Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: सरकारले ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष ’स्थापना गर्ने निर्णय गरेको छ । मङ्सिर १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकास क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने प्रतिभाशाली युवा र अन्य व्यक्तिलाई प्रोत्साहन तथा हौसला प्रदान गर्ने उद्देश्यले सो कोष स्थापना गर्ने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद्बाट भएका निर्णयहरु सार्वजनिक गर्न मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘युनिभर्सल पिस फेडरेशन’बाट प्राप्त ‘लिडरसिप एण्ड गुड गर्भनेन्स अवार्ड’ सहित प्राप्त अमेरिकी डलर एक लाखमा सोही बराबरको रकम नेपाल सरकारले थप गरी सो कोषको स्थापना गरिएको…
काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणले ग्राहकको घर तथा कार्यालयमा नै नगई प्रविधिको प्रयोग गरेर मिटर रिडिङ गर्न स्क्ने प्रविधि भित्र्याएको छ । प्राधिकरणले सो प्रविधिलाई एडभान्स मिटरिङ इन्फास्टक्चर (एएमआई) नाम दिएको छ । विद्युत्का ग्राहकको घरमा रहेको मिटरमा एक प्रकारको मोडियन जडान गरेपछि प्राधिकरणको कार्यालयबाटै कुन ग्राहकले कति विद्युत् प्रयोग गरे र त्यसवापत के कति रकम तिर्नुपर्छ भन्ने जानकारीसमेत उक्त प्रणालीबाट सहजै पत्ता लाग्नेछ । सो प्रणालीको दुई दिनअघि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुभारम्भ गरेका छन्। प्राधिरकणले त्यस्तो प्रणाली पहिलो पटक रत्नपार्क वितरण केन्द्रमा शुरु गरेको वितरण केन्द्रका इञ्जिनीयर दृष्टि पाण्डेले जानकारी दिए । उनका अनुसार सो प्रणाली रत्नपार्क वितरण…
विराटनगर: सन् २०१८ को एघार महीनामा प्रदेश नं. १ मा ५४ जनाको हत्या भएको छ । इन्सेक प्रदेश नं १ कार्यालय विराटनगरले बुधबार विराटनगरमा आयोजना गरेको मानवअधिकार र मानवीय अवस्थाको स्थिति विषयक अन्तरक्रिया कार्यक्रममा विभिन्न प्रकृतिका घटनामा ५४ जनाले ज्यान गुमाएको उल्लेख छ । हत्या हुनेहरूमा २०महिला, दुई बालिका, एक बालक, पाँच नवजात शिशु र २६पुरुष रहेका छन् । तीन पुरुषको भने गोली प्रहारबाट हत्या भएको थियो । सो अवधिमा प्रदेशभर राज्यपक्षबाट ४९ सहित ७५० पीडित भएकामा सबैभन्दा बढी बलात्कारबाट २२० र बलात्कार प्रयासबाट ९९ पीडित भएका थिए । यसैगरी घरेलु हिंसामा १४१, कुटपिट घाइते ६६, बहुविवाहबाट ४२, बालविवाहबाट तीन,…
काठमाडौं: इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले गयराती भएको खेलमा वोल्भेससँग हार ब्यहोरेको छ । खेलमा चेल्सीले वोल्भेससँग २–१ गोलले पराजित हुदै जारी लिगमा अहिलेसम्मकै खराब प्रदर्शन गरेको हो। चेल्सीमाथि शनसनीपूर्ण जित निकालेको वोल्भेसका लागि राउल जिमिनेज र डिओगो जोटाले गोल गरे। यता, चेल्सीका लागि लोफ्टस चेकले गोल गरेका थिए । खेलको १८औं मिनेटमा लोफ्टसले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर बाँकी समयमा चेल्सी आफै दबाबमा खेल्न पुग्यो । खेलको ५९औं मिनेटमा जिमिनेज र ६३औं मिनेटमा जोटाले गोल गर्दै चेल्सीविरुद्ध वोल्भेसलाई २–१ गोलको जित दिलाएका हुन् । हारसँगै चेल्सीले महत्वपूर्ण तीन अंक गुमाएको छ । चौथो स्थानमा रहेको चेल्सीको…
काठमाडौँ: मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै हिजोदेखि देशभरका शिवालयमा रातभर महादीप बाली बसेका भक्तजनले नदीमा स्नान गरी शतबीज छरेका छन् । बाला चतुर्दशीसमेत भनिने मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहानै स्नान गरी शिवालय क्षेत्र विशेषगरी पशुपति क्षेत्रको मृगस्थलीमा धानका सय गेडा छरे दिवङ्गत पितृले मोक्ष पाउने शास्त्रीय मान्यता छ । हेमाद्रीलगायत धर्मशास्त्रका पुस्तकमा वर्णन गरिएअनुसार धानको सय गेडा छर्ने विधि भए पनि हाल कतिपयले मकै, गहुँ, हलेदो, जौ, कागुनोलगायत अन्न शतबीजका रुपमा छर्ने गरेका छन् । त्रयोदशी राति दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीप बाली शतबीज छरेमा दिवङ्गत पितृले मोक्ष पाउने जनविश्वास छ । पशुपति क्षेत्रको विशेषगरी मृगस्थली, विश्वरुप, सूर्यघाट,…
