Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको शुक्रबार सय दिन पूरा भयो । तर, अहिलेसम्म हत्यारा पक्राउ परेका छैनन्। प्रहरीको अनुसन्धान उपलब्धिहीन देखिएको छ। अपराधी पत्ता लगाउन नसक्दा आलोचना खेप्दै आएको सरकारले सय दिन पूरा हुँदा पनि आलोचना खेपिरहेको छ । गत १० साउनमा घरबाट होमवार्क गर्न भन्दै साथीको घर पुगेकी निर्मलाको ११ गते उखुबारीमा शव भेटिएको थियो । शव भेटिएसँगै सरकारले बनाएको एउटा उच्चस्तरीय सहित ७ वटा अनुसन्धान टोलीले कुनै नतिजा दिन नसकेपछि सरकारको आलोचना चुलिएको थियो । सामाजिक अभियन्ताले निर्मलाको न्याय माग्दै सडकमा आन्दोलनका कार्यक्रम गर्दै आएको थियो । अभियन्ताले आन्दोलनलाई निरन्तरता दिँदै र उनको…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली आज शुक्रबार अस्पतालबाट डिस्चार्ज हुनुहुने भएको छ । छाती र सुगरमा समस्या देखपरेपछि उहां त्रिबि शिक्षण अस्पतालमा भर्ना हुनु भएको थियो । नियमित स्वास्थ्य परीक्षणपछि उहाँ पूर्व अवस्थामा फर्कनुभएकाले आज शुक्रबार डिस्चार्ज गर्न लागिएको डा. अरूण सायमीले जानकारी दिनुभयो। उहाँ सरकारी निवासमा केही दिनको आरामपछि काममा फर्कनुहुने भएको छ।

Read More

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र कतारको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्केकी छिन । राष्ट्रपति भण्डारी कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही कात्तिक १२ गते त्यसतर्फ प्रस्थान गरेकी थिइन। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुनले स्वागत गरे । सो अवसरमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, सरकारका सचिव, सुरक्षा निकायका प्रमुखलगायत सरकारका उच्चपदस्थ पदाधिकारी विमानस्थलमा उपस्थित थिए । कतार भ्रमणको उपलब्धिबारे जानकारी दिन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भ्रमण दुईपक्षीय हितका लागि फलदायी र उपलब्धिमूलक…

Read More

काठमाडौँ: मौसमी प्रतिकूलतका बाबजूद सन् २०१८ हालसम्मको आर्थिक वृद्धिदर छ दशमलव दुई प्रतिशत हुन सफल भएको तथ्यसहितको ‘नेपाल विकासः अद्यावधिक’ प्रतिवेदन सार्वजनिक भएको छ । विश्व बैंकले तयार पारेको उक्त प्रतिवेदन अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक गरे। विद्युत्भार कटौतीको अन्त्य, पर्यटकको आवागमनमा भएको वृद्धि, निजी क्षेत्रले गरेको लगानीजस्ता कारणले आर्थिक वृद्धि उल्लेख्य हुन सकेको उक्त प्रतिवेदनमा उल्लेख छ । व्यापार घाटा बढ्दै गएको भए पनि वैदेशिक रोजगारीमा गएका नेपाली युवाले पठाएको विप्रेषणले त्यसलाई परिपूर्ति गर्न सफल भएको, विप्रेषण आप्रवाह १० प्रतिशतले वृद्धि भएकोसमेत प्रतिवेदनले औँल्याएको छ । यस्तै सो अवधिमा पूँजीगत खर्च ८२ दशमलब चार प्रतिशत भएको, राजश्व सङ्कलनमा उल्लेख्य…

Read More

काठमाडौँ: नेपाल धितोपत्र बोर्डले शेयर बजारका लगानीकर्तालाई कुनै पनि भ्रमममा नपर्न आग्रह गरेको छ । बोर्डले दोस्रो बजारका लगानीकर्तालाई भ्रममा नपरी सुझबुझपूर्ण ढङ्गले लगानी गर्न ध्यानाकर्षण गराएको छ । बोर्डले आज जारी गरेको विज्ञप्तिमा बजार हल्लाका भरमा नभई आधारभूत तथा प्राविधिक विश्लेषणसहित सुझबुझपूर्ण तवरले शेयर बजारमा लगानी गर्न सुझाव दिएको हो । चालू आर्थिक वर्षको बजेटमार्फत मूल्य अभिवृद्धि कर(भ्याट)को समस्या समाधान भएको, रु ५० करोडभन्दा बढी चुक्ता पूँजी भएका कम्पनीलाई आयकरमा १० प्रतिशत छुट दिइएको र पूँजीबजारमा सूचीकृत हुन प्रोत्साहित गरेको विज्ञप्तिमा उल्लेख छ । यसैगरी रु एक अर्ब वा सोभन्दा बढीको लगानीमा स्थापित भएका उत्पादनमूलक कम्पनीलाई पब्लिक कम्पनीमा रुपान्तरण…

