Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिवालय स्थापना भए पनि पदाधिकारी नियुक्त नहुँदा नीतिगत काममा बाधा पुगेको छ। अहिले सचिवालयको नेतृत्व सचिव बैकुण्ठ अर्यालले गरेका छन्। संघ, प्रदेश र स्थानीय तह गठन भई आआफ्नो क्षेत्राधिकार प्रयोग गरिरहेको अवस्थामा संविधानबमोजिम आयोगमा पदाधिकारी चयन नहुँदा राजस्व बाँडफाँट र परिचालनमा असर परेको छ। संविधानको धारा २ सय ५० मा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग गठनको व्यवस्था छ। संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिले आयोगको अध्यक्ष र सदस्य नियुक्त गर्नुपर्छ। तर परिषद्ले यसबारे अहिलेसम्म कुनै प्रक्रिया अघि बढाएको छैन। स्थानीय तह र प्रदेशले लिने करलाई कसरी वितरण गर्ने भन्ने विषयमा वित्त आयोगले मात्रै सूत्र निर्धारण…

Read More

काठमाडौं: पछिल्लो दश वर्षमा वैदेशिक रोजगारीमा गएका ६ हजार ८९१ जना युवा कफिनमा फर्किएका छन्। यस अवधिमा १ हजार २५२ भन्दा अंगभंग भएका छन् । मलेसिया र खाडी मुलकमा मात्रै ४२७ जना विभिन्न अभियोगमा जेलजीवन बिताइरहेका छन् । यो तथ्यांक वैदशिक रोजगार प्रवद्र्धन बोर्ड स्थापना भएको १० वर्षमा आर्थिक सहायता वितरण गरिकाहरुको मात्रै हो, त्यसबाहेक गैरकानुनी हैसियतमा रहेका अवैध बाटोबाट वैदेशिक रोजगारीमा गएका, श्रम स्वीकृतिका अवधि सकिएकाहरुको लेखाजोखा नै भएको छैन । मुलुकभित्र रोजगारीका पर्यात अवसर नहुँदा पछिल्लो १० वर्षको अवधिमा मात्रै ३७ लाख ६७२ पुरुष् र १ लाख ९७ हजार ८०७ महिला वैदेशिक रोजारीमा गएको तथ्यांक छ। त्यस्तै १८…

Read More

काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नति ‘रिह्याबिलिटेसन’को प्रक्रिया अघि बढेको छ । निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जीनियरिङ कर्पाेरेसनसँग भोलि सोमबार निर्माण सम्झौता हुने भएको हो । उक्त आयोजनाबारे आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) उच्च अधिकारीबीच प्रस्तुतीकरण गरिएको थियो । मन्त्री अधिकारीसहित सञ्चारकर्मीको टोलीले क्यानअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले गरिरहेको कामको स्थलगत अवलोकनसमेत गरेको थियो । चिनियाँ निर्माण कम्पनीसँग करबाहेक रु तीन अर्ब ७५ करोड रन्वे कालोपत्र परिवर्तनका लागि सम्झौता हुन लागेको क्यानले जनाएको छ । सन् १९८० मा निर्माण भएको रन्वे अहिलेसम्म विस्तार तथा मर्मत…

Read More

कञ्चनपुर: बलात्कारपश्चात् हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया किशोरी निर्मला पन्तका बुबा यज्ञराज पन्तले हत्यारा पत्ता नलगाइए परिवारसहित जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बस्ने बताएका छन् । निर्मलाको हत्या भएको १०२ दिनपछि आज आफ्नै निवासमा पत्रकार सम्मेलन गरी उनले तिहारसम्म हत्यारा सार्वजनिक नगरे कात्तिक २५ गतेदेखि धर्नामा बस्ने बताएका छन् । वास्तविक हत्यारा पत्ता लगाई सरकारले न्याय दिनुपर्छ उहाँले भन्नुभयो, “धर्ना बसेर पनि न्याय नपाइए आमरण अनशन बस्छु ।” सबैको सहयोग यसअघि पनि पाएको उल्लेख गर्दै उहाँले अझै सहयोगको आशा रहेको बताए । तत्काल वास्तविक दोषी पत्ता लगाउनुपर्ने उहाँको माग रहेको छ । विभिन्न अनुसन्धान टोली गठन गरी छानबिन…

Read More

काठमाडौँ: वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा आज देशभर विविध कार्यक्रम गरी धन्वन्तरी जयन्ती मनाइँदैछ । देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कात्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरिको उत्पत्ति भएको चर्चा वैदिक हिन्दू शास्त्रमा गरिएको छ । भोलिका दिनलाई आयुर्वेदका चिकित्सकले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रुपमा लिने गर्छन् । विसं १९७४ मा काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरि जयन्ती मनाउन थालिएको थियो । त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसका रुपमा सञ्चालित आयुर्वेद…

