Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: विश्वप्रसिद्ध तबला वादक जाकिर हुसेनले तबलाको सङ्गीतबाट आज सयौँलाई मन्त्रमुग्ध बनाएका छन्। यहाँस्थित भारतीय राजदूतावासमा दूतावास, भारतीय सांस्कृतिक सम्बन्ध परिषद्, नयाँ दिल्ली र स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौँको आयोजनामा भएको विशेष समारोहमा हुसेनले डेढ घण्टासम्म तबला बजाएर दुवै हातको जादू चलाए र सबैलाई लठ्ठै पारे । उनले वर्षाका बेलाको गड्याङगुडुङ र चट्याङ, मृगको चाल जस्ता विषयलाई पनि सङ्गीतमा अनुवाद गर्दै भने सामान्य बोलीचालीलाई पनि तबलाबाटै प्रस्तुत गरे। हुसेनलाई सारङ्गीबाट सविर खान, ढोलकबाट नवीन शर्मा र मृदङ्गबाट आनन्द कृष्णले साथ दिएका थिए । चारै माध्यमबाट उत्पन्न सङ्गीतले स्रोता झन् उत्तेजित भएका थिए । सो अवसरमा नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह…

Read More

काठमाडौँ: अध्यागमन विभागका काम कारवाहीलाई आगामी डेढ वर्षभित्रमा आमूल परिवर्तन ल्याउनेगरी सुधारको प्रक्रिया थालिएको छ । विभागमा आउने गुनासालाई कम गर्दै विश्वस्तरको गुणस्तरमा लैजाने प्रक्रिया अघि बढाइएको विभागका महानिर्देशक ईश्वरराज पौडेलले जानकारी दिनुभयो । “आगामी छ महीनामा प्रारम्भिक सुधार र त्यसको एक वर्षमा आमूल परिवर्तन गर्छौं, महानिर्देशक पौडेलले भन्नुभयो, “विभागलाई आरोपबाट मुक्त गर्नतर्फ हाम्रो ध्यान जान्छ ।” अन्तर्राष्ट्रिय विमनास्थलको अध्यागमन व्यवस्थालाई अन्तर्राष्ट्रियस्तरको बनाउन दक्ष जनशक्ति परिचालन गर्ने गृह मन्त्रालयको मार्गचित्रअनुसार काम थालिएको विभागले जनाएको छ । यसका लागि कूल रु २१ करोडको बजेट विनियोजन भएको छ । प्रारम्भिक चरणमा हाइटेक प्रविधिसहितको विभाग बनाउने गरी रु सात करोडको कार्यक्रम चलिरहेको महानिर्देशक…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा कम्बोडियाका प्रधानमन्त्री हुन सेन र म्यान्माका स्टेट काउन्सिलर एवम् विदेशमन्त्री आङ साङ सुकी दुईदिने नेपाल भ्रमणमा आउन लागेका छन्। परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति प्रकाशित गरी उनीहरु सद्भावना भ्रमणका क्रममा यही मङ्सिर १३ र १४ नेपाल भ्रमणमा आउन लाग्नुभएको जनाएको छ । भ्रमणका क्रममा कम्बोडियाका प्रधानमन्त्री हुन सेनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली र उनका समकक्षी हुन सेनबीच आपसी हित, द्विपक्षीय चासोका विषयमा विचारविमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । कम्बोडियाका प्रधानमन्त्रीको यो पहिलो नेपाल भ्रमण हो । यस्तै म्यानमाका विदेशमन्त्री सुकीले पनि राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने…

Read More

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा पाठ्यक्रम विकास केन्द्र सानोठिमीका लेखापाल गुणराज दाहालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । राष्ट्रिय बहिरा महासङ्घ नेपाललाई कक्षा ६ को सामाजिक र विज्ञान विषयको पाठलाई साङ्केतीकरण र श्रव्य दृश्य सामग्री तयार गर्ने सम्झौता गरेकोमा उक्त कार्य पूरा गरी बिल भुक्तानी गरिदिन माग गर्दा रु २५ हजार घुस लिएको दाहाललाई अभियोग लगाइएको छ । यस्तै आयोगले झुट्टा विवरण पेश गरी शेयर लगत, सञ्चालक लगत नियमावली संशोधन अभिलेख लिई ठगी गरेको अभियोगमा कम्पनी रजिष्टारको कार्यालयमा कार्यरत उप–रजिष्टारद्वय गङ्गाधर पौडेल, धर्मराज रोकाया, सहायक रजिष्ट्रार नारायणप्रसाद पोखरेल, उमेशमान जोशी, कम्प्युटर अपरेटर आशिष महर्जन र पुष्पकला…

Read More

काठमाडौं: सरकारले मंसिर १३ देखि १६ गतेसम्म हुने एसिया प्यासिफिक सम्मेलनका लागि काठमाडौंमा चल्ने सार्वजनिक र निजी दुवै खाले सवारीमा जोर विजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ । उक्त कार्यक्रममा विभिन्न देशका अतिविशिष्ट र विशिष्ट व्यक्तिहरु आउने भन्दै गृह मन्त्रालयले आवागमन व्यवस्थित बनाउन जोर विजोर प्रणाली लागू गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मंसिर १३ देखि १६ गतेसम्म चार दिन काठमाडौंमा चल्ने गाडीहरुमा जोर विजोर प्रणाली लागू हुनेछ । मंसिर १३ र १५ गते नम्बर प्लेटको अन्तिमको अंक विजोर भएको र १४ र १६ गते जोर भएका सवारी साधनमात्र चल्न पाउनेछन् । अत्यावश्यक…

