Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- यस्ता छन् आगामी बजेटको प्राथमिकता (पूर्ण पाठ)
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
भक्तपुर: नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले विद्यालयहरू क्रान्तिको बारूदखाना भएको बताएका छन्। तीनदिने नेपाल क्रान्तिकारी शिक्षक सङ्घको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले विद्यालयहरू क्रान्तिको बारूदखाना भएकाले देश र राष्ट्रियताको पक्षमा विद्यार्थीलाई सैद्धान्तिकरूपले तयारी गर्नुपर्ने बताए। बिजुक्छेले शिक्षकले हरेक दिन विद्यार्थीलाई पाठ्यपुस्तक बाहेक देशभक्तिपूर्ण भावना जगाउने र विस्तारवाद एवं साम्राज्यवादको विरोधमा सचेत गराउनु पर्छ, पाठ्यपुस्तकमा भएका हरेक विषयवस्तुलाई माक्र्सवादी आँखाबाट केलाई सही ज्ञान विद्यार्थीलाई दिन शिक्षक अग्रसर हुनुपर्छ भने । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सांसद प्रेम सुवालले संविधानमा विद्यालय शिक्षा निःशुल्क र अनिवार्य गरे पनि निजी विद्यालयलाई यथावत् राखेर जनतालाई धोका दिएको आरोप लगाए। सो…
बुटवल: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय गौरवका आयोजनाका काममा गुणस्तरीयतासहित समयमै सम्पन्न गर्ने निर्माण व्यवसायी तथा आयोजना प्रमुखलाई पुरस्कृत गर्ने बताएका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको आज निरीक्षणका क्रममा उनले गौरवका आयोजना समयमै सम्पन्न नहुने, गुणस्तरीय नहुने र पटकपटक आन्तरिक किचलो हँुदा देशभरका यस्ता आयोजनामा बेलाबेला समस्या देखिएको समेत बताए । उनले भने, “बुद्धको जन्मस्थल हुनुको नाताले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको महत्व झन दिनप्रतिदिन बढ्दै गएको छ ।” विमानस्थल निर्माणको कार्य सन्तोषजनक भएको भएता पनि अझै धेरै काम गर्नुपर्ने रहेको उनको भनाइ थियो । सो अवसरमा आयोजनाका अधिकृत प्रदीप अधिकारीले आयोजनाको बारेमा प्रकाश पार्दै…
काठमाडौँ : वैदेशिक रोजगार विभागले शनिबार पनि श्रम स्वीकृतिका लागि कार्यालय खुला गर्ने भएको छ । वैदेशिक रोजगारीमा जाने सेवाग्राहीको चाप अत्यधिक रहेको भन्दै विभागले सार्वजनिक बिदाका दिनसमेत श्रम स्वीकृति जारी गर्न लागेको हो । शनिबार बिहान १० देखि अपराह्न ३ बजेसम्म ताहचलस्थित वैदेशिक रोजगार कार्यालयमा आउने सेवाग्राहीलाई श्रम स्वीकृति प्रदान गरिने विभागले जनाएको हो । उक्त कार्यालयले विभिन्न देशमा काम गर्न जाने नेपाली कामदारका लागि श्रम स्वीकृति प्रदान गर्दै आएको छ ।
काठमाडौँ: विद्युतीय माध्यमबाट हुने कारोवारलाई सुरक्षित, भरपर्दो र विश्वासनीय बनाउने उद्देश्यले सरकारले ‘विद्युतीय हस्ताक्षर’ लाई तीव्रता दिन थालेकोे छ । सरकारी तथा निजी कार्यालयमासमेत विद्युतीय हस्ताक्षरलाई अगाडि बढाउनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रमाणीकरण नियन्त्रणको कार्यालयले बैंकिङ क्षेत्रका सरोकारवालासँग छलफलसमेत गरेको छ । विद्युतीय हस्ताक्षरले मान्यता प्राप्त कागजात पठाउने÷प्राप्त गर्ने व्यक्तिको पहिचान हुने तथा पठाएको व्यक्तिले पठाएको होइन वा पठाएको छैन भनी नकार्न नसक्ने र कागजात पठाएको÷प्राप्त भएको विषयवस्तुको अखण्डता कायम राख्नेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, आन्तरिक राजस्व विभाग, वैदेशिक रोजगार विभाग, निजामती किताबखाना, कर्मचारी सञ्चयकोष, लोकसेवा आयोग र उद्योग विभागलगायत १२ वटा कार्यालयमा…
भद्रपुर: एक दशक अघि भारतवाट अवैध रुपमा नेपाल भित्र्याउदै गर्दा वरामद गरीएको करोडौँ मूल्य बराबरको रक्तचन्दन डिभिजन वन कार्यालय झापाको कोठामा थन्काइएको छ । सरकारी निती स्पष्ट नहुँदा प्रष्ट कानूनको अभावमा लिलाम प्रकृया अगाडी वढ्न नसकेका कारण वरामद गरीएको १९ हजार ८ सय ३२।२७ किलो रक्तचन्दन कोठा भित्रै थन्किएको हो । प्रहरीले विभिन्न मितिमा भारतवाट ल्याउदै गरेको अवस्थामा पक्राउ गरी वन कार्यालयमा वुझाउने गरेको हुँदा त्यसको संरक्षण गर्ने जिम्मा वन कार्यालयले पाएको थियो । रक्तचन्दनको कारोबार मुलुक भित्र नहुने भएको हुँदा यसको वजारभाउ कति हो भन्ने यक्किन नभएपनि करीब एक करोड ५२ लाख हुन आउने विज्ञहरुले अनुमान गरेका छन् ।,…