Read More

काठमाडौँ: छातीमा सङ्क्रमण भएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा थप सुधार आएको छ । छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि गत सोमबार महाराजगञ्जस्थित त्रिवि, चिकित्सा शास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना भएका प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति सन्तोषजनक रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए । उनका नुसार प्रधानमन्त्री ओलीलाई एक दुई दिनभित्र निवास फिर्ता गराइनेछ । प्रधानमन्त्री ओलीको उपचारमा मुटुरोग विशेषज्ञ डा अरुण सायमीको संयोजकत्वमा डा दिव्यासिंह शाह तथा छातीरोग विशेषज्ञ डा सन्तकुमार दासको टोली संलग्न छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार र स्वयं आफैले पनि १५ गतेभित्र राष्ट्रपति नेपाल फर्किउन्जेलसम्म ठिक…

Read More

काठमाडौं: आइएमई पे मोबाइल मनी मार्फत मोबाइल फोनको माध्यमबाट विविध वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले मेगा बैंक नेपाल लिमिटेड र आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । मेगाबैंकको तर्फबाट निमित्तप्रमुखकार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र आइएमई डिजिटलको तर्फबाट प्रमुख संचालक अधिकृत डेनियल डी श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार मेगा बैंक ‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदार संस्था हुनेछ र बैंकका सेवाग्राहीहरूले चाँडै नै आइएमई पे वालेटमा आफ्नो बैंक खाता लिङ्क गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू प्राप्त गर्न सक्नेछन् । साथै, मेगा बैंकका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध…

Read More

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विजया दशमी, दिपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा शुक्रबार चियापान कार्यक्रमको आयोजना गर्दैछ । चियापान कार्यक्रममा विभिन्न क्षेत्रका करीब एक लाख व्यक्तित्वलाई निमन्त्रण गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले राससलाई जानकारी दिए । काङ्ग्रेसले शुक्रबार काठमाडौँ उपत्यकाको केन्द्रीय कार्यालयमा र बाँकी ७४ जिल्लामा चियापान कार्यक्रम आयोजना गरेको जनाएको छ । विसं २०३३ मा जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्केपछि विसं २०३५ देखि प्रत्येक वर्ष काङ्ग्रेसले जलपान समारोह गरी शुभकामना आदानप्रदान गर्दै आएको छ । काङ्ग्रेसले यस वर्ष पनि निरन्तरता दिँदै यही कात्तिक १६ गते अपराह्न १ बजेदेखि साँझ ५…

Read More

काठमाडौँ: सरकारले राष्ट्रिय परिचयपत्र वितरणका लागि छपाइ शुरु गरेको छ । गृहसचिव प्रेम राईले आज सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र प्रशोधन केन्द्रमा छपाइको शुरुआत गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। पहिलो चरणमा सचिव राईले बटम थिचेर ५० वटा परिचयपत्र छापेका हुन्। पाँचथर र सिंहदरबारका कर्मचारीलाई पहिलो चरणमा परिचयपत्र वितरण गर्नका लागि केन्द्रले छपाइ शुरुआत गरेको हो । सूचना अधिकारी जोशीले पहिलो चरणमा वैयक्तिक र जैविक विवरण सङ्कलन गरिएका पाँचथरका २० हजार र सिंहदरबारका एक हजार कर्मचारीको परिचयपत्र छाप्ने जानकारी दिए। केन्द्रले पहिलो चरणमा पाँचथरका एक लाख १० हजार नागरिक र सिंहदरबारका सरकारी कार्यालयका सात हजार कर्मचारीलाई राष्ट्रिय…

Read More

काठमाडौँ: पूँजी बजारको गिरावट साताको अन्तिम कारोवारको दिन पनि जारी रहेको छ । शेयर बजार आज पुन: घट्दा लगानीकर्ताहरु निराश भएका छ । आज नेप्से परिसूचक शुन्य दशमलब ४८ अंकले घटेर एक हजार २२० दशमलब ९८ अंकमा झरेको छ। नेप्से सोमबार र बुधबार क्रमश: १० दशमलब ५६ अंक र २ दशमलब ९० अंकले घटेको थियो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत शुन्य दशमलब ११ अंकले घटेर २५९ दशमलब ६७ अंकमा कायम भएको छ । आजको कारोबारमा उत्पादन समूहको परिसूचक १३ दशमलब ५७ अंक, बाणिज्य बैंक शुन्य दशमलब ४६ अंक र जलबिधुत ५ दशमलब ५८ अंकले घटेको…

Read More