काठमाडौँ: हरेक धर्ममा आ-आफ्नै संस्कार र रीतिरिवाज हुन्छन् । हिन्दु धर्ममा झनै धेरै परम्परागत मान्यताहरु छन् । अधिकांश हिन्दु मन्दिरमा घन्टी राखिएको हुन्छ । यो शताब्दियौँदेखि चलिआएको धार्मिक संस्कार त हो नै, यसबाहेक वैज्ञानिक कारण पनि छ । जुन धेरैलाई थाहा नहुन सक्छ । दुई कारण तल प्रस्ट्याईएको छ । धार्मिक कारण मन्दिरबाहिर, प्रवेशद्धार, भित्र वा वरिपरि जताततै घन्टी राखिएको हुन्छ । मन्दिर गएपछि घन्टी बजाउनुपर्छ भन्ने मान्यता छ । तसर्थ, जानीनजानी पनि मन्दिर प्रवेश गर्नुअघि दर्शानार्थीले घन्टी बजाउँछन् । घन्टी बजाउँदा पाप भाग्ने र शक्ति प्राप्त हुने आगमशास्त्रमा उल्लेख छ । घन्टीको आवाज देवीदेवतालाई सुमधुर लाग्छ भन्ने अर्को मान्यता…
काठमाडौं: निर्मला प्रकरणले प्रहरी नेतृत्वमाथि कति धेरै दबाब बढाएको छ भने प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफैंले सोधपुछमा खटिएका छन् । काठमाडौंमा पक्राउ परेका युवकमाथि सोधपुछ गर्न महानिरीक्षक खनाल आफैं सिआईबीमा पुगेको स्रोत बताउँछ । घटनाको उनको प्रबल सम्भावना रहेको ब्रिफिङका आधारमा उनी आफैं सोधपुछका खटिएका हुन् । विगतमा सिआईबीबाट भएको अनुसन्धान विवादमा परेकाले पनि आइजिपी आफैं खटिएका हुन् । सोधपुछका क्रममा उनको संलग्नताको धेरै क्लुहरू मिलेको प्रहरी स्रोत बताउँछ ।, यो खबर आजको नयाँ पत्रिकामा छ । बालिका निर्मला पन्तको सामूहिक बलात्कारपछि हत्या भएको हुन सक्छ, नयाँ पत्रिकाको अनुसार प्रहरीको पछिल्लो अनुसन्धानले यस्तै संकेत गरेको छ । यही आशंकामा चारजना…
काठमाडौँ: विदेशी ऋण लिँदा राष्ट्रिय प्राथमिकताको क्षेत्र, लागत लाभ र दाताको सर्तको मूल्यांकनका आधारमा मात्र ऋण स्विकार्ने नीति अख्तियार गर्ने कांग्रेसको भनाइ छ । जलवायु परिवर्तनको असर, व्यापार र पारवहनको स्थितिलाई मध्यनजर गरी राष्ट्रिय स्वार्थलाई केन्द्रबिन्दुमा राखेर आर्थिक कूटनीति सञ्चालन गर्ने नीतिमा उल्लेख छ । नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व छाड्दा २५७ अर्ब राज्य कोषमा नगद जम्मा भए पनि सरकारले श्वेतपत्र जारी गर्दा तोडमरोड गरेको आरोप लगाएको छ । बुधबार केन्द्रीय समितिमा पेस गरिएको ‘समग्र आर्थिक नीति प्रस्ताव’मा सरकारले सत्यतथ्यलाई बंग्याएको दाबी गरिएको छ । केन्द्रीय समितिले पास गरेपछि उक्त प्रस्ताव २८ मंसिरबाट सुरु हुने पार्टी महासमिति…
काठमाडौं: उच्च अदालत तुल्सीपुरको नेपालगन्ज ईजलासले पप्पु कन्स्ट्रक्सनलाई कालोसुचीमा नराख्न आदेश दिएको छ । अदालतले धरौटीवापत ठेकेदारले राखेको रकम नझिक्न सरकारका नाममा विषेधाज्ञा आदेश पनि दिएको छ । ठेक्का लिँदा कम्पनीले ७ करोड बैंक धरौटी राखेको थियो । नेपालगन्ज ईजलासका न्यायाधी विष्णुदेव पौडेल र ऋषि अधिकारीको संयुक्त ईजलासले गत बुधबार उक्त आदेश दिएको हो । पप्पु कन्स्ट्रक्सनका सुनित रौनियारले उच्च अदालतमा रिट दायर गरेका थिए । उनले सिक्टा सिँचाई आयोजनाले कम्पनीलाई कालोसुचीमा राखेर बैंक धरौटी झिक्न खाजेको दाबीसहित सिक्टा र त्यहाँका अधिकारीलाई निपक्षी बनाएका थिए ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।
काठमाडौँ: बालिका निर्मला पन्तको सामूहिक बलात्कारपछि हत्या भएको हुन सक्छ, प्रहरीको पछिल्लो अनुसन्धानले यस्तै संकेत गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । यही आशंकामा चारजना पक्राउ परेका छन्, एक काठमाडौँमा र तीन महेन्द्रनगरमा । सामूहिक बलात्कार गरेको आशंकामा छिमेकी प्रदीप रावल काठमाडौँ आएपछि पक्राउ परेका हुन् । केही युवकले गल्ती आफूहरुले गरेको , तर प्रहरीले अरुलाई दुख दिएको भन्दै आपसमा कुरा गरेको स्थानीयले सुनेका थिए । तिनै कुरा गरेको स्थानीयले न्यससम्बन्धी सूचना प्रहरीलाई दिएका थिए । तर, त्यतिन्जेलसम्म चारैजना भारत गएका थिए । चारैजनाको स्केच बनाउन महानगरीय अपराध महाशाखाबाट एक प्रहरीलाई कञ्चनपुर लगिएको थियो । पिछा…