भक्तपुर: भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्न शुक्रबार प्राविधिकसहितको टोलीले सम्भावित क्षेत्रको अनुगमन गरेको छ । सरकारले भक्तपुरमा ५० हजार दर्शक क्षमता रहेको अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्न भकारी मूलको जग्गा छनोट गरेपनि पनि स्थानीयवासीले विरोध गरेपछि त्यस क्षेत्रको विकल्पमा सूर्यविनायक नगरपालिका वडा नं ८ र ९ स्थित सिपाडोलको जग्गामा सम्भाव्यता अध्ययन गरेको हो । प्रतिनिधिसभाका सदस्य, पूर्वउद्योगमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतको विशेष पहलमा सरकारले करीब एक हजार ५०० रोपनी क्षेत्रफलमा रङ्गशाला निर्माण गर्न सूर्यविनायक नगरपालिकाको वडा ९स्थित नंखेल र १०स्थित चित्तपोल तथा चाँगुनारायण नगरपालिकाको वडा नं ८ र ९स्थित ताथलीमा रङ्गशालाका लागि जग्गा उपयुक्त हुने ठह¥याएको थियो । स्थानीयवासीले…
काठमाडौँ: संघिय संसदमा विचाराधीन नागरिकतासम्बन्धि विधेयकमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रमा बसोवास गर्ने गैरआवासीय नेपाली नागरिकलाई समेत ‘गैरआवासीय नेपाली नागरिकता’ दिनुपर्ने संशोधन प्रस्ताव परेको छ। सांसदहरु प्रमोद शाह र एकवाल मियाँले राज्यव्यवस्था समितिमा दर्ता गरेको उक्त प्रस्ताव पारित भए भारतमा ठुलो संख्यामा रहेका नेपाली मूलका भारतीयले समेत त्यस्तो नागरिकता दावी गर्न सक्ने र त्यसले मुलुकमा संकट ल्याउन सक्ने चिन्ता सरकारी अधिकारीहरु प्रकट गर्छन। सार्क राष्ट्रभित्र भारत पनि पर्छ र भारतमा नेपाली मूल्कका लाखौँ मानिस बसोबास गरिरहेका छन्, तिनले भारतीय नागरिकताका साथै नेपालमा पनि गैरआवासीय नेपाली नागरिकताको सुविधा पाए भने यहाँको आर्थिक, सामाजिक र राजनीतिक सबै क्षेत्रमा ठुलो उठापुथल…
काठमाडौँ: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक, कर्मचारी र विश्वबिद्यालयका प्राध्यापकलाई सामाजिक संजाल र मोबाइल फोन प्रयोगमा अंकुश लगाएको छ। मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत ‘सामाजिक संजाल र मोबाइल फोन संचालन तथा प्रयोगसम्बन्धी मार्गनिर्देशन २०७५’ मार्फत मन्त्रालयले फेसबुक, ट्विटर, इमो, भाइबरजस्ता सामाजिक संजाल आफूखुसी प्रयोग गर्न रोक लगाएको हो । कार्तिक १३ गते स्वीकृत ६ बुंदे मार्गनिर्देशन तत्काल लागुन हुने भनिएको छ, जसमा कार्यालयको खर्चमा भ्रमण गर्ने व्यक्तिले व्यक्तिगत रुपमा खिचिएको धार्मिक स्थल, बाटो, तालतलैया वा भ्रमण गरिएका स्थानको तस्बिरसमेत सामाजिक संजालमा राखन नपाइने उल्लेख छ। त्यस्तै, कुन पनि कार्यालय संचालन भइरहेको अवस्थामा सहभागीले मोबाइल फोन प्रयोग गरी अनावश्यक फोटो खिच्न नपाइने…
कास्की: पोखरा प्रिमियर लिग(पिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा हुलास काठमाडौँ रोयल्स र एक्पर्ट धनगढी ब्लुज विजयी भएका छन् । बुटवल ब्लास्टर्सलाई ३७ रनले पराजित गरेको काठमाडौँ छ अङ्कसहित अङ्क तालीकाको शीर्षस्थानमा पुग्न सफल भएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौँले अविजित नरेश बुढाएरको अर्धशतकीय योगदानको मद्दतले २० ओभरमा चार विकेट गुमाउँदै १७२ रनको योगफल तयार ग¥यो । २८ बल सामना गरेका बुढायरले पाँच छक्का र तीन चौका प्रहार गर्दै ५८ रन बनाएका थिए । यसअघि लगातार दुई हार भोगेको बुटवलको जितका लागि १७३ रनको लक्ष्य पछ्याउने क्रममा निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १३५ रन मात्र जोड्न सक्यो…
काठमाडौँ: सङ्घीय मामिला सामान्य प्रशासन मन्त्रालय र आन्दोलनरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीबीच सहमति भएको छ । सिंहदरबारमा आज भएको छलफलमा सरकारले यसअघि गरेको सहमति कार्यान्वयन गर्ने मौखिक सहमति भएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । सहमति पछि सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता भएको अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक सङ्घका अध्यक्ष भुपाल रसाइलीले जानकारी दिए । प्रवक्ता अधिकारीले गत भदौ ३ गतेको मन्त्रिपरिषद्को बैठकअनुसार मन्त्रालय, विभाग, आयोगलगायत सबै तहमा कार्यरत अस्थायी, करार कर्मचारीलाई नहटाउने र लामो अवधि काम गरेका कर्मचारीलाई एकमुष्ठ रकम दिन सरकारसँग पहल गर्ने सहमति भएको बताए। अस्थायी, करार र ज्यालादारी कर्मचारीको व्यवस्थापन मन्त्रालयको…