Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- यस्ता छन् आगामी बजेटको प्राथमिकता (पूर्ण पाठ)
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: एक वर्षअघि सर्वोच्च अदालतको पूर्ण इजलासले गरेको एउटा आदेश अहिले उच्च पदस्थ सरकारी अधिकारीका लागि टाउको दुखाइ भएको छ । ‘नागरिकको निजी सम्पत्ति निजको स्वेच्छाले बाहेक सरकारले प्राप्त गर्दा जग्गा ऐनले तोकको प्रक्रिया पूरा गरी मुआब्जा वा क्षतिपूर्ति प्रदान गर्नू’, आदेश यत्ति हो । यो समाचार आजको नागरिक दैनिकमा छ । सर्वोच्च अदालतका तीन न्यायाधीहरु कदारप्रसाद चालिसे, हरिकृष्ण कार्की र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले २ असोज २०७४ मा गरेको सो आदेशको २०७५ भदौमा तयार भएको पूर्ण पाठले केन्द्रीय सचिवाल सिंहदरबारमा हलचल ल्याएको हो ।
काठमाडौं: गृहमन्त्रालयले नयाँ मदिरा उद्योग दर्ता कार्य हाललाई स्थगन गरेको छ। मदिरा नियन्त्रण तथा नियमन गर्न बनेको कार्यकारी आदेशले मदिराको नयाँ उद्योग दर्तामा रोक लगाएको हो। गृह मन्त्रालयले आदेश पास गराउन केही दिनअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पठाएको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ । ‘मदिरा उत्पादन र बिक्रीवितरणको नियमन तथा हानिकारक सेवन नियन्त्रणसम्बन्धी कार्यकारी आदेश, २०७५’ नाम दिइएको सो आदेशअनुसार ५० प्रतिशत पूर्वाधार तयार गरिसकेका मदिरा उद्योगले पनि अनुभति पाउने छैनन्। ‘नयाँ मदिरा उद्योगको अनुमति तथा दर्ता गर्ने कार्य हाललाई स्थगित गरिनेछ, इजाजतप्राप्त गरी ६० प्रतिशतभन्दा बढी लगानी र तयारी पूरा गरेका बाहेकका सञ्चालनमा आउन बाँकी मदिरा…
काठमाडौं : वाइडबडी प्रकरणबारे संसद्को सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमसँग लिखित जवाफका लागि ३८ प्रश्न तयार गरेको छ। समितिले निगमलाई बुधबार प्रश्न पठाउने भएको हो। वाइडबडीको खरिद प्रक्रिया र अनियमितता सम्बन्धमा सांसदले उठाएका प्रश्न समेटेर निगमसँग जवाफ मागिएको समिति सभापति भरत शाहले जानकारी दिए। ‘हामीले प्रश्न तयार गरिसकेका छौं, यसमा छाँटकाँट हुनसक्छ’, शाहले भने, ‘भोलि (बुधबार) समिति बैठक बसेपछि निगमलाई लिखित प्रश्न पठाउँछौं।’ उनले निगमलाई जवाफका लागि बढीमा तीन दिनको समय दिइने जनाए। निगमले ल्याएका दुई वटा वाइडबडी विमानबारे समितिले अध्ययन गरिरहेको छ। पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव, निगमका पदाधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूसँग छलफल गरिसकेको…
काठमाडौं : जलविद्युत् तथा पूर्वाधार आयोजनामा विस्फोटक पदार्थ नभई हुँदैन। तर यसको आपूर्तिमा एउटै मात्र कम्पनीको एकाधिकार छ। एकीकृत व्यापार कम्पनीले नेपालमा विस्फोटक पदार्थ आपूर्ति गरिरहेको छ। यो सिन्डिकेटका कारण दुई सय रुपैयाँ प्रतिकिलो पर्ने विस्फोटकलाई एक हजार रुपैयाँ तिर्न व्यवसायी बाध्य भएका छन्। निर्माणसम्पन्न तथा निर्माणाधीन अधिकांश जलविद्युत् आयोजनामा उक्त कम्पनीले मात्रै विस्फोटक पदार्थ आपूर्ति गर्दै आएको छ। एउटा आयोजनाका लागि झिकाइएको विस्फोटक पदार्थ अर्काे आयोजनामा प्रयोग गर्न पाइँदैन। तर उक्त कम्पनीले ‘साह्रोगाह्रो परेको बेला’ भन्दै सापटीसमेत दिँदै आएको छ। यो कृत्यले विस्फोटक पदार्थजस्तो संवेदनशील विषयमा समेत सिन्डिकेट रहेको देखाएको छ। पहिले नेपाली सेनाले विस्फोटक पदार्थ उत्पादन गथ्र्यो। त्यो…
काठमाडौँ: राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र र सुरुङ निर्माणमा भइरहेको कामको स्थलगत अवलोकन गरेको छ । समितिका सभापति दिलकुमारी रावलको नेतृत्वमा भएको अवलोकनमा नेकपा संसदीय दलका नेता दीनानाथ शर्मा, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलगायत समितिका सदस्यको सहभागिता थियो । अवलोकनसँगै सुन्दरीजलमै समितिले मेलम्ची खानेपानी विकास समितिसँग अन्तरक्रियासमेत गरेको छ । सो अवसरमा सभापति रावलले आयोजनाको काम निष्कर्षमा नपुगेसम्म निरन्तर रुपमा समितिले पछ्याइरहने बताए । मेलम्चीको पानी राजधानी आउने मिति पटकपटक सरेकाले समितिले सरोकार भएका सबै निकायलाई एकै ठाउँमा राखेर बैठक गर्ने उनले जानकारी दिए । नेकपा संसदीय…
