाउनुपर्छ ।” सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका…

Read More

काठमाडौँ: सरकारले हरेक स्थानीय तहमा वाणिज्य बैंकको शाखा खोल्नैपर्ने अनिवार्य व्यवस्था गरेको भए पनि ७६ स्थानीय तहमा अझै बैंक पुग्न सकेका छैनन् । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो एक विवरणअनुसार कूल ७५३ स्थानीय तह मध्ये ६७७ स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा पुगेका छन् । बैंकका अनुसार प्रदेश नं १ का कूल १३७ स्थानीय तहमध्ये ११९, प्रदेश नं २ का १३६ स्थानीय तहमध्ये १३१ तहमा बैंकका शाखा खुलेका छन् । प्रदेश नं १ का १८ स्थानीय तहमा अझै बैंकका शाखा पुगेका छैनन् । प्रदेश नं २ का चार वटा मात्रै स्थानीय तहमा बैंकका शाखा पुग्न नसकेको राष्ट्र बैंकको विवरणमा…

Read More

काठमाडौँ: साताको दोस्रो कारोवारको दिन शेयर बजारमा सामान्य सुधार आएको छ । आज सोमाबर नेप्से परिसूचक शुन्य दशमलब ९ अंकले बढेर एक हजार १३१ दशमलब ७३ अंकमा पुगेको छ । आइतबार नेप्से परिसूचक १७ दशमलब ७३ अंकले घटेको थियो । नेप्से परिसूचक सामान्य सुधार आएसंगै कारोवार रकममा पनि उल्लेख्य सुधार आएको छ । आजको कारोवारमा सबै भन्दा बढी निर्जिबन बीमा समूहको परिसूचक ९२ दशमलब ०१ अंक, जीवन बीमा १३ दशमलब ५७ अंक र विकास बैंक समूहको परिसूचक ४ दशमलब ७ अंकले बढेको छ । यधपी, बाणिज्य बैंक शुन्य दशमलब २७ अंक, होटल २ दशमलब ०४ अंक र जलबिधुत ८ दशमलब…

Read More

काठमाडौँ: बैंक तथा वित्तीय संस्थाले नगद लाभांश मात्रै दिइरहेको समयमा कुमारी बैंकले शेयर लाभांश दिने भएको छ । बैंकले नेपाल स्टक एक्सचेञ्जलाई उपलब्ध गराएको विवरणअनुसार आर्थिक वर्ष २०७३/७४ को नाफाबाट १२ दशमलव ७५ प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७४/७५ मा गरेको नाफाबाट वितरण गर्ने लाभांश भने घोषणा गरेको छैन । बैंकको चुक्ता पूँजी रु सात अर्ब १६ करोड ३० लाख ५५ हजार ४७३ रहेको छ । बैंकले प्रस्ताव गरेको १२ दशमलव ७५ प्रतिशत शेयर लाभांशबाट रु ९१ करोड २२ लाख ८९ हजार ५७३ पूँजी थप हुनेछ । लाभांश शेयर वितरणपछि बैंकको चुक्ता पूँजी रु…

Read More

तौलिहवा: बङ्गुर चोरी गर्ने दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुद्धभूमि नगरपालिका–७ का प्रेमबहादुर ढाडी र रामवली कुर्मी रहेका छन् । ढाडी र कुर्मीले महाराजगञ्ज नगरपालिका–४ बरईपुरका नरदाहे पासीले पालेको ११ बङ्गुर चोरी गरेका हुन् । दुवै जनालाई ११ बङ्गुरसहित तौलिहवाबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय महाराजगञ्जका प्रहरी नायब निरीक्षक अशोककुमार श्रीवास्तवले बताए । चोरीमा संलग्न एक जना अझै फरार छन् ।

Read More

काठमाडौँ: नेपाल राष्ट्र बैंकले ३ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रिय बैंकले ९१ दिने अवधिको ३ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल खरिदका लागि आज मङ्सिर १० गते सोमबार अपरान्ह २ बजेसम्म आवेदन दिइसक्नु पर्ने राष्ट्र बैंकले जनाएको छ । डिसकाउन्ट दर १५ प्रतिशत रहेको उक्त ट्रेजरी बिलको आम्दानीमा कर लाग्ने छ । ९१ दिने अवधिको ट्रेजरी बिल फागुन २१ गते परिपक्व हुनेछ ।

Read More

बागलुङ: कोदो बाली जोगाउन ढोरपाटन नगरपालिकाले नयाँ प्रयास थालेको छ । ‘किसान प्रोत्साहन कार्यक्रम’ मार्फत कोदो उत्पादक किसानलाई पुरस्कृत गर्न लागिएको हो । यसबाट किसान खेतीतर्फ प्रेरित हुने विश्वास गरिएको छ । सोको लागि नगरसभाले चालू आवमा रु १५ लाख बजेट छुट्टाएको छ । आउँदो माघभित्र किसानलाई पुरस्कार रकम बाँडिने नगरप्रमुख देवकुमार नेपालीले बताए । उनका अनुसार १०० किसानले पुरस्कार पाउनेछन् । नगरपालिकाले कृषि शाखामार्फत कोदो खेतीको अध्ययन अघि बढाएको छ । “वैज्ञानिक हिसाबले रकम बाँड्छौँ” नगरप्रमुख नेपालीले भन्नुभयो, “बढी उत्पादन गर्ने किसानले पुरस्कार पाउँछन् ।” खेती गरेको जग्गा, उत्पादनको मात्रा अनुसार रकम घटीबढी हुनेछ । कार्यपालिका बसेर पुरस्कार वितरणको…

Read More

काठमाडौँ: काठमाडौँ उपत्यकामा सवारी दुर्घटनामा परी एक ट्राफिक प्रहरीको मृत्यु भएको छ । गएराति १० बजे ललितपुरको एकान्तकुनामा बा ९४ प ६१९७ नम्बरको स्कुटर दुर्घटना हुँदा महानगरीय ट्राफिक प्रहरी वृत्त कालीमाटीमा कार्यरत प्रहरी जवान सुमनप्रसाद कँडेलको मृत्यु भएको हो । कँडेल आफैले स्कुटर चलाउँदा दुर्घटना हुन गएको थियो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले दुर्घटनामा घाइते कँडेललाई बा १६ च ६८०२ नम्बरको कारका चालकले अल्का अस्पताल पु¥याएको र उपचारका क्रममा उनको मृत्यु भएको जानकारी दिए । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

Read More