Read More

काठमाडौँ: नेपालीहरुको महान चाडको पूर्व सन्ध्यामा सरकारले वजार अनुगमनको क्रममा व्यवसायीहरुको कारोवार स्थलको सिलबन्दीप्रति चेम्वर अफ कमर्सले आपत्ति जनाएको छ । वर्ष भरीकै कारोवारको ४० प्रतिशतभन्दा वढी कारोवार हुने समय दशै तिहार छठ जस्तो नेपालीहरुको महान चाडको पूर्व सन्ध्यामा सरकारले वजार अनुगमनको क्रममा व्यवसायीहरुको कारोवार स्थलको सिलबन्दी गरेको,लामो समय सम्मसिलवन्दी गरी राखेको र सोको परिणामले व्यवसायीहरुनै बिस्थापित हुन पर्ने परिस्थिति सृजना हुन लागेको देखिएको सन्दर्भमाव्यवसायी संघ संस्था, नेपाल चेम्वर अफ कमर्स गम्भीर आपत्तीएवं चिन्ता व्यक्त गरेको छ । बजार अनुगमनको क्रममा कानूनी प्रकृयाका अन्य बिकल्पहरु हुंदाहुंदै पनि दशै तिहार जस्तो व्यवसायीहरुको कारोवारको अत्यन्त महत्वपूर्ण समयमा सरकारद्धारा संकिर्ण मानसिकता र सस्तो…

Read More

भक्तपुर: नेपाल विद्युत् प्राधिकरण, भक्तपुर शाखाको नोलाइटमा काम नगरी तास खेलेर बस्ने कर्मचारीलाई प्रहरीले पक्राउ गरी रिहा गरेको छ । नोलाइट जस्तो आकस्मिक सेवाका कर्मचारी दैनिक तास खेलेर बस्ने र नोलाइटको फोनसमेत नउठाउने गरेको गुनासो बढेपछि महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले कर्मचारीलाई तास खेल्दै गर्दा गएराति पक्राउ गरेको हो । तास खेलिरहेको अवस्थामा नोलाइटमा कार्यरत इञ्जिनीयरद्वय आशिष नेपाल, अनिल अधिकारी, सुपरभाइजर देशबन्धु दाहाल र हेल्पर रमेश श्रेष्ठलाई पक्राउ गरिएको र पछि रिहा गरिएको प्रहरीले जनाएको छ । शाखाका प्रमुख प्रज्वलमान श्रेष्ठले ती कर्मचारी नहुँदा सेवा प्रवाहित हुने भनी अनुरोध गरेपछि छाडिएको हो । प्रमुख श्रेष्ठले शनिबारको दिन आफू कार्यालय नगएकाले…

Read More

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम बुद्धिजीवी एवं मानवाधिकारकर्मी स्व पद्मरत्न तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै नेपालको शान्ति प्रक्रियामा उनको योगदान स्मरणीय रहेको बताएका छन् । आज अपराह्न दिवङ्गत हुनुभएका तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै अध्यक्ष दाहालले भने, “नेपालको शान्ति प्रक्रियामा उनले यस्तो समन्वयकारी भूमिका निर्वाह गर्नुभयो, जसले साँच्चै नै नयाँ राजनीतिक वातावरण बनाउन महत्वपूर्ण योगदान गर्नुभयो ।” नेपालको राजनीतिक र सांस्कृतिक आन्दोलनका अग्रजका रुपमा स्वर्गीय तुलाधरलाई सम्झँदै उनले मानवाधिकार संरक्षणको क्षेत्रमा पनि उहाँले गर्नुभएको योगदानलाई नेपालीले सधैँ सम्झिरहने बताए । यसैबीच तुलाधरका परिवारसँगको कुराकानीमा उहाँले राष्ट्रिय सम्मानका साथ उहाँको अन्त्यष्टि गर्न पहल गरिने बताए । नेकपाका अर्का…

Read More

काठमाडौँ: धरहरा निर्माणको पूर्वाधार तथा सहजीकरणसँग जोडिएका निकाय र स्थानीय समुदायले धरहरा पुनःनिर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा आज आयोजित कार्यक्रममा सहभागीले धरहरा पुनःनिर्माणका लागि त्यहाँ भएका पूर्वाधार हटाएर सहजीकरण गर्ने र भविष्यमा आइपर्ने काममा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण, कर्मचारी सञ्चयकोष, नेपाल राष्ट्र बैंक, गोश्वारा हुलाक कार्यालय, महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, काठमाडौँ महानगरपालिका–२२ का वडाध्यक्ष चिनीकाजी महर्जनलगायतले धरहरा पुनःनिर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। टेलिकमका प्रबन्धक झवीन्दलाल उपाध्यायले तत्कालीन र दीर्घकालीन हिसाबले सहज हुने गरी टेलिफोनको लाइन व्यवस्थापन गरेर धरहरा निर्माणमा सहयोग…

Read More

कास्की: पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगिताको फाइनल खेल पोखरा पल्टन र चितवन राइनोजका बीचमा हुने भएको छ । आज यहाँ भएको इलिमिनेटर खेलमा चितवनले हुलास काठमाडौँ रोयल्सलाई छ विकेटले पराजित गरेसँगै पोखराले उपाधि भिडन्तमा चितवनलाई प्रतिष्पर्धी पाएको हो । क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा कात्तिक ९ गतेदेखि पोखरा रङ्गशालामा जारी सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगितामा घरेलु टोली पोखराले भने यसअघिनै समूह चरणमा शीर्ष स्थानमा रहँदै मङ्गलबार हुने फाइनल खेलमा स्थान सुरक्षित गरेको थियो । फाइनल प्रवेशको लागि ९५ रनको सामान्य लक्ष्य पाएको चितवनले स्मित पटेलको ३८ र हरिशङ्कर शाहको २६ रनको मद्दतले १८ ओभरकोे दोस्रो बलमा लक्ष्य पूरा गरेको…

Read More