Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले दुई तिहाइ बहुमतको कम्युनिष्ट सरकार स्वतन्त्र न्यापालिकाको अस्तित्व समाप्त पार्न लागिपरेको आरोप लगाएका छन् । नेपाल डेमोक्र्याटिक लयर्स एशोसियसनको २९औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यवस्थापिका र कार्यपालिकाको गलत क्रियाकलाप रोक्ने स्वतन्त्र न्यायपालिकालाई सरकारको दबाबमा राख्न खोजिएको बताए । नेपाल बार एशोसियसनको आगामी नेतृत्व लोकतन्त्र र स्वतन्त्र न्यायपालिकालाई सुरक्षित गर्न सक्ने निर्वाचित हुनुपर्नेमा उनको जोड थियो । महासमिति बैठकपछि प्रमुख विपक्षी दलको हैसियतमा सरकारका गलत क्रियाकलापका विरुद्ध लड्ने सभापति देउवाले दाबी गरे । कार्यक्रममा काङ्ग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले कम्युनिष्ट पार्टीको समाजवाद र काङ्ग्रेसको समाजवादका बारेमा बहस गर्नुपर्ने…

Read More

कञ्चनपुर: यहाँको कृष्णपुर नगरपालिका– ८ का हर्कबहादुर कामीको घरबाट सुनका तयारी अवस्थाका ३० तोला गहना चोरी गर्ने तीन जनालाई प्रहरीले आज पक्राउ गरेको छ । गहना बेच्दै हिँडेको अवस्थामा चोरीमा संलग्न कृष्णपुर नगरपालिका–९ का २८ वर्षीय वासुदेव अवस्थी र कैलालीको गोदावरी नगरपालिका–९ बस्ने २३ वर्षीय दीपकबहादुर बमलाई प्रहरीले गहनासहित पक्राउ गरेको हो । घरमा कोही नभएका बेला ढोकाको ताला फुटालेर गहना चोरी गरेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए । चोरीको गहना सस्तोमा किन्ने कैलालीको धनगढी उपमहानगरपालिका–३ का सुर्मादेवी सुनचाँदी गहना पसलका सञ्चालक ३५ वर्षीय दीपेन्द्र सोवलाई समेत प्रहरीले पक्राउ गरेको छ । चोरीमा संलग्नबाट प्रहरीले सुनको…

Read More

रुपन्देही: रुपन्देही र झापामा आज भएका छुट्टाछुट्ट्रै दुर्घटनामा चार जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत सैनामैना नगरपालिका–२ सोरौलीमा बुटवलतर्फ आउँदै गरेको बा१८च ८०१६ नंको हाइलेक्स गाडी र विपरीत दिशातर्फ जाँदै गरेको से४प ७७७५ नंको मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाकै मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सैनामैना नगरपालिका–१ का ५० वर्षीय तिलबहादुर सुनार र मोटरसाइकलमा सवार सोही ठाउँका ५६ वर्षीय खेमबहादुर सुनारको मृत्यु भएको सङ्घीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । दुर्घटनामा परी घाइते भएका दुवै जनाको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै झापाको मेचीनगरमा मोटरसाइकल…

Read More

काठमाडौँ : रसुवा र नुवाकोट जिल्लामा निर्माणाधीन करीब ६०० मेगावाट क्षमताका जलविद्युत् आयोजनालाई राष्ट्रिय प्रसारणमा जोड्ने लक्ष्यका साथ त्रिशूली थ्री बी सवस्टशेनको शिलान्याश गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले युरोपेली लगानी बैंकका उपाध्यक्ष एन्ड्रु म्याकड्वेल, युरोपेली प्रतिनिधिमण्डलका राजदूत भिरोनिका कोडी, नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत रोलान्ड सेफरलगायतको उपस्थितिमा आज नुवाकोटको किस्पाङ गाउँपालिका– ५ मा सवस्टेशनको शिलान्याश गरे । सो सवस्टशेनको लागत ६५ दशमलव २५ मिलियन युरो रहेको छ । सवस्टशेनमा माथिल्लो त्रिशूली थ्री ए ६० मेगावाट, ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री बी, १११ मेगावाट क्षमतामा रसुवागढी, २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली एक, १२० मेगावाट क्षमताको…

Read More

काठमाडौँ: राष्ट्रिय बाणिज्य बैंकले चालू अर्थिक वर्षको पहिलो तीन महिनामा एक अर्ब ११ करोड ९० लाख मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकले जारी गरेको चालू आवको प्रथम त्रैमास (अशोज मसान्त) को वित्तिय अवस्था अनुसार पहिलो त्रैमाससम्ममा एक खर्ब ६४ अर्ब १६ करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरी निक्षेप तर्फ पनि पहिलो स्थान हासिल गर्न सफल भएको छ । यस अवधि सम्ममा बैंकले एक खर्ब २३ अर्ब ९० करोड ५६ लाख लाख कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंकले अघिल्लो आ.व.को तूलनामा मूनाफा ५७ दशमलब ७३ प्रतिशत, निक्षेप संकलन तर्फ १० दशमलब ५३ प्रतिशत र कर्जा तर्फ…

