Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: अस्ट्रेलियामा बस्दै आएकी अञ्जु पोखरेलले प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) लिनका लागि प्रहरी प्रधान कार्यालयमा इमेलबाट आवेदन पठाइन् । फोटो र आवश्यक कागजात पनि इमेलमै अट्याच गरिन् । इमेल पाउनासाथ प्रहरी प्रधान कार्यालयले आवेदन तथा कागजात उपर परीक्षण लगायतका आवश्यक प्रक्रिया पुरा गरी तयार गरेको रिपोर्ट अञ्जुको इमेल ठेगानामै पठाइदियो । देशबाहिर धेरै टाढा भएर पनि आवदेन पठाएको भोलिपल्टै अञ्जुले रिपोर्ट पाउन सकिन् । प्रहरी रिपोर्टका लागि उनले प्रहरी कार्यालय धाउनु परेन । लौ न गरिदिनुस् भनेर आफन्त गुहार्नु पनि परेन । काम सजिलै र छिट्टै भयो । विदेशमा बस्ने नेपालीलाई प्रहरी रिपोर्ट आवश्यक परेमा यसअघि सम्बन्धितका आफन्त प्रहरी…

Read More

काठमाडौँ: बामपन्थी नेता पद्मरत्न तुलाधरको राजकीय सम्मानका साथ आज कर्णदीपमा अन्त्येष्टि गरिएको छ । स्व तुलाधरको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर पुष्पगुच्छा चढाई सम्मान गर्नुभएको थियो । यसअघि तुलाधर निवास लाजिम्पाटबाट नेवारी परम्पराअनुसार स्व तुलाधरको शवयात्रा गरिएको थियो । विसं १९९७ मा काठमाडौँमा जन्मनुभएका तुलाधरको गत कात्तिक ९ गते मस्तिष्कघात भएपछि माइतीघर मण्डलास्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारका लागि कात्तिक १३ गते उहाँलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा आइतबार दिउँसो १२ः४५ बजे उहाँको निधन भएको थियो । तुलाधरको पार्थिव शरीरमा जेठा छोरा सुजन तुलाधरले दागबत्ती दिनुभएको छ । उपप्रधान एवम्…

Read More

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाठ्यक्रम विकास केन्द्र भक्तपुरका लेखापाल गुणराज दाहालले २५ हजार रुपैयाँ घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । लेखापाल दाहाललाई राष्ट्रिय बहिरा महासङ्घ नेपाललाई कक्षा ६ को सामाजिक र विज्ञान विषयको पाठलाई साङ्केतीकरण र दृश्य सामग्री तयार गर्ने सम्झौता गरेकामा उक्त कार्य पूरा गरी बिल भुक्तानी माग गर्दा घुस मागेको अभियोग लागेको छ । आरोपी दाहालको थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए । यस्तै आयोगले आजै जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक नीरबहादुर अधिकारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

Read More

काठमाडौँ: तिहारमा कुनै पनि घरमा अँध्यारो नहोस् भन्ने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले सो अवधिमा विद्युत् केन्द्रका कर्मचारीलाई कार्यालय नछाड्न निर्देशन दिएको छ । नेपालीको महत्वपूर्ण चाडको समयमा अन्य कर्मचारीलाई निमित्त दिइ विद्युत् उत्पादन केन्द्रका प्रमुख तथा जिम्मेवार पदाधिकारी र प्राविधिक कर्मचारी नबस्ने गरेको पाइएकाले कार्यालय नछाड्न आज निर्देशन दिइएको हो । राष्ट्रिय विद्युत् प्रणालीमा ठूला आयोजनाको महत्वपूर्ण भूमिका हुने भएकाले सबै विद्युत् उत्पादन केन्द्र प्रमुखले संवेदनशील भइ कार्यसम्पादन गर्न प्राधिकरणले निर्देशन जारी गरेको छ । सार्वजनिक बिदामा समेत आफ्नो विद्युत् केन्द्रको उत्पादन, सञ्चालन, सम्भारलगायतका हरेक गतिविधिमा उत्तिकै संवेदनशील र जवाफदेही रहनुपर्ने भएकाले कार्यालय नछाड्न भनिएको प्राधिकरणले जनाएको छ ।…

Read More

डोल्पा: सदरमुकाम दुनैबाट त्रिपुराकोटतर्फ जाँदै गरेको भे१च १६१० नं को जीप ठूलीभेरी नगरपालिका–९ बतासेओढारबाट ठूलीभेरी नदीमा खस्दा १० जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । जीपमा १२ जना सवार थिए । ती यात्रुको घटनास्थलमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए । मृतकको सनाखत हुन सकेको छैन । शव नदीबाट निकालेर परीक्षणका लागि जिल्ला अस्पताल दुनै लगिएको छ । दुई जनाको भने नदीबाट जीवितै उद्धार गरिएको प्रजिअ थापाले बताए ।