Read More

काठमाडौँ: न्याय परिषद्ले भावी प्रधानन्यायाधीशका लागि सर्वाेच्च अदालतका दुई न्यायाधीशको नाम वरिष्ठताका आधारमा संवैधानिक परिषद्मा पठाएको छ । न्याय परिषद् सचिवालयले सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपकराज जोशी र चोलेन्द्रशम्शेर जबराको नाम संवैधानिक परिषद्मा पठाएको परिषद्का सचिव नृपध्वज निरौलाले जानकारी दिनुभयो । संवैधानिक परिषद्को बैठक बसी न्यायाधीश जोशी र जबराको नाम संसदीय सुनुवाइ समितिमा पठाएपछि सो समितिले सुनुवाइ गरी अनुमोदन गर्ने संवैधानिक व्यवस्था छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्र आगामी पुसमा उमेर हदका कारण अवकाश लिँदै हुनुहुन्छ । प्रधानन्यायाधीशको अवकाश हुने भएपछि भावी प्रधानन्यायाधीशका लागि जोशी र जबराको नाम परिषद्ले पठाएको हो । न्यायाधीश जोशीलाई यसअघि नै संसदीय सुनुवाइ समितिले अयोग्य ठहर गरी…

Read More

काठमाडौँ: न्याय परिषद्ले भावी प्रधानन्यायाधीशका लागि सर्वाेच्च अदालतका दुई न्यायाधीशको नाम वरिष्ठताका आधारमा संवैधानिक परिषद्मा पठाएको छ । न्याय परिषद् सचिवालयले सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपकराज जोशी र चोलेन्द्रशम्शेर जबराको नाम संवैधानिक परिषद्मा पठाएको परिषद्का सचिव नृपध्वज निरौलाले जानकारी दिए । संवैधानिक परिषद्को बैठक बसी न्यायाधीश जोशी र जबराको नाम संसदीय सुनुवाइ समितिमा पठाएपछि सो समितिले सुनुवाइ गरी अनुमोदन गर्ने संवैधानिक व्यवस्था छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्र आगामी पुसमा उमेर हदका कारण अवकाश लिँदै हुनुहुन्छ । प्रधानन्यायाधीशको अवकाश हुने भएपछि भावी प्रधानन्यायाधीशका लागि जोशी र जबराको नाम परिषद्ले पठाएको हो । न्यायाधीश जोशीलाई यसअघि नै संसदीय सुनुवाइ समितिले अयोग्य ठहर गरी…

Read More

काठमाडौँ : माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले गत कात्तिक १५ गतेदेखि १९ गतेसम्म बिक्री गरेको साधारण शेयर सबै आवेदकले पाएका छन् । आज यहाँ आयोजित एक कार्यक्रममा बिक्री प्रवन्धक नागरिक लगानी कोषले कम्पनीको साधारण शेयरबाट सबै आवेदक लाभान्वित भएको जनाएको छ । बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार शेयर आवेदन दिने सबै आवेदकलाई ४० कित्ताका दरले शेयर वितरण गरिएको छ । त्यसरी शेयर वितरण गर्दा बाँकी रहने १७ लाख २७ हजार ७५० कित्ता शेयरमध्ये १० कित्ताका दरले गोलाप्रथा गरी एक लाख ७२ हजार ७७५ आवेदकलाई ५० कित्ता शेयर दिइएको छ । तामाकोशीको शेयरमा तीन लाख ३९ हजार ७७५ जनाले आवेदन दिएका…

Read More

काठमाडौँ: एउटा दीयो बल्दैछ आशाको, एउटा सूर्य उदाउँदै छ भरोसाको, एउटा युगको अन्त्य हुँदैछ अन्धकारको, एउटा युगको शुरु हुँदैछ उत्साहको, एउटा उत्सव मनाउँदैछ देशले सामाजिक सुरक्षाको । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले माथिको कवितात्मक हरफ बाचन गर्ने बित्तिकै योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम शुभारम्भ समारोहमा सहभागी सरकारी प्रतिनिधि, उद्यमी, व्यवसायी, श्रमिकलगायत हजारौंको तालीले कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको सभाहल र परिसर गुन्जिएको थियो । श्रमिक र उद्यमीको जुहारी चलिराखेको यसअघिका क्षण स्मृतिमा रहिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा सहभागी उद्यमी, मजदुर सङ्गठनका नेतालगायत सरकारी अधिकारीले सामाजिक सुरक्षा योजनाको स्वागत गर्दै यसको सफल कार्यान्वयन गर्ने प्रतिबद्धता…

Read More

काठमाडौँ : नेपाल विद्यार्थी सङ्घको १२औँ राष्ट्रिय महाधिवेशन आगामी पुुस २८ देखि ३० गतेसम्म हुने भएको छ । नेविसङ्घले आज पत्रकार सम्मेलन गरी १२ औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष नैनसिंह महरले विधान र नियमावलीलाई अन्तिम रुप दिएर पार्टीले नेविसङ्घलाई पठाएकाले निर्वाचनको मिति सार्वजनिक गरिएको बताए । कार्यतालिकाअनुसार मङ्सिर २२ गतेभित्र देशभरका सबै मावि र उच्चमाविको अधिवेशन गरिसक्नुपर्ने, मङ्सिर २५ भित्र स्थानीय गाउँ नगरको अधिवेशन सम्पन्न गर्नुपर्ने, पुस ८ भित्र उपत्यकाभित्रका सबै क्याम्पस र विश्वविद्यालयको अधिवेशन गर्नुपर्ने, पुुस १४ भित्र ७७ वटै जिल्लाको अधिवेशन सम्पन्न गर्नुपर्ने, पुस २० भित्र सबै प्रदेशको अधिवेशन सम्पन्न गर्नुपर्ने…

Read More