हेटौँडा: प्रदेशसभाको आगामी बैठकले प्रदेश नं ३ को स्थायी राजधानीबारे टुङ्गो लगाउने भएको छ । सभामुख सानुकुमार श्रेष्ठको आह्वानमा आज अपराह्न बसेको सर्वदलीय बैठकले संसदीय प्रक्रियाबाटै राजधानीबारे टुङ्गोमा पुग्ने निर्णय गरेको हो । उपसभामुख राधिका तामाङले सहमतिमै राजधानीको विषय टुङ्ग्याउन प्रयास गरिने बताउनुभयो । “सहमतिबाटै टुङ्ग्याउँदा पनि संसदीय प्रक्रियामा जानैप¥यो”, उहाँले भन्नुभयो, “यदि सहमति हुन नसके मतदानबाटै टुङ्गो लगाउनुपर्छ, प्रदेशसभाको आगामी बैठकमा राजधानीको विषयले प्रवेश पाउँछ ।” यद्यपि बैठकको मिति भने टुङ्गो लागेको छैन् । मङ्सिर २७ गतेअघि सम्भव नभए पुस ७ गतेपछि बैठक बोलाउने तयारी छ । उपसभामुख तामाङका अनुसार यस अवधिमा काङ्गे्रस महासमिति बैठक र नेवारी समुदायको चाड…
काठमाडौं: काठमाडौंको न्युरोडस्थित धर्मपथमा अवस्थित एयरटेल सहकारी संस्थाका बचतकर्ताको ८ करोड रुपैयाँभन्दा बढी रकम अनियमितता गरेको आरोपमा प्रहरीले त्यसका प्रबन्ध निर्देशक अशोक गोयललाई सोमबार साँझ पक्राउ गरेको छ। गोयल धनुषाका स्थायी वासिन्दा भएपनि काठमाडौं बस्दै आएका छन् । उनलाई न्यूरोडबाट पक्राउ गरी ठगी मुद्दामा ५ दिनलाई म्याद लिएर छानबिन भइरहेको, प्रहरी परिसरका प्रवता होबिन्द्र बोगटीले बताए। संस्थाकी अध्यक्ष एवं प्रबन्ध निर्देशक गायलकी श्रीमती सुमन केडियासहित घटनामा संलग्न ५ जना अझै फरार छन् । बोगटीका अनुसार पीडितहरुले प्रहरीमा किटानी जाहेरी दिएपछि अनुसन्धान थालिएको बताए। ‘पीडितले सहकारीमा हिनामिना भयो भनेर उजुरी दिएका छन्’, बोगटीले भने, ‘सहकारी डिभिजन कार्यालयमा पनि उनीहरुले कारबाहीका लागि…
काठमाडौं: सरकारले पेट्रोल, डिजेल र मटितेलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर २/२ रुपैयाँ घटाएको निगम सञ्चालक समितिका सदस्य अरिबन्द अग्रवालले जानकारी दिए । भारतीय आयल निगमले आइतबार शनिबार पठाएको नयाँ मुल्य सूचीअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको हो । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँमा किन्न पाइनेछ । यस्तै डिजेल र मटितेलको मूल्य प्रतिलिटर ९९ रुपैयाँमा झरेको छ । निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य यथावत राखेको छ । यो समायोजन पश्चात् पनि भारतको रक्सौल भन्दा नेपालको वीरगंजतर्फको सीमा मूल्यमा पेट्रोलमा १२.३२ रुपैयाँ प्रतिलिटरले र डिजेलमा…
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ । नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गरका हुन् । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्यको नामावलीलाई अन्तिम रुप दिएको थियो । नेकपाले यसअघि नै प्रदेश कमिटीका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव टुङ्गो लगाइसकेको छ । पार्टी एकता भएको करीब छ महीनापछि तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र)को भागबण्डाका आधारमा नामावली सार्वजनिक गरिएको छ । आज सार्वजनिक गरिएको विवरणनुसार प्रदेश नं १ मा २०७ जनाको प्रदेश कमिटी रहनेछ । त्यसमा तत्कालीन एमालेका…
काठमाडौँ: आठौँ राष्ट्रिय खेलकूदमा समावेश ३५ खेलमध्ये २० खेलको जिल्ला छनोट शुरु भइसकेको छ । तर तेक्वान्दोको जिल्ला छनोट भने एकाएक रोकिएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले लामो समयदेखि विवाद रहँदा तेक्वान्दोको खेलाडी छनोटमा अप्ठ्यारो परेको भन्दै जिल्ला छनोट रोक्न जिल्ला खेलकूद विकास समितिलाई निर्देशन दिएपछि खेलाडी छनोट रोकिएको हो । तेक्वान्दोमा दुई सङ्घ अस्तित्वमा रहँदा काम गर्न अप्ठेरो परेको निष्कर्षसहित राखेपले राष्ट्रिय खेलकूदको जिल्ला छनोटमा तेक्वान्दोलाई समावेश नगर्न परिपत्र जारी गरेको छ । राखेपले दुई सङ्घ एक नहुदाँसम्म राष्ट्रिय खेलकूदमा तेक्वान्दोलाई सहभागी नगराउने स्पष्ट पारेको छ । राखेपको ११० औँ बोर्ड बैठकले तेक्वान्दो विवाद समाधान गर्न आग्रह गर्दै…