Read More

काठमाडौँ: मंगलबारदेखि शेयर कारोवार अनलाइन प्रणालीबाट हुने भएको छ । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार नेपाल स्टक एक्सचेञ्जले पूर्ण स्वचालित अनलाइन प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो । स्टकका प्रवक्ता मुरहरि पराजुलीले अनलाइन कारोवार प्रणालीको सुरुआत गर्न लागिएको जानकारी दिए । शेयर कारोवार गर्न चाहने लगानीकर्ताले धितोपत्र दलाल व्यवसायीकहाँ गएर कारोवार सम्बन्धी व्यक्तिगत विवरण खुल्ने खाता खोलेपछि घर, कार्यालय वा जुनसुकै स्थानबाट पनि सहजै कारोवार गर्न सक्नेछन् । स्टकले गत साउन १ गतेदेखि परिक्षण गरिरहेको पूर्ण स्वचालित अनलाइन प्रणालीमा धितोपत्र दलाल व्यवसायी सबै जोडिएका छन् । उनीहरुले आवश्यक भौतिक तयारीसमेत सबै गरिसकेका छन् । स्टकका प्रवक्ता पराजुलीका अनुसार…

Read More

चितवन: नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आउँदो निर्वाचनमा काङ्ग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन् । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान समारोह कार्यक्रममा उनले जनताको रक्षा गर्न उभिने पार्टी भएकाले अबको निर्वाचनमा काङ्ग्रेस ठूलो दल बन्ने दाबी गरे । उनले काङ्ग्रेसको महासमिति बैठक सर्ने पनि बताउनुभयो । महामन्त्री कोइरालाले महासमिति बैठकका विषयमा केन्द्रीय कार्यसमितिमा छलफल नभएका कारण मिति सर्छ भने । महासमिति बैठक एक हप्तादेखि १० दिनसम्म पछि सर्न सक्ने उहाँले बताउनुभयो । महाधिवेशनमा कसलाई सभापति बनाउने भन्ने विषयमा साथीहरुसँगको रायअनुसार अघि बढ्ने महामन्त्री कोइरालाले बताए । काङ्ग्रेस अहिले पनि शक्तिशाली पार्टी…

Read More

काठमाडौँ: सरकारले हालसम्म २४ हजार ६५६ मेगावाट क्षमताका जलविद्युत् आयोजनाहरुका लागि सर्वेक्षण अनुमति दिएको छ । सर्वेक्षण अनुमति पाएका ती आयोजनाको क्षमता आगामी दश वर्षमा उत्पादन गर्ने भनेर निर्धारण गरिएको लक्ष्यभन्दा करीब दश हजार मेगावाट बढी हो । सरकारले आगामी दश वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । सर्वेक्षणको अनुमतिपत्र दिएका एक मय मेगावाट क्षमताभन्दा माथिका आयोजनाको सङ्ख्या ३६ रहेका छन् । ती आयोजनाको क्षमता १३ हजार ३१ मेगावाट छ । यस्तै २५ मेगावाटदेखि एक सय मेगावाटसम्मका ५२ परियोजनालाई सर्वेक्षणको अनुमति दिइएको छ । ती आयोजनाको क्षमता दुई हजार ७५४ मेगावाट रहेका छन् । पछिल्लो समय…

Read More

काठमाडौँ: लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा आज भने शेयरको मूल्यमा सुधार आएको छ । कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ । नेप्से परिसूचक ११ दशमलव ९२ अंकले बढेर एक हजार २१९ दशमलव २० अंकमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ५१ अंकले वृद्धि भई २५९ दशमलव ३२ अंकमा पुगेको छ । नेप्सेमा वृद्धि भएपनि कारोवार रकममा भने वृद्धि हुन सकेन । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १५५ कम्पनीको आठ लाख २२ हजार २०७ कित्ता शेयर २४ करोड ४५ लाख ७० हजार ५५२ रुपैयाँमा खरीद बिक्री भएका छन्…

Read More

काठमाडौँ: कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहारका दिन बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा भक्तजनको भीड लागेको छ । मेला आयोजक समितिले गोकर्णेश्वर उत्तरवाहिनीस्थित कान्तिभैरव गुरुकुलका ब्राह्मण वटुकबाट हिन्दू धार्मिक विधिअनुसार गागलफेदी गुम्बाका लामाबाट बौद्ध परम्परा अनुसार पूजा गराएको थियो । मन्दिर २२७ किलोको पित्तललगायत धातुबाट बनेको कागको मूर्तिले धार्मिक पर्यटकलाई आकर्षण गर्ने गरेको छ । संविधानसभा सदस्य निर्वाचित हुनुभएपछि सभासद् रामेश्वर फुयाँलले निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट छुट्याउनुभएको बजेट र कागेश्वरी मनोहरा नगरपालिकाको गरी १३ लाख रुपैयाँको लागतमा २२७ किलो पित्तललगायत धातुबाट सो मूर्ति बनाइएको हो । यो मूर्ति नेपालकै ठूलो कागको मूर्ति हो । प्रदेशसभा सदस्य फुयाँलले…

Read More