Read More

भक्तपुर: नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीले अहिले आफैभित्र परिवर्तन खोजेको बताएका छन । यहाँ आज पूर्वकर्मचारी समाज नेपालको प्रथम वार्षिकोत्सवमा उनले काङ्ग्रेस पार्टी लथालिङ्ग हुँदै गएको टिप्पणी गर्दै सङ्क्रमणबाट गुज्रिरहेको पार्टीलाई महासमिति बैठकले मिलाएर लैजानुपर्नेमा जोड दिए । उनले तोकिएको मितिबाट महासमिति बैठक स¥यो भने पार्टीलाई ठूलो नोक्सान हुने बताए । कोइरालाले सरकारले दुई तिहाइको दम्भ देखाएर जान नहुने सुझाव दिँदै सरकारले जे ग¥यो त्यो कानून हो भन्ने बुझाइ त्याग्न आग्रह गरे । कार्यक्रममा काङ्ग्रेसका केन्द्रीय सदस्य एवंपूर्वमन्त्री शङ्कर भण्डारीले पार्टीभित्रका गुटउपगुटको अन्त्य गर्नुुपर्नेमा जोड दिए ।

Read More

काठमाडौँ : सरकारले आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रमको पहिलो चौमासिक समीक्षा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकको समीक्षापछि सरकारले समग्रमा पूँजीगत खर्च १८ प्रतिशतको हाराहारीमा देखिए पनि सन्तुष्ट हुने आधार नभएकाले सुधार गरेर लैजानुपर्नेमा जोड दिएको छ । सो अवसरमा प्रधानमन्त्री ओलीले बजेट तथा नीति कार्यक्रमका सबै लक्ष्य चालु आवभित्रै शत्प्रतिशत पूरा गर्ने ढङ्गले अघि बढ्न बैठकमा सहभागी मन्त्री र सचिवहरुलाई निर्देशन दिए । बजेट तथा नीति कार्यक्रममा भएका कार्यक्रमलाई द्रूतगतिले कार्यान्वयन गर्न तथा प्रथम चौमासिकमा राखिएका लक्ष्य पूरा हुन नसकेका विषयलाई अर्काे चौमासिक समीक्षा अवधिसम्ममा शत्प्रतिशत लक्ष्य प्राप्त…

Read More

काठमाडौँ: धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक एक अंकले बढेर आज एक हजार १८२ दशमलव ७४ अंकमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत शून्य दशमलव ३५ अंकले बढेर २५१ दशमलव ४६ अंकमा पुगेको छ । स्टकका अनुसार आज कूल १५१ कम्पनीको आठ लाख ५२ हजार ७६८ कित्ता शेयर रु २६ करोड ८८ लाख ८४ हजार २७२ मूल्यमा खरीद बिक्री भएको हो । कारोवार भएका कूल दश उपसमूहमध्ये पाँच उपसमूहको शेयर कारोवारमा वृद्धि भएको छ भने पाँच उपसमूहको शेयर भने घटेको छ ।…

Read More

काठमाडौँ: सडक विस्तार कार्यलाई सहयोग पु¥याउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिरकणले आज कलङ्की–नागढुङ्गा सडकखण्ड आसपासका क्षेत्रमा विद्युत् कटौती गरेको छ । सडक विस्तारको कार्य अगाडि बढिरहेको तथा पोल तथा प्रसारण लाइनसमेत सार्नुपर्ने भएकाले विद्युत् कटौती गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार तीनथाना बसपार्कदेखि तीनथाना वड़ा कार्यालयसम्मको प्रसारण लाइन मर्मत तथा स्थानान्तरण गर्नुपर्ने भएकाले स्युचाटार सब स्टेशनबाट सञ्चालित बलम्बु फिडरबाट आपूर्ति हुने विद्युत् कटौती हुनेछ । यस्तै तीनथाना, नैकाप, सतुङ्गललगायतका क्षेत्रमा आज बिहान ११ बजे देखि साँझ ५ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुनेछ । तोकिएको समयभन्दा अगाडि कार्य सम्पन्न भएको अवस्थामा ५ बजेभन्दा अगावै लाइन सञ्चालनमा आउन सक्ने प्राधिकरणले जनाएको…

Read More

शिकागो: अमेरिकी शहर शिकागोमा अवस्थित शिकागो अस्पतालको सवारी पार्किङस्थलमा भएको विवादपछि भएको गोली काण्डमा एक प्रहरी अधिकारीसहित चार व्यक्तिको मृत्यु भएको छ । उक्त अस्पतालको सवारी पार्किङस्थलमा एकजना व्यक्तिले विवाद शुरु गरेको थियो । पछि उसैले त्यहाँ रहेका प्रहरीमाथि गोली प्रहार गरेको थियो । गोली लागेर उक्त अस्पतालका दुई जना महिला कर्मचारीको ज्यान गएको थियो । एक कर्मचारीको पार्किङ स्थलमा नै मृत्यु भएको थियो भने अर्की एकजनालाई लिफ्टबाट ओर्लिँदै गर्दा गोली हानेको थियो । तर पछि भने सो गोलीकाण्डलाई नियन्त्रणमा लिनको लागि प्रहरीले नै गोलाबारी गर्नु परेको थियो । अस्पतालमा पार्किङ् इलाकामा भएको गोलीकाण्डमा चारजनाको ज्यान गएको प्रहरी अधिकारीले जानकारी…

Read More